‘सुधार केन्द्र’ प्रति सकारात्मक धारणा
पुनम बिसी |
बढ्दो सामाजिक समस्याका रूपमा देखापरेको लागू पदार्थ दुव्र्यसन नेपाल लगायत सुर्खेतमा पनि आफ्नो नकारात्मक प्रभाव जमाइरहेको छ । सम्बन्धित निकायका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाद्वारा आयोजित कार्यक्रमहरू तथा लागू औषध नियन्त्रण शाखाका विभिन्न प्रयासहरू न्यूनीकरणको बाटोमा रहेता पनि यसलाई प्रभावकारी अन्त्यको पाटो अङ्गाल्न नसकिरहेको वर्तमान आम जनसमुदायको धारणा छ । प्रायः विद्यालय स्तरमा रहेका युवायुवतीको जिज्ञासु प्रवृतिलाई आफ्नो हतियार बनाउँदै जीवनलाई नै तहसनहसको स्थितिसम्म पु¥याउने लागू औषध दुव्र्यसनकोे रोकथाम तथा अन्त्यको लागि लाग्नु हरेक नागरिकको कर्तव्य हो ।
नेपाल सरकारद्वारा लागू औषध प्रयोग तथा यसको उत्पादन÷बिक्री वितरणमा कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ । यस्तो गैरकानुनी काम गर्नेलाई थुनामा राख्ने, हर्जाना असुल गर्ने तथा कारावासको पनि सजाय सुनाइन्छ तर पनि लागूऔषध प्रयोगकर्ता तथा यसको निर्यातमा न्यूनीकरण हुन सकिरहेको छैन । नयाँ युवा पुस्ताको लागू औषधमा बढ्दो रुचीले पनि न्यूनीकरणमा समस्याको रूप लिइदिएको छ ।
सुर्खेतको परिवेशमा रहेर हेर्दा, केही वर्ष पहिले लागू औषध प्रयोगकर्ता न्यूनीकरण तथा उनीहरूलाई समाजमा पुनस्र्थापनाका लागि खोलिएका संघ–संस्थाहरूलाई समाज नकारात्मक दृष्टिकोणले हेर्ने गथ्र्यो । लागूऔषध नियन्त्रण शाखाका कार्यक्रमहरूसँग आवद्ध गरी गैरसरकारी संस्थाहरूमा लागूऔषध विरुद्धका कार्यक्रमहरूलाई समाज सरल रूपमा स्वीकारीरहेको थिएन । लागू औषधको विरुद्धमा खोलिएका पुनस्र्थापना केन्द्रहरू, जसलाई हामी सरल भाषामा ‘सुधार केन्द्र’ भनि चिन्छौं, समाजमा रहेका मानिसहरू जो लागू औषध दुव्र्यसनको सिकार भएका छन्, उनीहरू समाजमा दुव्र्यसनको सिकार हुँदै गइरहँदा समाज उनीहरूको समस्याप्रति चिन्तनशील रहँदैनथ्यो, तर जब सुधार केन्द्रहरूमा सुधारको आशा बोकी व्यक्तिहरूलाई पठाइन्छ, समाज ती व्यक्तिको सामाजिक ईज्जतमा खराबको संज्ञा दिन थाल्दथे ।
तर वर्तमान अवस्था फेरिएको छ । उदाहरण एक – एक घरमा सन्तानको रूपमा एउटा छोरा मात्र छ । बाबु पेशाले व्यापारी र आमा शिक्षिका । उसको छोरा साथीभाइको सङ्गतमा लागू औषध दुव्र्यसनको प्रयोग हल्का मात्र गर्दथ्यो । यति हल्का कि लागू पदार्थले उसमा आफ्नो अनिवार्य प्रयोग राख्न सकिरहेको थिएन । रहर तथा लहलहैमा कहिले काहीं मात्र लागू औषधको प्रयोग गर्ने उसलाई त्यसबाट टाढा राख्नको लागि सुधार केन्द्र पठाउनुपर्ने अवस्था थिएन । घरमा बाबुआमाको करकाप तथा उनीहरूको मायाले मात्र पनि उसलाई लागू औषधबाट टाढा राख्न सकिन्थ्यो । समयको व्यस्तता तथा भविष्यको चिन्ताले केही दिनका लागि सुधार केन्द्रमा त्यो युवालाई पठाइयो ।
लागू पदार्थ त्यागेका व्यक्तिहरूको सङ्गत तथा सुधार केन्द्रका नीति÷कार्यक्रमहरूले ऊ परिवर्तन भएको छ । ‘रमाइलोमा मात्र लागू पदार्थ लिउँ’ भन्ने साथीहरूको अगाडि उसको ‘नाइ’ शब्द कडा रूपमा प्रस्तुत भएका छन् । माध्यमिक शिक्षा अध्ययनरत ऊ फुर्सदको समय सुधार केन्द्रमा रमाउने गर्छ । समाजमा पुनस्र्थापित भएका अन्य व्यक्तिहरूसँगको सङ्गतले उसका बानी तथा व्यवहारमा परिवर्तन भएका छन् । फुर्सदको समयमा आफ्ना दौतरीसँग गोठीकाँडामा रमाउनुको साटो ऊ लागूपदार्थ तथा लागू औषधबाट टाढा रहेका जमातसँग घुम्न रमाउँछ । घरमा बाबुआमा पनि खुशी नै छन्, छोराको यो परिवर्तन देखेर । कुनै काम विशेष ऊ मध्य रातीमा घर बाहिर जान्छ भने पनि बाआमा मज्जासँग सुत्न सक्छन् । छोराप्रतिको विश्वास उनीहरूमा थप बढेको छ । दिन होस् या रात छोरा राम्रै अवस्थामा रहन्छ भन्ने बाबु आमाको धारणा रहेको हुन्छ । सँगैका दौतरी साथीभाइसँग घुम्न जाँदा घरमा अभिभावक चिन्तामा रहन्छन् तर लागूऔषध तथा लागूपदार्थबाट टाढा रहेका ‘रिकभरी सर्कल’सँग घुम्न जाँदा अभिभावक ढुक्क छन् ।
उदाहरण दुई ः चालिस पैतालिस वर्षकको एक व्यक्ति । जुवा तास, रक्सी उसको लागि सामान्य बनेका थिए । पुर्खौली सम्पत्तीलाई उसले सही रूपमा जर्गेना गर्न सकिरहेको थिएन । अबेरसम्म घरबाहिर रमाउनु, जुवा तासले धेरै सम्पत्तीको नाश गर्नु, परिवारलाई समय दिन नसक्नु, छोराछोरी तथा श्रीमतीप्रतिको दायित्व पूरा गर्न नसक्नु, समाजमा भएको ईज्जत पनि रक्सीका कारण गुमाउँदै जानु जस्ता प्रवृति उक्त व्यक्तिमा थियो । उनका छोराछोरी तथा परिवार उनको व्यवहारले दिक्क भएका थिए । सामाजिक परिवेश तथा अवस्थाका कारणमात्र उसलाई चटक्क छोड्न नसक्ने उनीहरू बताउँथे । सुधार केन्द्र्रमा तोकिएको कार्यक्रमका लागि बानी व्यवहार तथा नशाको प्रयोगमा सुधारको लागि सुधारकेन्द्रमा उनलाई राखियो । केही महिना पश्चात् उनमा आएको परिवर्तनले उनको परिवार खुशी छ । घरको कामकाजलाई उनीद्वारा दिइने मुख्य प्राथमिकता, छोराछोरीको भविष्यको चिन्ता तथा परिवारको दायित्वप्रति झुकावका कारण उनको समाजमा पनि राम्रो इज्जत छ । बुढी माया दर्शाउँछिन्, छोराछोरी पहिले भन्दा माया तथा आदर गर्छन्, समाज सामाजिक क्रियाकलापहरूमा अग्रसरता चाहन्छ ।
उदाहरण तीन ः एक युवक । अध्ययनमा प्रमाणपत्र तह । काम विशेष सुधार केन्द्रसँगको सङ्गतले उनले कहिले काहीं मात्र सेवन गर्ने रक्सीलाई पनि त्यागिदिए । टोलमा उनलाई विश्वासको नजरमा हेरिन्छ । मानिसहरू आफ्नो छोराछोरी ऊसँग सङ्गत गरेमा केही हुँदैन भन्ने सोच्छन् । नशा सेवन गर्ने अन्य युवाहरूसँग सङ्गत भन्दा ऊ सँगको सङ्गतलाई रुचाउनु सुधार केन्द्रको अप्रत्यक्ष सकारात्मक रूप हो ।
अधिकांश मानिसहरू वर्तमान समय सुधार केन्द्रहरूलाई रुचाइरहेका छन् । केन्द्रका कार्यक्रमहरू, कार्यक्रमहरूमा पूर्ण रूपमा सहभागी भएका व्यक्तिहरूको सामाजिक क्रियाकलापका कारण पनि वर्तमान समय सुधार केन्द्रहरूलाई रुचाउनेहरूको जमात बढिरहेको बताउँछन् परोपकार पुनस्र्थापना केन्द्र सुर्खेतका काउन्सलर तथा व्यवस्थापक पवन भट्टराई । उनका अनुसार पहिलेको समय सुधार केन्द्रमा सुधारको आशामा जाने व्यक्तिलाई कुनै भयंकर अपराधिक कार्य गरी काराबासको सजाय पाएको व्यक्ति झैं हेरिन्थ्यो तर वर्तमान समयमा समाज, सुधार केन्द्रहरूमा आएका व्यक्तिहरूमा सकारात्मक रूपको नजरले हेरिरहेको छ । सुधार केन्द्र पश्चात् समाजमा पनि आफ्ना सकारात्मक गतिविधि प्रस्तुतका कारण पनि समाजले लागूऔषध दुव्र्यशनको क्षेत्रमा काम गरिरहेका सुधार केन्द्रहरू प्रतिको धारणा सकारात्मक रूपमा परिवर्तन भएको हो । सुधार केन्द्रहरू प्रति सकारात्मक सामाजिक धारणा लागूऔषधको प्रयोग तथा यसको न्यूनीकरमा उल्लेखनीय भूमिका निर्वाह गर्नेछ ।
साझा बिसौनी संवाददाता ।