राजनीतिमा प्रचण्डको परिवार मोह

विश्व राजनीतिक मानचित्रमा दक्षिण एसियामा पारिवारिक राजनीति हावी हुँदै गएको छ । दक्षिण एसियामा माल्दिभ्समा बाजेद परिवार, भारतमा गान्धी र नेहरू, श्रीलंकामा राजापाक्षे र वंगालदेशमा शेख परिवारिक राजनीतिमा चर्चित छन् । माल्दिभ्समा बाजेद परिवार, भारतमा गान्धी र नेहरू, श्रीलंकामा राजापाक्षे र बंगालदेशमा शेख परिवारि आफ्ना उत्तराधिकारी नबनाएसम्म राज्य वा पार्टीको सुप्रिमो पद छाडेका छैनन् ।
दक्षिण एसियाको इतिहास हेर्दा, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई उनका बुबा शेख मजिबुर रहमानले राजनीतिमा ल्याएका हुन् । उनका बुबा त्यहाँ राष्ट्रपति थिए । उनी सन् १९७५ अगस्ट १५ मा मारिए । उनी कहिले प्रतिपक्षी दलको नेता त कहिले सरकार प्रमुखको रूपमा रहँदै आएकी छन् । माल्दिभ्समा अब्दुल्ला यमिन अब्दुल गयुमलाई उनका दाईले राजनीतिक सुप्रिमो बनाएका हुन् । उनका दाइ मैमुन अब्दुल गयुम ३० वर्ष राष्ट्रपति भएका थिए ।


श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेलाई उनका बुबाले नै राजनीतिकमा ल्याएका थिए । उनका बुबा डीए राजपक्ष त्यहाँको चर्चित स्वतन्त्रताप्रेमी राजनीतिक व्यक्ति थिए । गान्धी र नेहरू परिवारको दबदबा रहँदै आएको भारतमा यसपटक मात्र राजनीतिक शक्ति अहिले गान्धी र नेहरू परिवार राजनीतिक केही बाहिर गएको छ र मोदी उदाउनु कारण पनि भारतमा परिवार राजनीतिबाट आजित जनताले नयाँ विकल्प खोजेका छन् । त्यसबाट अछुतो नेपाल पनि छैन् । दक्षिण एसियाको राजनीतिक चरित्रलाई नेपाली राजनीतिज्ञहरूले बोक्ने गरेका छन् । नेपालका राजनीतिक घरना विशेष गरेर कोइराला परिवारपछि कम्युनिष्ट राजनीतिज्ञ दाहाल परिवार उदय हुन लागेको छ । दक्षिण एसिया पारिवारिक राजनीतिकबाट प्रभावित भएर अहिले पुष्पकमल दाहाल पनि पारिवारलाई विशेष महŒव दिन थालेका छन् । दाहालले माओवादीमा आफ्ना परिवारका सदस्यलाई विशेष ध्यान दिन थालेका छन् । दाहालका पछिल्ला गतिविधिले लाग्छ उनी सम्भवतः उनको उत्तरअधिकारीमा दाहाल परिवारको कुनै व्यक्ति माओवादीको उच्च तहमा पुगेन भने उनी माओवादी पार्टीको सुप्रिमो त्याग्ने मनस्थितिमा छैनन् । निरन्तर त्यही ध्यान उनीमा छ ।
नेपालमा कोइराला परिवारको राजनीतिक पृष्ठभूमि हेर्दा वीपी, मात्रिका, गिरिजा, सुशील कांग्रेसमा सुप्रिमोका रूपमा विकास भए । कांग्रेसमा वीपी, मात्रिका, गिरिजा, सुशील सुप्रिमो रहँदासम्म अरुले पार्टीको सुप्रिमो देख्नु आकाशको फल आँखा तरी मर जस्तै थियो । गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालापछि सुजाता शंशाक र शेखर कोइरालालाई राजनीतिक पार्टीको सुप्रिमो चाहना निकै तीब्र थियो । तर, सुशीलपछि त्यो नेतृत्व अहिले शेरबहादुर देउवाको हातमा गएको छ । गिरिजाको सुशीलपछि सुजातालाई पार्टीको सुप्रिमो बनाउने योजना सफल भएन । पार्टीमा कोइराला परिवार हाबी भएको भन्दै देउवाले पार्टी विभाजन नै गरे । तर, पछि देउवा र कोइराला मिले । अहिलेमा पनि कोइराला परिवार इतरका बीच पारिवारिक राजनीतिक विषयमा कांग्रेस नेताहरू बीच तिक्तता विषय बाहिर सुन्न नै पाइन्छ । कांग्रेसमा कोइराला परिवार हावी रहुन्जेलसम्म अरु क्षमतावान नेताले कुनै अवसर पाएनन् ।
नेपालको राजनीतिमा पुष्पकमल दाहालले आफ्नो पारिवारिक राजनीतिक जग बसाल्न खोजेको निकै प्रमाण भेटिने गरेका छन् । दाहाललाई माओवादीमा कतिपय नेताहरूले झुण्डको नेता हो भन्नु कारण पनि पारिवारलाई माओवादी राजनीतिमा विषेश स्थान दिएको भन्ने आरोप लाग्दै आएको छ । विषेश गरेर बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, मोहन वैद्य, मात्रिका यादव, रविन्द श्रेष्ठ लगायतकाले पार्टी विभाजन र उनीहरूले दाहाललाई लगाउने आरोप त्यही छ । अहिले नारायणकाजी श्रेष्ठले प्रचण्डलाई त्यही आरोप लगाउँदै आएका छन् । माओवादी जनयुद्धकालमा रहँदा २०६१ बाबुराम भट्टराईले प्रचण्डसँगका असहमति राखेका थिए । त्यसै कारणले बाबुराममाथि कारबाही नै भयो । असहमतिका बुँदाहरूमा एउटा कुरा उठाएका थिए ‘दाहालले केन्द्रदेखि तल्लो कमिटीसम्म सबैलाई कारबाही गरे । तर, दाहाल पुत्र प्रकाशलाई एक तह बढुवा गरियो । यो कारण के हो ?’ भनेर ।
सम्भवतः माओवादीमा दाहालको पारिवारिक मोहका विषयमा बोल्ने एक मात्र नेता बाबुराम हुन् । उनले माओवादीमा रहँदासम्म सुप्रिमो हुने नदेखेर पार्टी नै विभाजन गरे । अहिले पनि क्षमतावान् नेता नारायणकाजी प्रचण्डसँग त्यही कुरा उठाइरहेका छन् । दाहालका पछिल्ला गतिविधि हेर्दा उनी पारिवारिक राजनीतिक महŒव दिँदै आएका छन् । दाहालले आफ्ना पुत्र प्रकाशलाई आफूपछिको उत्तराधिकारी बनाउन चाहन्थे । तर, प्रकाशको विवादित छविका कारणले त्यो सम्भव हुने देखेनन् । अहिले उनी आफ्नी पुत्री रेणुलाई आफूपछिको उत्तराधिकारी बनाउन चाहन्छन् । उनले माओवादी जनयुद्धमा रहँदा नै जनयुद्धको उदगम् थलो रोल्पाको सह–इन्चार्ज बनाए । शान्तिकालमा आउँदा काठमाडौंमा कांग्रेसका वरिष्ठ नेता गणेशमान श्रेष्ठका छोरा प्रकाशमान श्रेष्ठसँग हार्ने निश्चित हुँदाहुँदै पनि दोस्रो संविधानसभाको चुनावमा लड्न लगाए । त्यहाँ पराजित भइन् । अहिले पनि भरतपुर महानगरपालिकामा विभिन्न हतकण्डा अपनाउँदै रेणु दाहाललाई मेयरको उम्मेदवार बनाए । यो निकै विवादित पनि भयो । अन्य राजनीतिक दलहरूका मसला पनि बन्यो । भरतपुरमा प्रचण्डले छोरीका लागि जति मेहेनत पार्टी र अन्य कार्यक्रता निम्ती गरेको भए माओवादी देशमा बलियो शक्तिका रूपमा उदाउने थियो । दाहालले रेणुका निम्ती गरेको मेहेनत खासमा माओवादीमा आफ्नो पारिवारिक पृष्ठलाई बलियो बनाउनु बाहेक अन्य अभिष्ट देखिदैंन् ।
दाहालका लागि विभाजनमा रहेको माओवादी र मध्यम वर्गको विश्वास जित्न नसकेको बेला भरतपुरमा कांग्रेससँग मिलेर रेणुलाई उम्मेदवार बनाउनु अर्को विकल्प नै
थिएन । छोरीलाई महानगरपालिकाको मेयर जिताएर दाहाल आफ्नो छोरीलाई पार्टीको सुप्रिमो तयार गर्ने चाहना लुकेको छ । त्यो दाहालले औपचारिक रूपमा नभने पनि उनको भित्री अभिष्ट त्यसैमा लुकेको छ । दाहालको पारिवारिक मोह छ भन्दा रेणु क्षमताको अवमूल्यांकन गर्न खोजिएको पक्कै होइन् । दाहालको त्यही चाहनाका कारणले माओवादीमा विभाजन भएको पार्टीका अन्य नेता असहमति रहेको निश्चित हो । त्यो कुरा बुझेका नेताहरूले अहिले पार्टीमा निकै सकसमा परेका छन् । दाहालले पार्टीमा विभिन्न बैठकहरूमा गुटबन्दी गरेको अरुलाई दोष दिइरहने पार्टीका नेताहरूलाई एउटा न एउटा आरोप लगाएर पार्टीमा आफ्नो परिवारलाई हाबी बनाउने तयारीमा लागेको कुरा घाम जत्तिकै छलङ्ग छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७४, सोमबार १५:२२