प्रस्तावित कर्णाली प्रदेशको समृद्धिमा वीरेन्द्रनगरदेखि रिम्ना दोभानसम्मको योगदान

गत फागुनको २१ र २२ गते वीरेन्द्रनगरदेखि रिम्ना दोभान हुँदै रुकुमको मेघासम्मको यात्राको अवसर जु¥यो । यस स्तम्भमा उक्त दुई दिने यात्रामा देखिएका वस्तुगत तथ्यहरूलाई समृद्धिका साधनहरूका रूपमा प्रस्तुत गर्न खोजिएको छ । समृद्धि लक्ष्य हो । लक्ष्यप्राप्तीका लागि तत्जन्य साधनहरू हुन्छन् । साधनलाई पहिचान र समथ्र्य पनि भन्न सकिन्छ । पूर्वाधार विकास र सकारात्मक जनस्वास्थ्य, पर्यटन, ऊर्जा, मानव संशाधन, प्रशासन, मूल उद्योग, वन, जमिन, जडिबुटी, शिक्षा, अर्थतन्त्र र अर्थस्रोत सांस्कृतिक मूल्यमान्यताहरू नै समृद्धिका वास्तविक तत्वहरू हुन् । नेपाल नयाँ राजनीतिक मोडमा उभिएकाले कर्णाली प्रदेश पनि नयाँ कलेवरमा हिँडिएको छ । यसका परम्परित राजनैतिक सीमानाहरू परिवर्तित भएका छन् । तत्कालीन राप्तीका रुकुम, सल्यान, भेरीका सुर्खेत, दैलेख, जाजरकोट र कर्णालीका पाँचै जिल्लाहरूले नयाँ भावी कर्णाली प्रदेशभित्र राखेका छन् र नेपालको संविधान २०७२ लिपिवद्ध गरेको छ । यस प्रदेशको समृद्धिका लागि नेपालको राष्ट्रिय आर्थिक गतिविधिले प्रत्यक्ष प्रभाव पार्नेछ र पार्दैछ ।
२१ गते बिहानै जीपमा चढ्दाचढ्दै नेपालमा लगानी गर्ने प्रदायकले चार खर्ब जुटाउने प्रतिबद्धता जारी गरेको समाचार सुनियो । नेपालको कूल ग्राहस्थ उत्पादन २३ खर्ब छ, वैदेशिक ऋण चानचुन चार खर्ब छ र कृषिले लगभग सात खर्ब योगदान गर्दैछ । राजनीतिक कोणबाट शिक्षा क्याम्पस सुर्खेतमा एमाले सम्बद्ध अखिलले प्रायः सबै सीट जितेको समाचार आयो र नेकपा माओवादी प्रचण्डको जिल्ला भेला स्थगितमा परेको छ । वीरेन्द्रनगर भित्रको मुख्य सडक चार लेनमा विकसित भइरहेको छ । वीरेन्द्रनगर छिन्चुको रत्नराजमार्ग स्तरोन्नतिमा परेको छ । छिन्चु नरोकादै उच्च माविमा योग शिविर चलेको
देखियो । योग सुस्वास्थ्यको यस समयसम्मको लोकप्रिय, चर्चित, विश्वस्त साधन हो । सुस्वास्थ्य साधन हो समृद्ध साधन हो । यस कारण समृद्धि कार्यकारण श्रृंखला हो, तर्क हो, यथार्थ र वस्तुसत्य हो । कुनै पनि राष्ट्रको समृद्धि जनताको स्वास्थ्यको जगमा अडिएको हुन्छ । रोगी देशले स्वास्थ्य विकास शान्ति, समुन्नति, प्राप्ती प्राप्त गर्न सक्दैन । छिन्चुको विद्यालयको सार्वजनिक योगले यस प्रदेशको भावी समृद्धिलाई अवश्य सहयोग गर्नेछ । जनस्वास्थ्यप्रति, जडिबुटीप्रति, पर्यटनप्रति जनताहरू आफै लाग्नु दिगो विकासको शुभबिहानी मात्र हैन, सकारात्मक संस्कृतिको विकास पनि हो ।
बसमा चढेको एक घण्टासम्म बस नचल्ने, यात्रुलाई स्पष्ट कुरा नभन्नु, यात्रुलाई भेडाबाख्रा समान व्यवहार गर्नु, छिन्चु बजार वरपर प्लास्टिकका खोस्टा फाल्नु, थुक्नु, पिसाब गर्नु जस्ता सूचकहरू समृद्धिका बाधक, प्रतिकुलता र नकारात्मक भावहरूका जबरजस्त प्रकाशनहरू हुन् । योगीले सिकाउने योग एकद्धम सकारात्मक रहेपनि मानसिक, शारीरिक, व्यवहारिक, सामाजिक, व्यक्तिगत योग तुलनात्मक रूपमा लाभका हर्कतहरू हुन् कसैका लागि पनि राम्रो हैन ।
टाउकोमा फेटा यस क्षेत्रका विशिष्टता हो भने कम्मरको पटुका महिलाको विशेषता हो । धुम्रपान, मध्यपान, सूर्तिपराग नकारात्मक सूचकहरू हुन् । अप्राकृतिक खाद्य व्यवहार निषेधको प्रसंग हो । जाजरकोट भेरीमालिका नगरपालिकाको तल्लो थाप्ले सकिँदा नसकिँदै स्याला समुदायिक वन भेटिन्छ र यसको सिरान मै दिसापिसाब लागेमा नजिकको घरमा जान सुझाइएको छ, गाइवस्तु परिचरण निषेध गरिएको छ, जमिन पनि पिसाबयुक्त देखिएको छ । तर व्यवहारमा त्यस्तो घर पाइएन । शौचालय छ तर व्यवहारमा त्यस्तो घर पाइएन । शौचालय छ तर कच्ची मानियो । जब पिपेपुलमा पुगियो । कृषि विकास अधिकारीसहित तीन चार जना पुलको पश्चिमी जीपमा माछा, दही, साथर गहुँका रोटी खाँदै छन् । साथमा बीस जति डढाएको खुर्सानी टोकिरहँदा राखेर पालैपालो टोकिरहँदा अधिकारीले खाद्यान्नको अन्तिम लक्ष्य सुस्वास्थ्य नबुझेका जस्तो लाग्यो । तेल वा आगोमा डढाएको खुर्सानी खानु नकारात्मक चरित्र हो । जाजरकोटी हुँदै सबै कर्मचारीहरूमा यस खालको नकारात्मक खाद्य प्राप्तीको चलनले समृद्धि ल्याउँदैन । कुनै पनि वस्तु डढाएर खाँदा क्यान्सरको प्रवेश ठानेका छन् डाक्टरहरू । सुल्पा, बिंढी, चुरोट, तमाखु, जर्दा, प्रयाडी लगायत थुप्रै विकृत सेवनहरू लालुपाते र खनाटीका तमाखुहरूको खेती हुने परम्पराले यस क्षेत्रका जनताको समृद्धिलाई साथ दिने स्थिति देखिन्न ।
विकासको मेरुदण्ड मानिएको रिम्ना दोभानसम्म छिन्चु जाजरकोट दुनै सडकको रिम्नासम्म कच्ची सडक पुगेको छभने पारीतिर मध्यपहाडी राजमार्गको अंश नजिकै छ, पुलले जोडेको छ, प्रस्तावित भेरी करिडोरको पुल बन्दैछ रकुमतिर । ग्राभेल नभइसकेको पुष्पलाल राजमार्गमा मुसिकोटदेखि चौरजहारीसम्म धुलो उड्छ, कम गाडी गुढ्छन्, गाडीको भाडा नियमित छैन र यात्रुहरू कम हिँड्छन् । पुष्पलाल राजमार्गको चौरजहारी गोत्यानको भरी नदीमाथि पक्की पुल बन्दैछ, राजमार्ग कुदुमा उक्लिएर दैलेख दिशा दिएर पश्चिम मोडिएको छ । कुदुदेखि दैलेखसम्म ट्रयाक खुलिसकेको छैन । छिन्चु–डोल्पा सडक जब भेरी किनारै किनार बग्छ कुरिल्लेदेखि छेडागाड ननिस्कदासम्मको प्राकृतिक दृश्य अलि उदासदेखिन्छ । डोल्पासम्म यसै होलाभन्दा छेडागाड उता आकर्षक देखिन्छ । उदास स्थलको पर्यटन विकास मंसिर, पुस, माघ, फागुन, चैतसम्म प्रभावकारी देखिन्न । जब कुदुको फाँट आउँछ तब यात्रामा नयाँ रौनक थपिन्छ । चौरजहारीको लामिछाने गाउँका सिमलका फूलले ध्यानाकर्षण गर्दछन् । मैले सिमलको यति बाक्लो फूल फूलेको देखेको पहिलो पटक हो । गतवर्षमा भरी वारिपारिका पाखाका सिमलका बोटहरू हजारौं कटिएका छन् । सिममा आधुनिक रुइ उद्यागेको सम्भावना यस ठाउँले बोकेको छ । भीमकाय सिमलका रुखहरू जाजरकोटको भरी नदी वरपर काटिएका इन त कौडीका भरमा बेचिएका छन् । रिम्ना पुग्दा नपुग्दै खोटो संकलन गर्ने कन्टरहरूको राजधानीले सल्लाको दोहन बढी छ भन्ने संकेट मिल्दछ । जारकोट वन कार्यालयले खोटो संकलनमा निषेध गरे पनि वन महासंघले सुलाउन दबाब दिइरहेको छ । फर्कदा खोटो संकलन कम्पनीका खड्का थरका कर्मचारीले यस बारे प्रतिक्रिया माग्दा खोटोकै कारण स्कुल चलेका छन्, उत्पादन नहुँदा स्कुल चल्दैनन् भने । खड्काले सुर्खेत र सल्यान खोटाको भन्दा जाजरकोटको खोटोको गुणस्तर राम्रो देख्दछन् ।
यस क्षेत्रको यातायातका कर्मचारीको मनपरी व्यवहार छ । यात्रुलाई पु¥याउनुपर्ने सेवा कत्ति पनि राम्रो छैन । यात्रुका लागि खाना पानी, सुरक्षा, व्यवहार, दिसापिसाबको सुव्यवस्था मात्र हैन समयको हेलचœयाइ छ । कुन गाडी कति बेला कहाँ पुग्ने, कस्तो यात्रुलाई कस्तो व्यवहार गर्ने केही छैन । टेडागाउँ नजिकै सत्तरी वर्षको बुढाले साठी वर्षकी बुढीसँग सिटकै लागि झगडा गरेर पिट्न लागेको देखियो । सकारात्मक नकारात्मक सूचकांकका बीच छिन्चु–जाजरकोट–डोल्पा सडकका प्रमुख खोलाहरू खानीखोला, बाँखोला, फेरागार, होलुखोलामा पक्की पुल बनिसकेका छन् । कलभर्ट बनेको छन् । रिम्नामा ठूली भेरीमा पुल बनेर रुकुमतिरको चाख्लीघाट खोलादेखि छेपारेसम्म सडक खनिएको छैन, उता जीपहरू त्रिवेणीसम्म चलेका छन् । ट्रक, ट्रयाक्टर, बस, जीप, बाइकहरू चलिरहेका छन् । यातायात, व्यवहार, पर्यटन व्यवसाय, आइजाइ सहज बनेको छ ।
यस भेगको समृद्धिका लागि नदीले बनाएका प्लटको अध्ययनका लागि असिम सम्भावना छ । मेगा वरपरका प्लट तथा घोरेटापूर्वका प्लटहरू नदीजन्य इकोसिस्टम, मूल, नदीजन्य सामग्री सुख्खा क्षेत्रको वातावरण, वनजंगल, फलफूल, तरकारी खेती, कुदुपारीको टार, नदीको प्रवाह, जाजरकोट लगायत थुप्रै प्राकृतिक दृश्य सकारात्मक पक्षहरू छन् भने जाजरकोट सदरमुकाम लगायत सुर्खेसम्मका वन अतिक्रमण नकारात्म पक्ष हो ।

प्रकाशित मितिः   १३ असार २०७४, मंगलवार १५:३२