त्यो उराठ लाग्दो समय
घामका प्रदिप्त किरणहरू मलिन र मधुरा हुँदैछन्, कुना कन्धरा अँध्यारा भइ आउँदैछन् यतै कतै कतै । सम्झनाहरू बिहानी पख बिउँझिदिन्छन् मुटुका स्पर्शहरूमा र साँझपख सुटुक्कै लुकिदिन्छन् मेरा सिरानीहरूमा । थाहै नपाई व्यर्थका यादहरू समुन्द्र भइ जमिदिन्छन् यी आँखाहरूमा । सुक्ष्म आत्माले सिंगो युग बाँच्न खोजिरहेछ केवल तिमी सँगसँगै तर विभाजित छन् तिम्रा र मेरा अभिभार्व र तिरोभावको अनन्त चक्रमा रुमल्लिएका शरीररूपी बैंशहरू ।
मलाई लाग्थ्यो त्यो विशाल आकाशका करोडौं ताराहरू, पूर्णिमा, कहिलेकाहीका सुनौला बिहान र अन्धकार रातहरू तिम्रो र मेरो सम्बन्ध बढाउनकै लागि आउँछन् । अहः त्यसो हुँदोरहेनछ । सायद समयले धोका दियो, भाग्यले साथ दिएन । अन्धकार रात अन्धकारनै थिए तर सदावहार घामका झुल्काहरू पनि चकामग्न रातमा विलिन भएछन् । सपनाको गहिराइमा डुबेर विपनाको स्वर्णिम युगमा प्रेम कथा बुन्दाबुन्दा हावाको एक झोकामा विलिन भएका जिन्दगीहरू, वर्षाको कुहिरोले विशाल यात्रा तय गर्दा साँझपखका युगल जोडीहरू पनि अस्पतालको शैयामा छटपटाइरहेका छन् । म सधैं भन्ने गर्थे ‘प्रेमका सांलाहरूले बेरिएका दिनहरू अक्सर पुराना प्यारा स्मृतिहरू र सम्झनाका शब्द कोशेलीमा उदाएका केही सपनाहरू आँधी हुरी र बेहरीका बीचमा गुर्जिदिन्छन् र हजारौं काँडाहरू बीचमा पनि फुलिदिन्छन् ।’ सायद त्यसो हुँदोरहेनछ सबै सपनाहरू चकनाचुर भए, नयाँ उद्घाटन गरिएका प्रेमका पलहरू क्षणभरमा जीर्ण भए । यसको पछाडि ती आफ्नो कारण थिए र केही उसकै कारण ।
म उनलाई ‘सानु’ भनेर बोलाउने गर्थे २०७४÷०२÷२६ गते म उनलाई भेट्न भनेर गएँ । त्यो दिन सायद उराठ लाग्दो परिस्थितिको समय थियो वा उत्तर हिमालयमा आणविक हिउँदको वर्षा हुने प्रवल सम्भावना थियो अझै भनौं मेरो जिन्दगीमै अन्धकार बादलका भयंकर गुफाहरू मडारिएका थिए । मदेखि शंका र आशंकाका अक्रोशहरू पोखिन थाले, सिंगो मेरुदण्ड नै डगमगाए जस्तो भयो, पैतलामुनीको जमिन भासिए जस्तो भयो, आकाश खसेजस्तो भयो तर पनि म कठोरबनेर अगाडि बढे तर पुनः पैतलाहरू रोकिए, मुटुका चालहरू विस्तारै बढ्दै गए हो म बलवान समयको घडीलाई पन्छ्याउँदै थिए । एक्कासी पछाडिबाट नमिठो आवाज आयो जहाँ म प्रति प्रेमको बदलामा प्रतिशोधको ज्वाला दनकिएको थियो वा कसैका पवित्र मखारविन्दुबाट विडम्बनाका धावाहरू बोलिएका थिए । अझैं भनौं उनका र मेरा स्वतन्त्र यौवनहरूमाथि पिंजडा रोपी हुकुमहरू लागेका थिए । तिम्रा आफन्तहरूबाट चक्रब्यू रचिएपछि बिछोडको विकल्प बाहेक अरु केही रहेन । मेरी सानुको लागि एउटै सन्देश, हमीले बिताएका कैयौं प्रेमका पलहरू तिमीलाई याद आउँछ कि आउँदैन ?, हामीमाथि गरिएका षड्यन्त्रमूलक योजनाहरू तिमीले थाहा पायौ कि पाएनौ ? हो तिमी रुमल्लिएकी हुनसक्छौ वा अन्जान गोरेटोमा भौंतारिएकी हुनसक्छौ, मेरी सानु फेरि फर्केर आउ तिमी र नयाँ अविनासी सम्बन्धको खोजी गरौं नित्य निरन्तर त्यति कठोरता किन हुन्छौ तिमी ? मलाई थाहा छ तिम्रो आँखामा मेरा तस्विरहरू छन्, तिम्रो हृदयको कैयौं कुनामा असिम यादका जिजिविशाहरूसँग म ब्यूँझिरहेको छु ।
सीमतुन्सराता आभ चाइट्टर्यरा सम्बन्धहरूका अर्को शंकाको बिजारोपन किन गरिदिन्छ्यौ ? कतै मेनका उर्वसीका छताछुल्ल वैंशहरूमा झैं तिम्रा स्वतन्त्र प्रेमहरूमाथि इन्द्रका हुकुमहरू लागेका त छैनन् ? तिम्रा मनहरू कतै पिँजडामा कैद गरिएका त छैनन् अमरावतीबाट ? अरु बखराका पल्लवी फूलहरूसँग प्रेमको तुलना गर्ने तिमी कुनै क्षण नभेटिदा तिता बन्ने गरेका ती पलहरू हाम्रा, तिम्रा परेलीहरूमा मैले गाउने् गरेका उमंगका गीतहरू र कोर्ने गरेको तिम्रा तस्विरहरू एकचोटी सम्झेर त हेर । आज मलाई थाहा भयो हरेक चिज दुई अवस्थामा मूल्यवान हुन्छन् भनेर एक पाउनुभन्दा अघि र अर्को गुमाइसकेपछि । आज मसँग त्यही पल छ जसलाई मलाई पिरोलिरहेको छ जहाँ तिम्री मसँग छैनौं । साँझपखका बिछिप्त गोधुलीयामहरूमा डाको छोडेर रुन्छन् छोडी जानेहरूको यादमा, कुर्दैछन् पराइका मोर्चाहरू हेर्दै गोपारी डाँडाको पारीपट्टी केवल तिम्रो पर्दाइमा निरन्तर…निरन्तर…।
यात्रामा स्मृति धेरै हुँदारहेछन् त्यो दिन सायद संयोगले भेट भएको थियो वा त्यही उप्रान्त भाग्य विधाताले छुट्याइदियो । मंसिरको महिना अलि अलि जाडो थियो तर तिम्रो अंगालीले न्यानो बनाइदिन्थ्यो । सुख दुःखका अद्भुत यात्रीहरू भन्थ्यौ प्रेम, ममता र सम्झनामा सुसान्त गंगाहरू पनि छछल्किदै माथि उठ्दछन्, प्रेम सागरमा पौडिन समयसमयमा खहरे खोलाहरू पनि उर्लिदै बाग्ने गर्दछन्, वर्षामा कुहिरोले हिमाल, पहाड हुँदै विशाल समुन्द्रको यात्रा तय गर्दछन्, ऋतुहरू समय बदलिदै आउनेछन् तर यहाँ वेचैन बनेका छन् मनहरू प्रेमको यथार्थ मिलन र विछोडको दोभानमा परेका अलपत्रि यात्री झैं वा माझीको छलयुक्त जालमा परेका मृत्युका कैदी झैं । अनौठो समय परिस्थिति र पुरानो यथार्थलाई वर्तमान र भविष्यमा बदल्ने विचित्र गोरेटा मोडहरूमा तिम्रो र मेरै भेट भएको थियो । तर आज त्यही बाटो उही मोडमा विछोडको विकल्प बाहेक अरु केही रहेन । २०७४÷०३÷२१ गते रंगशालाको अल तल पट्टी तम्रि हाल अन्तिम चोटी समाउँदै बिदाई गरेको त्यो समय अविस्मरणीय पीडादायिक क्षण बन्यो । क्याम्पसरोड पुगेपछि मैले तिमीलाई पुनः फर्केर हेरे तिमीले पनि त परैबाट फर्केर हेरेकी थियौ विदिण बनेको जीर्ण मनले झिनो आशा बोकेर प्रेमको म प्रति…।
साझा बिसौनी संवाददाता ।