अधिकार र कर्तव्यबीचको सन्तुलन

वर्षैभरी हामीले कुनै न कुनै दिवस मनाइरहेका हुन्छौं तर त्यसमा कति विशेष हुन्छन् भने कति सामान्य रूपमा मनाउँदै आएका निरन्तरता जस्ता देखिन्छन् । आजको सन्दर्भ ‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ भन्ने आदर्श वाक्यको झण्डामुनी मनाउन लागिएको राष्ट्रिय बालदिवस २०७४ अर्थात् भदौ २९ ।

यसको प्रारम्भिक पृष्ठभूमिलाई हेर्ने हो भने यो नेपाल राष्ट्रिय बाल संगठन जसलाई तत्कालीन रत्न राज्यलक्ष्मी शाहले २०२१ भाद्र ४ गते स्थापना गरेकी थिइन् त्यसैलाई बालबालिकाको लागि चालेको पहिलो कदम स्वरूप २०२२ सालदेखि निरन्तर मनाउ“दै आएको पाइन्छ । यसलाई झण्डै–झण्डै रत्नले आफ्ना जन्मदिनका अवसरमा बालबालिकालाई चक्लेट बा“डी खुशी बनाउने दिवसका रूपमा प्रयोग गर्नका लागि स्थापना भएको भए पनि यसलाई एक असल इतिहासका सुरुवातका रूपमा मान्न सकिन्छ ।
देशमा प्रजातन्त्रको स्थापनासँगै नेपालले संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ नोभेम्बर २० लाई सेप्टेम्बर १४, १९९० (भदौ २९, २०४७) मा अनुमोदन ग¥यो । यसलाई बालअधिकारका क्षेत्रमा भएको अर्को महŒवपूर्ण घटनाको रूपमा स्मरण गरिन्छ । एवम् प्रकारले यसलाई २०६३ सालसम्म करिब ४२ पटक बालदिवस मान्दै आएकोमा २०६२÷०६३ को जनआन्दोलनबाट आएको गणतन्त्रात्मक व्यवस्था अनुसार ४३ औं पटकदेखि भदौ ४ को मितिलाई सारेर भदौं २९ गतेलाई बालदिवसका रूपमा मनाउँदै आएको कुरा यहा“हरूलाई जगजाहेर छ । यसलाई नया“ सन्दर्भमा मनाउन थालेको पनि एक दशकभन्दा बढी भएको छ ।
अधिकारका दिवसहरूको सन्दर्भ शासक र बलिया मानिसहरूबाट प्रताडित मानिसले अधिकार पाएको दिनलाई सम्झनका लागि गरेको देखिन्छ चाहे त्यो मानवअधिकार दिवस होस् वा बालअधिकार दिवस, नारी दिवस होस् या विभेद विरुद्धको दिवस । त्यसमा पनि बालबालिकाहरू जो शारीरिक रूपमा कमजोर, अनुभवका आधारमा अपरिपक्व, भूमिकाका आधारमा शासित र आर्थिक आधारमा परनिर्भर हुन्छन् त्यसैले उनीहरूले बा“च्न, सुरक्षित हुन र विकास हुन पाउनुलाई अधिकारका रूपमा स्थापित गर्नु पक्कै पनि अत्यन्त जरुरी र महŒवपूर्ण छ । उनीहरूले सम्मानपूर्वक जिउन, सुरक्षित रूपमा आवत–जावत गर्न तथा क्षमताका आधारमा विकास हुन पाउनु उनीहरूको अधिकारका रूपमा स्थापित गराउनुको उद्देश्य उनीहरूको अवस्थाको ध्यान गरेर नै हो । जुन कुरा प्रशंसनीय र उदाहरणीय छ ।
तर हामीले अवलम्बन गर्ने गरेका अधिकारका दस्तावेजका कारण विभिन्न समुदाय र व्यक्तिबीच द्वन्द्वको विजारोपण भएको छ । बाटोमा देखिने अनेक अधिकारका आन्दोलनहरू एकोहोरो अधिकारका कारण नै देखिएका हुन् । कतिपय अवस्थामा यिनीहरूले अराजकता निम्त्याएका छन् र सरकारलाई नै मुस्किलमा पारेका छन् । यस्तै छिटपुट घटनाहरू बालअधिकारका कारण केही बालबालिकाहरूमा पनि देखिन थालेका छन् जसलाई समयमै समाधान गरिएन भने यसले ठूला नकारात्मक असर पनि देखाउन सक्छन् ।
नेपालमा कुनै पनि अधिकारको दस्तावेजमा हस्ताक्षर गर्न र यसलाई अनुमोदन गर्न हतार गरिन्छ । त्यसको व्यापक प्रभाव र प्रक्रियाका बारेमा अध्ययन नगरी लागू गर्ने गरिन्छ । त्यसमा पनि अनुदानमा आधारित विकासे गतिविधि र अनुदानमा लालायित भएर यस्ता खाले ऐन कानुनलाई भिœयाइन्छ र यसलाई मूलमन्त्रका रूपमा अंगालिन्छ । हाम्रो समाज, संस्कार र सामाजिक सम्बन्ध र इतिहासलाई अवमूल्यन गरिन्छ र यसले पार्नुपर्ने सकारात्मक परिणामको सट्टा नकारात्मक असरहरू देखापर्छन् ।
कतिपय अवस्थामा हामी विकसित मुलुकको दा“जोमा समानान्तर छौं भनी देखाउनलाई पनि अन्तर्राष्ट्रिय कानुनहरूलाई अनुशरण गरिएको जस्तो लाग्छ । यसको प्रमाणको रूपमा जातीय छुवाछुत यहा“ कायम रहदा रहँदै नेपालमा यस्तो अमानवीय काम छैन भनि संयुक्त राष्ट्रसंघको सदस्यता लिनको लागि २०२० मा मुलुकी ऐनमा परिवर्तन गरी देखाइएको थियो । यसैगरी यहा“को वस्तुगत यथार्थलाई विश्लेषण नगरी र पहिले बालअधिकारका बारेमा जानकारी कसलाई गराउनुपर्छ भनि सहज व्यवस्थापन प्रक्रिया गराउनुको सट्टा बालअधिकारका बारेमा पहिले बालबालिकालाई सिकाइद्वन्द्व सिर्जना गरिएको छ । जसले समाधान गर्नुको सट्टा अभिभावक, शिक्षक र बालबालिकाबीच अनावश्यक द्वन्द्व आएको म एक शिक्षकको दृष्टिकोणबाट देख्दछु ।
केही विद्यार्थीले त आफूले नपढ्नुलाई पनि आफ्नो अधिकारका बारेमा बुझ्न थालेका छन् भने कतिपय अवस्थामा आफ्ना साथीभाइलाई दुव्र्यवहार गर्नुलाई पनि आफ्नो अधिकारका रूपमा लिएको पाइन्छ । अधिकारको स्थापना भइसकेपछि हामीले विद्यालयमा सजाय दिनुलाई बन्देज गरिसकिएका छौं तर केही बालबालिकाले अन्य बालबालिकालाई गर्ने गम्भीर प्रकृतिको अपराधलाई के गर्ने भन्ने बारेमा बालअधिकारमा काम गर्ने हामी सबैलाई अनभिज्ञता छ । जहा“बाट बालअधिकार हाम्रो देशमा आयातित भएको छ त्यहा“ बालबालिकाका गतिविधि हेर्ने बाल इजलास भएको पाइन्छ र बालगल्ती र बालअपराधलाई छुट्याइ ती पीडित बालबालिकालाई ती अपराधिक मानसिकता बोकेका बालबालिकाका गतिविधिबाट बचाउन सुधार केन्द्रको व्यवस्था गरिएको हुन्छ । तर हामीकहा“ विना विकल्प बन्देज लगाउने चलन छ । यसले शिक्षक र अभिभावकले बालबालिकालाई गर्ने दुव्र्यवहारलाई त घटाएको र समाधान गरेको छ तथापि यसले बालबालिकाले एक आपसमा गर्ने दुव्र्यवहारलाई कसले समाधान गर्ने र कहा“बाट समाधान हुने भन्ने बारेमा व्यवस्था गरिएको छैन । हामीले बालबालिकाका हरेक गतिविधि र सोचलाई अधिकारका रूपमा मान्ने हो भने अन्य बालबालिका पनि त्यसमा पिल्सिन सक्छन् त्यसैले त्यसबारेमा हेर्ने निकाय र कानुनको पनि व्यवस्था हुन जरुरी छ ।
गत वर्षमात्र नेपाल सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न मनाही ग¥यो तर त्यसको विकल्पका रूपमा सार्वजनिक क्षेत्रमा कुनै ठाउँलाई धुमपान क्षेत्र भनि विकल्प दिएन् । यसले कुनै पनि समस्यालाई दबाबमा त राख्छ तर दीर्घकालीन समाधान गर्दैन । यसलाई समाधान गर्न अभिभावक र शिक्षकका साथै समुदायका सबै तप्काका मानिसलाई बालअधिकारको सम्मान र पालना गर्न सिकाउनु पर्छ । कुनै पनि कामलाई दबाएर राख्नुले विस्फोट हुन्छ भन्ने कुरालाई बिर्सेको देखिन्छ ।
बालअधिकारलाई पनि एकोहोरो अधिकारका बारेमा मात्र जानकारी नगराई यसलाई कर्तव्य यसको अर्को पाटो हो । अन्य बालबालिकाको पनि अधिकार हुन्छ भनि सम्मान गर्न पनि सिकाउन आवश्यक छ । यसको कार्यान्वयनको पहिलो निकाय घर र व्यक्ति अभिभावक, दास्रो निकाय विद्यालय र व्यक्ति शिक्षक तथा सम्बन्धित सरकारी एवम् गैरसरकारी निकायहरूलाई सू–सोचित र सक्षम बनाउन आवश्यक त छँदैछ तर अब एक बालक वा बालिकाले अर्को बालक वा बालिकामाथि हुने गरेका दुव्र्यवहारका बारेमा र उनीहरूले जे पनि र जसलाई पनि जेसुकै गर्न पाउने कुरालाई अधिकार मानिदैन अरुको पनि अधिकार हुन्छ भन्ने कुरा सिकाउन बालबालिकाका गतिविधि छुट्याउने निकाय बनाउन अति आवश्यक छ ।
त्यसैले नीति निर्माताहरू यस बारेमा सजक हुनु जरुरी छ । तबमात्र हाम्रो भोलिको समाज अधिकारयुक्त, विकसित र समृद्ध हुने छ अन्यथा हरेकले जे गरे पनि अधिकार हो बिग्रन पाउनु र अरुलाई दुव्र्यवहार गर्नु पनि अधिकारका रूपमा बुझ्ने त्यसको कुनै सुन्ने निकाय भएन भने बलिया बालबालिकाले कमजोर बालबालिका तथा ठूला बालबालिकाले साना बालबालिकालाई आफ्नो मनोमानीलाई अधिकारका रूपमा थुपारी पीडित बालबालिकाले अन्याय सहेर बा“च्नुपर्ने हुन्छ र तपाईं हामी पनि टुलुटुलु हेर्नुको विकल्प हुनेछैन । त्यसैले पछुताउनु भन्दा अघि नै यसका बारेमा सोची अघि बढ्नुलाई बुद्धिमानी मानिन्छ । यसमा सम्बन्धित सबैको ध्यान पुगोस् । जय बालदिवस ।
लेखक एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका शिक्षक हुन् ।
[email protected]

प्रकाशित मितिः   २९ भाद्र २०७४, बिहीबार १६:०४