परिस्थिति प्रतिकुल, मनस्थिति अनुकुल

महेश के. भट्टराई
कल्पना गरौं । एकछिनको लागि सूर्य बिलाएको छ । चन्द्रमा पनि हराएको छ । पृश्वीमा कतैबाट प्रकाश परेको छैन । अन्धकार छ । हिँड्न खोज्दा अँध्यारोमा आँखाहरूले खुट्टालाई कोट्याउन सक्दैन् । कति पनि प्रकाश परेको छैन भने न, माने हुन्छ मानिए अन्धो छ । हाम्रो शरीरका इन्द्रियहरू मनबाट सञ्चालित छन् । तर सबै इन्द्रियहरू मनबाट सञ्चालित छन् । सोच्दै जाउँ । आँखा चिम्लेर सोचौं एकछिन आँखा बन्द गर्नुस् मेरा हातहरू छैनन् । तपाईंको तस्वीर कस्तो बन्यौं फेरि सोच्नुस् । मेरा खुट्टा पनि छैनन् । फेरि विचार गरौं तपाईंको काल्पनिक तस्वीर कस्तो बन्यो ? फेरि सोचौं तपाईंको आँखाहरू झिकिएका छन् । अब चाहिँ तपाईंको तस्वीर कस्तो बन्यो ? विचार गर्नुस् त । शरीरका एकपछि अर्काे इन्द्रियहरू भिक्दै जाने क्रममा आँखा चिम्म गर्नुस् आफ्नो छाला भिकिएको छ, सोच्नुस् अब तपाईंको शरीरबाट रगतका धाराहरू बगिरहेका छन् । साँच्चिकै परिस्थिति प्रतिकुल छ र अब त्यस्तो अवस्थामा तपाईंको मनस्थिति कसरी अनुकूल बन्न सक्ला त ? परिस्थति अनुकूल हुँदाहुँदै त मनस्थिति अनुकूल बन्दैन भने परिस्थति प्रतिकूल बन्दा मनस्थिति कसरी अनुकूल बन्छ ? तर बन्छ कसरी भने जसरी एउटा सानो धागोले हात्तिलाई खमारीमा अड्याउँछ ।
तपाईंको पाइलातालामा थम्बापिनहरू ठोकिएका छन् र तपाईंले पैदल यात्रा गर्नुछ र तपाईलाई हातखुट्टा बाँधेर सागरमा फ्याकिएको छ । तपाईं जसरी पनि बाँच्नुपर्ने बाध्यता छ । तपाईंलाई निन्द्राले सताइरहेको छ । तर, तपार्इं सुत्ने ओछ्यानभरी सियो बिछ्याएको छ । तपाईंलाई भोक लागेर हातखुट्टा लुला भएका छन् । तर, तपार्इंको अगाडि धुलो बालुवा मात्र छ । तपाईंलाई पानी प्यासले सताएको छ तपाईंका अगाडि मरुभूमि मात्र छ । यस्तो देखिन्छ त्यतिखेर, जतिखेर तपाईंको मनस्थिति प्रतिकूल चल्न खोज्छ । तर, प्रतिकूल परिस्थितिमा पनि आफ्नो मनस्थितिलाई अनुकूल चलाउनसक्नु तपाईंको वौद्धिक क्षमता हो । बिडम्वना के छ भने, कसरी यो सम्भव छ त ? तपाईंलाई सिस्नोले पोल्दैन । जतिखेर तपाईंको दिमागले त्यसलाई ग्रहन गर्दैन । जतिखेर तपार्इंलाई पनि प्यास लाग्छ त्यो कुरा तपाईंको दिमागले थाहा पाउँछ । तपाईंलाई पाइतालामा किला ठोक्दा पीडा महसुस हुन्छ । जब तपाईंको दिमागले थाहा पाउँछ खाली शरीर सञ्चालनमा दिमागकै कमाल छ ।
वास्तविक जीवनमा प्रवेश गरौं, तपाईंलाई अत्यन्त भोक लागेको छ । त्यस समयमा नमिठो खाना पनि मिठो बनिदिन्छ । किनकी त्यहाँनिर तपाईंको मनस्थिति अनुकूल छ । तर, भोक लाग्नु, त्यहाँ परिस्थिति चाहिँ प्रतिकुल छ । उक्त समयमा मलाई भोक लाग्यो अब म मर्छु भनेर खाना खानै छाडिदियो भने त्यो चाहिँ प्रतिकूल परिस्थितिको अनुकूल प्रयोग भएन । भिक्टर फ्राङ्कल हो । उनको नाम उनी हिटलरको जेलमा बन्दी बनाइएका थिए । हिटलरबाट १३ लाख यहुदीहरूलाई मृत्युदण्ड दिइयो तर, उनीमात्र बाँच्न सफल भए । कसरी भए त ? बन्दी बनाइएका अधिकांश मानिस त त्यो प्रतिकूल परिस्थिीि देखेर नै मरे । तर उनी सधैं एउटा कुरा जाँच गर्न चाहान्थो की हिटलरको पन्गाको शक्ति बढी छ कि मेरो दिमागको ? अनि एक एकथअजययिनष्कत थिए उनलाई थाहा थियो मैले यो प्रतिकूल परिस्थितिमा कसरी आफ्नो मनस्थितिमालाई अनुकूल बनाउन सक्छु भन्ने कुरा उनी सोच्थे म अरु मानिस जस्तै यसरी आत्तिएर मरे भने त मैले मेरो दिमाग र हिटलरको पञ्जाको एयधभच कसरी चेक गर्नसक्छु ? त्यसैले त्यसको जाँच गर्नको लागि भए पनि म अत्तालिएर गर्नु चाहिँ हुँदैन । म मरेभने त मैले हारेको मानिनेछ तर म जसरी पनि जित्न चाहन्छु । त्यसैले गर्दा पछि उनी बाँच्न सफल भए । मैले पाएको अर्काे प्रेरणा हो जिससबाट एकपटक जिससलाई एउटा कुकुरले दाँततिर हेरेर आनन्दको महसुस गरे किनकी कुकुरको दाँत उनलाई साह्रै मन प¥यो । सोच्नुस् तपाईं पनि एकछिन कुकुरले कहिले पनि ब्रस गर्दैन तर पनि उसको दाँत कति सफेद हुन्छ । जिससले आफ्नो मनस्थितिको अनुकूल प्रयोग गर्न सफल भए । अर्काे प्रेरणा महात्म गान्धीबाट पाएको छु । उनलाई एकपटक एकजना मानिसले गालामा हिर्काउँदा उनले अर्काे गाला थापेका थिए रे । त्यहाँ पनि प्रतिकूल परिस्थितिको अनुकूलन प्रयोग देखिन्छ । 
एकपटक विद्यार्थी जीवनमा प्रवेश गरौं । पढ्ने मन त थियो तर के गर्ने यिबमकजभभमष्लन भएको छ । पढ्ने भनेको आज साह्रै चिसो रैछ भोलि पढौंला । हाज अलि निद लागेको छ भोलिबाट चाहिँ च्भनगबिच ल्यलकतयउ पढ्ने हो । जन्मै यस्ता विचारहरू प्रतिकूल परिस्थितिलाई समर्थन गर्नै खालका मात्र हुन् । तपाईं पढ्नु छ भने विचार गर्नुस् । के पढ्ने ? तपाईंको लक्ष्य के ? अब विचार गर्नुस् मेरो राम्रो लक्ष्यमा म्ष्कतचगद गर्ने यो निन्द्राको यो यिबमकजभभमष्लन को एयधभच बढी की मेरो लक्ष्य प्राप्त गर्ने तीव्र इच्छाको छ त्यसलाई निरन्तरता दिनुस् । त्यस्ता प्रतिकूल परिस्थितिहरूको प्रयोग पनि अनुकूल तरिकाले गर्ने मनोप्रविधि जान्नु तपाईंको जीवन विकासमा एक प्रगतिशील फड्को हो । जिन्दगी सार्थक तुल्याउने अध्ययन भन्दा प्रभावकारी सूत्र भेटाउन सकिदैंन । त्यस्तै हरेक व्यक्तिको जीवनमा जहिले पनि परिस्थितिले अनुकूल भएर साथ नदिनसक्छ । त्यस्तो अवस्थामा आफू विचलित नभएर उक्त परिस्थितिको सकारात्कम प्रयोग गर्न सक्नुपर्छ । सकारात्मक प्रयोगको अर्थ यो हुन्छ कि माथी भातको ताउली राखेर चुल्होमा दियो बाल्यो भने कुनै दिन भात पाक्नसक्छ तर त्यो भात पाक्न सक्दैन । यहाँ पनि त्यही स्पष्ट पार्न खोजिएको हो । तपाईंलाई भात खाने मन छ तर तापको स्रोतमा एउटा सानो दियोमात्र छ भने तपाईंले ध्यान पु¥याउनुपर्छ त्यो दियोबाट कसरी खाना पकाउने र खाने । अर्थात् प्रतिकूल परिस्थितिको अनुकूल प्रयोग कसरी गर्ने त । तपाईंलाई एउटा ठूलो बाढीले बगायो बाढीले एउटा ठूलो मुढा पनि बगाएर ल्याएको छ । अब त्यहाँ परिस्थिति प्रतिकूल छ अब तपार्इंको मनस्थिति अनुकूल हुनुप¥यो कसरी भनेपछि । त्यो बाढीले बगाएर ल्याएको मुढाले मलाई च्यापे मार्ने छैन बरु मैले त्यो मुढाको सहायता लिएर यो बाढी सहजै पार गर्नेछु । अध्यायनको जीवनमा इच्छा र शिक्षाको मेल भएमात्र अनुकूल चिन्तन गर्न सकिन्छ । यहाँ भनेझै यदि व्यक्तिको शिक्षा र उसको इच्छा मेल भएन भने त्यस्तो अध्यायनको कुनै महŒव हुँदैन । 
मावन जीवनको महŒवपूर्ण गन्तव्य भनेको आफ्नो लक्ष्य प्राप्त गर्नु हो । त्यस्तै चेतनाको अन्त्मि विन्दु महामानव हो । त्यसैकारण हामी तपाईं प्रतिकूल परिस्थितिको पनि अनुकूल प्रयोग गर्न जान्नुहुन्छ । हरेक परिस्थितिलाई आफ्नो अनुकूलतामा ढाल्न तपाईंभित्र केही गर्न विचार छ, आँट छ, जोश छ जाँगर छ भने बाहिरबाट प्रतिक्रिया देखाउने तŒवहरूले तपार्इंलाई केही नकारात्मक असर गर्दैनन् । मानौं तपाईंको शरीरमा सानो सङ्क्रमण बढ्दा ब्याक्टेरियाहरूले प्रक्रिया देखाउँछन् । तर साधारण औषधि पाएमा त्यस्ता ब्याक्टेरियाहरू आफै सेलाएर जानछन् । तपार्इंको जीवनमा पनि त्यस्ता मानव स्वरूपका ब्याक्टेरियाहरूलाई साधारण औषधि उपचार गर्दे अगाडि बढ्नसकेमा जीवन स्वस्थ र सार्थक बन्नपुग्छ । जीवनमा सबैभन्दा आफ्ना दिमागले आफैमाथि ठूलो पाप गर्दै हुनुहुन्छ । तपाईंको ठूलो सपना माथि सानो प्रतिकूल परिस्थिति देखाएर तपाईंको दिमागले तपाईंमाथि गरेको अन्याय तपाईं कसलाई पोख्नुहुन्छ ? बझ्नुपर्ने कुरा यो छ कि सकारात्मक चिन्तन जीवन सार्थकताको बलियो हतियार हो । अनुकूल चिन्तन सफलताको सूत्र हो । मनोप्रविधि लक्ष्य प्राप्तीको स्रोत र बाटो हो र मन इन्द्रियहरूलाई सञ्चालन गर्ने शक्तिकेन्द्र हो । वृद्धि मनलाई चलाउने संयन्त्र हो । इन्द्रियहरू मनलाई सञ्चालन गर्ने पाटपूर्जा हुन् र परिस्थिति हाम्रो विभागको गुलामी हो । तर कतिपय अवस्थामा परिस्थितिले हाम्रो दिमागलाई गुलामी बनाउन खोज्छ । त्यसका लागि सकारात्मक चिन्तन र अनुकूलनताको अभ्यासमा तपार्इं अभ्यासरत बन्नु आवश्यकता हुन्छ । 
आज समग्र दशेको अवस्था राजनैतिक, आर्थिक, प्राकृतिक विपत्ति  र साम्प्रदायिक हिंसाले गर्दा देशमा प्रतिकूल परिस्थिति छ । यस्तो अवस्थामा सबैको अनुहारमा नैराश्यताका रेखाहरूले अधिपत्य जमाइरहेको छन् । त्यस्तै अवस्थामा सबैको अनुहारमा अनुकूल परिस्थिति सरहको मनस्थिति निर्माणको खाँचो छ । हामीले देश कमजोर छ केही गर्न सक्दैन र जहिले पनि हामी पछाडि परेको पर्यै छौं भन्ने हाम्रो मानसिकतालाई हटाएर आफूले सकारात्मक चिन्तन गर्दै देश विकासको कार्यमा पंतिबद्धता भएर आ–आफ्ना जिम्मेवारीहरूलाई पूरा गर्नु आवश्यक छ । देशको वर्तमान परिस्थितिलाई देखाएर निराश हुनुपर्ने आवश्यकता छैन । जसरी समय पुगेपछि सर्पको शरीरबाट छाला झरेर काँचुली बदलिन्छ त्यसरी यही हामी प्रत्येक नागरिक सकारात्मक भएमा देशको काँचुली फेर्ने सक्छौं । त्यसैकारण हामीले नदीबाट पाठ सिक्नु आवश्यक छ । जस्तै पहाड आओस् मोड आओस् नदी बगिरहन्छ अविरल त्यस्तै जस्तो सुकै प्रतिकूलताका बाबजुद पनि हाम्रो मन विभाग र कार्यहरू सकारात्मक भएमा कहिल्यै पछाडी फर्केर हेर्नु पर्देन । सफलताका सिढीहरू विना थकाईको महसुुुसमा सहजै पार गर्न सकिन्छन् । हाम्रो अनुहारमा सन्तुष्टीका रेखाहरू दौडिन्छन् । यसरी एकपछि अर्काे व्यक्ति सफल बन्दै गएमा परिवार सफल बन्छ । परिवार शिक्षित भएमा समाज, गाउँ, नगर र सम्पूर्ण देश स्वस्थ र समृद्ध बन्छ । र हाम्रो जीवन जीवनमय हुन्छ । 
प्रकाशित मितिः   १ माघ २०७२, शुक्रबार ११:०८