‘गुरुको घरमा काम गर्दै अक्षर चिनें’

गोविन्द मल्ल साविकको जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति हुन् । बुबा मोतिलाल मल्ल र आमा बालकुमारी मल्लको कोखबाट वि.सं. २००४ चैत १२ गते जन्मिएका उनी नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता पनि हुन् । नेपाली कांग्रेस सुर्खेतको पूर्व सभापतिसमेत रहेका मल्लले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः


मेरो जन्म वीरेन्द्रनगरको गोठीकाँडा नजिक कटकुवामा भएको हो । अहिले त त्यहाँ जंगल मात्र छ । पहिले बस्ती त्यही थियो । हामी ६ भाई र तीन बहिनी । म घरको काइलो छोरा । हाम्रो पुख्यौली घर दैलेखको खडीगैरा भन्ने ठाउँमा हो । हामी पहिले गर्मी मौसम सुरु भएपछि दैलेख जाने गर्दथ्यौं । म जन्मेको २२ दिनपछि हामी दैलेख गएको रे । फेरि चिसो दिन सुरु भएपछि हामी सुर्खेत आउने गथ्र्यौ । मेरो बाल्यकाल एकै ठाउँमा बितेन । कहिले दैलेख त कहिले सुर्खेत र पढाइको शिलशिलामा काठमाडौं र नेपालगन्ज बिताएँ । गाउँमा धेरै जसो नपढेका हुन्थे । तर मेरो बाल्यकाल पढाइमा नै बित्यो । अन्त ध्यान भने गएन् ।
म ६ वर्षको हुँदा विद्यालय जान थालेको हुँ । त्यसभन्दा अघि गुरुको घरमा गएर अक्षर चिनें । लालबहादुर खड्का गुरु हुनुहुन्थ्यो । उहाँको घरमा गएर पढ्ने र त्यस बापत काम पनि गरिदिने गर्थें । बुबाले वर्षमा धान पनि दिनुहुन्थ्यो ।
२०१५ सालमा मेरो बुबालगायत केही व्यक्तिहरूको नेतृत्वमा कक्षा पाँचसम्म कट्कुवामा विद्यालय स्थापना भयो । मेरो बुबा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । अहिले त्यो विद्यालय श्रीकृष्ण संस्कृत तथा साधारण मावि भएर ईत्राममा छ । म सिधै कक्षा ३ मा भर्ना भएर पढ्न थालेको हुँ । ६ र सात गोठीकाँडामा पढें । त्यसपछि म काठमाडौं पढ्न गएँ । मेरो बुबाको साथीको घर थियो । म उहाँको घरमा बसेर करिब ६ महिना मात्र पढें । न चिठ्ठी न फोन । घरमा कसैसँग पनि कुरा गर्न नपाइने । घरको सम्झनाले धेरै नै सताउने गथ्र्यो । त्यहाँ बस्न मन नलागेपछि म नेपालगन्ज आएँ । महेन्द्र नाइड एकेडेमीमा पढें । वि.सं. २०२१ सालमा मैले यसै विद्यालयबाट एसएलसी पास गरेको हुँ । ८ कक्षा पढ्दा बुबा मलाई भेट्न नेपालगन्ज कहिले काहीं जानुहुन्थ्यो । बुबा सुर्खेतबाट नै घोडा चढेर जानुहुन्थ्यो । त्यस बेलामा टाइट पाइन्ट र तिखो जुत्ता लगाउने चलन थियो । मैले त्यस्तो कपडा लगाएको बुबालाई मन परेको रहेनछ । बुबाले सधैं जाँदा खर्च दिनुहुन्थ्यो । तर अझै दिनुहुन्छ कि भन्ने आसले बुबालाई आधा बाटोसम्म पु¥याउन आएँ । छुटिँदाखेरी बुबालाई ढोक्दा पाइन्ट फुट्यो । बुबाले त्यसबेलामा घोडा हान्ने लठ्ठीले पिटेको सम्झना अझै पनि आउँछ ।
बिदाको समयमा घर आउने गर्थें । साथीभाईहरूसँग रमाइलो हुन्थ्यो । घरमा त्यति काम गर्नु पर्दैनथ्यो । घरमा काम गर्ने मान्छेहरू धेरै हुन्थे । कहिले काहीं आमालाई सघाउन बाख्रा हेर्न जाने, घाँस काट्ने गथ्र्यौं । आमाले काम गराएपछि रुखका घाँस झारिदिनु पथ्र्यो । सानो छँदा धेरै खेल्न मन लाग्ने रहेछ । सबैभन्दा बढी कपर्दी, र थांनाको भकुण्डो गराएर बल खेलियो । खोप्पी पनि खेलिन्थ्यो । डन्डिबियो पनि धेरै नै खेलियो । बाल्यकालमा गाउँका काँक्रा भने धेरै चोरियो । धेरै रमाइलो हुन्थ्यो । त्यसबेलामा यो वीरेन्द्रनगर उपत्यकामा बस्ती थिएन् । हिउँदमा मात्र मानिसहरू यहाँ आउँथे । खेतहरूमा घोडाहरू त्यसै छोडिदिन्थे । कसका घोडाहरू हुन भन्ने थाहा हुन्थेन । हामीले घोडा चढेर कट्कुवा जान्थ्यौं अनि घोडा वीरेन्द्रनगरतिरै पठाउथ्यौं ।
पहिलेको जमाना र अहिलेको जमाना धेरै फरक छ आकाश पातल नै छ भन्नुपर्छ । अहिलेका बालबालिकाका प्रायको हातमा मोबाइल फोन हुन्छ । घर–घरमा टेलिभिजन हुन्छ । प्रत्येक मोबाइलमा रेडियो सेटहरू हुन्छन् । हाम्रो बाल्यकालमा त त्यसो सबै कल्पना मात्र हुन्थ्यो । २०१८ सालतिर हो । एक जना दैलेखका लाउरेसँग बुबाले धानसँग रेडियो साटेर घरमा ल्याउनुभएको थियो । हाम्रो घरको आँगनमा गाउँभरीका सबै मान्छेहरू जम्मा भएर रेडियो सुनेको याद अझै पनि आउँछ ।
एक पटक बुबाहरूले कटकुवामा महाभारत भन्ने नाटक देखाउनु भएको थियो । त्यो नाटकमा म पनि भगवतिको भूमिकामा खेल्ने मौका पाएको थिएँ । नाटक सामाजिक चेतनामा आधारित थियो । पछि कक्षा ९ मा पढ्ने बेलामा धामी नाटक बनाएर देखाएका थियौं । त्यसबेलामा जात्रा लागेपछि महŒव धेरै नै हुन्थ्यो । हामी कटकुवाबाट रथ लिएर जात्रा लाग्ने ठाउँमा जान्थ्यो । म राधा बनेको सम्झना आउँछ ।
२०१५ सालमा चुनाव थियो । मेरो बुबा राजनीतिमा लाग्नुभएको थियो । हाम्रो बुबालाई गाउँमा जिमवाल भन्थे । हामीलाई जिमवालका छोराछोरी भन्थे । बुबा गोर्खा परिषद् पार्टीमा आवद्ध हुनुहुन्थ्यो । हाम्रो घरमा केही जगदिस शम्शेर राणालगायतका केही ठूला नेताहरू पनि आउँथे । कटकुवा पञ्चायतमा बुबाको पार्टीबाट उठेका उम्मेदवारलाई जिताउन हामी माइक लिएर गाउँ–गाउँ प्रचार–प्रसार गर्न हिँडेका थियौं । राजनीतितर्फ पछि क्याम्पस पढ्ने बेलामा चासो पढेको हो । विद्यार्थीसँग नदेखि नै मैले राजनीति सुरु गरें । वि.सं. २०४९ सालमा मैले जिल्ला सभापति जितेको हुँ ।

प्रकाशित मितिः   ३० श्रावण २०७४, सोमबार १६:०१