बेसहारा बुढ्यौली
मृत्युदर घट्दै र औसत आयु बढ्दै जानाले विश्वभरमा ज्येष्ठ नागरिकहरूको जनसंख्या अन्य उमेर समूहहरूको भन्दा तीव्र हुँदै गएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार हाम्रो देशको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ भने औषत आयु बढेर ६९ वर्ष पुगेको छ । कूल जनसंख्याको ८.१३ प्रतिशत आगटेको ज्येष्ठ नागरिकहरूको संख्या ३.५ प्रतिशतको अनुपातमा हरेक वर्ष बढिरहेको छ ।
जीवन गतिशील छ, मानिस शिशुबाट बालक, बालकबाट जवान अवस्था पार गर्दै वृद्धावस्थामा आइपुग्छ । हरेक मानिसले यी सम्पूर्ण अवस्थाहरू पार गर्नुपर्छ । जन्मनु, हुर्कनु, बढ्नु, कर्म गर्नु, बुढो हुनु र मर्नु जीवनका श्रृंखलाहरू हुन् । समयको गतीले एउटा सीमापार गरेर वृद्धावस्थासम्म पु¥याउँदछ । यो अवस्थामा पुगेको जम्मै जनसंख्या आश्रित जनसंख्या हो । यो बेला काम गर्न नसक्ने र जीवनयापनका लागि अरुमा भर पर्नुपर्ने हुन्छ । उमेर विस्तारै ढल्कदै जानाले शारीरिक क्षमतामा ह्रास आउन थाल्छ । रोगले बढी सताउन थाल्छ, रोगसँग लड्ने प्रतिरक्षा शक्ति पनि ह्रास हुँदै जान्छ र मानसिक समस्याले च्याप्छ । यसले जटिल रूप लिएर अन्ततःमानिसलाई शारीरिक, भौतिक र मानसिक रूपले अशक्त बनाउँछ, यही प्रक्रिया बुढ्यौली हो । शरीरको छाला सुख्खा हुँदै चाउरी पर्न थाल्छ, ज्ञानेन्द्रीयहरूको क्षमता पनि विस्तारै–विस्तारै कमजोर बन्दै जान्छ, स्मरणशक्ति पनि हराउँदै जान्छ, एक्लोपनको महसुस हुन थाल्छ ज्येष्ठ नागरिकहरू । छानो चुहिने घरमा छिमेकीहरूले दिएको अन्नको भरमा बाँच्न बाध्य बनाएर सन्ततिहरू धेरै पैसा कमाएर आत्मनिर्भर बन्ने सपना बोकेर ज्येष्ठ नागरिक छोडेर हिँड्छन् र बन्छ बेसहारा बुढ्यौली ।
दुःख बाँडे मन हलुङ्गो
भनिन्छ ‘खुशी बाँढे खुशी दोब्बर हुन्छ, दुःख बाँडेमा मन हलुङ्ग’ । मन हलुङ्गो बनाउनलाई नै होला यस पंक्तिकारले भेटेका वृद्धहरूले आ–आफ्नै कथा–व्यथा सुनाए ।
वृद्ध १ः ‘म महिला समूहकी अध्यक्ष हुँ । पहिले–पहिले समूहको बैठक बस्दा म हस्ताक्षर गर्न जान्दिनथें र औठा छाप लगाउँथें । घरमा छोराछोरी नातिनातिनाहरू सबै धेरै लेखेपढेका छन् तर कसैले मलाई दस्तखत गर्न सिकाएनन् । अरुहरूले बैठक पुस्तिकामा आफ्नो नाम लेख्दाआफूले भने सधैं औंठाछाप लगाइरहनले साह्रै नरमाइलो लाग्थ्यो । समूहकै एकजनाबहिनीले अनौपचारिक शिक्षालिन प्रेरित गरिन् । अहिले बैठक बस्दा सहजै बैठक पुस्तिकामा हस्ताक्षर गर्न सक्ने भएकी छु । घरमाबीए, एमए पढेका भएर मात्रै नहुँदो रै’छ, वृद्धावस्थामा त झन् कसैले पनि हेर्दा रहेनछन् । सबैको घरमा पढेलेखेका छोराछोरीहरू छन् नपढेका बाबाआमालाई कम्तीमा हस्ताक्षरसम्म गर्न सक्षम बनाइ दिए कति गज्जब ! हुन्थ्यो होला ।’
वृद्ध २ः ‘छोरा बुहारीले हेर्न छाडेपछि बारीमा उमारेको तरकारीहरू बेचेर म आफ्नो खर्च जुटाउँथें । तरकारी बेचेर जम्मा गरेको पैसा घरमै लुकाएर राख्ने गर्थें । जब पैसाको आवश्यकता पथ्र्यो, आफूले लुकाएर राखेको ठाउँमा गएर खोज्थें तर त्यहाँ पैसा हुँदैनथ्यो । यसरी परिवारका कुनै सदस्यहरूबाट मेरो पैसा पटक–पटक चोरी भयो । त्यसपछिका दिनहरूमा मैले तरकारी बेचेर कमाएको पैसा बाहिरै एक जना छिमेकीलाई राख्नदिएँ । त्यसैले पनि होला घरका सबै सदस्यहरूले मसँग नराम्रो व्यवहार देखाउन थाले । अहिले तरकारी लगाउने बारी त छ जाँगर छैन कसैले दिए खान्छु नदिएभोकै हुन्छु ।’
वृद्ध ३ः ‘मलाई श्वासप्रश्वासको समस्याले सताउन थालेको धेरै भयो, श्वास फेर्नै धौ हुन्छ । कहिले कहिले त श्वास नै रोकिएला झैं हुन्छ । स्वास्थ्यचौकी घर नजिकै छैन । डाक्टरलाई मेरो समस्या देखाउन चाहन्थें तर स्वास्थ्यचौकी टाढा भएकोले हिँडेर जान सकिदैन । मलाई यस्तो समस्या भए पनि कसैले एकचोटी के भयो भनेर नि सोधेनन्, डाक्टरसम्म झन् तिनले के पु¥याउँथे । साह्रो पीडा छ हजुर । अलिकति के हिँड्यो श्वास बढ्न थालिहाल्छ घरमै थला, गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दा सबैका छोराछोरीले बाबा–आमालाई उपचार गर्न लगे मलाई कसैले लिइ दिएनन् आफै जान्छु भनेर विस्तारै हिँडे तर शिविरसम्म पुग्न नसकेर फर्किएँ । यो अवस्थामा कसैले हात समाएर डो¥याइ दिएनन् मेरो जस्तो छोराछोरी अरु कसैको नहोउन् ।’
वृद्ध ४ः ‘खानेकुरा चपाउन सक्दिन, दाँत सबै झरिसके कसैले साह्रो खालको खाने चिज दियो भने आन सक्दिन । म नरम खालको खानेकुरा खाना चाहन्थें तर घरमा कहिल्यै त्यस्तो खाने कुरा खान पाउँदिन । भात अलि गिलो–गिलो बनाउभन्दा बुहारीले आफै पकाइ खाउ भन्छे मेरा लागि छुठ्ठै खाना कोहीले बनाइ दिँदैन । घरमाप्रायः रोटी नै खान्छन् । रोटीनिल्नै नसकेर हैरान हुन्छ, झोलिलो तिउनताउन भएमा त्यही पिएर सुत्छु कुनै दिन त्यही हुँदैन पानीमा रोटी भिजाएर खान्छु । छोराछोरी जन्मदा यिनीहरूका दाँत ननिस्कुञ्जेल आफैले चपाइ–चपाइ रोटी कोच्याएँ आज मेरा जम्मै दाँतहरू झरी सकुञ्जेल पनि कसैले मिठो, मसिनो एक छाक जाउलो खुवाइ दिन सकेन आमाबुबाको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुडा माथि भन्छन् हो रै’छ ।’
वृद्ध ५ः ‘मसँगका सबैले सरकारले उपलब्ध गराउने वृद्धभत्ता पाउन थालिसके तर मैले पाउन सकिरहेको छैन किनकी नागरिकतामा मेरो उमेर सत्तरी वर्ष पुग्न अझैं तीनवर्ष बाँकी छ तर म ७६ वर्षको भइसकें । म भन्दा तीनवर्ष कान्छी मेरी श्रीमतीले पाउँछिन् त्यो पैसा उनको हातमा परेको कहिल्यै थाहा पाउँदिन । पहिले–पहिले कर्मचारीले नै खान्थे रे अहिले घरकोले प्रयोग गर्दैछन् । मेरो त कोहीसँग राम्रो सम्बन्ध छैन । न छोराहरू राम्रो गर्छन् न त छोरीहरू नै ।एउटा सानो गल्ती भेटाए भने गाली गरेको ग¥यै हुन्छन् । घरमा वरिपरि धेरै सन्तान भए पनि एक्लोपनको महसुस हुँदो रै’छ । परिवारबाट माया, प्रेम र आदर भावको अपेक्षा राख्नुमात्रै रै’छ कहिल्यै प्राप्तहुँदा रैनछ ।’
वृद्ध ६ः ‘छोराले बिहे नगरुन्जेल राम्रै गथ्र्यो जब विहे ग¥यो बुहारीले सँगै बस्न नमानेपछि एक मात्र छोरो पनि हामीबाट अलग्गियो । नाति–नातिना खेलाउन मन लाग्छ, उनीहरू प्रति माया, प्रेम, सद्भाव र हेरचाहगर्ने रुची बढे पनि छोराबुहारीको कारणले नजिकै जान सकिदैन । छोराले आमाबुबाप्रतिको दायित्व पूरा नगर्दादुःखलागेको छ ।’
वृद्धावस्थामा पुगेपछि जो कोही मानिसमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहने स्वभावको विकास हुन्छ । वृद्धहरूका असन्तुष्टिबाट तिनीहरूको जीवन भोगाइ छर्लंग हुन्छ । यही असन्तुष्टि प्रकट गरिरहने बानीले पनि धेरै घरपरिवारका सदस्यहरू वृद्धहरूलाई हेंला गर्छन् । छोराछोरी भएर पनि अलग्गै बस्ने गर्छन् जसले पारिवारिक अत्मियता टुटाउँछ ।
वृद्ध गाउँमा,युवा सहरमा
वृद्धावस्थामा उनीहरूको उचित स्याहार सुसार रेखदेख, उपयुक्त किसिमको खानपिनको प्रबन्ध, मानसम्मान, ओखतीमुलो र मायालु वातावरणको अवश्यकता पर्दछ । ज्येष्ठ नागरिकहरूको पक्षमा लाग्नेहरूको संख्या बढ्न सकिरहेको छैन, गाउँमा ज्येष्ठ नागरिकहरू आफै पनि संगठित भएर आफ्नो हकअभिकारहरू सुनिश्चित गर्न सक्रिय रूपमा लागि परेको छैनन् । ज्येष्ठ नागरिकहरूको क्षेत्रमाकामगर्ने थुप्रै गैरसरकारी संघ संस्थाहरू लागिपरेका भए पनि तिनीहरूको काम प्रभावकारी देखिदैन । विभिन्न सेवा, सुविधा, भत्ता, स्वास्थ्योपचारका विषयमा सरकारले नीति बनाएर काम गरिरहेको छ तर ग्रामीण भेगका ज्येष्ठ नागरिकहरू बुढेसकालमा पनि कडा परिश्रम गर्न बाध्य छन् । शिक्षा र रोजगारीको लागि युवा वर्ग सहर पलायन हुनाले ज्येष्ठ नागरिकहरू एक्लै बस्न बाध्य छन् ।
आधुनिक सुविधा मुखी बन्नले कतिले गाउँमा नफर्किने गरी सहर पसेका छन् । वृद्धहरूले उचित रेखदेख, हेरचाह प्राप्त गर्ने बेला परिवारको सदस्य आफ्नो साथमा नहुँदा यसबाट वञ्चित भएका छन् । स्वास्थ्य लगायत अन्य सेवा र सुविधाबाट टाढा रहेका पहाडी भू–भागमा ग्रामीण क्षेत्रमा बसोबास गर्दै आइरहेको ज्येष्ठ नागरिकहरूको जीवन झन्झन् कष्टकर बन्दै गइरहेको छ । एकातिर नेपाली समाजमा मौलाएको सहरिया जीवनशैली तथा पश्चिमा मुलुकको नक्कलले ज्येष्ठ नागरिकलाई अप्ठ्यारोमा पारेको छ भने अर्कोतिर गरिबीको कारण युवावर्ग विदेशिन बाध्य हुँदा घरमा सहारा दिने कोही छैनन् । वृद्धावस्थामा परिवारको साथ एवम् साहारा चाहिन्छ एक्लोपनका कारणले पनि यस अवस्थामा विभिन्न समस्याहरू पैदा हुन थाल्दछन् । त्यसैले बुढ्यौली उमेरका जनसमुदायहरूको उचित व्यवस्थापन गर्न चुनौती देखिएको छ । विभिन्न समस्याबाट ग्रसित ज्येष्ठ नागरिकहरूको व्यवस्थापन गर्न सहज पनि छैन ।
सुरु आफैबाट गरौं
जीवनका महŒवपूर्ण आधार वृद्धहरू ज्ञान र सूचनाका स्रोत हुन् यिनीहरू मात्रै युवा पुस्तालाई सहीमार्ग निर्देश गर्न सक्छन् । वृद्धहरू जीवन प्रदान गर्ने जन्मदाता हुन् जसलाई हामी एक पटक मात्रै पाउँछौं । वृद्धावस्थामा बुबा आमाका लागि सहज वातावरण सिर्जना गरिदिनु हरेक नागरिकको पहिलो कर्तव्य हो । बुढापाकालाई बोझका रूपमा सम्झिने सन्ततिहरूले कुने दिन वृद्धावस्थामा पुग्ने र त्यस्तै अवस्था आफ्नो पनि हुने कुरा बुझेर घरपरिवारको कुनै व्यक्ति वृद्धावस्था पुगेपछि मृत्यु नहुँदासम्म उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक पक्षमा सकारात्मक प्रभाव पार्ने गरी स्याहार सुसार गर्ने महŒवपूर्ण कार्यको थालनी आफैबाट गरौं ।
(लेखकले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक तथा स्वास्थ्य अवस्थाका बारेमा एक शोधपत्र तयार गरेका छन् । )
साझा बिसौनी संवाददाता ।