उपवासः उपचारको एक पद्धति
साउन र भादौ महिना व्रतको लागि दुई महŒवपूर्ण महिनाहरू हुन् । साउने संक्रान्ति व्रत, कृष्ण जन्माष्टमी व्रत, हरितालिका तीज व्रतहरू यिनै दुई महिनामा पर्ने हुनाले व्रतको महŒव र हाम्रो मस्तिष्क र शरीरमा यिनीहरूको प्रभावको बारेमा सानो जानकारी होस् भन्ने उद्देश्यले सानो लेख यहाँहरूको लागि ।
उपवासको अर्थ
Fasting शब्द Latin भाषाको Feastan भन्ने शब्दबाट आएको हो जसको अर्थ दृढ वा निश्चिय भन्ने हुन्छ । संस्कृतमा व्रत भन्नाले संकल्प भन्ने बुझिन्छ र उपवासको अर्थ ईश्वरको सामिप्य हुन्छ । यसै अर्थले उपवास एउटा यस्तो क्रिया हो जो नियन्त्रित वा निर्धारित अवस्थामा दृढ निश्चयको साथमा गरिन्छ । जसमा भोजनको त्याग कुनै निश्चित अवधिको लागि गरिन्छ ।
उपवास स्वास्थ्य संरक्षणको एउटा महŒवपूर्ण उपचारको स्वरूप हो । यस अवस्थामा रोगीले आवश्यकता अनुसार कम अधिक समयको लागि पानी बाहेक कुनै पनि प्रकारका ठोस अथवा तरल आहार ग्रहण गर्दैन । उपवासमा मानसिक तयारी हुनु महŒवपूर्ण पूर्ण शर्त हो । लामो समयको लागि उपवास बस्दा चिकित्सकको निगरानी मा बस्नु महŒवपूर्ण हुन्छ ।
उपवास प्रकृतिको पुरानो, प्रभावकारी र सबैभन्दा कम खर्चिलो उपचार प्रक्रिया हो, जसलाई प्राकृतिक उपचार (Natural Healing) पनि भनिन्छ । सबै रोगहरूको मूल कारण शरीरमा विजातीय द्रव्यहरूको र हानिकारक पदार्थको सञ्चिति हो र यसको मूल कारण अत्याधिक सेवन (Overeating) हो । धेरैजसो व्यक्तिहरू अत्याधिक भोजन सेवन गर्दछन् र यसको अनुपातमा शारीरिक रूपमा कम सक्रिय हुन्छन् फलस्वरूप पर्याप्त शारीरिक ब्यायामको अभावमा शरीरले ग्रहण गरेको अत्याधिक भोजन सदुपयोग हुन पाउँदैन । यसबाट पाचन प्रक्रिया र निष्काशन प्रक्रिया सुस्त हुन्छन् र जसबाट शरीरका अन्य प्रणालीहरूलाई प्रभाव पार्दछ । सीमित समयका लागि शरीरमा खानाको अभाव सिर्जना गरेमा, निष्काशन गर्ने अङ्गहरू जस्तै मलद्वार, मृगौला, छाला र फोक्सोले विजातीय र हानिकारक द्रव्यहरूलाई निष्काशन गर्ने अवसर प्रदान गर्दछन् र यसबाट शरीरको अत्याधिक चाप न्यून हुन जान्छ । उपवास एक प्रकारको तप आत्मशुद्धीकरणको तरिका पनि हो ।
उपवासको समयावधि बिरामीको आयु, रोगको प्रकृति, विजातीय द्रव्यहरूको शरीरमा सञ्चित मात्रामा निर्धारित हुन्छ । यदि फास्टिंग (Fasting) शब्दलाई अक्षरश विश्लेषण गर्ने हो भने उपवासको वास्तविक अर्थ स्पष्ट हुन्छ ।
F = Fight against disease freed from illness
A = Accumulated morbid matter
S = Stimulation
T = Treatment
I = Internal Power (Healing Power)
N = Normal functioning
G = Goal of life
अंग्रेजीमा यसको अर्थ Fasting is a treatment method which fights against diseases and makes the body free from illness by stimulating internal power inherent in the human body and thus restores normal functioning, the ultimate goal of health हुन जान्छ ।
प्राकृतिक चिकित्सामा उपवासलाई एउटा चिकित्सा पद्धतिको रूपमा प्रयोगमा ल्याइन्छ । सामान्य व्रत वा उपवास प्रायः मानिसहरू धार्मिक व्रतजस्तै जन्माष्टमी, तीज, दशैं, सोमवार, शिवरात्री, आदिका बस्छन् । धार्मिक व्रत र चिकित्सकीय उपवासमा भिन्नता छ ।
उपवासको तयारी
सफल उपवासको लागि पूर्व तयारी आवश्यक हुन्छ । जहिलेदेखि उपवास आरम्भ गर्नुछ, त्योभन्दा ३–४ दिन पहिलेदेखि नै तयारी गर्नुपर्दछ । भोजन सेवनको मात्रा घटाउँदै लग्नुपर्छ । सीमित आहार एक दुई दिन लिइसकेपछि एक दुईदिन फलाहार बन्नुपर्छ । त्यसपछि एकदिन फलको रसमात्र सेवन गर्नुपर्छ । यसले शरीर र मन दुवैमा उत्तेजनामा कमि ल्याउँछ । यसको अर्को फाइदा फलमा भएको खनिज लवण तथा भिटामिन शरीरलाई प्राप्त हुन्छ, यसले उपवासकालमा सहायता गर्दछ । मानसिक रूपमा पनि तयारी हुनु जरुरी छ । मनलाई उपवासको फाइदाहरू बचाएर सन्तुष्ट गर्नु आवश्यक हुन्छ ।
उपवासमा अखण्डरूपमा विश्वास एवम् आस्था हुन आवश्यक हुन्छ । व्यक्तिलाई विश्वास हुनुपर्छ कि मलाई उपवासद्वारा दिनदिनै फाइदा भइरहेको छ । उपवासबाट प्रत्यक क्षण मेरो शरीर स्वच्छ एवम् निर्मल भइरहेको छ र यसबाट रोगको मूलभूत कारणबाट मुक्ति मिलिरहेको छ । जबरजस्ती गरेको उपवास अत्यन्त हानिकारक हुन्छ । संकल्प गर्नु महŒवपूर्ण हुन्छ र उपवास प्रारम्भ गर्नुपूर्व तथा उपवासकालमा स्वाद इन्द्रीयमा नियन्त्रण हुनु पनि आवश्यक छ ।
३–४ दिन अगाडिदेखि आहाराको मात्रामा कमी गर्नुपर्दछ । यस अवस्थामा एकदमै कम मात्रामा आहार ग्रहण गर्नुपर्दछ । सीमित मात्रामा १–२ दिनसम्म अन्न खाइसकेपछि १–२ दिनसम्म फलाहार बन्नुपर्दछ । त्यसपछि १ दिन पूरै फलको रसमात्र लिनुपर्छ । यसको फाइदा भनेको फलबाट विभिन्न खनिजहरू र भिटामिनको हामीलाई प्राप्त हुन्छन् । उपवासभन्दा पहिले स्वादयूक्त खानेकुराहरू एकदमै कम गर्नुपर्दछ ।
उपवास कसरी तोड्ने
उपवास समाप्त गर्न अत्यन्त सावधानी अपनाउनु पर्दछ । जति लामो उपवास बस्ने हो उतिनै धेरै समयसम्म उपवासको समाप्तीमा ध्यान दिनुपर्छ जसको लागि
– उपवास समाप्तीको प्रथम दिन आधा गिलास फलको रस एक एक घण्टामा बिहान ८ बजेदेखि प्रारम्भ गरेर साँझ ६ बजेसम्म कायम राख्ने
– दोस्रो दिन एक गिलास फलको रस प्रत्येक २ घण्टामा २ पटक सेवन गर्ने ।
– तेस्रो दिन बिहान नास्ताको रूपमा कुनै पनि रसदार एउटा फल ।
– दिनको भोजनमा २ वटा फल र साँझको खानाको रूपमा ३ वटा फल सेवन गर्नुपर्छ । यसपछि क्रमैसँग थोरै मात्रामा बिहान, ताजाफल, दिनमा तरकारी वा सलाद र साँझमा फल सेवन गर्दै बढाएरपछि अन्न क्रमिक रूपमा सेवन गर्ने ।
उपवासका फाइदाहरू
– उपवास एउटा प्रक्रिया हो जसबाट पाचन प्रणालीलाई पूर्ण विश्राम मिल्दछ ।
– उपवास शारीरिक तथा मानसिक पवित्रताको एउटा साधन हो ।
– उपवास एक प्राकृतिक स्थिति हो ।
– विजातीय द्रव्यलाई हटाउने एक प्रबल साधन हो ।
– यसले जीवन शक्तिलाई बढाउँछ ।
– यसबाट शरीरका विभिन्न अङ्गहरू जस्तै कलेजो, मुत्र प्रणाली , फोक्सो, अनुहार स्नायू, आदिमा प्रभाव पार्दछ ।
– यसले मोटापा कम गर्दछ ।
– अपच, भोजनमा अनिक्षा, अनिद्रा आदिमा लाभ ल्याउँछ ।
– मधुमेह, उच्च रक्तचाप, मानसिक तनाब, मनको चञ्चलता आदिमा लाभ गर्दछ ।
साझा बिसौनी संवाददाता ।