कहिले बन्छ संघीय कानुन ?

ओस्कार वाइल्डले लेखेको एउटा बाक्यः ‘हामी सबै नालीमा बाँचिरहेका छौं तर कोही कोहीको नजर चम्किला ताराहरूप्रति छ ।’ यस भनाइप्रति सहमति जनाउँदै सारमा थोरैले सार्वजनिक निर्माण सुधार राम्रो बनाउने र धेरैले नाटो बनाउने अर्थान् थोरैको सोच, ठीक र धेरैको सोच बेठीक भन्ने अर्थ पनि लाग्नसक्छ । सबैको नजरले टाढा अर्थात् भविष्यको अशल वस्तुप्रति नभइ क्षणिक मोज, भोज, ऐस, आरामतिर गएको यो अवस्थामा केन्द्रीय अधिकार स्थानीय तहमा दिलाउँदै सरकार पन्छिन खोजोको अवस्था संघीयताले ल्यायो ! स्थानीय तहले चोर औलाले केन्द्रलाई देखाउने प्रवृत्ति आफू नालीमा बाँचिरहेको अवस्थामा कोही कोहीका नजर सिंहदरबारतर्फ थिए । सिंहदरबारका तारा झैं गाउँपालिका र नगरपालिकाका कार्यालयमा नै हामी नेपाली साराले नहेरे पनि कोही–कोहीका नजर गाउँ वा नगरपालिकासमेतमा पुग्न पाउँलान् वा नपाउलान् त्यो अवस्था नालीबाटै टुलुटुलु नियाल्ने मनसाय मात्र हो, यो ।

निचोडमा मेरा बाजेका दिनभन्दा मेरा बाबाका दिन राम्रा थिए । बाँ का दिनभन्दा मेरा दिन नराम्रा भए । कारण बाबा भैंसी गोठालोमा थिए तर म केटाकेटीदेखि समाजकोृ पनि गोठालो हुन पुगे छु । भोसीका शैलीमा चलेकी बहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनकालमा शासक प्रशासकले चुसेको काट्टोमा संघीयता कति फलदायी भइ फलीफाप हुन्छ वा हुन्न त्यो नालीमा बाँचिरहेको अवस्था यस्तै हुन्छ भन्न नसके पनि अब मेरा नजर पनि विशेषगरी नगरपालिका र गाउँपालिका प्रति नहोलान् भन्न सकिदैन ।
संघीयता लागू हुनु पूर्वको अवस्थामा जिल्ला सदरमुकाममा बसी डिब्या चाटेकी बानी र फजुल खर्च र बील भर्पाइ अडिटरले समेत मिलान नगरेको अवस्थामा राजश्व विभागका महानिर्देशकसमेत अख्तियारी दुरूपयोगमा कान्जी हाउसमा थुनामा पसेको अवस्थामा अनुभव र योग्यता नपुगेका जनप्रतिनिधिले आफूले पाएको सिंहदरबारका तारारूपी अख्तियारी सदुपयोग गर्ने सामथ्र्य सबैले राख्छन् भन्दै ढुक्कसँग लेख्ने अवस्था छैन । पाएको अधिकार दुरूपयोग गर्ने र नपाएको अधिकार प्रयोग गर्ने मन भयो भने नेपालको यो संविधानले संवैधानिक आयोगको व्यवस्था गरेको छ । नयाँ संविधान राम्ररी अध्ययन गर्न नसकेका नयाँ जनप्रतिनिधिलाई राम्ररी अध्ययन गर्न पनि यसपाली आफू नालीबाटै सुझावका नजर पुगाउने सल्लाह दिन चाहन्छु । समाजको आँखा खोल्न कलम चलाउँछु तर लट्टीले लखेट्दा नालीमा लुकीछिपी बाँचेको अवस्थामा फेरि कलम चलायो र भन्ने शुभचिन्तकलाई मात्र बोल्छु कि ‘हजुर म त लेखक बन्न चाहन्छु ।’ भौतिक शरीरले थेग्न सक्नेजति आलोचना थेग्न चाहन्छु । किन कि हामी सबै नालीमा बाँचिरहेका छौं र मै पनि हजुरकै साथमा छु । स्वयम् एक्लै नालीमा बाँचिरहेको छैन । बाउबाजे एक्लै बाँचेका र नाचेका थिए । स्वयम् तपाईंका साथमा नालीमा लुकीछिपी बाँचेको अवस्थामा ‘म लेखक नबनी के बन्नु त मित्र ?’
एउटा दियोले आफैलाई जलाएर खार बनाइ अँधेरी रातको अन्धकार धपाउँदछ । बेलुका मधेशमा छिटो रात पर्छ तर बिहान हिमाल र पहाडमा उज्यालो छिटो हुन्छ । प्रकृतिको यस्तो नियमका साथमा पनि हामी नेपालीसमेत कति दिन नालीमा बाँचिरहने र शासक तथा प्रशासक अझैं जनसेवक नबनेर प्राकृतिक सम्पदा र राष्ट्रिय ढुकुटी रित्याइ सिध्याउँन लाग्दा पनि कलम फेरि कि नचलाउने ? अलोचकका आलोचना थेग्न नसक्नेहरू, नालीबाट आकाशका तारा देख्न नसक्नेहरू, गरीब र धनी परिवार बीचको फरक बनाउननसक्नेहरू, वर्गीय पहिचान बुझन् नसक्नेहरू, संविधान नपढ्नेहरू अरुको हक र अस्तित्वमाथी खेलवाड गर्ने, मानवताका मन नहुनेहरू अरुलाई काटमार गरेर पनि आराम लिनेहरू, अरुको प्रगतिमा आफू दुःखी हुनेहरू र अवैध र वैध सम्पत्ति अकुत आर्जन गर्नेहरू सबैले लेखक हुन गाह्रो विषय हो । तर सुखका लागि दुःख वा कडा परिश्रम गर्ने र अरुलाई पनि सतमार्गमा हिँडाउन बाटो देखाउनेहरू साहित्यकार वा लेखक हुन सक्छन् । स्वयम् देउडा लोक साहित्य लेख्ने क्षमता राख्ने पंक्तिकारलाई देउडाकार भन्दा पनि बेकार नहोला । आगामी दिनमा स्वयम् लेखक बन्न सकिन्छ कि भन्ने सोचले नै कलम चलाउँदैन छु मित्रहरू !
सार्वजनिक सामुदायिक, राष्ट्रिय र प्राकृतिक सम्पदा एवम् सम्पत्ति माथिको दोहन र त्यसमा दादागिरी देखाउँदै बहुमत नालीमा बाँचिरहेका आम नागरिकसमेतमा भ्रम सिर्जना गर्ने जे जो भए पनि त्यो आत्माभित्र पनि मानवीय रूप धारण गरेको ईश्वरको छातीभित्र बास हुन्छ । छातीमा हात राखेर पीडकले एक नजर ती निर्दोष नालीमा बाँचिरहेका मानवप्रति नजर लगाउँने प्रयत्न गरौं न मित्रहरू ! पीडक पीडित भइ मनन गरौं । अनि, पीडित र लेखक पनि तपाईंको नयाँ वैद्य पेसा र व्यवसायको नयाँ विकल्प दिन तयार भइ समाजमा शान्ति स्थापना भइ स्थायी शान्तिमय हुन्छ सिंगो समाजको वातावरण ।
राणाकालमा थुप्रै राम्रा काम भए । उदाहरणमा जंगेपीलर र सिंहदरबार, पञ्चायतमा सर्भे नापीले निजी क्षेत्रलाई जग्गाधनी बनायो । बहुदलले सडक, पुल र गणतन्त्र स्थापना गरेर अन्तत देशलाई संघीयतामा ल्यायो । करिब २ शताब्दीसम्म नेपालका नेपाली शासकले गरेका कामका नाम मात्र उदाहरण स्वरूप प्रस्तुत भए । हिजोका बाउबाजेले जोगाएको पूर्वेली जल, जमीन र जंगल दोहन गरेर पश्चिमेली सम्पदाहरूमा दोहन गर्ने र गराउने अवस्थामा पक्कै पनि अब त हाम्रा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूले रोक्नु हुनेछ । जंगल नवीकरणीय ऊर्जा भएकाले निश्चित उपभोग गरे पनि त्यसका सट्टापट्टामा नयाँ बिरुवा रोप्ने र रोपाउने नयाँ वननीति कार्यान्वयन हुनेछ भन्ने आशा पनि हो यो । नालीमा बाँचिरहेकाले संरक्षण गरेको जंगल सहरको मंगलमा बस्नेहरूले सित्तैमा नाफा कमाउँदा पनि नालीमा बाँचिरहेका मध्ये कोही कोहीको मात्र नजर वनमा पुग्छ । अतः संघीय कानुनमा स्पष्ट र भरपर्दो वन नीतिको खाँचो खट्किएको अवस्था हो ।
नेपालमा वर्तमान चुनौतीहरूको सामाधानको एउटै उपायमा संविधान बमोजिम संघीय कानुनको व्यवस्थापन नभइ समस्याहरूको पहिचान र समाधान हुनै सक्दैन । संघीय कानुन लेखी नालीमा बाँचिरहेका आम नेपालीलाई सम्बोधन हुनेगरी कानुन जारी गरौं सरकार ! तत्कालै नालीमा बाँचिरहेकाहरूले पनि खोजीरहेका छौं संघीय कानुन अनि, पीडक र पीडित दुवैथारीले राम्ररी जानुन् !

प्रकाशित मितिः   ९ श्रावण २०७४, सोमबार १५:३१