देश विकासको जिम्मेवारी हाम्रै काँधमा

सर्वप्रथम त म राजनीतिलाई आफूले बुझे अनुसार परिभाषित गर्न चाहन्छु । देश अथवा राज्य सञ्चालन गर्ने सही नीतिलाई राजनीति भनिन्छ । राजनीति गर्ने तरिका हरेक व्यक्ति अनुसार फरक हुने गर्छ । हरेक मानिसको सोच अनुसार उसले विचार गर्नेगर्छ र सोच व्याक्ति पिच्छे फरक–फरक हुनेगर्छ । जसकारण राजनीतिक दलहरू धेरै प्रकारका र धेरै विचारका रहेको पाइन्छ । तर सम्पूर्ण दलहरूको मुख्य विचार, योजना र भविश्य भनेको देशमा रहेका साना–ठूला समस्याहरू समाधान गर्नु हो । देशको हरेक भू–भागमा रहेका सानादेखि ठूला समस्याहरू समाधान गर्नु, सम्पूर्ण जनताको घरमा पुगेर जनताहरूलाई नजिकबाट नियाली समस्याहरू पहिचान गर्नु र समाधान गर्नु अनि समृद्घ देश निर्माण गर्नु हरेक राजनीतिक दलहरूको मुख्य योजना हो । अब आउनुहोस्, सुन्नुहोस् र बुझ्नुहोस् हाम्रो देशका समस्याहरूको बारेमा ।


विश्वका हरेक देशहरू कुनै समयमा अशिक्षीत नै थिए । सम्पूर्ण देशका जनताहरूमा विभिन्न किसिमका समस्याहरू थिए । तर आज विश्वको पछाडि परेको देशमध्ये हाम्रो देश नेपाल पनि एक हो । हाम्रो देश विश्वका अन्य देशको तुलनामा एकदमै पछाडि परेको छ । हामी सबैलाई थाहा छ यो कुरा तर हामी यसको दोष सरकारलाई दिन्छ । एकपटक सोच्नुहोस् । हजुरलाई भनेको हो मैले । मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस् । हाम्रो देश अन्य देशको तुलनामा पछाडि पर्नुको कारण के हो ? जवाफ छ तपाईंहरूसँग ? भन्नुहोला सरकारले र सरकारको कारणले गर्दा भनेर । एकपटक आफ्नो स्थानबाट सोच्नुहुन्छ की ? सरकार कसले बनायो र कसरी बनायो भनेर । हो यही कारणले गर्दा हाम्रो देश पछाडि परेको हो । हामी आफ्ना दोष देख्दैनौं दोषहरू अरुलाई दिन्छौं अरुलाई होच्याउँदा आरोप लगाउँदा छुट्टै आनन्द आउँछ जसकारण हाम्रो देश दिन प्रतिदिन पछाडितिर धकेलिरहेको छ ।
सुन्नुहोस् मेरो कुरा एकपटक मात्र भए पनि । हजुरले सोच्नुहुन्छ, साथीहरूलगायत धेरै मान्छेहरूसँग भन्नुहुन्छ पनि । देश बिग्रियो, सरकार सही भएन, विकास निर्माण भएन समस्याहरू समाधान भएनन् भनेर । तर, एकपटक म हजुरलाई भन्न चाहन्छु की, हजुरले वास्तबमा के गर्नुभएको छ भनेर । हजुरले भन्नुहुन्छ, देश विकास हुनको लागि सडक, कृषि, विद्युतको एकदमै आवश्यकता पर्छ भनेर । गफ पनि गर्नुहुन्छ यो भए हुन्थ्यो, त्यो भए हुन्थ्यो भनेर । तर कहिल्यै सोच्नुभएको छ, सडक, विद्युत, कृषिमा आफूले केही सहयोग गरु भनेर । सकभर त आफैले पहल गर्नुहोस नसके पनि सहयोग गर्नुहोस् अगाडि लगाउनुहोस् कोही मानिस जसले देश र जनताको बारेमा सोचुन् अनि उनीहरूको साथ दिनुहोस् बन्छ सडक, बल्छ बत्ती । समाउनुहोस् कोदालो, खन्न सुरु गर्नुहोस् अवश्य बन्छ कृषिप्रधान देश कुरामा मात्र होइन व्यवहारमा पनि गरेर देखाउनुहोस् ।
हजुरलाई थाहा छ, गाउँघरमा बिरामी पर्दा उपचार नपाएर छट्पटिदै तड्पिदै ज्यान गुमाउनुको वास्तविकता । देख्नुभएकै छ कृषिप्रधान देशमा भोकमरीले मरेका मानिसहरूको लाश पनी । अनी देख्नुभएकै छ दियालो बालेर अध्ययन गरी डिग्री हासिल गरेका विद्यार्थीहरूलाई पनी । एक पटक मात्र सोच्नुहोस् त, त्यो उपचार नपाएर मरेको मानिस हजुरको छोरा÷छोरी भएको भए । त्यो भोकमरीले मरेको मान्छे र पढ्ने रहर हुँदाहुँदै उज्यालो नभएर दियालो बालेर पढ्नुपर्ने विद्यार्थीको वास्तविकता । चाहनुहुन्छ हजुरको छोरा÷छोरी, भान्जा÷भान्जी,आफन्तहरूलाई यही समस्याले सताओस् भनेर ? सोच्नुहोस्, हरेक कुरा हजुरकै हातमा छ ।
हजुरलाई थाहा भएकै कुरा हो, हाम्रो तत्कालीन समाज जुन छ त्यहाँ खानेपानीको समस्या कति छ भनेर । वर्षातको समयमा पनी–पानी पिउन नपाउनु कहाँसम्मको समस्या हो ? विश्वकै दोस्रो धनी देश हो जलस्रोतमा । तर, वर्षातकै समयमा त पानी–पानी पिउन पाइदैन भने खडेरीमा के हाल होला ? चाहनुहुन्छ, पानी–पानी भन्दै पानी पिउन नपाएर ज्यान गुमाउन ? सक्नुहुन्छ पानी नपाएर मरेका आफन्तको लाश हेर्न ? समस्या पानी नभएर होइन पानीका मुहानहरूको सही व्यवस्थापन नभएर उत्पन्न भएको हो । विश्वका धेरै देशहरू छन् जहाँ हरेक व्याक्तिलाई पर्याप्त पानी प्रयोग गर्न पाउँछन् तर हाम्रो देशमा जती पानीको स्रोतहरू छैनन् । तसर्थ हजुरले त्यो मानिसलाई अगाडि लगाउनुहोस्, जो मानीसले हजुरको समाजमा रहेको पानीको वास्तविक समस्या बुझेको हुन्छ ।
एक पटक सोच्नुहोस् । हाम्रो देशको हरेक सरकारी अफिसमा हुने ढिलासुस्तीको बारेमा । एउटा साधारण उद्योग दर्ता गर्न कयौं महिना लाग्ने गर्छ । साधारण कार्यलाई पनी कयौं घण्टा, दिन लाग्ने गर्छ । किनकी सही नीति छैन यहाँ । हुनत उद्योगधन्दा सञ्चालन भएपछि देशको कच्चा पदार्थ देशमै प्रयोग हुन्थ्यो । तपाईंले आफ्नै देशको सामान प्रयोग गर्न पाउनुहुने थियो । आफ्ना आफ्न्तहरूलाई त्यही उद्योगमा काम लगाइ रोजगार दिलाउन सक्नुहुने थियो । जसकाकारण देशकै आर्थिक स्थितिमा वृद्घि हुने थियो । हजुरका छोरा नाति विदेशीमुलुक गइ रगत बेचेर काम गर्न बाध्य हुनुपर्ने थिएन । घरमै बसेर घर नजिकै जागिर गरी परिवार पाल्न सक्थे । तर त्यही काममा ढिलासुस्ती भइदिन्छ यहाँ ।
व्यवहारिक शिक्षाको आवश्यकता सबैलाई थाहा छ तर, सरकारी नीतिमा खोइ व्यवहारिक शिक्षा ? हामी धेरै प्रकारका मानिसहरू छौं नेपालमा । हरेक मानिसका आ–आफ्ना समस्या र योजनाहरू होलान् । तर हाम्रो मुख्य समस्या भनेको आर्थिक हो । व्यवहारिक शिक्षा सरकारी नीतिमा लागू गर्नासाथ हरेक मानिस आफ्नो खुट्टामा आफै उभिन सक्छन् । जसकारण देश समृद्घ हुन्थ्यो । तर त्यो नियम छैन हाम्रो देशमा । हरेक नागरिक शिक्षित र रोजगारी भए देश विकासमा कुनै ढिला हुने थिएन । खोइ तपाईंले आवाज उठाएको ? चाहनुहुँदैन देश निर्माण होस् भनेर ? चाहनुहुँदैन आफ्न्तहरू सबै रोजगार र शिक्षित हुन भनेर ? बोल्नुहोस् अब । केही गर्नुहोस् अब, गर्ने बेला आएको छ, हजुरले नगरे कोहीले गर्दिनेवाला छैन यहाँ ।
हजुरलाई थाहा भएकै कुरा हो । हाम्रो देशको लगभग ८० प्रतिशत जनताहरू ग्रामीण भेगमा बस्ने गर्दछन् । जुन ठाउँ कुरिति, कु–संस्कार, जातीय छुवाछुतले भरिएको छ । हजुरलाई थाहा होला, सम्पूर्ण मानिसहरूको रगत रातै हुन्छ भनेर । तर हजुरले नै त्यो व्यवहार किन गर्नु हुन्छ जसकारण मानिसहरूलाई तल्लो र उपल्लो जातमा वर्गीकरण गरिएको छ । हजुरले त मानिसहरूबीचको दूरीलाई तन्काउनुहुन्छ भने अरुले के गर्लान् ? मानिसको जातको वर्गीकरण कामको आधारमा गरिएको हो भन्ने कुरा हजुरलाई थाहा होेला नै । तर पनि ऊ मानिसलाई हजुर लगायत धेरै मानिसहरूले भेद्भाव गर्नुहुन्छ, जो तल्लो जातको छ । त्यो पनि मान्छे हो, उसको पनि मन होला, भविष्य होला, अधिकार होला । खोइ मानवता ? कता हरायो कहाँ गयो नेपालीपन ?
थाहा नै छ दिन प्रतिदिन गाउँघरमा कयौं महिलाले ज्यान गुमाउनुपरेको कुरा । महिलाहरू महिनावारी भएपछि छाउगोठ अर्थात् घरभन्दा टाढा बनाइएको सानो वारकोल गरी बनाएको घरमा बसालिन्छ । जसकारण उनीहरूलाई विभिन्न समस्याहरू देखापरी उनीहरू आफ्नो ज्यान गुमाउन बाध्य छन् । रजस्वला हुनु प्राकृतिक प्रक्रिया हो । हरेक महिला रजस्वला हुन्छन् तर उनीहरू यो अवस्थामा धेरै कमजोर हुने भएकाले उनीहरूलाई आरामको व्यवस्था मिलाउनु, पोषणयुक्त खाना खुवाउनु त कता हो कता, झनै घरबाट बाहिर निकालिदिने । कहाँको न्याय हो यो ? जो महिलाले हजुरलाई जन्म दिइन्, हजुरलाई यो अवस्थामा ल्याउनका लागि नौ महिना पेटमा राखी संर्घष गरिन् ती महिलालाई रजस्वला हुँदा घरबाट बाहिर लखेटिन्छ । यही हो न्याय ? बाहिर बस्नुको समस्या अनि संर्घष कति कठिन छ, थाहा पाउनुभएको छ ? जब महिला बाहिर हुन्छिन्, विभिन्न प्रकारका विषालु जीवजन्तुले टोकेर मृत्यु भएको दुःखद् समाचार पनि थाहा नै होला । रक्तस्राव भइ उपचार नपाएर त्यही मृत्यु भएको कुरा पनि थाहा नै होला । यही हो त न्याय ? तिनै महिलालाई बोक्सीको आरोपमा विभिन्न दण्ड दिइन्छ, जसले हामीलाई नौ महिना कोखमा राखी आज यो स्थानसम्म ल्याइपु¥याइन् । आफ्नो भोकलाई भोक नभनी हाम्रो पेट भर्ने भगवान् रूपी महिलालाई त्यो व्यवहार सुहाउला त ? विश्व कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रो देश रुढीबाढी परम्पराको शिकार बनि ग्रसित भएर लट्पटिरहेको छ ।
देशमा यस्ता मानिसहरूलाई हजुरले जनप्रतिनिधि बनाएर पठाउनुभएको छ जसले कामलाई दामसँग तोलिदिन्छन् । काम गर्नुअघि पैसा अर्थात् घुस चाहिन्छ । हजुरसँग त होला धेरै पैसा ताकी हजुरले आफ्नो काम पैसा पेलेर सहजताका साथ गर्न सक्नुहुन्छ । तर कोही त गरीब छ होला नि यो समाजमा र समग्रमा नेपालमा । के सबै मानिस धनी होलान् र ? साँच्चै सबै मानिस धनी भएको भए आफ्नो ज्यानको बाजी लगाएर रगतसँग पैसा साटी विदेशिनु पर्दैनथ्यो होला । हो उनीहरूको बारेमा पनि सोच्नुहोस्, जसले बिहान बेलुकाको छाक टार्नका लागि दिनभर काम गर्नुपर्ने हुन्छ । रोजीरोटीको लागि आफूलाई नै बेच्नुपर्ने हुन्छ । अनि २÷४ हजार मासिक कमाइ माग्नको लागि ठूलावडाको हजारौं गाली सहनुपर्ने हुन्छ । घुस पनि पैसा हुनेवालालाई त राम्रो लाग्दो हो किनकि पैसा धेरै हुन्छ । लगाइदिन्छन्, पेलिदिन्छन् पैसा । तर मासिक २–४ हजार कमाई नहुनेको लागि त गाह्रो हो नी हैन र ? खोइ नेपालीपन, खोइ समानता, खोइ मानव अधिकार र कतव्र्य ?
देश विकाश हुनको लागि राजनीतिक स्थिरता हुनुपर्दछ त्यो हजुरलाई पनी थाहा छ तर हजुरले किन गराउनुहुँदैन राजनीतिक स्थिरता देश विकास गराउन किन चाहनुहुँदैन ? यदि राज्यमा स्थिरता चाहनुहुन्छ भने त्यो मानिसलाई राज्य सञ्चालन गर्न दिनुहोस् जो मानिस हजुर समानको होस् । त्यो मान्छेले हजुरको वास्तविक जीवनको समस्या बुझोस् र आफू पदमा पुगेपछि ती हरेक समस्याको समाधान गरोस् । त्यो मानिसलाई किन छान्नुहुन्छ जसले पैसालाई नै सबथोक ठान्दछ । असल अनी कुसल मानिस छान्नुहोस् जसले समग्रमा हाम्रो देशको समस्या नजिकबाट बुझेको होस् र समाधानतर्फ डटेर लागोस् ।
म १७ वर्षको एक साधारण विद्यार्थी मात्र हो मैले चाहेर मात्र यो समस्याले भरिएको देशमा केही हुनेवाला छैन । तर अब हामी नेपाली जुट्ने बेला आएको छ । सम्पूर्ण नेपाली नेपालको लागि लड्ने बेला आएको छ । नेपालमा रहेका विविध समस्यालाई समाधान गर्नको लागि हजुर आफ्नो ठाउँबाट अगाडि बढ्नुपर्दछ । म धेरै भन्दैन दैनिक हजुरलाई टिभी हेर्ने समय हुन्छ, पुस्तक पढ्ने समय हुन्छ, फेसबुक, टुइटर, वाटसप चलाउने समय हुन्छ । भने मात्र एक घण्टा देशको बारेमा सोच्नुहोस् । दैनिक एक घण्टा नेपालको लागि निकाल्नुहोस् । तब देश निर्माण हुनेछ, जब हजुरले दैनिक एक घण्टा मात्र देशको लागि सोच्न थाल्नुहुनेछ ।
मलाई यो कुरामा त्यति सरोकार छैन की, हजुर हाल कुन पार्टीमा कार्यारत हुनुहुन्छ, कुन पार्टीको समर्थक हुनुहुन्छ भनेर । एमाले, कांगेस, माओवादी लगायतका थुर्पै पार्टी मध्य जुन पार्टीमा भएता पनी हजुरको मुख्य योजना एउटा मात्र हुनुपर्छ । त्यो हो समृद्घ नेपाल निर्माण । जहाँ समृद्घ देश निर्माण हुँदा हरेक नागरिक शिक्षित हुनुपर्छ तब नेपाल शिक्षित हुनेछ र बन्नेछ एक समृद्घ देश । हजुरले त्यो मानसिलाई नचुन्नुहोस् जसले आफ्नो बारेमा मात्र सोचोस् । हजुरले त्यो मानिसलाई चुन्नुहोस् जसले समग्र नेपाल र नेपालीको बारेमा सोचोस् र देश निर्माणको लागि हरेक सकरात्मक कदम चाल्न तयार होस् ।
के हजुर चाहनुहँुदैन राम्रो सडक बनोस् आरामदाई यात्रा होस् बाटोमा कुनै खत्रा नहोस् भनेर ? थाहा होला त यो वर्षातको समयमा रहिआएको सडकको हालत र त्यसको समस्या नेपाललाई पुग्ने खाद्यान्न नेपालमै उत्पादन होस् सकभर अन्य देशमा पनी बिक्री गर्न सकियोस् यो कुरा चाहानुहुन्न ? जुम्लाको स्याऊ नखाएर विदेशी स्याऊ खानेलाई जुम्लाको स्याऊ र विदेशी स्याऊबीचको फरक चेतना दिलाई देशभर जुम्लाको स्याऊ प्रयोग गरी स्वदेशी फलफूलको महŒव सम्पूर्ण मानिसलाई थाहा दिन हजुर चाहनुहुँदैन ? हरेक नेपाली शिक्षित होस्, आफ्नो खुट्टामा आफै उभियोस्, यो चाहनुहुँदैन ? नेपाली जनता नेपालमा मात्र होइन विश्वभरी चर्चित होस्, यो चाहनुहुँदैन ? राजनीतिक अस्थिरता हटी देशमा स्थिरता भइ देश विकास र समृद्घ भएको देख्न चाहनुहुँदैन ? उपचार नपाएर मर्ने, छाउगोठमै मर्ने मानिसहरूको बारेमा केही सकरात्मक प्रयास होस्, चाहनुहुँदैन ? सरकारी कार्यहरू जुन कार्यहरू गर्दा घटौं, दिन र महिनौं लाग्छ, ती कार्य एक दिनमै होस्, यो चाहनुहुँदैन ? चाहनुहुँदैन भने चाहनुहोस् ।
चाहनुहुन्छ भने एक पटक सोच्नुहोस् । दैनिक एक घण्टा देशका लागि सोच्नुहोस् । पार्ट, राजनीतिक दल,आफ्नो ठाउँमा छ, सर्वप्रथम आफू नेपाली हुँ भन्ने कुरा बुझ्नुहोस् । नेपाली भएको बारेमा गौरव गर्नुहोस् । नेपाल बनाउनुहोस् । नेपाल मात्र हजुरको हातमा छ ।
अन्तमाः राजनीतिक पार्टी जे भएता पनि हामीलाई समृद्घ नेपाल चाहिएकोले हामी नेपाली एकजुट हौं । आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । देशमा रहेका हरेक किसिमका समस्याहरूलाई जरैबाट निर्मूल पारौं । हजुरले केही गर्नुपर्छ, बोल्नेमात्र होइन देशकै लागि मर्नुपर्छ ।
(वीरेन्द्रनगर–१२ सुर्खेत निवासी लेखक विद्यार्थी हुन् ।)

प्रकाशित मितिः   ३१ श्रावण २०७४, मंगलवार ०९:१०