मेरो पार्टी !

तपाईं हामी सबैलाई थाह भएकै कुरो हो, सुर्खेतमा रगत आवश्यक परेको समयमा रक्तदाताको खोजी गरी रक्तदान गराउने हामी नै छौं । हामी रेडक्रसलाई सहयोग गरिरहेका छौं । पुनम फाउण्डेसन म बाटै नामाकरण गरी मेरा योजना अनुरूप चलिरहेको संस्था हो । यदि कोही मेरो आर्थिक तथा सामाजिक अवस्थाको बारेमा जान्न चाहन्छ भने म पनि सुर्खेतमा केही वर्ष पहिले ‘बिग्रिएको केटा’को रूपमा चिनिएको व्यक्ति नै हो । यसबाट म टाढा रहन सक्दैन । मानिसहरू आफ्नो छोराछोरीलाई म देखि टाढा रहन भन्ने गर्थे । तर मलाई सही मार्गदर्शन न मेरो समाजले नै ग¥यो न मेरो आफन्त न मेरा घरपरिवारले । तर मेरो वर्तमान फरक छ । म आफ्नो नामलाई इज्जत दिँदै छु । पुनम फाउण्डेशनद्वारा खर्च गरिने अधिकांश आर्थिक मेरो हो । न मैले कुनै संस्थाद्वारा आर्थिक सहयोग लिएको छु न त कुनै व्यक्तिद्वारा । मेरा योजनाहरू अली फरक हुन्छन् । सायद ती योजनाहरूले मेरो तथा हाम्रो संस्थाको उद्देश्य पूरा त पक्कै भएको छ । थप प्रभावकारीतामा हामी लागि परेका पनि छौं ।
तपाईंलाई लाग्न सक्छ, पुनम आफ्नो खर्चको व्यवस्था कहाँबाट गर्छ ? कतिपय साथीहरूद्वारा धनी भन्दै मलाई संज्ञा पनि गरिन्छ । तर वास्तविकता फरक छ । रगत आवश्यकतामा रक्तदाता खोजी गरी अस्पतालसम्म पु¥याइ रक्तदान गराउँदा आवश्यक फोन खर्च, यातायात खर्च तथा रक्तदाताको लागि पेयपदार्थ (जुस)को व्यवस्था हाम्रोे संस्थाले नै गर्छ । एकजना रक्तदाताको लागि हाम्रो खर्च सरदरमा ३०० देखि ४०० रूपैयाँसम्म खर्च हुन्छ । र त्यति रूपैयाँको लागि हाम्रो संस्था तथा मलाई कुनै संस्था र कुनै निकायको बजेटको आवश्यकता पनि छैन । त्यति खर्च सुर्खेतमा कुनै पनि व्यक्तिले खर्चन् सक्छन् । तर पनि हाम्रो उद्देश्यहरू पूरा भएका छन् । हामी योजना अनुरूप नै छौं । र हाम्रो उद्देश्य आगामी एक वर्षभित्र सेवा ६ नम्बर प्रदेशमा पु¥याउने हाम्रो मुख्य उद्देश्य रहेको छ, जसको वेशल्याण्ड सुर्खेत हुनेछ ।
रक्तदानको पक्षमा काम गर्दाका अनुभवहरू धेरै तिता तथा मिठा पनि छन् । पहिले केही मिठा घटनाहरूका कुरा गरौं । दैलेखका एकजना बृद्धले हामीलाई रू. १०० को नोट दिँदै हुनुहुन्थ्यो, सहयोग भन्दै । मैलो त्यो नोटमा उहाँको मेहनत त पक्कै देखिएको थियो । मेहनतको पसिनाको फल थियो, उहाँको । कसरी हामी त्यो नोट लिन सक्छौं ?
लिएनौं । खुशीले मन गद्गद् भएको थियो । अर्को घटना कुनै एक युवतीको, रक्तदानको लागि फकाउँदा पनी सफल नभएपछि अन्तिम विकल्पको रूपमा अपहरण गरी रक्तदान गराउनु । यदि हामीले ‘अपहरण’ गर्न सफल भएका थिएनौं भने त्यो सुत्केरीको ज्यान जाने थियो जसलाई एबी नेगेटिभ रगतको आवश्यकता थियो । सबैभन्दा ठूलोे सफलता हाम्रो त्यही ‘अपहरण’ हो ।
नमिठा पक्षहरूको कुरा गर्नुपर्दा आफ्नै साथीको शिक्षित आमाद्वारा अन्तिम समयमा छोरालाई रक्तदानबाट पछाडि हटाउनु थियो । जहाँ मैले मेरा आशुका वेगहरूलाई मानिसको सामु लुकाउन पनि सकिनँ । रातीको १०÷११ बजे रक्तदानका लागि निस्कदा मेरै घरबाट असयोग मेरो लागि प्रमुख नमिठो पक्ष हो । आजसम्म पनि मैले मेरो आमालाई सम्झाउन सकिरहेको छैन । उनी मलाई जवानीमा पैसा कमाएर आफ्नो भविष्य सुनिश्चित गर्न सधैं अह्राउँछिन् । गौरव भाइ कति समय मसँग भोकभोकै लागिरहेको छ । उसको अनुहारको भाषा पनि बुझ्छु मैले, मसँग लागेर ऊ आफ्नो ग्यास्टिक बढाएको पक्कै छ । सुर्खेतमा रक्तदानका लागि उसको योगदान कदरयोग्य छ । तथा, मेरा रक्तदाताहरू एक कल फोनको भरमा रक्तदान गर्न इच्छुक हुनुहुन्छ । उहाँहरू सबैको अनुहार पुनम हरेक क्षण सम्झने गर्छ, धेरै–धेरै धन्यवाद उहाँहरूलाई ।
अब मेरो एउटा फेसबुकमा स्टाटसको कुरो, ‘एउटा कुरा भनौं, म द्वारा रक्तदान गरेका अधिकांश कांग्रेस रहेछन् र लिने व्यक्ति अधिकांश एमाले । पार्टीले कुनै फरक पार्दैन हजुर, मात्र सकारात्मक सोचको शक्ति बढाउनुप¥यो ।’ अब यो भनाइमा हजुर के बुझ्नुहुन्छ ? यहाँ तिन प्रकारका धारणा आएका छन्, एउटा कांग्रेसलाई समर्थन, दोस्रो एमालेलाई असर्मथन तेस्रो सकारात्मक सोच । मलाई आइरहेका प्रत्येक मेसेज तथा कमेन्टहरूमा एमाले सर्मथकहरूले आफूलाई हेपिएको बताउँदै ‘रगतमा पनि राजनीति’ को संज्ञा म माथी थोपारिएको मैले भान गरेको छु । तसर्थ यो लेख मेरा व्यक्तिगत विचारहरू हुन् तथा मनका भावहरू जसमा उत्तरहरू समेटिएका छन् ।
उल्लेखित पोष्टिएको स्टाटसले आफूलाई गर्व महसुस भएको छ, एउटा उदाहरण दिन्छु पाकिस्तानी लेखक मन्टोको बारेमा । भारत र पाकिस्तानको युद्ध चलिरहेको समयमा पाकिस्तानबाट विस्थापित एक महिला उनको वृद्ध बाबुलाई प्रमुख पात्र बनाउँदै मन्टोले यर्थात् घटनालाई कथामा उतारेका थिए । जहाँ महिला विस्थापित हुँदा पाकिस्तानीदेखि भाग्दा भाग्दै पनि केही भारतीय व्यक्तिद्वारा पटक–पटक बलात्कारको सिकार भएकी थिइन् । कतिले यसलाई समाजको यथार्थ माने त कतिले त्यो कथामा भारतलाई दबाइएको पनि माने । तर यथार्थ त्यही थियो । र, मेरो फेसबुकमा पोष्ट भएको स्टाटसलाई व्यक्तिले आफ्नो सोच अनुरूप नै लिएको मैले मानेको छु । र मलाई रक्तदानमा राजनीति घुसाएको आरोप लगाउने सबै व्यक्तिहरूलाई पनि म आफ्नो सोचलाई सकारात्मक बनाउन आग्रह गर्दछु र स्टाटसमा पोखिएको मेरो सकारात्मक भावलाई बुझिदिने मेरा समर्थकहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।
एउटा नेपाली नागरिकको हैसियतले मलाइ पनि मतदान गर्ने अधिकार छ र मतदान गरी आफूले इच्छाएको व्यक्ति चुन्नु मेरो कर्तव्य पनि हो । कुनै पनि व्यक्ति तथा समाजलाई कसैले पनि करकाप तथा विभिन्न प्रलोभन दिइ मतका एकाधिकार गर्न पाइदैंन । वर्तमान समय (आज) स्थानीय निकायको चुनाव चलिरहेको हामी सबैलाई जानकारी भएकै कुरो हो । पार्टीप्रतिको मेरो तथा जो कोहीको आस्थालाई नकारात्मक तथा असान्र्दभिक रूपमा लिनु कत्तिको जायज ?
७०÷८० जनाको समूहमा हामी सुर्खेतमा रक्तदाता छौं । र, हरेक रक्तदाताले तीन÷तीन महिनाको फरकमा नियमित रूपमा रक्तदान गर्नसक्यौ भने पनि सुर्खेतमा रगत अभाव हुँदै हुँदैन । र, तपाईं मलाई जसरी पनि चिन्नुस् । जुन रूपमा चिन्नुस्, मलाई केही फरक पर्दैन । म को हुँ ?, मलाई थाह छ । कसैले चोर भनोस्, कसले राजनीतिज्ञ भनोेस्, कसैले फटाह भनोस् या कसैले राम्रो । यी शब्दहरूले मेरो उद्देश्य तथा लक्ष्यमा केही फरक पार्नेछैन । इष्र्याको तगारोले कुनै औचित्य राख्दैन । मेरा समर्थकहरूलाई धेरै–धेरै धन्यवाद । खुशी लाग्यो । मैले मेरालाई चिन्ने मौका पाएको छु । र, म रगत माग्न जाँदा जसले स्वास्थ्यको कुरा गरें अथवा जानीजानी वहाना बनाएँ, मेरा आशुहरू त झरेका नै छन् तर पनि ती व्यक्तिहरूको व्यवहार र अभिव्यक्तिले मेरो उद्देश्यलाई डगमगाउन सक्नेछैनन् । फेरि धन्यवाद मेरा समर्थकहरूलाई । र, जसले समर्थन पनि गर्न सक्नुहुन्न उहाँहरूलाई एउटा प्रश्न, जब चार वर्ष पहिले पुनम सुर्खेतमा बाटोमा भिज्दै सुत्थ्यो तब तिमी कहाँ गएका थियौ ? यही नै मेरो वास्तविकता । म आफूलाई सडकको बालक नै सम्झन्छु । र मेरो यथार्थ पनि यही नै हो । म आत्तिएको समय तथा मन दुखेको क्षणमा त्यो समय मेरो हात समाउने केही व्यक्तिहरू हुनुहुन्छ जसलाई म कुनै पनि हालतमा नकार्न सक्दैन । अब मेरो कर्तव्य हो अनि समय पनि आएको छ कि मैले उहाँहरूका सकारात्मक योजनाहरूमा हात बढाउँ ।

प्रकाशित मितिः   ३१ बैशाख २०७४, आईतवार १५:५६