नेपाल–भारत खुला सीमा र यसको असर
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राज्य हो जसको उत्तरतिर अग्ला–अग्ला हिमालहरूसँगै जनवादी चीन जोडिएको छ भने दक्षिण, पश्चिम र पूर्वमा भारत जोडिएको छ । दुवै मुलुक हाम्रा समदूरीका छिमेकीहरू हुन ता पनि नेपालको सम्बन्ध चीन भन्दा भारतसँग निकट र ऐतिहासिक छ । नेपाल–भारतबीचको सम्बन्ध अति नजिकको रहँदै आएको छ । यसो भनिरहँदा नेपाल र चीनबीच कुनै प्रकृतिको सम्बन्ध छैन भन्न खोजिएको होइन तर नेपाल–भारत सम्बन्ध चीन भन्दा निकटवर्ती छ । यसका केही कारणहरू छन् । जस्तो नेपाल भारतबीच खुला सीमा छ जसले दैनिक रूपमा जनताको तहमा सम्बन्धको विस्तार गरिरहेको छ । तर उत्तरतिर सीमा बन्द छ अर्थात परिचयपत्र वा पासपोर्ट विना सीमा पार गर्न सकिदैन, त्यसैले नेपाल–भारत जस्तो सम्बन्ध विस्तार हुन नसकेको हो । यसैगरी उतरतिर ठूल्ठूला हिमाल, चटान र प्रतिकूल मौसम यसका बाधक बनिरहेका छन् । त्यसकारण नेपाल–चीन सम्बन्ध विस्तार र विकास हुन नसकेको हो ।
विशेष गरी नेपाल र भारतको सीमा उत्पति र विकासको अध्ययन गर्दा सुगौली सन्धी अगाडि यही विन्दुबाट सीमा छुटिन्छ भन्न सकिने एकिन दस्तावेजहरूको अभाव छ । नेपाल बाइसे चौबीसे राज्यहरूमा विभाजित भइरहेको बेला पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले नेपालको एकीकरण गरी नेपालको सीमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म विस्तार गरेका थिए भन्ने यथेष्ट तथ्यहरू छन् । नेपालमा राज्य विस्तार अभियान चलिरहँदा भारतमा ब्रिटिस इष्टइन्डिया कम्पनीले आफ्नो अधिपत्य जमाइसकेको थियो । नेपाललाई पनि गिद्धे नजर लगाइरहेको थियो र नेपालको एकीकरण अभियानलाई रोक्न चाहन्थ्यो । अन्तत नेपाल एकीकरण नै नेपाल–अंग्रेज युद्धको कारण बन्नपुग्यो । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा नेपालको पराजित भयो र नेपालको सीमाना पूर्वमा मेचीनदी र पश्चिममा कालीनदीसम्म सीमित बन्नपुग्यो भने दक्षिणमा नेपालको समथर भू–भाग पनि इष्टइन्डिया कम्पनीले हडप्यो । पछि ८ डिसेम्बर १८१६ मा पूर्वी तराईका जिल्लाहरू मोरङ, सुनसरी, धनुषा र कपिलवस्तु इष्टइन्डिया कम्पनीले नेपाललाई फिर्ता ग¥यो । यसैगरी १८५७ मा भारतमा उठेको विद्रोह दबाउन जगँबहादुर राणाले अंग्रेजलाई सहयोग गरेबापत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर १ नोभेम्बर १८६० मा प्राप्त ग¥यो । नेपाल–भारतबीच केही सीमा विवाद बाहेक यो नै आधुनिक सीमांकन वा सीमा चित्र हो ।
खासगरी सुगौली सन्धी पश्चात् १८६० मा दुवै देशका सरकारी सीमा आयोगले उत्तरी ओदको भगौरा तालमा छलफल गरी दुई देशबीच सीमांकन गरेका थिए । नेपाल– भारतबीच वैज्ञानिक सीमांकन सन् १९२६–२७ सम्म टोपोग्राफिकल सर्वेक्षणद्वारा गरिएको थियो । यो सर्वेक्षणले दुवै देशको दशगजा क्षेत्र, स्तम्भ छुट्याइ नक्सांकन गरेको थियो । दुवै देशका विशेषज्ञहरू मिलेर बनेको सीमा आयोगले पुनः १८५५–५८ सम्म सीमा सर्वेक्षण ग¥यो । सुगौली सन्धीका अनुसार नेपाल भारतको सीमा दार्जलिंगको फलौट जिल्लाको १ नं. स्तम्भबाट सुरु थियो तर नयाँ सीमांकन पश्चात नेपालको सीमा सिक्किमबाट सुरु भयो । भारतीय स्वतन्त्रता पश्चात् १९८१ मा संयुक्त सीमा सर्वेक्षण आयोग निर्माण गरियो र उक्त आयोगले निर्धारित समायावधिभित्र सर्वेक्षण कार्य सम्पन्न गर्न नसकेपछि २००३ भित्र नयाँ सीमांकन गरिसक्ने भनि समयावधि थपिएको थियो ।
नेपाल–भारत बीच भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक सामिप्यता छ जसको कारण १७५१ कि.मी. लामो खुला सीमा रहेको छ । यिनै अद्वितीय सामिप्यताका कारण नेपाल–भारत खुला सीमाको अवधारणा जर्बजस्त रूपमा अगाडि आयो । नेपाल–अंग्रेज युद्धपूर्व मानिसहरू सजिलै नेपाल भारतका जुनसुकै ठाउँमा गएर बसोबास गर्नसक्थे एनेकी उनीहरूलाई कुनै रोकावट हुँदैनथ्यो । गौतम बुद्धको जन्मपूर्व नेपालमा लिच्छिवी, मल्ल र शाक्यहरू नेपालको तराई पहाड एवम् उपत्यकाहरूमा शरणार्थीको रूपमा आएर बसोबास गर्न थाले । भारतमा मुस्लिम विद्रोहको बेला मल्ल र शाहहरू नेपालमा शरणार्थी भएको भन्ने तथ्यहरू पनि छन् । सन् १७८९ भन्दा अगाडि नेपालको सीमावर्ती क्षेत्रमा स–साना बजारहरू स्थापना गरिएको थियो जहाँ मानिसहरू वारपार गरी व्यापार व्यवसाय गर्ने र बेलुका आ–आफ्नो ठाउँमा जाने परम्परा थियो । यस्तो परम्परा प्रजातन्त्रको स्थापना र त्रिभुवन राजपथ निर्माणसम्म रह्यो । नेपाल–भारत खुला सीमा अवधारणा यतिबेला र यसै कारणले भयो भन्ने ठोस प्रमाणहरू नभए पनि इष्टइन्डिया कम्पनी सरकारले नेपाली युवाहरूलाई ब्रिटिस गोर्खा सैनिकमा भर्ती गर्नु, नेपाल हुँदै तिब्बतसम्म व्यापार विस्तार गर्नु र नेपालबाट कच्चा सामान आयात गर्ने तीव्र इच्छाका साथ खुला सीमा अवधारणामा जोड दिएको थियो । खासगरी नेपाल–भारत खुला सीमाको उत्भव हुनमा निम्न विषयहरू अध्ययन गर्न जरुरी छ ।
१. तराईमा औद्योगिकीकरण, भूमिसुधार योजना र खुला सीमा
राणाकालीन समयमा प्रधानमन्त्री जुद्यशमसेर राणाले तराईका विराटनगर, वीरगन्ज लगायत ठाउँहरूमा उद्योगधन्दाहरू स्थापना गरे । नेपालमा दक्ष कामदारको अभावका कारण विभिन्न कामदारहरू भारतबाट ल्याइयो । तत्पश्चात ठूलो संख्यामा भारतबाट आप्रवासी कामदारहरू भित्रिए । प्रजातन्त्रको स्थापनापछि तराईमा भूमिसुधार योजना लागू गरियो जसले तराईमा बसोबास गरिरहेका तल्लो जातका मुसहर, डुम, चमार, टमाटा, धोवीलाई भूमिअधिकार र नागरिकता वितरण गरियो । त्यसबेला भारतका मौसमी कामदारहरू लगभग तीन लाखले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे । त्यसकारण कि नेपालको तराई क्षेत्रमा दोहोरो नागरिकता प्राप्त गरेका मानिसहरूको जनसंख्या ठूलो छ जसले गर्दा तराई क्षेत्रको राजनीति तरल भइरहन्छ ।
२. शान्ति–मैत्री सन्धी र खुला व्यापार
नेपाल र भारत बीचमा ३१ जुलाई १९५० मा शान्ति तथा मैत्री सन्धीमा हस्ताक्षर भयो । यस सन्धीले नेपाल र भारतबीचको खुला सीमा अवधारणालाई औपचारिकता दियो । मुख्यतः यस सन्धीको धारा ६ र ७ मा भनिएको छ ‘दुवै देशका सरकार, व्यवसायी एवम् नागरिकहरूले निर्वाधरूपमा व्यापार व्यवसाय गर्न, आर्थिक क्रियाकलाप गर्न, निर्वाध आवत–जावत गर्न सक्नेछन्’ । शान्तिमैत्री सन्धी पश्चात नेपाल–भारतबीचको खुला सीमा अवधरणाले औपचारिकता पायो । यसै सन्धीले नेपाल र भारत सम्बन्धमा नयाँ एवम् आधुनिक मोड लियो जसले दुई देशबीच अद्वितीय सम्बन्धहरू विस्तार ग¥यो ।
बसाइँसराइँ र खुला सीमा
जब राणा प्रधानमन्त्री जुद्धशमसेरले औद्यौगीकीकरण र तराई विकास परियोजना अगाडि बढाए तब भारतबाट हजारौं कामदारहरू नेपाल भित्रिए । जुनबेला औलो, मलेरियाका कारण पहाडबाट मानिसहरू तराईतिर बसाइँ सर्न डराउँदथे त्यसकारण उद्योगहरूमा काम गर्न विभिन्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरू भारतबाट ल्याइएको थियो । नेपाल–भारतबीचको इतिहास लामो छ । विशेषगरी भारतमा भएको मुस्लिम विद्रोहले त्यहाँका हिन्दुहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउँदै गर्दा धर्मको रक्षाका लागि मानिसहरू शरणार्थीका रूपमा नेपालको उर्वर भूमी तराई उपत्यकाहरूमा बसाइँ सरी आएका थिए । खासगरी नेपालीहरू भारतमा बसाइँ सर्ने गरेको चाहीं ब्रिटीसहरूले नेपाली युवाहरूलाई गोर्खा भर्ती केन्द्रमा सेनाको रूपमा भर्ना गर्न सुरु गरेदेखि हो । भारतीय स्वतन्त्रता संग्रामपछि भारतले विकासमा ठूलै फड्को मा¥यो । विभिन्न उद्योगधन्दा कलकारखानाको स्थापना भएपछि नेपाली कामदारहरू रोजगारीको खोजीमा भारतका विभिन्न सहरहरूमा चौकीदार, कुल्ली, मजदुरी, होटेलहरूमा काम गर्न जान थाले । सीमावर्ती क्षेत्रका मानिसहरूको सामाजिक, सांस्कृतिक, रितिरीवाज परम्परामा समानता छ, त्यसकारण नेपाली चेलीबेटीहरू भारतीय र भारतीय चेलीबेटीहरू नेपालीसँग विहे गरी ल्याउने र लैजाने परम्परा छ । मुख्यतः नेपाल र भारत दुवै धार्मिक र सांस्कृतिक रूपमा निकट छन् । हजारौं तीर्थयात्रीहरू दुवै देशका धार्मिक स्थलहरू पशुपति, मुक्तिनाथ, लुम्बिनी, काँशी, बोधगया लगायतका ठाँउहरूमा जाने गर्छन् । यसरी दैनिक हजारौं मानिसहरूको आवतजावत नेपाल–भारत सीमा क्षेत्रमा हुनुले खुला सीमानाको अवधारणामा लचकता आएको हो ।
४. नेपाल भारत व्यापार र खुला सीमा
प्राचिन समयदेखि नै नेपाल–भारतबीच व्यापारिक सम्बन्ध रहे पनि ब्रिटिस इष्टइन्डिया कम्पनीको भारत आगमनपछि मात्र यसले औपचारिकता पाएको हो । उनीहरूको प्रमुख उद्देश्य नै विश्व व्यापारमा आफ्नो आधिपत्य जमाउनु थियो त्यसैको शिलशिलामा उनीहरूले एसियन मुलुकहरूमा पनि उपनिवेश कायम राख्न सफल भए । ब्रिटिसहरू नेपालको कच्चा मालको दोहन गर्नुका साथै नेपालको बाटो हुँदै तिब्बतसम्म व्यापार गर्न चाहन्थे त्यसकारण सीमा खुला राख्ने कुरामा जोडदिए । नेपाल एक भूपरिवेष्ठित मुलुक हुनुको नाताले भारतको बाटो हुँदै समुद्रसम्मको बाटोको पहुँच पाउने अधिकार छ । नेपाल– भारत सीमा क्षेत्रमा २२ वटा व्यापारिक रुटहरू छन् भने ती मध्ये १५ वटा तेस्रो मुलुकहरूसँग आयात निर्यात गर्ने रुटहरू छन् जहाँबाट चौबिसैं घण्टा मानिसहरू बिना रोकतोक आवत जावत गर्न सक्छन् । व्यापार सम्बन्धी नेपाल–भारतबीच थुप्रै सन्धीहरूमा हस्ताक्षर भएका छन् । खुला सीमा भएकै कारण नेपाल–भारतबीचमा औपचारिक एवम् अनौचारिक व्यापार हुँदै आएका छन् । सीमा वरिपरिका मानिसहरू दैनिक उपभोग्य वस्तुहरूको खरिद बिक्री गर्न वारपारका बजारहरूमा जाने गर्छन् । यसले नेपाल भारतबीचको खुला सीमाको औचित्य प्रष्ट्याको छ ।
नेपाल–भारत दुई निकटतम छिमेकी हुन् । यी दुवै छिमेकीको बीचमा खुला सीमा अवधारणा छ, यसै अवधारणाले नै दुवै देशबीच अति निकट र अद्वितीय सम्बन्धहरूको विकास भएको हो । खुला सीमा सम्बन्धी नेपाल र भारतबीच कुनै सन्धिहरू भएका छैनन् तर १९५० को सन्धीले यसलाई औपचारिकता दिएको चाहीं पक्कै हो । यी दुई देशबीचको खुला सीमा परम्परा र संँस्कृतिकै रूपमा विकास हुँदै आएको हो । विभिन्न काल खण्डदेखि खुला रहँदै आएको यस अवधारणालाई पछिल्ला शासकहरूले स्वीकार्दै र अवलम्बन गर्दै आए र जनस्तरमा पनि विस्तारै संस्कारकै रूपमा विकास भयो । अन्ततः सबै तह र तप्काबाट खुला सीमा अवधारणा प्राथामिकता पाएको हो जुन हालसम्म पनि कायम रहेको छ । यद्यपि यी दुई देशबीचको खुला सीमा अवधारणाबाट धेरै राम्रा र नराम्रा प्रभावहरू परेका होलान तर नराम्रा कुराहरूको मिनिमइज र राम्रा पक्षहरूको म्याक्सिमाज गर्दै जाने होे भने दुवै सरकारी र जनस्तरको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक सम्बन्ध विस्तारलाई नयाँ उचाइमा पु¥याउन टेवा पुग्नेछ ।
साझा बिसौनी संवाददाता ।