‘नवयुग !’ यो त सुरुवात मात्रै हो
गणेशकुमार कार्की |
केही महिनाअघि म्याच फिक्सिङ्ग र अनिश्चित भविष्यको दोसाँधमा रहेको नेपाली फुटबल सम्बन्धी लेख लेखिराख्दा साफ फुटबल मुखैमा थियो । प्रतियोगिता थियो, खेल भयोे अनि स्वभाविक रूपले हार जीत पनि भयो । डेढ दशकभन्दा लामो समयदेखि जीत विहीन उस्तै परे गोलविहीन रहँदै आएको नेपाली खेलाडीले साफ फुटबलमा अपेक्षित रूपमै उपाधिविहिनताको श्रृङ्खला तोड्न त सकेन तर गोल र जीतको खडेरी भने जेनतेन तोड्यो । तत्कालीन अवस्थामा त्यसैलाई ठूलो उपलब्धि मान्नुपर्ने भयो, मानियो पनि । भरपर्दा पुराना खेलाडीहरू (जो अहिले म्याच फिक्सिङ्गको आरोपमा प्रतिबन्धमा परेका छन्) को उपस्थिति टीम र मैदानमा भएको भए सायद त्यो नतिजा पनि आत्मसात् गर्न पाइदैन थियो होला, सायद । खैर, हिन्दीमा एउटा उखान छ, ‘देर आए दुरुस्त आए ।’ नेपाली फुटबल प्mयानहरू अहिले आप्mनो टोलीलाई यही भनिरहेको हुनुपर्छ । किनकी म जस्ता लाखौं नेपाली फुटबल प्mयानहरूले केही समयअघि अमिलो भएको मनलाई थोरै भए पनि गुलियो बनाउने मौका जो पाएका छौं । यसका लागि पनि भन्नै पर्छ, स्याब्बास !
निश्चय पनि यो अवसर काकताली परेर आएको हैन, न त जुँवामा जस्तो दाउ नै लागेको हो । नेपाली फुटबलमा विश्वास गरिएका पुराना अनुहारहरूले धोका दिएपछि आशा गरिएका नयाँ अनुहार अनि आप्mनै (स्वदेशी) प्रशिक्षकको अथक मिहिनेतको फल हो, यो । यसअघि विदेशी प्रशिक्षक रहँदासम्म नेपालको अन्तर्राष्टिय फुटबलको हैंसियत र नतिजालाई हामीले १७ वर्षसम्म अमन मानी–मानी देख्यौं, भोग्यौं र सका¥यौ पनि । हारमा हामीले कहिल्यै खेलाडीलाई गाली गरेनौं, कहिल्यै उनीहरूको आलोचना गरेनौं । गाली ग¥यौं त बरु फुटबलको नियमनकारी संस्था एन्फालाई, आलोचना ग¥यौ त केवल एन्फा नेतृत्वलाई । सधैं विचरा खेलाडी, सीमित साधनश्रोत र अभावका बीच पनि मैदानमा दरिलो भएर जुझेकै हुन टिठपनि मान्यौं, वाह खेल्न त गज्जबै खेलेका हुन् हारेर के भो त भनेर धाप पनि मा¥यौं । ‘जति नै राम्रो खेले पनि गोल गर्न नसक्ने र जति नै गोल गरे पनि कहिल्यै जित्न नसक्ने’ अभागी टोली भन्दै हामीले बरु भाग्यलाई दोष दियौं । तर, फुटबलका फुच्चे भनिने १९ वर्षमुनीका ठिटाहरूको जुझारूपन अनि प्रशिक्षक बालगोपाल महर्जनको रणनीतिक योजनाकै कारण नेपालले १९ वर्ष मुनीको साफ फुटबलको उपाधि उचाल्यो, हाम्रा लागि विश्वकपभन्दा कम थिएन त्यो । त्यसपछि मलाई लाग्छ, हामी पनि जित्न जान्दा रहेछौं या भनौं जित्न सक्दा रहेछौंं भन्ने गर्विलो अनुभूति हामीलाई पक्कै भएको हो । त्यसपछि बल्ल हामीलाई हाम्रो फुटबलमा नयाँ अनुहार अनि नयाँ प्रशिक्षणको अभाव खट्किएको अनुभव भएको हो । नभन्दै ठिटाहरूले आपूmलाई प्रमाणित गरिछाडे । फेरि पनि भन्छु, स्याब्बास !
फुटबल आफैमा खेल मात्र होइन । यो एउटा शैली हो, रणनीति हो । जसरी कुनै बेला हल्याण्डको टोलीले ‘टोटल फुटबल’को रणनीतिमा आधारित रहेर मैदानमा ‘अट्याकिंग’ खेल खेल्दा विपक्षी टीम मात्र होइन पूरा फुटबल जगत हायल कायल भयो । फुटबलमा एउटा सामान्य सिद्धान्त भनौं या आमबुझाई हुन्छ । गोलरक्षकले बचाउ गर्ने, रक्षकले रोक्ने, मिडफिल्डले बल सप्लाई गर्ने, विंगले मुभ बनाउने अनि स्ट्राइकरले गोल गर्ने । तर ७० को दशकमा डच टोलीबाट एकाएक आएको टोटल फुटबलको रणनीतिले पुरानो परम्परागत मान्यतालाई विस्थापित गर्दै गोलरक्षक बाहेकका सबैजसो खेलाडीले विपक्षीलाई जिल्याउँदै मौका पाएसम्म आक्रमण गर्ने र गोल गर्ने नयाँ मान्यता धेरै हदसम्म स्थापित गरिदियो, जसको फाइदा टोटल फुटबलको रणनीति अख्तियार गर्ने टीमलाई धेरै हदसम्म भयो पनि । अनि, जब बढी रक्षात्मक खेल्ने भनेर आलोचित हुने टीम स्पेनले आप्mनो परम्परागत शैली परिवर्तन गरी छोटो छिटो पासमा आधारित ‘टीकी टाका’को रणनीति अख्तियार ग¥यो र उसले लगातार विश्वकप र युरोकप चुम्ने मौका पायो । यस अर्थमा भन्ने हो भने फुटबलमा खेलाडीले अख्तियार गर्ने शैली, रणनीति र मनस्थिति निकै महŒव राख्छन् । यस कारण पनि हाम्रो फुटबलको विगत हेर्ने हो भने हामी एशियालीस्तरको गति र शैलीमा फुटबल खेल्ने टोलीलाई युरोपेली प्रशिक्षकहरूले दिने प्रशिक्षण र उनीहरूको शैली र रणनीति खासै प्रभावकारी र फलिफाप देखिएन भन्दा सायद अतिशयोक्ति नहोला पनि । किनकी विगतका दुई दशकमा अधिकांश समय नेपाली फुटबलले विदेशी (खासगरी युरोपेली) प्रशिक्षकहरूको भरप¥यो । एकसे एक विदेशी प्रशिक्षकहरूले सायद आप्mनो क्षमता अनुसारको प्रशिक्षण अनि खेल कौशल सिकाएर पनि गए होलान् । तर, नेपाली खेलाडीको स्तरअनुसार गति र दिशा दिन उनीहरू असमर्थ रहे । किनकी युरोपेली र हाम्रो शैली, स्टामिना, प्रशिक्षणमा आकाश पातालको फरक छ । जसका कारण कस्तो रणनीतिले खेल्ने र कस्तो शैली पछ्याउने भन्ने दोधारमै नेपाली फुटबल लामो समय अल्मलमा प¥यो र कहिले गोलविहीन त कहिले जीतविहीन अवस्थामा पुग्यो, बीचमा भएको भनिएको म्याच फिक्सिङ्गलाई एकछिन थाँती राखेर भन्ने हो भने ।
तर जब नेपाली फुटबलका पुराना अनुभवी खेलाडी एवम् हालका प्रशिक्षक बालगोपाल महर्जनले फुटबलका फुर्तिला फुच्चे केटाहरूलाई तिखार्ने र निखार्ने मौका पाए उनले आप्mनो वस्तुस्थिति अनुसार आप्mनै शैली, गति र रणनीतिमा टीमलाई ढाल्दै गए, अझ भनौं नेपाली खेलाडीको स्तर, स्टामिना र क्षमताअनुसारको शैली र रणनीति पछ्याएकै कारण नेपालले यु–१९ साफको उपाधि मात्र चुमेन अहिले बंगबन्धु कपमा पनि आपूmलाई अब्बल नभए पनि क्षमतावान टोली र खेलाडीका रूपमा सावित गरिसकेको छ । विमल घर्ती मगर, नवयुग श्रेष्ठदेखि विकास कुथुसम्मका युवाहरूको जोश र लयलाई प्रशिक्षक महर्जनले सही रूपमा मार्गनिर्देश गर्न सकेकै कारण नेपाली फुटबलमा आशाका केही नयाँ किरणहरू झुल्किएका छन् । नवयुगले बंगबन्धु कपमा गरेको ह्याट्रिक आफैमा ऐतिहासिक त हो नै साथमा नेपाली फुटबलको नवयुग शुरु भएको मधुर सङ्केत पनि हो । १७ वर्षपछि नेपाल कुनै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रतियोगिताको फाइनलमा पुग्यो, यो चानचुने कुरो होइन । गोलकै खडेरी व्यहोरी रहेको नेपाली फुटबलका लागि नवयुग श्रेष्ठको ह्याट्रिक गर्विलो कीर्तिमानी हो । किनकी गणेश थापाले १९८७, नरेश जोशीले १९९९, निराजन रायमाझीले २००२ र भरत खवासले २०११ मा ह्याट्रिक गरेपछि अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नवयुग पाँचौं नेपाली खेलाडी हुन् । हाललाई बंगबन्धु प्रतियोगिताको फाइनलमा पुग्नुलाई नै ठूलो सफलता र उपलब्धि मान्ने हो भन्नैपर्छ यो सजिलै प्राप्त भएको उपलब्धि र सफलता होइन । दाइहरूको अनुपस्थितिमा भाइहरूले कमजोर या फितलो प्रदर्शन नै गरेको भए पनि सायद त्यो विर्सनलायक हुनसक्थ्यो, किनकि फुच्चे छन्, अनुभव छैन, सिक्दैछन्, भनेर अनेकन कारणहरू दर्शाउन सकिन्थ्यो । भनिन्छ नि ‘हरूवासँग देखाउनलाई सधैं वहाना मात्र हुन्छन् ।’ तर सानो उपलब्धि हासिल गर्न पनि कठिनतम् प्रयास र सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई सिनियर टीमबाट खेलिरहेका जुनियरहरूले पुष्टि गरेका छन् । तर पनि यो सफलताको अन्तिम विन्दु या अन्तिम उपलब्धि अवश्य पनि होइन । यो त सुरुवात मात्रै हो । जसरी अहिले नवयुग श्रेष्ठहरूको उपस्थितिले नेपाली फुटबलको नवयुग सुरु गरेको भन्ने टिप्पणी हुन थालेको छ, त्यो पनि वास्तवमै केही हदसम्म सत्य हो । तर अघि पनि भनियो, यो त केवल सुरुवात मात्रै हो । नेपाली फुटबल क्षेत्रमा भएका पछिल्ला असोचनित गतिविधि र फितलो प्रदर्शनका कारण नेपाली फुटबलले आप्mनो साख र दर्शक केही हदसम्म गुमाउन पुगेको छ । त्यसलाई उकास्नु अहिलेको पुस्ताको प्रमुख दायित्व र जिम्मेवारी हो । हार्न बानी परिसकेका हामीलाई ब्राजिल र अर्जेन्टिनाको होइन आप्mनै टोलीको जीतमा रमाउने मन छ । यो जिम्मेवारी म जस्ता थुप्रै फुटबल प्mयानहरूले यी फुच्चेहरूको काँधमा सुम्पिएका छौं, आशा छ यो आशा अवश्य पूरा हुनेछ । लामो अन्तरालपछिको यो जीतका लागि फेरि पनि भन्न मन लाग्यो, स्याब्बास ! धन्यवाद !
(लेखक सुर्खेत जिल्ला फुटबल संघका महासचिव हुन् ।)
साझा बिसौनी संवाददाता ।