ब्राउनसुगरको लत
सामाजिक समस्याका कुरा । वर्तमान समयमा चर्को रूपमा चलिरहेको समस्या नै लागूऔषध दुव्र्यसनी । सुर्खेती परिवेश तथा प्रदेश ६ कै समग्र वस्तुस्थितिमा हेर्दा युवा पुस्ता दुव्र्यसनीको सिकार भइरहेका छन् ।
बदलिँदो सहरीकरण तथा सपनाहरू यसका प्रमुख कारक तत्व भन्दा फरक नपर्ला । यसै सन्दर्भमा रहेर यस पंक्तिकारले एक जना कलिली युवतीलाई भेटेको थियो जसले वर्तमान समयमा ब्राउनसुगर प्रयोग गरिरहेकी छिन् । उमेरले अन्दाजी अठार वर्ष नाघेकी युवती यसरी लागूऔषधको सेवनमा फस्नुले समाजलाई कतातिर धकल्ने । लगभग लगातार पाँच दिनको बसाइँ तथा मनोभावनाको बुझाई पश्चात् यो लेखलाई उनकै भावना अनुरूप तयार पारिएको छ । आशा छ यस लेखले अभिभावकलाई आफ्ना छोराछोरीलाई महशुस गर्न मद्दत मिल्नेछ । तथा सन्तान पनि अभिभावकको मानसिकता महशुस गर्न सक्नेछन् । लेखमा उल्लेख भएका मानसिकता तथा अनुभव उनको आफ््नै हुन् । सामाजिक गोपनियतालाई कायम राखेरै लेख तयार पारिएको छ, जसका कारण पनि हामी यो लेखका भएकी पात्रलाई नजिकैबाट नियाल्न सक्छौ । नजिकैदेखि नियाल्दा नियाल्दै विषय तथा परिस्थितिले पाठकको मनमा उब्जिएका भावहरूलाई ठम्याउँदै पात्र औंलिएमा यो पंक्तिकार क्षमायाचना व्यक्त गर्न चाहन्छ ।
जवानीको रस कति फरक छ है । हामी जीवनलाई फरक रूपमा प्रस्तुत त गरिरहेका छौं । फरक हुन चाहन्छौं । मेरो पनि त्यस्तै छ, म आफै रमाउँछु । घर परिवार तथा समाजको मलाई खासै वास्ता रहेको छैन । कुन समाजको कुरा गर्दैछौं तपाईं ? जुन समाजले मलाई मन लागेको खाना दिन वञ्चित गरेको छ । जुन समाजले मलाई मन लागेको लगाउन पनि वञ्चित गर्ने गर्दछ । छोटो कपडा लगाएर हिँड्दा पनि समाज बकम्फुसे कुरा सुनाउन थाल्दछ । समाज हामी केटीलाई बाँधेर राखेको पक्कैछ ।
घरपरिवार तथा समाज मेरो सामान्य हो । घरमा सबैको झै आमा बाबुहरू रहेका छन् । सुर्खेतमा घर छ । केही कोठा भाडामा पनि दिएका छौं । उमेरले म भन्दा अलि ठूली दिदी पनि छन् । दिदीको बिहे भइसक्यो । दाजुभाइ पनि छन्, आफ्ना तथा आफन्तका । बुबाआमा कलिलै देखिनुहुन्छ । बुबा दुईपटक विदेश गइसक्नुभयो । आजभोलि हामीले केही पैसा ब्याजमा लगाएका छौं । घरको कोठाभाडा आउँछ । त्यसैले सबैलाई खान लगाउन पुगेकैछ ।
बुबा विदेश भएको समयमा आमाले वियर खान सिक्नुभयो । अलि अलि गर्दै । हामी पछि घरमै वियर खान्थ्यांै । चाडपर्व तथा सामाजिक संस्कृतिका समयमा हामीले घरमै आफन्तहरू सबै वियर खाने गथ्र्यौ । बुबा विदेशबाट आउनुभयो । तर पनि कुनै प्रवाह भएन । दिदी भिनाजु आएका समयमा हामी स–परिवार घरमै मासु, भात तथा वियर चुस्काउँथ्यौ । नाचगान गथ्र्यौं । आखिर मरेर पनि के नै लग्छ र मानवले हैन र ? जीवनमा सबै पक्षहरू झै रमाइलो पनि हुनुपर्छ । नत्र दुःखले मानिसलाई च्यापेरै लाग्छ ।
मैले पढाइ छोड्दीसकेको थिए तर अर्को पाली चाहिँ अब एसईईको परीक्षा फेरि दिने सोच बनाएकी छु ।
भिनाजु पनि अति मिलनसार हुनुहुन्थ्यो । प्रायः हाम्रै घरमा बस्नुहुन्थ्यो । उहाँको आमाबाबु सानैमा बितेकाले उहाँ आफन्तको घरमा हुर्कनुभएको हो । उहाँको नाममा अझै पनि टन्नै सम्पत्ति छ । आमाबाबुको सम्पत्ति माथि उहाँले अठार वर्ष भए लगत्तै पाउनुभएको हो । घर, जग्गा सबै छ । घरका आठ कोठामध्ये ६ कोठा भाडामा दिएर दुई कोठामात्र आफूलाई राख्नुभएको छ ।
बुबा अलि बढी नै रक्सी पिउनुहुन्छ । आजभोलि उहाँलाई रक्सी बाहेक अरु मतलबै हँुदैन । आमाले घरमैसँगै खाउँ भन्दा पनि उहाँ मान्नुहुन्न । आखिर सबैभन्दा बढी समय त आफ्नो परिवारलाई दिनुपर्ने हो । राती दश एघार बजे बुबा आउँदा प्रायः घरमा सधैं झगडा हुन्छ । आमा र म पनि प्रायः वियर खायरै बसेका हुन्छौं । आमा छोरी मिलेर बुबालाई थर्काउँछौ पनि । बुबालाई रक्सीको माथ छुटाउन हामीले कयौंपटक सुधार केन्द्रमा पनि राख्यौ । तर पनि बुबाले खान छोड्नुभएन । एक दुई महिना त खान छोड्नु भयो होला सायद । खान छोडेको समयमा हामी घरमा धेरै रमाउँथ्यौं । सँगै काम गथ्र्यौं, सँगै खान्थ्यौं । तर घरी–घरी सुधार केन्द्र हाल्न पनि त सकिदैन । कति महङ्गो छ सुधार केन्द्र । फेरि मानिसले खान छोड्न सक्छ भन्ने पनि कुनै ग्यारेण्टी दिँदैनन् उनीहरू । घरमा झगडाको समयमा बुबालाई फेरि सुधार केन्द्र हाल्दिन्छौं भने पनि अलि डराउनु पनि हुन्छ ।
केही वर्ष पहिलेदेखि आमा काठमाडौंमा काम पनि गर्नु हुन्छ । बुबा पनि प्रायः उतै जानुहुन्छ । घरमा हामी भाइबहिनी र दिदी बस्छौं । एउटा संस्थाले आमालाई जागिर दिएको छ । बुबा पनि अब उतै केही काम खोज्ने सुरसारमा हुनुहुन्छ । नशासँगको सम्बन्ध हाम्रो नजिकको रहेको छ । बुबा आमा काठमाडौं भएको समयमा म कहिले दिदीको घरमै बस्छु त कहिले दिदी भिनाजु हाम्रो घरमा आएर बस्छौं । दिदी सोझी छ । ब्राउनसुगर खान मैले मेरो भिनाजुबाटै सिकेकी हुँ ।
भिनाजुले घरमै खानुहुन्छ । अनि हेर्दाहेर्दा मैले पनि सिके । सँगै खायौं पनि । उहाँले किनेर ल्याउनुहुन्थ्यो । आजभोलि दिदीले खाएको देखिभने रिसाउँछी । मैले ब्राउनसुगर खान्छु भन्ने खास्सैलाई थाह छैन । केही साथीभाइले मात्र थाहा पाएका छन् । कहिलेकाहीं दिदी, म र भिनाजु हामीसँगै सुत्छौ पनि । यसले हाम्रो जीवनमा नराम्रो सम्बन्ध बनाएको छैन । तीजपछि बुबाआमा आउनुहुन्छ । म यसरी घुम्न पाउँदिन । आखिर एउटा केटी र केटा राती राती घुम्दा समाजले त मलाई नै हो नि है नराम्रो भन्ने ? ब्राउनसुगरको लास्ट सिक हान्यो भने यस्तै चिनेजानेकासँग पैया बनाउँछु । कहिले कत्ति यहाँका इज्जतदार भनाउँदाहरूसँग खानैको लागि पनि रात बिताएकी छु । खास्सै दिनुहुँदैन तर कहिलेकाही भिनाजुसँग जिद्दी ग¥र्यो भने एक दुई क्वाटर दिनुहुन्छ ।
साझा बिसौनी संवाददाता ।