सिम्ता क्षेत्रको समृद्धिका नयाँ आयाम

भर्खरै स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचनले समृद्धिका विविध मोडेलका प्रारूप बोकेका समूह भावनालाई अनुमोदन गर्दछ । पछिल्लो समयमा नेपाली सन्दर्भमा चारैतिर समृद्धिका विमर्शहरू भइरहेका छन् । गुणस्तरीय जीवनस्तरसहितको उच्च मानवीय अवस्था वास्तविक समृद्धि हो । समृद्धिको मूलआधार व्यक्ति रूपान्तरण व्यक्ति चिन्तन तथा चरित्रण भए पनि सामूहिक भावनाद्वारा सम्भावित साधन स्रोतको दीर्घकालीन परिचालनमा औपचारिकता रहेको हुन्छ । व्यक्ति प्रयन्त अनौपचारिक आधारभूत तथा प्रभावकारी रहन्छ भने समूह नीति, प्रयन्त र प्रयास अनौपचारिक, वैधानिक र राज्य संलग्न महŒवपूर्ण रहन्छ । साविकको सिम्ता दरापछिको सिम्ता क्षेत्र र समकालीन सिम्ता गाउँपालिका तल भेरी नदी माथि पहाड र बीचमा समथल भू–भागले मात्र बनेको छैन । जैविक विविधता, प्राकृतिक छरा तथा सांस्कृतिक सम्पन्नतालेसमेत निर्मित छ । कुनैदिन छिमेकी सल्यान, रुकुम, दैलेख तथा तत्कालीन सुर्खेत उपत्यकासमेतलाई खाद्यान्न आपूर्ति गरी लोक कल्याणकारी समाज सेवा तथा संरक्षण–सम्वद्र्धनमा ऐतिहासिक भूमिका खेलेको सिम्ता लोकसाहित्यका विविध जीवन्त विधाद्वारा सु–सम्पन्न छ । नेपालमै नपाइने सतिकलसाको लोक तथा नाटक सिम्तामै उपलब्ध छ । भाषिक विशिष्टताले प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरीलाई जन्मायो, हुर्कायो र नेपाली भाषाको मौलिकता चिनायो । नेपाली बामपन्थी प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनमा सिम्ताको आफ्नै महŒवपूर्ण भूमिका जीवितै छ । वादी, आग्री, ठकुरी, क्षेत्री, कामी, सार्की, परियार, ब्राम्हण, मगरको सामाजिक संरचनाका लागि सिम्तादरा प्रतिनिधि दरा हो । सामाजिक सद्भाव, संस्कृति तथा जीवनशैलीमा बान्की परेको छ सिम्ता । साल, सिसौ, साज, समल, सल्लोले सिम्ता परिपूर्ण छ । साना, ठूला तथा मध्यम खालका पशुपंक्षी, माछामासु, बोटबिरुवा, समाज, सिम्ताका स्वपहिचानहरू हुन् । खोलाखाली, नदीनाला, वनजंगल, जुरेचुली, चौरहरू खानीले पनि सिम्ता छोपिएको छ । श्रमशील, मानवशील र आदर्श सिम्ताली सुर्खेती जीवन्त पूँजीहरू हुन् । यस्तो सु–सम्पन्नता भएर पनि सिम्ता वास्तवमा व्यवहारमा जनजीवनमा कहालीलाग्दो लाग्दछ । यस्तो कहालीलाग्दो परिस्थितिलाई कसरी रूपान्तरित गरी आकर्षक, भरपर्दो तथा लोभलाग्दो सिम्ता कसरी निर्माण गर्न सकिन्छ यसका बारेमा सकारात्मक विमर्श आजको पहिलो काम हुन पुगेको छ । एक, पानपर्कला, मकनमा (म), हामिन, सगभाग, चलिगयौं वीरे साइला, उनौले, बोल्या, हप्पै (सबै), हाथै (साथै), बस्दौन जस्ता भाषिक विशेषता सिम्ताको सम्पत्ति हो । यस सम्पत्तिलाई सोध खोज गरी शेष भागसँग परिचय बढाउन, पहिचान स्थापित गर्न सम्पन्न हुन् भाषिक अध्ययनमा केही जिज्ञासु युवालाई स्वरोजगार गराउन सकिन्छ । दुई, यसअघि भएका पञ्चायतकालीन हुँदै बहुदलकालीन सिम्ताली विकास निर्माणका नीति, योजना, कार्यान्वयन, प्राप्ती, अप्राप्ती, प्रयास तथा जिविस, गाविस, क्षेत्रीय समितिका प्रयासहरूलाई विशिष्ट रूपले अध्ययन गर्नुपर्ने नितान्तः आवश्यकता छ । इतिहास आँखा हो, भावना हो र गति हो, विद्यालय हो । सिम्ताली विना इतिहासहरूको अध्ययन हवाइकल्पना बाहेक अरु बाँकी केही हैन ।
तीन, भेडावारी–राकम सडक निर्माण, सञ्चालन तथा परिचालन सिम्ताली विकासको आधारस्तम्भ हो । रैकरको जस्तै केवलकार यहाँको वस्तुगत आवश्यकता हो ।
चार, कममा पनि राकम पुलविन्दुदेखि छेडाचौरसम्म विस्तारित छिन्चु–जाजरकोट मोटरबाटोकै तलतिर भेरी नदीको किनारसम्म खुल्ला चरिचरणलाई पूर्णतः निषेश गरी वृक्षारोपण, लहरायुक्त लताको रोपण गरी बकमबेली लगायत विभिन्न फूलका बिरुवा रोपेर सिम्ता सिमान्तकृत मध्यवर्ती भूमिको नामाकरण, कार्यान्वयन तथा समिति गठन गरेमा प्राकृतिक सौन्दर्य अभिवृद्धि भइ समाज तथा यात्रुहरू लाभान्वित हुने थिए ।
पाँच, राकम पुलदेखि छोडाचौरसम्म रहेको सिम्ताली भू–भागमा प्रतिघण्टा पाँच वटा ठूला साना गाडीहरू गुड्छन् । प्रत्येक गाडीका यात्रुहरूले पानपराग, गुट्खा, श्यामबहार, चाउचाउ, चकलेट लगायतका थुप्रै प्लाष्टिकहरू त्यही बाटोमा फाल्दैछन् । त्यो बगेर फेरि नदीसम्म खोलाखाली, घरजग्गा, पसल, गोठ, चौतारी कतै खाली छैन । विद्यालय, कार्यालय तथा सार्वजनिक स्थलहरू प्लाष्टिकले भरिएका छन् । यसको अविलम्ब नियन्त्रण सिम्ताले गर्न सक्ने पहिलो कार्य हो । प्लाष्टिक निषेधित–नियन्त्रित क्षेत्र गाउँपालिका भए नेपालकै समृद्धि हुनसक्छ । यसले प्रेरणा, प्रभाव र ऊर्जा उसलाई दिनसक्छ । यदि गाउँपालिका प्रतिनिधि, संस्थाका सरोकारवाला तथा गुरूपरोहितले यस्ता दुव्र्यसन गर्दै आएका भए आजैकै मितिमा सार्वजनिक रूपमा प्रयोग गर्न छोडुन्, नखाउन, प्रदुषणलाई नियन्त्रण गरुन् । परिवर्तन, रूपान्तरण र प्रयोग आफैबाट गर्नुपर्छ ।
छ, कुरिल्लैमा ठूलो जलासययुक्त बाँध निर्माण, विद्युतगृहबाट विद्युत उत्पादन, अवलसुर्माको खत्री परिवारजस्तै, बाख्रापालन, प्रत्येक वडा कार्यालयसम्म ग्रावेल बाटो निर्माण सिम्ताको समृद्धिको थप आयाम मात्र हैन, परम्परागत रूपमै इतिहासदेखि नै प्रयोग हुँदै आएका सुन्तला–गान्द्रा–पथिहाल्ना–मेटला अति महŒवपूर्ण पैदल बाटो स्तरवृद्धि गर्नुपर्ने अति आवश्यकता छ । यस्ता धेरै बाटा, पुल, साँघु, घट्ट, चौतारी, नेटा, मन्दिर, देउली, देउथल, भन्ज्याङहरू, सिम्तामा अनन्त र अनगिन्ती छन् । यिनीहरूको संरक्षण सम्बद्र्धन, विकास सिम्ताको पहिलो कार्य हो, दायित्व र कर्तव्य हो । गान्द्रा पातीहाल्नसम्मको पैदल बाटो अति संवेदनशील छ । जतिबेला पनि मान्छेको मृत्यु हुनसक्छ । सिम्तालीले जहापायो त्यही एक्साभेटर चलाउने भन्दा खच्चर, घोरेटो, गोरेटे, बाख्रा, भैंसी, गाईका बाटाहरू विकसित गराउनुपर्ने देखिएको छ । आम जनताले दिनादिन प्रयोग गर्ने बाटाहरू यिनै हुन्, यिनै सम्पत्तिका संरक्षण गर्दै आएका छन् ।
सात, छेडाचौरदेखि गान्द्रासम्मको जाजरकोट र सुर्खेत जिल्लाबीचको सीमा विवाद सिम्ताको समृद्धिको नकारात्मक तत्व हो । २०४५ सालमा निर्माण भइसकेको पानी ट्यांकी अहिलेसम्म सीमा विवादकै कारण उपयोगमा आउनमात्र सकेको छैन, गान्द्राको विद्यालयको क्षेत्रफल विवादित छ, सुर्खेतीले पुस्तौंसम्म भोग गर्दै आएको जग्गा, खर्क र वनको स्वामित्व छैन, भूमिको नापनक्सा छैन, भोलिका दिनमा दुई जिल्लाका सीमावर्ती जनताबीच ठूलो भिडन्त हुने सम्भावना छ । यसका लागि समयमै सुरक्षा दिन ठूलो र सशक्त आर्मी फोर्सको आवश्यकता छ । प्रहरीचौकी शक्तिशाली बनाउनु जिल्ला सुरक्षा समितिको पहिलो सावधानी बनेको हो भने निर्वाचित पदाधिकारीहरूले कुटनैतिक प्रयास आजैदेखि थाल्नुपर्ने स्थिति र अवस्था छ । भोलिको विकास निर्माणमा जटिल समस्या देखिने सम्भावना त्यत्तिकै छ । आठ, सुन्तला, आले, ढुंगा गान्द्रामा रहेका होटेलहरू संसाझैं रक्सी खानेहरूको भीड लाग्दैछ। यसलाई सिम्ताली पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक जटिलता ल्याइ सामाजिक तनाव देखिदै छ । एकातिर भने अर्कोतिर न्यून गुणस्तरीय मादक पदार्थ सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल अस पर्नुका साथै शान्ति, सुरक्षा, अमनचैन र विकासमा प्रत्यक्ष अवरोध अनुमति भएकाले यथाशीघ्र त्यसलाई पूर्णतः निषेध गर्नु सचेत सिम्ताली युवाको थप दायित्व देखिएको छ ।
नौ, जुगेखोला र गोजीखोला सिम्ताली जनताको प्राणहरू हुन् । दाताहरू हुन् र देनहरू हुन् । यिनीहरूको दिगो दोहन विना सिम्ताली समृद्धि असम्भव प्रायः छ । यी सदावहार अर्गानिक खोलाहरूको मास्टर योजना बनाइ अनियन्त्रित जलप्रवाह रोकेर जग्गा विकास, नहर विकास, वृक्षारोपण, बाली विविधकरण, सधनीकरण, व्यवसायीकरण विना सिम्ताली समृद्धि, कृषि क्रान्ति, आन्तमनिर्भरता असम्भव भएकाले यी दुई वटा खोला लगायत सबै खोलाहरूको व्यवस्थापन सिम्ताली विकासको एउटा नमुना मोडेल हो । मूलतः आफूखुशी प्रयोगमा ल्याइएका एक्साभेटरले यी खोलालाई कुरूप पार्दैछन् । पहिरो ल्याइदैछन्, गरीबको उठीबास गराउँदै छन्, कृषिमा परनिर्भरता बढाउँदैछन्, हुने झन् हुने र गरीब झन् तल हुने स्थिति छ । जनभावना, प्रकृतिक प्रतिकुलता, सांस्कृतिक विरूपीकरण, गाउँका चिन्ता बनेको तर ठेकेदारका लागि दुहुनो गाइ बनेका मनोमनीपूर्ण एक्साभेटरको प्रयोगको नियन्त्रण सिम्ताली पहिलो टड्कारो काम हो । दश, सुन्तोला, गान्द्रा, झ्याम, द्रुपाला, काफलकोट, नयाँ गाउँ लगायत विभिन्न गाउँमा स्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा, विकास, टे«किङ, होमस्टेका लागि हंषबहादुर हमाल, कर्णबहादुर हमाल, ऋणिराज शर्मा, भोजेन्द्र हमाल, मदन मल्ल, चन्द्रकान्त शर्मा, नहकुल बस्नेत, झक्तबहादुर केसी, देवेन्द्र बिसी जस्ता अरु थप आदर्श सिम्तालीहरू जन्मिनु आवश्यक छ । २०६७–०६८
मा प्रारम्भ भएको मल्लगाडे काँक्रेतडा सिँचाइ कुलोको यथाशीघ्र निर्माण, बेल्चा सिँचाइ कुलो निर्माण भइ ३६ सय मिटर भन्दा लामो टाटे सिँचाइ कुलो जस्तै अन्य प्रस्तावित कुलाहरू सम्पन्न हुनु आवश्यक छ । एघार, राकमको क्याम्पसलाई प्राविधिक विधामा लग्नुका साथै बालगृहको विकास, भेरी करिडोरको परिचालन, राकम एकीकृत बस्ती विकास, भेरीमा ¥याफ्टिङको व्यवस्थापन, भेरीबाट पानी लिफ्टिङको प्रबन्ध सिम्ताली समृद्धिका आधारहरू हुन् । अन्यमा, बाह्र, सिम्तामा जन्मिएर नेपालकै राजनीतिक विकासमा महŒवपूर्ण भूमिका निभाएका ऋषिप्रसाद शर्माको जन्मघर, उनले प्रयोग गरेको ढिकी जाँता, कोल, मन्दिर, घर, बाटो, खानेपानी, वनजंगल, विद्यालयलाई ऋषिस्मृति संग्राहलयका रूपमा विकास गर्दा सिम्ता समुन्नत बन्न सक्दछ ।

प्रकाशित मितिः   १५ भाद्र २०७४, बिहीबार १६:०३