भ्रष्टाचार न्यूनीकरण कसरी गर्न सकिन्छ ?
समाज र राज्यको उत्पत्तिदेखि नै मानवले मानवमाथि शासन, शोषण र दमन गर्ने क्रम सुरु भएको देखिन्छ । अनेकौं विधि अपनाएर शोषण र दमनको क्रम जारी रह्यो । कहिले सामन्तले किसान माथि शोषण, कहिले धार्मिक विधिबाट शोषण, कहिले जाातजातिको विभाजन गरेर शोषण, कहिले वर्ण, लिङ्ग आदि इत्यादिलाई उपयोग गर्ने लगायतका विधि अपनाएर शोषणा गर्ने गरिएको पाइन्छ । कालक्रम फेरिदैं जाँदा शासकले शोषणको विभिन्न विधि र तिथि बसाले त्यसको गुह्य जनताले विस्तारै जानकारी पाए । जनताले जानकारी पाइसकेपछि त्यसको विरुद्ध सशस्त्र र निशस्त्र जनविद्रोह भयो । मानव समाजमा समयको कालक्रमसँगै यस्तो जनविद्रोह हुँदै आएका छन् । हिन्दुहरूमा हेर्ने हो भने निरञ्कुश र अत्याचारी गर्ने कौरव र पाण्डव युद्धलाई महाभारतमा तथा राम–रावण युद्धलाई रामायणजस्ता ग्रन्थमा सर्जकहरूले लिपिवद्ध गरी मानवले मानवमाथि अन्याय तथा अत्याचार गर्नु हुँदैन भन्ने सन्देश दिएका छन् ।
त्यस्तै जनतामाथि शासन गर्दा सेवा भावले गर्नुपर्छ भनि हिन्दु पण्डितहरूले नीति शास्त्र, अनेकौं धार्मिक ग्रन्थ, अर्थशास्त्र निर्माण गरेको पाइन्छ । तिनै ग्रन्थका सिद्धान्तमा चढेर जनतालाई सुखमय राज्य गर्ने भनि शासक भएका राजाहरूले धर्ममा परिमार्जन गरी सयौं, हजारौं रानी राख्ने गरे । आफ्नो मृत्युपश्चात् अरु कसैले उपभोग नगरुन् भनि सतिप्रथा चलाए । तिनै ग्रन्थमा टेकेर राज्य गर्ने हिन्दु समाजबाट बनी जनतालाई कर लगाएर ऐस आरामका भव्य महल निर्माण गर्ने, हत्याहिंसा गर्ने क्रम त हाम्रो देशमा राणाकाल, शाहकालको इतिहास हेरे पाइन्छ । त्यति नपुगी दरबारभित्रै सत्ता हत्याउने एउटा कुशवंश जत्था तयार गरी अर्को वंशको नाश गरी सत्तालिने राणाकाल, शाहकालको इतिहास हाम्रोसामु सांक्षी छ । अहिले त्यो काललाई स्वर्णिम युगको वखान गरी जनता लुट्ने, भाइभाइको हत्या गरी निरंकुश शासन गर्न चाहने कु–तत्वकहरू चलमलाएका छन् । अनेकौं सपनाहरू जनतालाई बाँडी हिँड्नेहरूलाई जनताले नै ठेगान लगाइ दिए । अहिले उनीहरू यो वा त्यो बहानामा किनारा पुगी एक अर्कोमाथि आरोप प्रत्यारोप लगाउँदै फुट्को संघारमा छन् ।
अहिले पनि संसारमा कैयौं मुलुकहरूमा धार्मिक राज्य चलाउने मुस्लिम राष्ट्रहरूमा सरिया कानुनहरू यथावत छन् । प्रजातन्त्रको नाममा निरंकुश राजाहरूलाई फ्याकेर गए पनि १६ दलीय प्रजातन्त्रको नाममा पुनः धार्मिक राज्य चलाउने अनेकौं गुप्त तरिकाहरू अपनाएर कमिशन खाने अकुत सम्पत्ति अर्को मुलुकमा राख्ने वा विभिन्न प्रकारको आफ्नो नजिकको नातेदारको नाममा उद्योग खोली सत्ता शक्ति धनको बलमा राजनीति मूल नेतृत्वमा बसिरहन चाहने भर्खर भ्रष्टाचार आरोपित भएर सत्ता बाहिरिएका पाकिस्तानका राष्ट्रपति नवाव शरिफ छन् । प्रजातन्त्रको नाममा २०४६ सालपछि भ्रष्टाचार गरी कमाएर जेल पठाएका खुमबहादुर खड्का, गोविन्द राज जोशी नजिर हुन् । १० वर्षे द्वन्द्वकाल त्यसपछि २०६४ देखि २०७४ सम्मको अन्तरिम कालमा अस्थायी रूपमा ६, ९ महिने शासनको सत्तामा पुग्नेहरू अनेकौं फेहरिस्तबाट भ्रष्टाचार गर्ने खोजी गर्ने हो भने अझै जेल हाल्नुपर्नेहरूको लिष्ट लामै होला जस्तो छ । अहिले साझा नेपालमा अख्तियार नामको भ्रष्टाचारीलाई कारबाही गर्ने संख्याले तलका भूरामारीलाई मात्र कारबाही गरेको छ । मुल स्थानमा हात हाल्न खोज्दा आफै कारबाहीमा परेको छ । जनताको मत च्यात्नेहरूकै विजयी बनेको नजिर यसरी हेर्ने हो भने कुनै पनि धर्मशास्त्र, राजनीतिको दर्शनशास्त्र प्रतिपादन गर्ने महापुरुषले अन्याय अत्याचार गरी सम्पत्ति आर्जन गर्नुपर्छ, मोजमस्ती गर्नुपर्छ तबमात्र स्वर्ग पुजिन्छ भन्ने ग्रन्थहरूमा छैन । मानिसहरू त्यही धर्म, राजनीतिशास्त्रदेखि अत्याचारी धार्मिक नेता, राजनेतालाई परास्त गरी त्यो स्थानमा पुग्छ । पुनः ऊ फेरि त्यहीमा टेकेर सधैं सत्ताको स्वाद लिन भ्रष्टाचार अन्याय अत्याचार अकुत सम्पत्ति आर्जन गर्न लाग्न थाल्दछ । संसारभर चाहे जुनसुकै धर्म राजनीतिको मियो समाते पनि क्रान्ति पछि प्रतिक्रान्ति गर्नु जनताले बाध्य भएर कहिले शास्त्र कहिले निशस्त्र विद्रोह गरिरहनु प्रायः गरेर अल्पविकसित राष्ट्रहरूको रोग नै बनेको छ । आजका विकशित मानिने मुलुकहरू पनि धार्मिक, राजनीति शोषण, अन्याय, अत्याचार नभएका होइनन् । यहाँ पनि हजारौं लाखौं मानिसहरूले बलिदानी गर्दै अहिले धार्मिक लडाईं गरेर पोपसमेतलाई काटेका थिए । कहिले राजालाई जिलेटिनमा काटेका थिए । कहिले साम्राज्यवादी लडाई लडेर स्वतन्त्रता गरे भने कहिले पूँजीवादीसँग लडाई गरी समाजवादी व्यवस्था स्थापना गर्न पुगेका थिए । यूरोपमा महिलाहरू पितृसत्तात्मक राज्यविरुद्ध बन्दुक नै उठाएर लिङ्गिय समानताहक लिएका हुन् । पहिलो र दोस्रो साम्राज्यवादी युद्ध पनि प्रायः यूरोपका मानिसहरूले भोग्नु प¥यो ।
यिनै उथलपुथलका कारण यि विकशित भनिने मुलुकहरूका मानिसहरू चेतना बृद्धि हुन गयो । राज्य व्यवस्थापन जनता पहुँचमा पुग्ने नीति नियम बनाउन सफल भएर नै हाम्रो भन्दा कति साना राष्ट्रहरूले पनि विभिन्न विधामा उत्कृष्ट वैज्ञानिक व्यक्तिको जन्म गराएर नयाँ–नयाँ प्रविधिको आविस्कार गरी मानवजीवन सुखी सम्पन्न बनाएर संसारभर आफ्नो बजार बनाउन अहिले पनि सफल भएका छन् । अझै एकपछि अर्को विज्ञानको उत्पादनले नयाँ–नयाँ ज्ञान विज्ञान तथा राज्य व्यवस्थापनले एक पछि अर्को क्षितिज उघारिरहेका छन् हाम्रो देशमा बहुदलीय प्रजातन्त्र पछि भर्खर गाउँ–गाउँमा जिल्ला मा मोटरको ट्«याकसम्म पु¥याएर राज्यसँग जोडिने क्रममा छौं । अभिव्यक्ति स्वतन्त्रताले कहाँ कसरी भ्रष्टाचार अन्याय अत्याचार भयो भन्ने बल्ल लिन थालेका छोंै । उनीहरूले त कामको छिटो समय उपयोगिता तीव्र बनाउने हवाइ मार्ग द्रुत गतिको नागरिकको पहुँचमा पु¥याइ सकेका छन् । त्यस्तै भ्रष्टाचार कमिशन अन्त्य गर्न अनेकौं विधि, नीति, थितिको व्यवस्थापन गरेका छन् । त्यहाँ धार्मिक शोषणको अन्त्य भएको छ । त्यहाँबाट हटेर तिनै धर्मको आडमा भर्खर नेपालमा शोषण गर्न अनेकौं सपोटका प्राइभेट स्कुलहरू हाम्रो नेपालमा सुरु गरेका छन् । उनीहरू देशमा फेज आउट भएका व्यवस्थापन हो वा विज्ञानका सामग्री हाम्रो देशमा भर्खर उपयोगमा लागेका छौं । हामी कति पछाडि छौं कति ढिलो पीडा भएका छौं भन्ने लाग्छ मलाई ।
कुनै कुनै मित्रहरू मलाई यो बहुदलीय व्यवस्थामा धेरै भ्रष्टाचार भयो नेता र व्युरोक्रेटले यो २७ वर्षमा अकुत सम्पत्ति कमाएको भन्दा त हिजोको पञ्चायत ठीक थियो भन्नुहुन्छ । त्यो तिर कलम चलाउन घचघच्याउनु हुन्छ । म त त्यतातिर फर्कन चाहन्न । त्यही निरंकुश व्यवस्था लामो समयसम्म रहँदा नै हाम्रो देशको सर्वांगिण विकास हुन नसकेको ठहर मेरो छ । मलाई लाग्छ कुनै पनि व्यवस्थामा गुण तथा अवगुण हुन्छ । तर निरंकुश व्यवस्था अवगुणले भरिपूर्ण थियो । पञ्चायत र राजाको गुण गाए जति पनि भ्रष्टाचार अत्याचार गरे हुने । अहिले पनि गहिरिएर हुने गणना गर्ने हो भने उनीहरूकै सम्पत्ति बढी छ । उनीहरूलाई पञ्चायतले कहिले कारबाही ग¥यो ? सञ्चार कति खुल्ला थियो ? आज जस्तो भ्रष्टाचारी भनि कतिले जेल नेल खाए ? उहँहरूलाई एक पटक पछाडि फर्केर हेर्न मेरो अनुरोध छ ।
आज बहुदलीय व्यवस्था लोकतान्त्रिक गणतन्त्र निजीकरणसमेत लिएर आएको छ । अहिले स्थानीय निकायलाई स्वायत्तता दिएर सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने गरी जनता अधिकार हस्तान्तरण गरिएको छ । साँच्चै नै नेपाली जनतामा अधिकार आएको छ । विकृति विसंगति कमिशन हत्या हिंसा अन्त्य भयो अब भ्रष्टाचार हुँदैन भन्ने यो पत्तिकार मत छैन । अब मिडिया पनि खुला छ । अब पनि केन्द्रमा बसेर भ्रष्टाचार गर्दैनन् भन्ने होइन भ्रष्टाचार अन्याय अत्याचार गर्नेहरू पनी नयाँ–नयाँ तरिका अपनाउँदै जान्छन् जसरी एउटा चोर तस्करले कानुन नयाँ बनेपछि तरिका पनि नयाँ अपनाउँछ । तर संविधान कानुन नीतिनियमहरू निरंकुश शासनजस्ता हुकुमले भने हुँदैन । अब जनताको माग अनुसार संशोधन परिमार्जन प्रजातन्त्रमा भइरहन्छ । त्यस्तो गर्ने राजनीतिज्ञ होस् ठेकेदार, उद्योगपति व्यापारी कर्मचारीहरू पनि खुला सञ्चार खबरले कारबाही पनि भइरहन्छ । संविधान कानुन नियम बनाउनु पनि समय लाग्छ । लागू गर्न पनि समय लाग्छ । कमिशनतन्त्रका अनेकौं भेराइटी पनि अन्त्य हुँदै जान्छन् । सबैभन्दा पहिले नीति नियम पालन सबै नेपालीले आफूबाट सुरु गरौं । खाली अर्कालाई भन्न पाए मात्र आफ्नो बोझ हलुका पार्ने आफ्नो मौका आयो भने खान गर्न नछोड्ने प्रक्रिया आजबाट अन्त्य गर्दै जाने हो भने भ्रष्टाचार यसरी न्यूनीकरण गर्दै जान सकिन्छ । हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि र राज्य स्थायी सरकार बस्ने कर्मचारीले के कसरी काम गरेका छन् तिनीहरूको निगरानी गर्ने हामी जनताको पनि हो भन्ने दायित्व हुन्छ भनि निगरानी गर्ने विस्तारै त्यस्ता भ्रष्टाचार र कमिशनको अन्त्य गर्ने नयाँ–नयाँ नीति नियम बनाउदै कारबाहीका सजिलो गर्ने संस्था अधिकार स्थापना गर्दै जाने हो भने आजका भ्रष्टाचार न्यूनीकरण गर्दै अन्त्य गर्न सकिन्छ । चेतना भया ।
साझा बिसौनी संवाददाता ।