सुदूरपश्चिम समृद्धिका आधार

कैलालीको दक्षिणी सम्पूर्ण भू–भाग तथा कञ्चनपुरको पश्चिमी र दक्षिणी भू–भाग भारतीय सीमासँग जोडिएको खुला क्षेत्रहरू हुन् । जंगे पिलरले छुट्याइएको सीमानामा कतैकतै जंगल रहेको छ भने अधिकांश भाग मानववस्तीद्वारा छुट्याइएको छ । अनियमित खुला सीमाना तथा भारतीय प्रशासनको हेपाहा प्रवृत्तिका कारण सीमा विवाद तीव्ररूपमा लामो समयदेखि समस्याका रूपमा देखिएकै कारण भर्खरै कञ्चनपुरको पुनर्वास कम्पनीका जीवन गौतम भारतीय प्रहरीको गोलीद्वारा मारिएका छन् । प्रतिवर्ष सैयौं नेपालीहरू हेपिएका छन्, थिचिएका छन् र अपहेलिएका छन् । ठूलाले जे गरे पनि हुन्छ भन्ने दुष्प्रवृत्तिको प्रदर्शन भारतले गर्दै आएको छ । सय वर्ष भन्दा अघिदेखि नै महाकालीनदीको वर्षाकालमा बाढीसहितको अनावश्यक पानी नेपालमा छोड्ने र अतिमŒवपूर्ण समयमा इण्डियातिर लिएर नेपाललाई बगर, मरुभूमि र शुष्कता दिने काम गरिरहेको स्थानीयबासीको जीवन्त प्रतिक्रिया छ । यस प्रकारका दीर्घकालीन प्राथमिक र प्रारम्भिक समस्याहरू सुदूरपश्चिमका मूल समस्याहरू हुन् । नियमित आवागमन, स्थायी किसिमको तावबार बिना यस क्षेत्रको स्थायी दिगो र भरपर्दो समृद्धि असंभव छ ।
लम्कीले कर्णालीपुल हुँदै यस प्रदेशको प्रवेशद्वार दिन्छ । पूर्वको भने शारदा व्यारेजले भारतीय नाका खोल्छ । शारदा व्यारेजले आफूलाई वृद्ध मात्र बनाएको छैन, भारत–नेपाललाई जोडेपनि नेपाली प्राकृतिक अमूल्य स्रोत पानीलाई असमान वितरण गर्दैछ । पारी पानी, बारी मरुभूमि बनाउँदैछ । पारी, बिजुली वारी अँध्यारो छर्दै आएकाले उक्त पुल नेपालीका लागि सुल बनेको छ । यसकै करिब १० किमी उत्तरतिर रहेको रनकपुर विशाल बाँधले नेपालीको भू–भाग मिचेर शारदाकै प्रतिनिधित्व गरेको छ । यसैमा आधारित पञ्चेश्वर बहुउद्देश्यीय विशाल जलविद्यतु परियोजना सम्झौता भएको बीस वर्ष बितिसक्दा पनि निर्माण हुन् नसक्दा नेपाली सीमा नदीहरू सही व्यवस्थापन उपयोगर नीति नियमनमा भारत बाधक छ । सुदूरपश्चिम हुँदै नेपाली वास्तविक समृद्धिको बाधक हो भन्न सकिन्छ । आफूले पनि नगर्ने गरेको पनि छिमेकीलाई अठ्याउने भारतीय पुरानै प्रवृत्ति सुगौली सन्धी (१८१६) ले प्रत्यक्ष अनुभूत गराएको छ । यो सन्धी नेपालका सबैभन्दा ठूलो प्रतिकूल असमान सन्धी हो । नेपालकै समृद्धिको घातक हो । यसर्थ सुगौली सन्धीको पनरावलोकन तथा नेपाली अनुकूल प्रयोग आजको सुदूरपश्चिमको मुख्य माग हो । करिब २६ वर्ष अगाडि निर्माण गर्ने जिम्मा लिएको भारतीय सहयोगको तराईको हुलाकी राजमार्गको एउटा ईट्टासम्म सकेकोछैन । तराई जनताको सामाजिक सांस्कृतिक, आर्थिक पक्षलाई सवल बनाउन आधारभूत भूमिका खेल्ने सम्भावनामा गतिरोध छ । विभिन्न बहानामा त्यसलाई पछि सारेर लागत बढाउने रणनीति कायमै छ ।
महेन्द्र राजमार्गले कैलाली कञ्चनपुरको माथिल्लो भू–भाग टेकेर आफूलाई कर्णालीपुलदेखि शारदा व्यारेजसम्म विस्तारित गरेर आधुनिक सहर निर्माण, पहुँचमार्ग विकास तथा अन्य विकासका सम्भावनालाई आधार दिएको छ । भीमदत्त नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा दिएको छ । भीमदत्त र धनगढी सहर पश्चिमकै ठूला र पुराना सहर हुन् । भीमदत्त नगरपालिकाले आफूलाई व्यवस्थित गराएको छ भने धनगढी ठूलो भइकन पनि आफूलाई व्यवस्थित बनाउन सकेको छैन । धनगढी पुराना भारतीय सहरजस्तो लाग्छ । गौरीफन्टा भन्सार कार्यालय पाए पनि गड्डाचौकी जस्तो विशाल रूप पनि पाएको छैन । भारतीय राजधानी दिल्ली पुग्नका लागि पश्चिम नेपालको यो राजमार्ग सबैभन्दा छोटो, छरिता र आकर्षक मात्र छैन, वहराइच, उत्तराञ्चल, कुमाउ, गडवाल जान सहज छ । महेन्द्ररागमार्गले आफूलाई ६ लेनको रूपमा पाउन लालायित छ तर त्यसवरपर निर्मित तथा निर्माणाधीन भौतिक संरचनाले, बाटाले, सामुदायिक सम्पदाले भावी विकास, समृद्धि, शान्ति तथा समुन्नतिलाई रोकेका छन् । यस्ता निर्माण कार्य अविलम्ब रोकिनुपर्छ र राजमार्गलाई केन्द्र मानेर भवन निर्माण नगर्दा बेस । राजमार्गसँग व्यवस्थित बस्तीका टहरा, मन्दिर, चर्च, पसल जथाभावी फालिएका प्लास्टिक तथा फोहोरले राजमार्गलाई शोभायमान गराएका छैनन् ।
अत्तरिया चौराहा, शुक्लाफाँटा र आरक्षण–निकुञ्ज, घोडाघोडी ताल, कर्णाली पुल, गोदावरी उपवन, सामुदायिक वन, टिकापुर पार्क, कैलाली बहुमुखी क्याम्पस, सुप विश्वविद्यालय गेटा अस्पताल, पुनर्बास कम्पनी, मोहना नदी, महाकाली नहर चाँदनीदोधारा जोड्ने १५०० मिटर लामो झोलुङ्गे पुल, शारदा र टनकपुर व्यारेज, टिकापुर बनाना कटेज, कैलाली कञ्चनपुरका विशेषताहरू हुन् । यहाँ महिलालाई बैकेनी भन्छन्, तपाईं शब्द हुन्न तमी बोल्दा सम्मान मान्दछन् । शिष्ट, शालीन धार्मिक, यिनको पहिचान हो । शुक्लाफाँटा जस्तै यहाँ धेरै धान गहुँ फल्ने फाँटहरू छन् । फाँटहरूले घरलाई ओझेल पारेका छन् । शुक्लाफाँटा जैविक विविधताको प्रतिनिधि सम्पदा हो । यहाँ २३०० भन्दा बढी बारसिंगा मात्र रहँदैनन् बाघ, भालु, हात्ती, नीलगाई, लंगुर, बाँदर, स्याल, खरायो, मृग, सर्प लगायत थुप्रै चराहरू रहन्छन् । होमस्टेको व्यवस्था छ र धेरै होमस्टेहरू बाहिर पनि छन् । टिकापुर क्याम्पस र कैलाली बहुमुखी क्याम्पस नेपालकै प्रतिनिधि शैक्षिक संस्थाहरू हुन् । जनज्योति बहुमुखी प्राइभेट क्याम्पसमा मात्रै २५० भन्दा शिक्षाका स्नातकोत्तरका नेपाली विषयका विद्यार्थीहरू छन् । कैलाली गहुँको सुपर जोनमा छानिए पनि कालु हमालले बनानाको जोन बनाए पनि कञ्चनपुलको फाँटमा फलेको गहुँबाली राम्रा देखियो ।
राना, थारु, दुगौरा थारु यी जिल्लाका पहिलो धर्तीपुत्र, पहिचान, सामथ्र्य र सम्भावना हुन् । श्रम, श्रद्धा, आदर, स्वाभिमान, इमान यिनको मूल चरित्र हो । लसुन, प्याज, आलु, टमाटर, केराउ लगायत थुप्रै दलहन, तेलहन, खाद्यान्न, पशुजन्य उत्पादन यिनकै फलहरू हुन् । लरिया जीवनशैली हो, ठूला कोठारी घर, राँगा, बाख्रा, सुंगुर र बारीभरी फैलिएर चरेका रैथाने कुखुराले अनि आँपको छहारीले हसुरिया लगायतका थुप्रै चौधरीबस्ती स्वर्गीय लाग्छन् । तिनका घर नजिकै पुगेका थुप्रै वित्तीय संस्थाका सेवा सुविधा अवसरले बलभद्र भारतीका अनुसार बंगलादेशी विख्यात लघुअर्थविज्ञ शास्त्री अमत्र्य सेनलाई सम्झाउँछन् । लम्कीमा स्वरोजगार गरी शिक्षाको चेतना फिंजाउने नन्दलाल लामिछानेका अनुसार यहाँ जनताहरू अति सम्पन्न राष्ट्रवादी र सहयोगी छन् । लम्की नगरपालिकाका लालबहादुर योगीका निमित्त लम्की भविश्यको अति महŒवपूर्ण संभावना बोकेको सहर हो ।
यी दुई जिल्लाको वस्तुगत स्थलगत अध्ययन अनुसार गुइँठा बाल्ने परम्पराको शीघ्रनि शीघ्र अन्त्य, एलपी ग्याँसको विस्थापन, आधुनिक चुल्होको व्यवस्थापन, पहिला सञ्चय, खाद्य सुरक्षा तालिम तथा सकारात्मक प्रयोग, अनावश्यक सुर्ती चुरोट, मदिरा सेवनको अन्त्य जथाभावी प्लाष्टिकको प्रयोग र निरक्षरता, अन्धविश्वास, अन्ध धार्मिकीकरण, बेरोजगारी आम जनताको समस्याहरू हुन् । परम्परागत खेती प्रणालीको अन्त्य गरी औद्योगीकरण, यान्त्रीकीकरण, व्यवसायीकरण, बजारीकरण, चिस्यानीकरण सुदूरपश्चिमका किसानको समृद्धिको पहिलो सुप्रयासहरू हुन् । प्राविधीकरण शैक्षिक सुधारका प्रारम्भिक योजनारु हुन् । भाषा, साहित्य, कला, शान्ति सु–व्यवस्था, संरक्षण समानान्तर विषयहरू हुन् ।
मोहना नदीको वैज्ञानिक व्यवस्थापन, महाकाली, कर्णाली नदीको व्यवस्थापन लगायत मंगला, नाला, खोलामा हुनसक्ने बगरखेती प्रणाली जस्तै तरभुजा, खरभुजा, लौका फर्सी, काँक्रा, करेलाको खेतीमा सीमावति किसानलाई दिने नभए व्यवसायीलाई दिएमा अथाह अत्पादन गरी उत्तराञ्चलमा, दिल्लीमा पठाउन सकिनेछ । थारु आलुको अन्तर्राष्ट्रियकरण सुपको आधारभूत कार्य हो भने रैथाने कुखुरा बँदेल, बंगुर, हाँस, लट्टाइबट्टाइ, जाँड, बयलगाडाको प्रचारीकरणमा सुपको समृद्धिका जराहरू गाडिएका छन् । पञ्चेश्वर परियोजना तथा लोअपर कर्णाली बहुउद्देश्यीय बृहत परियोजनामा सीमावर्ती किसान प्रत्यक्ष संलग्नता, सहभागिता, निर्णय, निश्कर्षविना, दिगो विकास असंभव भएकाले अबका कुनै पनि परियोजना जनमैत्री, वातावरणमैत्री, देशमैत्री, समाजमैत्री, उर्वरशील हुनु सुपको माग हो । चौधरीबस्तीका पशुजन्य उत्पादनलाई गोबरग्यास अनुदानमा हालेर एलपी ग्यासको विस्थापन तथा कृषिमा अनुदान तथा बजारीकरणको सुनिश्चितताले खासगरी थारुको समृद्धिको प्रत्याभूति गर्नसक्छ । मनपर्दी वन विनासका नकारात्मक कारणहरू रोक्नु पहिलो कार्य हो । अत्तरिया, चौराह, लम्की विना योजना दिगो बन्ने देखिन्न भने कोठियाघाट हुँदै कर्णाली किनारै किनारको प्रस्तावित हुम्ला हुँदै चीन भइ जापान जाड्ने महाराजमार्गको प्रस्ताव भए पनि कार्यान्वयन हुन नसक्दा त्यस क्षेत्रको समृद्धि छेकिएकाले यथाशीघ्र कार्यान्वयनले लाखौं मानिसले राजगोरीमात्र पाउनेछैनन् व्यापार, होटेल, पेसा, व्यवसाय खुल्नेछ र सुदूरपश्चिम समृद्ध बन्नेछ । यी सबै उपलब्धिका लागि सीमा व्यवस्थापन पहिलो कार्य बनेको छ ।

प्रकाशित मितिः   २० असार २०७४, मंगलवार १५:३९