स्थानीय तहले कस्ता योजनालाई प्राथमिकता दिनुपर्ला ?

हरिलाल न्यौपाने, वीरेन्द्रनगर–६
नगरपरिषद्बाट सबैभन्दा बढी भौतिक पूर्वाधारमा बजेट विनियोजन गर्न जरुरी छ । किनकी वीरेन्द्रनगर प्रस्तावित प्रदेश नम्बर ६ को राजधानी हो । त्यसकारण पनि वीरेन्द्रनगरको विकासको अति आवश्यक छ । वीरेन्द्रनगर बजार क्षेत्रको अवस्था हेर्ने हो भने नाजुक छ । नाला भरी फोहोरहरू थुप्रिएका हुन्छन् ढलको निकास राम्रोसँग हुनसकेको छैन । सरसफाई र वातावरण स्वस्च्छ बनाउनको लागि यस क्षेत्रमा पनि बजेट छुट्याउन जरुरी छ । नगरपरिषद्बाट पास हुने बजेट विकासका पूर्वाधारहरूमा बढी हुनुपर्दछ । अर्काे कुरा वीरेन्द्रनगरमा रहेका बाढीपीडितहरूको पूनर्वासका लागि थोरै भए पनि बजेट छुट्याउनुपर्छ ।

 

जगतबहादुर भण्डारी, वीरेन्द्रनगर–१२
प्रदेश नम्बर ६ को राजधानी बनाउने सपनादेखि रहँदा र वीरेन्द्रनगर नगरपालिकाको नगरपरिषद् पास हुँन लाग्दा वीरेन्द्रनगर बजार र आसपासका वडाहरूमा फोहोरहरू थुप्रिएका छन् त्यसको राम्रो व्यवस्थापन गर्नका लागि बजेट छुट्याउन जरुरी छ । बाढी पहिरो आउने ठाउँमा तटबन्द गरी सुरक्षित गर्दा बाढी पहिरोबाट कोही पीडित हुन पर्दैन त्यसक्षेत्रमा पनि बजेट विनियोजन गर्न जरुरी छ । शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्र, खेलकुदको क्षेत्रमा पनि बजेट विनियोजन गर्नुपर्छ । सबैभन्दापछि परेको क्षेत्र भनेको खेलकुद हो । अबको नगरपरिषद्बाट खेलकुदको क्षेत्रमा बजेट विनियोजन होस् भन्ने मेरो सुझाव रहेको छ ।

 

यमुना नेपाली, वीरेन्द्रनगर–१२
नगरपरिषद्बाट बजेट पास गर्दा ६ वटा क्षेत्रमा रहेर बजेट विनियोजन गर्ने भनिएको छ । त्यो भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक, प्रशासनिक लगायतका ६ वटा क्षेत्रमा रहेर बजेट विनियोजन गर्ने नियम बनेको छ । त्यसभित्र पनि पूर्वाधार नै पहिलो नम्बरमा राखिनुपर्छ किनकी पूर्वाधार भनेको विकासको पहिलो आधार हो । पूर्वाधारको विकास नभएसम्म कुनै पनि क्षेत्र अगाडि बढ्न सक्दैन त्यसैले पहिलो नम्बरमा धेरै बजेट विनियोजन पूर्वाधारको विकासमा हुन जरुरी छ । त्यस्तै अर्को महŒवपूर्ण क्षेत्र भनेको सामाजिक विकास हो । राज्यले सम्बोधन नगरेका र छुन नसकेको सामाजिक विकासमा नगरपरिषद्ले विकासका निम्ती बजेट छुट्याउन जरुरी छ ।

रामकुमारी थापा, वीरेन्द्रनगर–३
नगरपरिषद्बाट विशेष गरी धेरै बजेट त पहिलो नम्बरमा पूर्वाधारको विकासमा नै छुट्याइनुपर्छ । किनकी पूर्वाधारको विकाससँग अन्य विकास जोडिएका छन् । त्यसले पनि अरु क्षेत्रको विकास गर्नका लागि पनि पूर्वाधारको विकासमा बजेट छुट्याउन जरुरी छ । पूर्वाधारलाई लक्षित गर्दै बिग्रिएका पुराना संरचनाहरूको संरक्षित गर्नका लागि पनि बजेटको आवश्यक पर्ने भएकाले यस क्षेत्रमा धेरै बजेट छुट्याउन जरुरी छ । पूर्वाधारको विकाससँगै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बजेट छुट्याइनु पर्दछ । वीरेन्द्रनगर प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी भएकाले समृद्ध नगर र सुन्दर नगर बनाउनका लागि सबै क्षेत्रलाई मिलाएर अगाडि बढाउनुपर्छ ।

 

पुष्पा भण्डारी, वीरेन्द्रनगर–१२
अबको नगरपरिषद्बाट पहिला त वीरेन्द्रनगरमा रहेका पुल पुलेसा, सडक लगायतको क्षेत्रमा बजेट विनियोजन गर्न जरुरी छ । बजारक्षेत्रमा रहेका फोहोर व्यवस्थापन पहिलो काम हो त्यसक्षेत्रका लागि बजेट छुट्याइ काम थालनी गर्न जरुरी छ । महिलालाई आय–आर्जनका लागि र स्वरोजगार कार्यक्रमका क्षेत्रमा बजेट छुट्याइनुपर्छ । युवाहरू विदेश पलायन हुनबाट रोक्नका लागि अबको नगरपरिषद्बाट युवा स्वरोजगार कार्यक्रमका लागि अन्य क्षेत्रमा भन्दा बढी बजेट छुट्याइनुपर्छ । तालिम र गोष्ठीको लागि होइन कि महिलालाई साँचिक्कै उद्यमी बनाउने खालको कार्यक्रमको लागि बजेट विनियोजन गर्न जरुरी छ ।

 

तारा ढकाल, वीरेन्द्रनगर–८
नगरपरिषद् पास गरेर मात्र हुँदैन । नगरपरिषद्बाट अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा पनि बजेट छुट्याइनुपर्छ । अपाङ्गगता भएका महिलाहरू सबै क्षेत्रबाट पछाडि परेका छन् । अब नगरपरिषद्बाट अपाङ्गगता भएका महिलाहरूको लागि स्वरोजगारमूलक कार्यक्रमका लागि बजेट छुट्याइनुप¥यो । लक्षित वर्गको बजेट जुन महिला, बालबालिका, दलित, जनजाति सबैको क्षेत्रलाई एकै ठाउँमा मिसाएर बजेट विनियोजन गरिएको हुन्छ अबको नगरपरिषद्बाट अपाङ्गगता क्षेत्रमा छुट्टै र अन्य क्षेत्रभन्दा धेरै बजेट विनियोजन गर्नुपर्छ । अपाङ्गगता भएका बालबालिकाको शिक्षाको लागि पनि बजेटको आवश्यकता छ त्यसको व्यवस्थापनका लागि पनि बजेट छुट्याउनुपर्छ ।

 

भीमु रोकाय, वीरेन्द्रनगर–१२
प्रदेश नम्बर ६ को प्रस्तावित राजधानी वीरेन्द्रनगरलाई समृद्ध बनाउनको लागि यहाँको फोहोर व्यवस्थापन, बाटो मिचेर बनाएका घरहरूको व्यवस्थापन, यहाँको भौतिक पूर्वाधार, आर्थिक उपार्जनका कार्यक्रमहरू, सडक विस्तार लगायतको लागि बजेट छुट्याउनु पर्छ । पहलिा त हामीले अन्य क्षेत्र भन्दा पनि प्रदेश नम्बर ६ को राजधानीको मुटु वीरेन्द्रनगरलाई समृद्ध र सुन्दर नगर बनाउनका लागि बजेट धेरै विनियोजन गर्न जरुरी छ । वीरेन्द्रनगरलाई आर्थिक रूपमा सम्पन्न बनाउनका लागि आर्यआर्जन मुलक कार्यक्रमका क्षेत्रमा बजेट पास गर्नु पर्छ तब मात्र समृद्ध नगर बनाउन सकिन्छ ।

 

देवीराम थापा, वीरेन्द्रनगर–८
नगरपरिषद्बाट यो त्यो क्षेत्रमा बजेट छुट्याइनुपर्छ भन्नुभन्दा पनि मलाई के लाग्छ भने वीरेन्द्रनगरको तत्कालको आवश्यकता के छ त्यसको समीक्षा गरेर निश्पक्ष रूपमा बजेट विनियोजन गर्न जरुरी छ । पहिला समीक्षा गरेर बजेट पास गर्दा निष्पक्ष रूपमा सबे क्षेत्रमा बजेट बाँडफाँड हुन्छ । कसैले धेरै थोरै भयो भन्ने मोका पनि पाउँदैनन् । अर्काे कुरा ज्येष्ठ नागरिकहरूलाई पनि समावेश हुने खालको कार्यक्रमका लागि बजेट छुट्याइनुपर्छ । ज्येष्ठ नागरिकलाई पछाडि पारिएको छ । ज्येष्ठ नागरिकहरूलाई पनि समावेश हुने खालको कार्यक्रमहरू ल्याउन जरुरी छ ।

 

बालाराम सापकोटा, वीरेन्द्रनगर–१६
नगरपरिषद्बाट पास हुने बजेट निश्पक्ष हुनुपर्छ । सबै क्षेत्रमा समान बजेट छुट्याउनुपर्छ । सबै क्षेत्रलाई समावेशीकरण हुने खालको र सबैलाइ समेट्ने खालको बजेट पास होस् भन्ने हाम्रो चाहाना हो । सबै क्षेत्र र सबै नागरिकहरूका लागि सम्बोधन हुने खालको बजेट पास होस् । नयाँ–नयाँ उद्योग कलकारखानाको क्षेत्रमा, संस्कृतिको क्षेत्रमा, खेलकुदको क्षेत्रमा कम बजेट छुट्याउने गरिन्छ अबको नगरपरिषद्ले संस्कृति र खेलकुदको क्षेत्रमा पनि समावेशीकरणको बजेट पास होस् । तब मात्र सबैलाई क्षेत्रलाई समेट्ने खालको बजेट पास हुनसक्छ ।

प्रकाशित मितिः   १ श्रावण २०७४, आईतवार १५:२५