दबिएका लाचारी मनहरू

सन्दर्भ सुर्खेती परिवेश । बदलिंदो सहर, समस्या तथा अवसरहरू । एउटा भिन्दै वातावरण छ यहाँ । के तपाईंले यहाँको बदलिदो वातावरण महसुस गनुभएको छ । रोकिन नसकिएको भू–माफियाका योजनाहरू जसमा अव्यवस्थित बसोबास रहेका छन् । जसको कारण सुर्खेती माटोमा आफ्नो सपनाको महल ठड्याउनेहरूको ताँती नै छ । ती सपनाका महलहरू जसको भविष्य न ती व्यक्तिले नै देखेका छन् न त हाम्रा सरकारी योजनाकारले नै । खै के छ यहाँको वातावरण, कस्तो छ यहाँको मन ? एउटा छुट्टै जमातको सिर्जना भयो सुर्खेतमा । फरक सोचाइ तथा फरक जीवनशैली । भिन्न रूप, विल्कुलै भिन्न । र त्यो जमातको अनुशरण गर्न चाहन्छ नयाँ पुस्ता । के त्यो जमात अनुशरण गर्न योग्य छ । हाम्रो सोचाइ के छ ? हाम्राको सोचाइ के ? र जमातले कुन सन्देश प्रवाह गर्दैछ । सबैभन्दा पहिले घाँटीमा मोटो सुनको दाम्लो, सुकिला कपडा, हातमा पड्किने मोटरसाइकल, सबै रेष्टुरेण्टका कर्मचारीले उनलाई चिन्छन् । सायदै सुर्खेतका सबै व्यवसायी उनीसँग परिचित छन् । सायदै उनी तथा उनको आर्थिक रूपबाट मानिस प्रभावित भएका छन् । हामी प्रभावित भएका छौं । र हामी पनि उनको नै अनुशरण गर्न चाहन्छौं । आखिर किन ? कसका लागि ? के का लागि ?
कुरा यहाँ आउँछ पैसाको । हामी यही नै सोच्छौं र यही नै चाहन्छौं पनि । हामी हाम्रा पुस्तालाई समेत यही सिकाउँदैछौं । सबैभन्दा ठूलो पैसा भन्ने कुरा । यहाँ मानिसहरूको शिक्षा पश्चात्को योजना नै पैसा कमाउने भएको छ । हामी शिक्षित हुनलाई होइन पैसा कमाउन शिक्षा लिदैछौं । जीवनशैलीमा सरलता तथा रोचकता होइन हामी इष्र्या चाहन्छौं । हामी चाहन्छौं घमण्डिपन, एउटा विल्कुलै फरक समाज निर्माण गर्दैछौं हामी, जहाँ आडम्वर नै प्रमुख पक्ष हो । आखिरमा सत्यता त यही नै हो नि । आखिरमा हाम्रो व्यवहार पनि यही नै हो । सुर्खेतमा कयौं युवा वर्तमान समयमा जग्गाको कारोबार गर्ने दलालीहरूको जीवनशैली देखेर मस्त भएका छन् । उनीहरूको हरेक पक्ष नागरिक नियालिरहेका पनि छन् । दलालीहरूको हाउभाउ तथा उनीहरूको जीवनशैलीको कारण पनि नया पुस्तालाई शिक्षाको भविष्यप्रति खासै चासो रहेको छैन । नयाँ युवा सोच्दैछन्, सारा महिना काम गरेर बुझ्ने मासिक तलब भन्दा एक पल्ट जग्गा मिलाए वाफत कमाउने पैसा ठूलो हुन्छ ।
उल्लेखित सोचको आधार तथा अव्यवस्थित सहरीकरणका राज्यको प्रमुख चासो नहुनुको कारण भावी पिढींको भविष्य कतातिर मोडिन्छ भन्ने पक्ष हामी औलाउन सक्छौं । आखिर किन मानिसहरू पैसालाई नै ठूलो बनाएका छन् । यसै सोचको कारण पनि सरकार बदनाम
भइरहन्छ । हो यही सोचको कारण । आफ्नो आर्थिक जायजेथालाई कर्तव्यको परिधिभन्दा पनि बाहिरै राख्न चाहने हामी हाम्रो अधिकार प्राप्तीको लागि सरकारलाई बदनाम गराउन खोजिरहन्छौं । यो सबै दबिएका मनहरूको कारण पनि हो । उखान छ नि, हात्ति हिन्दै गर्छ । हो फुकेका र आफ्नो मनको कुरा सुन्नेहरू हिन्दै गर्छन् र चाहँदा नचाहँदै पनि मनको कुरा बुझ्न नसकेका, भविष्यको निर्धारण गर्न नसकी रुमल्लिदै मनलाई दबाएका र आफ्नो लक्ष्य निर्धारण गर्नेहरू नै हो समाजमा भुक्ने । यसैले हामीलाई प्रष्टाउँदछ, यी वातावरणले नै हो हामीलाई परिचित गराउने । हाम्रो सम्पन्नताको के अर्थ जहाँ हामी सडक बालबालिकालाई एक गास पनि खुवाउन
सक्दैनौं । हाम्रो शिक्षाको के अर्थ जहाँ ज्यामी काम गर्ने दाईसँग हामी मिठो बोल्न पनि हिच्किचाउँछौं ।
वर्तमान समाजमा हामी तथा हाम्रा पुस्तासमेत आर्थिक पक्षलाई सर्वसम्मत् रूपमा प्रतिष्ठित पक्षको रूपमा घोसित गर्दैछौं । केही सम्पत्तिको लोभमा हामी अखाद्य वस्तु बिक्री गर्दै समस्तको ग्राहकको स्वास्थ्यको ध्यान गर्दैनौं । केही पैसाको लोभमा हामी सोझो त्यो दाईलाई पनि महँगोमा जग्गा भिडाइरहेका छौं । केही पैसाको लोभमा हामी सरकारलाई कर छल्दै हामै्र लागि बजेट मागिरहेका पनि छौं । अनि साथीभाइ तथा ईष्टमित्रको त कुरै छाडौं केही पैसाको लोभमा हामी हाम्रो बाबुआमा तथा छोराछोरीसँगको सम्बन्ध पनि त्यागिरहेका छौं । के मानवता तथा समाज भन्दा ठूलो पनि पैसा नै हो । के रचना तथा आविस्कार भन्दा पनि ठूलो पैसा नै हो । केही हदसम्म पैसाले धेरै काम बनाउन सक्ला तर पैसा नै सबथोक त होइन नि । मानिसहरूको मनमा यी विषयहरू पनि रहेका छन् तर पनि सामाजिक वातावरण तथा अभाव र आवश्यकतालाई ध्यानमा लिदैं हामी हाम्रो मन दबाएका पक्कै छौं । पैसा नै ठूलो भन्दै आफ्नो सकारात्मक मनलाई पनि दबाउँदै आफूभित्रको क्षमता पहिचान नै नगरी योजना बुन्ने यो समाज तथा हामी पात्रहरू भएको वर्तमान समाजको उदाहरण लिउँ, के अल्वर्ट आइस्टाइन यो समाजमा भइदिएको भए विद्युतको खोज गर्नसक्थे ? के गान्धीले लाठी यात्रा निकाल्न सक्थे ? के सायदै गंगालाल तथा दशरथ माथेमा जस्ता व्यक्ति सहिद हुन्थेनन् ।
सायदै यहाँ जहानियाँ राणा शासन पनि ढल्थेन होला । सायदै, क्षणिक असामाजिक जीवनशैलीको अनुसरण गर्दै जसरी हामी हाम्रो मन दबाउन सक्षम छौं, यो संकेत गुलामीको हो । फेसबुकमा परिवर्तनका शब्दहरू लेखिएता पनि जीवनमा परिवर्तनको बाटो नरोज्ने अल्छीको हो ।
यो संकेत हाम्रो भावी पुस्ताको जीवनको बारे हो । जसलाई हाम्रो आफै कोर्दैछौं । जसले हाम्रो भावी पुस्ताको जीवनरेखा बनाउँदैछ । भ्रष्टाचार घरदेखि सुरुवात भएको छ, साथीको नाममा हामी उसलाई फसाउँदैछौं । आफै महसुस गर्नुहोस् सहयोगको वहानामा तपाईंले कसबाट कति लुट्नभयो ? तपाईं नचाहेर पनि एकदिन त यो पर्दाफास हुने नै छ । हाम्रो दबिएको मनले के नै सोच्न सक्छ र ? र के नै गर्दा ? मनलाई फुकाऔं, एकपल्ट सोचौं, सकारात्मक सोचले नै लक्षमा पु¥याउनेछ, फुकेको मन नै हो जसले हामी आफैसँग परिचित हुन्छौं र हामीलाई परिचित गराउँछौं ।

प्रकाशित मितिः   ४ असार २०७४, आईतवार ११:४७