शक्ति विकेन्द्रित स्थानीय निकायका चुनौतीहरू
निरुंकुश केन्द्रीय सामन्तवादी व्यवस्थापन विरुद्ध नेपाली जनता करिब एक शताब्दीसम्म जीवन आहुति दिएर एक्काइसौं शताब्दी लाग्दा बहुदलीय प्रजातन्त्र प्राप्त हुन थालेको छ । हाम्रो प्रजातन्त्र संसारका अनेकौं मुलुकले प्रजातान्त्रिक अभ्यास गरेको तीन सय वर्ष पछाडि मात्र प्राप्त भएको छ । अहिलेसम्म स्थायी र अस्थायी सरकारमा बसी केन्द्रियता लादेर अनेकौं सञ्जाल तयार गरी जनताको कर र श्रम लुटेर खाने संस्कारले घर गरेको छ ।
अनेकौं उखान टुक्काहरू छन् । ‘सरकारी काम कहिले जाला घामा’ अनेकौं दलाली, चापलुसी बिचौलीया, जातीय, धार्मिक संस्कृतिक, आस्थागत विकृतिले घरजम गरी बसेको छ । हुकुम गराएर खानेदेखि बहुदलीय प्रजातन्त्र प्राप्त भएको २७ वर्षसम्म पनि आस्थाको भरमा टेलिफोन गरेर जय नेपाल, लाल सलाम गरेर नोकरी खाने विकास निर्माण केन्द्रीयता लादेरै बांगा खुट्टा भएका दौडमा फेल भएका प्रहरीमा जागीर खाने व्यक्ति विकास निर्माण सम्बन्ध शूत्र लगाएर खानेहरूको विगविगी छ । साम्राज्यवादी र भारतीय प्रभुत्ववाद नेपालको मानवीय श्रम प्राकृतिक सम्पदा आफ्नो बजार बनाउन केन्द्रीय शक्तिलाई प्रभाव पारी लुट्न पल्किएकाहरू शक्ति विकेन्द्रीकरण र स्थानीय निकाय पहिलो चरणसम्पन्न हुन पुगेपछि तिनको निन्द्रा खलबलिएको छ । भारतमा उपस्थित अंग्रेजले नेपालमा राजनीतिक दलाल जंगबहादुर परिचालन गरेदेखि भारत स्वतन्त्र भएपछि पनि नेपाल अदृश्यरूपले भारतीय उपनिवेश नै हो । २०७२ नेपालको संविधान घोषणाले आफ्नो बजार बनाउने अुनकूल भएन भनेर मधेशलाई टुक्राउने उद्देश्यले पृथकतावादी आन्दोलन नाकाबन्दी जस्तो युद्ध नै ६ महिनासम्म नेपालीले भोग्नुप¥यो । संविधान आफ्नो सोचे अनुसार दलालहरू व्यवस्था उच्च पदमा पु¥याउन मधेशका जिमिनदार विभिन्न समूह एक बनाएर राजपासमेत निर्माण गर्न लगायो । संविधान लागू गर्न नदिन स्थानीय निकाय निर्वाचन गर्न नदिन अनेकौं प्रपञ्चको धृष्टता गरे पनि राजनीतिज्ञ चुतु¥यायी भनौं कि प्रतिपक्ष अडानको कारण पहिलो चरणको निर्वाचन सम्पन्न भयो । दोस्रो सम्पन्न हुने अवस्था पुगेको छ । मधेशी जिमिनदारहरूको प्रभाव अब २ नम्बर प्रदेशमा स्थानीय निर्वाचनको तेस्रो चरण घर्किएको छ । स्थानीय निकायलाई अब सिंहदरबार ढुकुटी बाँड्ने अधिकार सोझौ बाडफाँड गर्न पाउने प्राप्त भइरहेको छ । मधेशी जिमिनदारहरू तेस्रो चरणको निर्वाचन पुगेपछि जनता कुटाइमा पर्ने सम्भावना बढेको छ । जति प्रपञ्च रचे पनि मेधशलाई विखण्डनमा ल्याएर देशलाई बिक्री बानाउने भारतीय शासकको निन्द्रा खलबलिएको छ ।
अधिकार पाएर मात्र त्यसको प्रजातान्त्रिक तौरतरिकाले व्यवस्थापन गर्न थप चुनौती थपिएको छ । सधैं केन्द्रीय शासन व्यवस्थामा बसी तरमार्ने स्थानीय सरकार बसेको कर्मचारीतन्त्रको निद पनि खलबलिएको छ । अस्थायी सरकार र स्थायी सरकारको मिलमतोमा अकुत सम्पत्ति कमाउने सामन्तीदलालहरू पनि शक्ति विकेन्द्रीकरणबाट भित्रभित्रै छट्पटिएका छन् । यसपटक स्थानीय विकायको निर्वाचनमा प्रायः सबै पार्टीहरुले कसरी निर्वाचन जित्ने भनेर हिजो
दलाल पूँजीपति, जग्गाका दलाल, ठेकेदारहरू रहेर कमाएका व्यक्तिहरूलाई दिएर विजयी होलान् । तर पनि सकभर विजयी बनाए पनि पार्टी नेतृत्व स्वार्थ अनुकूल सत्ता सञ्चालन गर्ने सिधासाधालाई टिकट दिएर विजयी बनाउने धृष्टता थोर बुहत सबै पार्टीहरू गरेकै छन् ।
अहिलेसम्मको राजनीति गर्ने केन्द्रीयता लादेर जसरी लुट्ने नै हो । अव शक्ति विकेन्द्रीकरणले बल्ल प्रजातान्त्रिक अभ्यास सुरु गराउने हो । जनताको प्रत्यक्ष पहुँच शासन पु¥याउने हो । अहिलेको शक्ति विकेन्द्रीकरण व्यवस्थापन गाउँलाई विस्तारै नगरपालिकामा परिणत गरी सुखी सम्पन्न गराउने खाका हो । यो व्यवस्थापन युरोपियन स्केन्डेभिथन मुलुकमा भएको शासन पद्दतिको अनुकरण गर्न खोजिएको छ । ती मुलुकहरू सबै तहमा निर्वाचित प्रतिनिधि कर्मचारीहरूले कसरी व्यवस्थापन गर्ने भन्ने तालिम लिने दिने गरिन्छ । यहाँ पनि त्यो तालिम दिनुलिनु अनिवार्य गरिनुपर्छ । सकभर त्यस्ता दिमागी व्यक्तिहरूलाई ती शक्तिविकेन्द्रीकरण प्रजातान्त्रिक अभ्यास नमुना रूपमा कमिसन अन्त्य हरेक क्षेत्रमा प्रतिस्पर्धा भएका स्वीडेन, डेन्मार्क, फिनल्याण्ड, स्वीजरल्याण्ड जस्ता मुलुकहरू प्रत्येक्ष अवलोकन परीक्षण गरेर आइ यहाँ त्यो विधि व्यवस्थापन तालिम प्रशिक्षण दिन लिनु जरुरी छ ।
अहिलेसम्म राज्य व्यवस्थापन भनेको परनिर्भरता भाडामा सत्ता चलाउने नीतिज्ञ र भाडामा जनता विश्वका विभिन्न मुलुकहरूमा पठाउने सत्ता हो । अबको व्यवस्थापन गर्ने आत्मनिर्भरता तिर बढाउने स्वअधिकार प्राप्त हो । स्थायीतन्त्रले सरुवा बढुवा भएर कमाउने भन्दा स्थानीय निकायमा गएर मरेर काम पनि गर्ने, काम अनुसार तलब पनि पाउने, मेरो श्रमबाट मात्र पनि बाँच्न सक्छु भन्ने मानसिकता विकास गर्नु जरुरी छ । अब हिजो जस्तो विकास कागजमा रंगाएर खान हुँदैन देश निर्माण गर्ने जिम्मेवारी मेरो पनि हो । अब बिदा लिएर अमेरिका डिभीमा कमाउन जाने यहाँको नोकरी पनि फर्केर थामौला भन्ने दिन गए । सम्पत्ति कमाउने भन्सार, वन, केन्द्रीय विभाग, लुते दौड गरेर पुग्ने दिनको अन्त्य गर्नुपर्छ । एकदुई भाइले अकुत सम्पत्ति कमाएर मोजमस्ती गर्दैमा देश बन्दैन । बन्ने भएमा १०४ वर्ष राणा उनीले बनाएका टिके राजाहरू र १२ पुस्ता श्री ५ महाराजधिराज हुनेहरूले राज्य ढुकुटी सबै व्यक्तिगत बनाएर अकुत सम्पत्ति कमाएका थिए । जनता संसारभर भाडा कमाउन दौडेका छौं ।
संसारकै सबैभन्दा गरीब मुलुकमा दर्ज भएका छौं । २० वर्षसम्म द्वन्द्वकाल भनौं कि अन्तरिमकाल भनौं दलाल पूँजीपतिहरू अनेकौं विकृतिहरू गरेर कति कमाए । अब तिनै तहको निर्वाचन गरेर शक्ति विकेन्द्रीकरणसहितको राज्य व्यवस्थामा स्थायित्व ल्यायौं भने हाम्रो जस्तो प्राकृतिले अपार सम्पदा उपहारको रूपमा दिएको मुलुकको विकास गर्न ४ चुनावपछि आत्मनिर्भर हुनसक्छौं । अहिलेका जनप्रतिनिधिहरूले जनताको सवेक छु म शासक होइन र स्थायी सरकारले जनचाहना अनुसार सञ्चालन गर्नुपर्छ भन्ने चेतनाको सशक्त विकास हुनु जरुरी छ । हुन त कुनै पनि प्रजातान्त्रिक व्यवस्थापन कल्पना गरेजस्तो तत्काल हुन्छ भन्ने यो स्तम्भकारको होइन ।
तर पनि अभ्यास त्यो तिर मोडिनु प¥यो । प्रजातन्त्रमा प्रजातान्त्रिककरण हुन पनि समय लाग्छ । हाम्रो समाज अहिले पनि सामन्ती व्यवस्थापन जातीय धार्मिक लिंगीय भेदभावले चिराचिरा बनाएको छ । यिनीहरूलाई कसरी सामान्यीकरण गरेर न्यून बनाएर लैजाने नीतिहरू पनि नेतृत्वबाट नै सुरुवात गरेर जानुपर्दछ । त्यही क्रिया तल जनता अनुकरण गर्दै जान्छन् । कमिशन खानेबानी भन्दा काम गरी खाने आफ्नो विकास आफै गर्ने अर्को व्यक्ति अरु मुलुकको मुख्य ताक्ने बानी अन्त्य कसरी गर्दै लैजाने भन्ने आनीबानीको विकास गरिनुपर्छ । हामीले हाम्रै जीवनकालमा राणा, पञ्चायत, बहुदलीयकाल १० वर्षे द्वन्द्व कालमा देख्यौं राजनीतिको आडमा चप्पल लगाउने ठर्रा रक्सी पिउनेहरू अकुत सम्पत्ति कमाएर राजनीतिज्ञहरू दलाल पूँजीपतिहरू कहाँदेखि कहाँ पुगे ।
अब विस्तारै ती कालरात्री अन्त्य गर्दै शक्ति विकेन्द्रीकरणले जनता सम्पन्न गराउन स्थानीय निकायका चुनौतीहरू अगाडि उभिएका छन् । देशीय दलाल विदेशी साम्रज्यवादीहरू यस्ता मुलुकलाई पुनः अर्को द्वन्द्वमा कसरी फसाउन सकिन्छ भनि अगाडि उभिएका हुन्छन् । ती प्रपञ्चहरू पनि हामी नेपालीहरू लागि परास्त गर्न सचेत प्रजातान्त्रिक व्यवस्था नै हो । प्रथम चरण निर्वाचित हुने सबै स्थानीय जनप्रतिनिधिमा कार्यकाल सफलताको लागि हार्दिक बधाई ।
पारदर्शीता र निश्पक्षता प्रजातन्त्रका सुन्दर पक्ष हुन् ।
साझा बिसौनी संवाददाता ।