दैलेखको आर्थिक समृद्धिः पर्यटन र जलविद्युत

दैलेख आफैमा सुन्दर, सभ्य र भव्य जिल्ला हो । यहाँको पहिलो पहिचान धार्मिक तथा पर्यटकीय क्षेत्र नै हो । विकास क्रमसँगै यतिबेला पर्यटन प्रबद्र्धन हुँदै दैलेख जलविद्युतको उर्वरभूमिका रूपमा चिनिदैं आएको छ । पर्यटन विकाससँगै यहाँ हाइड्रोका क्षेत्रमा पनि उत्तिकै लगानी भइरहेका छन् । हरेक जसो खोलामा सानातिना जलविद्युत आयोजना कतै निर्माणाधीन त कतै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । जिल्लाका धेरै गाउँपालिकाले सरकारको मुख नताकी स्थानीय खोलाबाटै उत्पादित विजुली प्रयोग गरेको वषौं भइसक्यो । विकासले गति लिएसँगै पछिल्लो समय दैलेखको नाम सायदै नसुन्ने नेपाली कमै होलान । यो जिल्ला प्रस्तावित ६ नम्बर प्रदेशको पर्यटकीय तथा धार्मिक स्थलका रूपमा रहेको जिल्ला हो ।
विगतमा विकास क्रमले गति पाउन नसकेको र सरकारको आँखामा पर्न नसक्दा ओझेलमा परेको यो जिल्ला विशेषतः माओवादी जनयुद्धताकादेखि निकै चर्चामा आयो । दुल्लू आन्दोलन मात्रै नभइ दैलेखको नौमूले प्रहरीचौकी आक्रमणले नेपालमा चर्चा पायो । माओवादी जनयुद्धका क्रममा दैलेख र दैलेखीले रातदिन त्रासपूर्ण दिन बिताउनुप¥यो । पछिल्लो पटक सदरमुकाम दैलेख बजारको खानेपानीलाइन माओवादी ध्वस्त पारेपछि झनै चर्चामा आएको दैलेख, त्यतिबेला नै विना कारण माओवादीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या गर्नुले यो जिल्लामा माओवादीको राजनीति नै समाप्त भयो भने जिल्लाको नाम नसुन्ने कोही भएनन् यो घटना अहिले पनि विश्वसामु जगजाहेर नै छ । विकास क्रमले चुलिदैं जान थालेपछि दैलेख एकाएक समृद्धिको बाटोमा अघि बढ्यो र अहिले पनि बढिरहेको छ । सडक सञ्जालले दैलेखका सबै गाउँपालिका छोएको छ । खानेपानी, विजुलीको उत्तिकै व्यवस्था भएको छ । दुर्गम क्षेत्रमा जग्गा महँगिएको छ भने सहरीकरण बढेको छ । धार्मिक पर्यटनका हिसाबले नेपालकै दोस्रो जिल्लाका रूपमा रहेको दैलेखमा पञ्चकोशी तीर्थस्थल, भूर्तिका बाइसदेवल, कोतगढी, द्वारी खोलाको झरना र महाबुलेक प्रमुख आकर्षण हुन् ।
सुर्खेतदेखि दैलेख बजार, दैलेख बजारदेखि महावु हुँदै जुम्ला जोड्ने सडकले महावुको विकासमा टेवा पुगेको छ । यो जिल्लाकै उच्चस्थानका रूपमा पनि मानिन्छ । महावु लेकबाट तराईको बाँके, बर्दियाका समथल फाँटहरू सहजै देख्न सकिने र यहाँ शिवजीको दर्शन गरे सोचेको पुग्ने धार्मिक विश्वासले हरेक वर्षको साउनमा देशविदेशबाट भक्तजनहरू आउने गर्दछन् । पर्यटनका हिसाबले दैलेख जति महŒवपूर्ण छ पछिल्लो समय हाइड्रोका क्षेत्रमा पनि दैलेखले अर्को छुट्टै पहिचान बनाएको छ । अहिले दैलेखका प्रत्येक खोलामा जसो हाइड्रो पावर सञ्चालन भइरहेका छन् । कतिपय सञ्चालनमा आइसके भने कति निर्माणाधीन अवस्थामा छन् । यो यहाँको आम्दानीको गतिलो स्रोत बनेको छ । जिल्लाकै द्वन्द्वग्रस्त क्षेत्रका रूपमा रहेको नौमूले विकास क्रमले अघि बढेसँगै यहाँ स्थानीय तहबाटै निकालिएको बत्तीका कारण नौमूले क्षेत्र अहिले रातमा झलाकार हुन्छ । स्वदेशी लगानीमा अहिले पदमखोला जलविद्युत आयोजना निर्माण भइरहेको छ । १० वर्षे जनयुद्धको चपेटामा परेको नौमुले विकासको गतिसँगै जलविद्युतको अबका रूपमा अघि बढ्दा स्थानीयमा उत्तिकै रौनकता छाएको छ । नौमूलेमा तीन वटा जलविद्युत आयोजना एक साथ बनिरहेका छन् । ३.७५ मेगावाटको द्वारीखोला, ४.२ मेगावाटको लोहोरेखोला र पदमखोला जलविद्युत आयोजानको निर्माण प्रक्रियाले नौमूलेको मुहारै फेरिएको छ । यी सबै आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेका हुन् । दुर्गम तथा विकट नौमूलेमा यस्ता आयोजना निर्माणसँगै यहाँ सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार र आर्थिक समृद्धिमा टेवा पुग्ने जनविश्वास रहेको छ । १० वर्षे माओवादी जनयुद्ध र २०६२, २०६३ को जनआन्दोलनले सास्ती भोगेका नौमूलेबासी मात्रै नभइ दैलेखी नागरिकहरू पछिल्लो विकासक्रमसँगै उत्साहित छन् ।
सदरमुकाम पश्चिम ऐतिहास नगर दुल्लू अवस्थित छ । जहाँ ऐतिहासिक शिलालेख, पञ्चदेवल, पञ्चकोशी तीर्थस्थलमध्येका पादुका, नाभिस्थान, धुलेश्वर, श्रीस्थान र कोटिला छन् । किवदन्ती अनुसार सतिदेवीको शिर, पाउ, नाभी, कोटी पतन भएका क्षेत्र हुन् यी । यसैले पनि यी पाँच स्थानको महिमा उत्तिकै महŒवपूर्ण रहेको छ । सदरमुकाम दैलेख बजारबाट रावतकोट हुँदै डाँडीमाडी भएर दुल्लू बजारमा सडक जोडिएपछि र पश्चिमको अछामसम्म मध्यपहाडी लोकमार्गले छोएपछि यहाँको विकासको गति छोटो समयमा सोचेभन्दा माथि पुगेको छ । दैलेख आफैमा सुन्दर र मनोमोहक जिल्ला हो । पाँच भाइ पाण्डवले एकै रातमा निर्माण गरेको कोतगढी जो सदरमुकामको बीचमा रहेको छ यो पनि पर्यटकीय एक महŒवपूर्ण स्थलका रूपमा छ । तर यसको उचित संरक्षण, मर्मत हुन नसक्दा यो जीर्ण बन्दै गएको छ । यसको संरक्षणमा स्थानीय नगरपालिका लगायतका निकायले सोच्न जरुरी देखिन्छ । नेपालमै भक्तपुरपछि पर्यटनका हिसाबले सुन्दर मानिएको दैलेखको पर्यटन विकास र यहाँको आर्थिक समृद्धिका लागि हाइड्रोमा गरिएको लगानीलाई सही रूपमा सदुपयोग गर्न आवश्यक देखिएको छ ।
प्रस्तावित ६ नम्बर प्रदेशको राजधानी सुर्खेतदेखि ६८ किलोमिटर उत्तरी क्षेत्रमा रहेको दैलेखको समग्र विकास र हाइड्रो क्षेत्रको लगानीसँगै यहाँ आर्थिक समृद्धिका लागि यहाँका राजनीतिक दल तथा जनप्रतिनिधिहरू उदासिनै रहेको यथार्थ हो । पर्यटन प्रबद्र्धन र हाइड्रोमा गरिएको लगानीले जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने सम्भावना रहेकोले यसतर्फ ध्यान दिन जरुरी छ । हाम्रो र राम्रो तथा समृद्ध दैलेखको परिकल्पना गरे मात्रै हुँदैन यसका लागि आम दैलेख तन, मन र वचनका साथ लाग्नुपर्ने देखिएको छ । यसो गरिए सुन्दर र समृद्ध दैलेख पर्यटन र हाइड्रोको हबका रूपमा परिचित हुनेमा दुईमत छैन् ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७४, आईतवार १६:१२