साँढे

नेपाल कृषि प्रधान देश । नेपालका कति प्रतिशत ? नेपालीहरू अहिले पनि कृषिमै निर्भर छन् भन्ने गर्दछन् हाम्रा ठूलावडाहरू लाज पचाएकाहरू कृषि गर्नुपर्दैन त भन्नु त के भयो ? अनि नेपाल कृषि प्रधान देश हो । यहाँका जनता कृषिमै निर्भर छन् । ऋण लगानी गर्नुप¥यो किसानका ढाँड सेक्ने गरी, किसान परियोजनाहरू लागू ग¥यो, प्रयोगका लागि मात्र मल चाहियो ? समय बितिसकेपछि अचम्म ।
हुन त हो नि नेपाल कृषि प्रधान देश एउटा किसानको परिचय छैन । अरुको पहिचान बिजुलीको करेन्टभन्दा छिटो हुन्छ । तर किसानको खोइ ? हामी कृषि प्रधान, अनि किसान भन्छौ ? नेपाली समाजमा विभिन्न वर्ग र समुदाय बस्दै आएको छ । नेपालमा पहिले पशुधनलाई महŒव दिइन्थ्यो अहिले विभिन्न धनको वर्गीकरण गरेको छ, हाम्रो समाजले । काला धन–स्रोत के हो थाहा छैन । दलाल धन–छोरी, बैनी कति बेच्यो, जग्गा जमिन कति बेच्यो अचम्म ! कति थरीका हुन धन सुनचाँदी, हिरा, मोती पैसा के धन हुन् ? कति थरीका हुन् । तर नेपाल समाज जतिबेला पूर्णरूपमा कृषिमा निर्भर थियो । त्यस समयको मानिसहरूको धनीको महात्म्य पशुधन थियो । मानिसहरू जोसँग धेरै गाई, भैंसी, एक हल गोरु हुन्थ्यो त्यही धनी र सम्पन्न व्यक्तिका रूपमा समाजमा स्थापित हुन्थ्यो । त्यसैले होला विभिन्न साहित्यकारहरूले त्यो शीर्षकमा कथा लेखेका छन् जस्तैः रमेश विकलले ‘लाहुरी भैंसी’ लेखे, कसैले ‘सिगाटी बाख्रो’ लेखे त्यो त्यस समयको समाजको चित्रण हो । जसले सामाजिक यथार्थलाई झल्काउने काम गर्दथ्यो ।
नेपालमा पछिल्लो समय मौलाउँदै गएको साँढे राजनीति र संस्कारको जग बसेको छ । यो साँढे संस्कृति र परम्परालाई भत्काउन हाम्रो हजुरबुबाको तागत चल्दैन । उहाँहरू अहिले अमरपुरमा अभ्यास गर्दै हुनुहुन्छ । साँढे नेपालको सबैभन्दा ठूलो पशुपतिनाथ अगाडि सधैं अन्नपानी घाँस पराल विना भगवान् शिवजीको सुरक्षार्थ गजधम्म बसिरहेको छ । जसरी संविधानसभाका हल अगाडि बसिरहेको हुन्छन् । मालिकलाई न जोत्नका लागि टाउको दुखाइ न पाल्नका लागि झन्झट जसरी अहिले वृद्ध भएका आमा बुबा छोराछोरीका लागि झन्झट भएका छन् । सबै मौसममा उस्तै गरी बसिरहेको छ । भित्र बाबा पशुपतिनाथ सहस्र शिवलिङ्गसहित विराजमान बाहिर साँढे उनलाई कुरेर बसिरहेको घटनाले नेपालको राजनीतिक, शिवदार्शनिक, अनि साँढे प्रवृत्ति महात्म्यलाई व्यक्त गर्न मन लाग्यो ।
नेपालमा साँढे संस्कृतिको राम्रो उदाहरण हो । नेपालका राजनीतिक पार्टीले यस्ता साँढेहरू पाल्ने काम गरेको छ । जसरी सडकभरी छोडुवा साँढे चिल्ला भएर बसेका हुन्छन् । कहिले काहीं त ठूला–ठूला सडक दुर्घटनासमेत निम्त्याउँछन् । साँढेहरूले न पोल्न मिल्ने न जोत्न मिल्ने कस्तो अचम्म ! हाम्रो देश नेपाल । नेपालमा राजनीतिक चेतनाका कुरा गर्दा अन्य देशका बारेमा चर्चा गर्ने तर काम गर्ने समयमा नेपालीमा गर्ने शिक्षा, स्वास्थ्य, यातायात कुराहरूलाई हेर्दा त्यही देखिन्छ । यो हाम्रो परम्परा, मौलिक संस्कृति हामी यसका भक्त जय ! शम्भो ! एउटा व्यक्ति निजामतीमा, प्रवेश ग¥यो, सेना, पुलिस, शिक्षक प्रवेश ग¥यो उमेर सँगै उसलाई सेवाबाट बर्खास्त गरिन्छ, उसलाई अवकाश दिइन्छ तर हाम्रो देश नेपालको राजनीतिक सेवामा प्रवेश ग¥यो जति जति बुढेसकाल लाग्दै गयो निमोनिया हुँदै गयो, त्यही युवा नेता, अनि सफल नेतृत्व वाह ! बुढेसकालमा मानिसहरूले त धेरै कुरा पो बिर्सन्छ । त्यति मात्र कहाँ हो र ? सबैका दाजु, सानाका पनि दाजु, ठूलाका पनि दाजु, युवा, कमरेड उहाँले पु¥याएको योगदान ? अचम्म छ । होइन योगदान कुन चराको दुध हो खै कुन्नी ? जसलाई ऊ जिवित हुँदै उसको मूल्यांकन गरिदिने हो भने उसको नैतिकता अनि काम गर्ने आधारहरू माथि हुने
थिए । यहाँको संस्कार कामको मूल्यांकन मरणोप्रान्त गर्ने नेपाली चलनले जरो गाडदासम्म सही र गलत योगदानको व्याख्या गर्नु व्यर्थ हुन्छ ।
हाम्रो नेपाली संस्कारले एवम् संस्कृतिले सिकाएको कुरा साँढे भनेको भगवान् शिवका वहान हो जसलाई ‘बसाह’ पनि भन्ने गरिन्छ । एकै ठाउँमा काम गर्नु नपर्ने शिवजीका अगाडि बसिरहने भएकाले यसलाई ‘बसाह’ भनिएको हो अल्छी, पाटे, काम चोर, के–के भन्नु हुन्छ ? तपाईं । जसले जे भनेर बुझे पनि एउटा जिज्ञासा सधैं आइरहन्थ्यो, हाम्रा गाउँघरतिर जोत्ने गोरुहरू स–साना सधैं माया गर्दा पनि उस्तै तर सहर बजारको पाटीहरूमा अनि चौक एवम् ठूला बाटाहरूमा लम्पसार भएर बस्ने साँढे गोरु त गोरु नै हुन् जो छोडवा, डलुवा एवम् डामेर छोडिएका एक प्रजाति नै हुन् । नेपालमा पनि पछिल्लो समयमा राजनीतिक साँढेहरू संघीयता सँगै झनै सलबलाएका छन् । हिजोको हरूवा, चरुवा, छोडुवा साँढेहरू नगर हुँदै गाउँतिर दौडदै छन् । हिजोसम्म न जोत्न मिल्ने न त पूजा गर्न मिल्नै साँढेहरू तपाईंका गाउँबस्तीमा देखापर्दैछन् । यस्तालाई चिन्नुहोस् । यिनलाई तह लगाउने काममा लाग्नुहोस् नत्र फेरि तपाईंलाई बाटाभरी बसेर ठूलो दुर्घटना बनाउलान् । अब साँढे होइन एउटा असल गोरु छान्नुहोस्, जसले एउटा गरीब किसानलाई खुशीपार्छ । यहाँ बुढो साँढे पालेर काम छैन । यहाँ कसैलाई काम नै गर्नु नपर्ने कसैलाई अरुको जीवन धान्नका लागि भए पनि जोतिनुपर्ने कुरा अलिकति मात्र फरक हो ऊ खाइ मातिएको छ । ऊ खानका लागि जोतिएको
छ । यस्तै छ नेपालका नेपालको राजनीतिक घटनाक्रम जसले यिनै गोरु, बहर र साँढेको भूमिका निवाह गरिरहेका छन् । त्यसैले अब साँढे राजनीतिक संस्कृतिलाई अन्त्य गर्नका लागि सबै मिलौ र यसको अन्त्य गरौं ।
अस्तु

प्रकाशित मितिः   १७ असार २०७४, शनिबार १५:११