जंगल जोगाऔं

महात्मा गौतम बुद्धले भनेका छन्, ‘रुखले आफैलाई काटिरहेको व्यक्तिलाई पनि आफू नढलुन्जेसम्म शीतल छहारी दिइरहन्छ ।’ वञ्चरोको चोट सहेर पनि जीवनदायी पोषणतत्व प्रदान गर्ने रुखमुनी बुद्धको जन्म र मृत्यु भएको थियो । बोधिज्ञान पनि रुखमुनी नै प्राप्त भएको थियो । वन प्राकृतिक वनस्पति तथा वन्य जीवजन्तुको आश्रम स्थल हो । वन समस्त प्राणीको खुला घर हो । मानिस पनि आधारभूत आवश्यकताहरू खाना, नाना र छानाका लागि वनमै भर पर्दछ ।

गाइ वस्तुहरूको लागि स्याउला, घाँसपात, खाना पकाउन दाउरा र खेतीपातीका लागि जमीन प्रयोग गर्दा वनमाथि ठूलो भार पर्न गएको छ जसले गर्दा वन विनाश भइ स्वच्छ हावा, हरियाली क्षेत्रको अभाव हुँदा वातावरणीय ह्रास देखा परेको छ । मानिसले पशुपालन र बाली उत्पादनलाई आफ्नो पेशा बनाएदेखि जंगल फँडानी गर्ने प्रवृत्तिले हाल संसारमा पर्यावरणीय समस्या खडा भएको छ । नेपालमा पहाडका मानिसहरूले खोरिया फाँड्ने परम्परा र तराइका जंगलहरू शासकहरूको आय आर्जनको प्रमुख स्रोतको रूपमा फँडानी हुन थालेको धेरै भइसकेको छ । यसबीचमा धेरै वनजंगलहरू विनाश भइसकेका छन् जसले गर्दा देशका कतिपय जिल्लाहरूमा मरुभूमीकरणको दर निरन्तर वृद्धि हुँदै गइरहेको छ । नेपालमा भूधरातलमा विविधता भएकोले वन जंगलमा पनि विविधता रहेको छ । नेपालको तराईक्षेत्रमा सदावहार किसिमको वन छ भने पहाडमा मौसमी पतझर वन रहेको छ । त्यस्तै हिमाली क्षेत्रमा महŒवपूर्णै जडिबुटीहरू पाइने वन जंगलहरू छन् । वातावरणलाई स्वच्छ, हराभरा र सुन्दर राख्न यस्ता वनहरूले महŒवपूर्ण भूमिका खेलिरहेका छन् । नेपाललाई वन सम्पदामा धनी देश भनिएता पनि दैनिक उपभोगका क्रममा इन्धनलाई वन प्रदावारलाई नै प्रयोग गरिदा वन विनाश तीव्र रूपले भइरहेको छ जसले अन्य थुप्रै किसिमका समस्याहरू पैदा गरेको छ । वातावरण विद्हरूका अनुसार पर्यावरणीय सन्तुलन कायम राख्न कुनै पनि भू–भागको करिब एक तिहाइ भू–भागमा वनजंगल ढाकिएको हुनुपर्छ, यसो भयो भनेमा मात्रै पर्यावरणीय सन्तुलन कायम रहन सक्छ नत्र असन्तुलन हुन्छ । अतिवृष्टि, अनावृष्टि र सुख्खा पर्ने समस्याहरूको न्यूनीकरण गर्न वनजंगलको महŒव रहेको छ । माटोको उर्वराशक्ति बढाउन बोटबिरुवा, वनस्पति एवम् अन्य जैविक अवशेषहरूले सहयोग पु¥याएका हुन्छन् ।
श्रीमद्भागवत् महापुराणमा उल्लेख भए अनुसार रुखबाट उपब्ध हुने पदार्थहरूको उपभोग गर्नाले शरीर स्वस्थ रहने तथा अंग शिथिल हुने जस्ता कष्टहरूले कहिल्यै सताउँदैनन् । छाला चाउरिने, कपाल फुल्ने, थकित हुने, शरीरमा पसिना आएर दुर्गन्ध निस्कने आदि समस्याहरूबाट मुक्त गराउँछ । वनजंगल दीर्घजीवनको प्रमुख आधार हो । विभिन्न किसिमका घाँसपात तथा जडिबुटीहरूले दीर्घजीवन राख्न टेवा पु¥याउँछन् ।समस्त प्राणीहरूको निम्ती आश्रमस्थलको लागि छहारी, घर, गोठ निर्माण गर्न आवश्यक सामग्रीहरू वनबाटै प्राप्त हुन्छन् । रुख नभएका डाँडापाखाहरूमा भू–स्खलन बढी हुने हुँदा त्यहाँको ढूगा माटो बगाउनुका सार्थ उर्वर भूमिलाई मरुभूमिमा परिवर्तन गरिदिन्छ । वर्षेनी बाढी पहिरोको प्रकोप बढ्दछ यसले मानिसहरूमा विभिन्न संकटहरू पैदा गर्दछ । जंगल विनाश भएमा माटोमा पनि अड्याउने क्षमताको ह्रास हुँदै जान्छ । त्यस्तै माटोको उर्वरा शक्तिमा ह्रास आउँछ । माटाको उर्वरा शक्तिको ह्रास आउनु नै खाद्यचक्रको ह्रास हुनु हो । माटोमा पानी नअडिएपछि सतहको पानीको वेगमा वृद्धि हुन्छ र भू–क्षयीकरण हुँदै जान्छ । बाढी पस्छ, बाढीले झन् सतहको माटोमा ह्रास ल्याउँछ । विभिन्न ठाउँमा माटो ढुंगाको विसर्जन गर्दा नदीको सतहमा पनि वृद्धि हुँदा धनजनको क्षति हुन्छ । खोला नदीभित्र रहेका विभिन्न प्रजातिका जलप्राणीहरूलाई समेत प्रतिकुल प्रभाव पार्दछ । जंगली प्रजातिहरूको वंश पनि छिट्टै मासिने खतरा बढ्दछ । घना वन–जंगल भएका क्षेत्रहरूमा माटोको पानी सोस्ने क्षमता हुने हुँदा समयमै मूलहरू फुटेर माटोको सन्तुलन कायम रहन्छ । वनजंगलको विनाशले गर्दा जमिनमा उजाड एवम् नांगोपनमा वृद्धि हुँदै जान्छ । बसाइँसराइँबाट मानिसहरू पहाड र हिमालबाट तराइमा गइ बसोबास गर्नेक्रम निरन्तर बढ्दै गइरहेको छ जसले वन क्षेत्रलाई अतिक्रमण र मनपरी तरिकाले कब्जा गरिरहेका छन् यसले वातावरणीय असन्तुलन भएको छ । वन जंगल वातावरणीय, आर्थिक एवम् सामाजिक दृष्टिले महŒवपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेको छ । नेपालको अर्थतन्त्रमा कृषिपति नेपालको राष्ट्रिय आन्दानीको स्रोत जंगल नै हो ।
पहिलेदेखि नै वन क्षेत्रले रोजगारीका अवसरहरू सिर्जना गर्दै आइरहेको छ । वनजंगलबाट प्राप्त कच्चा पदार्थहरूमा आधारित साना तथा घरेलु उद्योगधन्दाहरू स्थापना हुँदा धेरै मानिसहरूले रोजगारी प्राप्त गरेका छन् । पहिले–पहिले वन जंगलको विनाश गर्दै हिँड्ने राउटे समुदायका केही राउटेहरूलाई पनि वनमै नोकरी मिलेको छ । जिल्ला वन कार्यालय सुर्खेतले वन संरक्षणमा काम गर्न भन्दै चार जना राउटेहरूलाई ‘वन हेरालुको’ जागिर दिएको थियो । गरिबीको रेखामुनी रहेको अधिकांश परिवारका सदस्यहरू वन जंगलमै निर्भर छन् । देशको अर्थतन्त्र मजबुद बनाउन वनजंगलले महŒवपूर्ण भूमिका खेल्छ । एक सर्वेक्षण अनुसार नेपाल तीव्र आर्थिक वृद्धि गर्ने विश्वकै तेस्रो मुलुक भएको छ । तीव्र आर्थिक वृद्धिदर हुनुमा जंगलको ठूलो हात छ । वन पैदावारमा आधारित विभिन्न उद्योगधन्दाहरूको विकास, पर्यटन विकास आदिले देशको अर्थतन्त्र सुदृढ भएको छ । नेपालको कूल क्षेत्रफलमध्ये करिब २९ पतिशत जमिन वन जंगलले, १०.६ प्रतिशत झाडी क्षेत्रले र ११.८ प्रतिशत घाँसे मैदानले ढाकेको छ । प्राकृतिक स्रोतहरूको उपयोग नगर्ने भन्ने होइन सापेक्ष संरक्षण गर्नसकेमा बढी प्रभावकारी हुने देखिन्छ । मानिसले आफ्नो आकांक्षा पूरा गर्नका लागि जंगल मासिरहेको छ । नेपालको पछिल्लो जनगणना अनुसार ६४ प्रतिशत नेपालीले वनको दाउरा प्रयोग गर्दछन् । जंगल मानवजीवनका लागि अपरिहार्य छ तर पनि हरेक नागरिकले संरक्षणात्मक भावना मनन् गरी तिनीहरूको परिमाण र प्रकृतिको आधारमा उपभोग गर्नुपर्दछ । सबै जंगल नै नाश हुने गरी उपभोग गर्नु हुँदैन । जस्तो दाउरा चाहिएको छ भने सुरिला र भर्खर पलाउँदै गरेका कलिला बोटहरू नकाटी ढलेका र सुकेका रुखहरू खोज्नुपर्दछ । यसरी संरक्षणात्मक भावना र व्यवहारको अवलम्बन गरेर जंगलको प्रयोग गर्नुपर्दछ । वन अतिक्रमण बढ्दै जानु, वन प्रदावारको चोरी निकासी बढ्दै जानु, नदी कटान, भू–क्षय, वन डढेलो नियन्त्रण गर्न नसक्नु, चरिचरण अनियन्त्रित हुनु अनियन्त्रित ढुंगा, गिट्टी, बालुवा संकलन हुनु तथा निकासी हुनु, वन प्रशासन कमजोर हुनु, मानिसको अज्ञानता र असावधानी हुनु, तस्कुरहरूको बाहुल्यता हुनु, वैकल्पिक रोजगारीका अवसरहरूको अभाव हुनु, वैकल्पिक निर्माण सामाग्रीको अभाव हुनु जस्तो मूलभूत समस्याहरू नेपालको वन सम्पदाको क्षेत्रमा देखिएका छन् । कृषि, उद्योग, पर्यटन जलस्रोत विकासका लागि महŒवपूर्ण आधार प्रदान गर्ने जंगलले प्राकृतिक सन्तुलन कायम गर्नुका साथै बाढी, पहिरो, भू–क्षय नियन्त्रण मात्रै गर्दैन यसले मानव एवम् पारिस्थितिकीय प्रणालीलाई अनुकूलन बनाउन टुवा पु¥याउँदछ त्यसैले पनि जंगलको समस्या र चुनौतीहरूलाई समयमै न्यूनीकरण गरी जंगलको संरक्षण, सम्बद्र्धन र दिगो उपयोग गर्नतिर सबैजना लाग्नुपर्ने नितान्त आवश्यक छ । जंगल क्षेत्रलाई विस्तार गर्न तथा प्रभावकारी व्यवस्थापन गर्न वृक्षरोपन कार्यक्रम अभियानको सञ्चालन गर्नुपर्दछ । वन पैदावार चोरी निकासी गर्ने, मनपरी तरिकाले अतिक्रमण गर्ने, वन फँडानी गर्ने जस्ता कार्य गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कानुनी कारबाही गर्नुपर्छ । यस्तो गरेमा मात्रै जंगल जोगाउन सकिन्छ । त्यस्तै आगजानी एवम् डढेलो नियन्त्रण, जंगल घेराउ, जनचेतनामूलक कार्यक्रमहरू र वनरक्षकको व्यवस्था गरेर जंगल जोगाउन सकिन्छ । मानिसहरूको जनसहभागीमा वृद्धि गरेर, रोजगारका विकल्पहरू सिर्जना गरेर, पशुपालन व्यवसायमा सुधार गरेर, वैकल्पिक इन्धनको व्यवस्था गरेर, बसाइँसराइँ नियन्त्रण गरेर नेपालीमा जंगलको भविष्य संरक्षण गर्न सकिन्छ । नबिर्सौं स्वच्छ हावाका लागि एक जना मानिस बराबर झण्डै ६ वटा रुखहरू हुनुपर्दछ ।

प्रकाशित मितिः   ११ श्रावण २०७४, बुधबार १५:३१