नेतृत्वको अपरिपक्कता

एन योगी ‘आस्था’
परचक्रिकोमा गएर थाल थापेर पेट भर्ने आफ्नै जन्मभूमिमा, ढुङ्गामुढा बर्साएर नेपालीहरूको चुलो चिसो बनाउने, गौडागौडा कुरेर नेपाली निमुखा जनताहरूलाई पासो थाप्ने, दैवीप्रकोपले नै त आधा मरेको साँप झै बनाएको बेला सीमाहरूमा नाकाबन्दी हामीले नै गर्न लगाएका हौं भन्ने र महँगीमा पारेर नेपाली जनताको पूरै घाँटी रेट्न खोज्ने, तिनी हाम्रा हुन सक्दैनन् कदापि तिनी हाम्रा होइनन् तिनीमा हाम्रो जस्तो सायद नेपाली मन कदापि छैन । 
त्यसैले तिनीहरूका असान्दर्भिक मागहरू तत्काल सम्बोधन गरेमा तत्कालको लागि त समस्या समाधान होला तर दीर्घकालीन समस्या भने क्यान्सर रोग समान हुने अड्कलबाजी अहिले नै गर्न सकिन्छ । दुःखको पीडाले आक्रान्त भएका जनतामाथि मातमतियाराहरूले नेपालमा अनेकौं बहानाबाजीमा मात्तिएर मौका छोपीछोपी धोती र टोपीहरू नै नेपालीको लुगाइ दिन खोज्नेछन् त्यसैले ती सञ्चालित मतियारहरू के चाहिरहेका छन् होइन, देशले र माटाले के खोजेको छ नेपाली फूलहरूमा सुहाउँदो मलजल के हो त्यो समयमै नेपाली जनताहरूले नेपाली सहिष्णुतामा  नेपाली मुटु खोज्नु पर्दछ । आफूले जन्माएका छोराछोरीको माया जति प्रश्रव सहेर जन्म दिने आमालाई हुन्छ, त्यति सौताले जन्माएका छोराछोरीको कदापि हुन सक्दैन । हुन सक्दछ सौतेनी छोराछोरीको कहिले काहिँ समाजलाई देखाउन र आफ्ना निहित स्वार्थहरू पूरा गर्नको निम्ति तर निःस्वार्थ र अन्तर आत्मा (अन्तरआत्मा) कदापि हुन सक्दैन । 
जब बाइसे चौबीसे राज्यलाई एकीकरण गरेर शाहवंशीय राजा जो अझ गुरु गोरखनाथको आशीर्वादले सिङ्गो एकताको केन्द्रविन्दु नेपाल भनी चिनाउन आफ्नो राजपरिवार र सुखसयल गर्ने उमेर भरी नेपाल एकीकरणमा गुजारेका थिए । त्यही पुर्खा र वंशजलाई नेपालीहरूले कदापि भुल्नु हुँदैन जुन अहिले नेपाली हुँ भनेर गौरव र सान छ त्यो सबै उनै राष्ट्र निर्माता आधुनिक तत्कालीन नेपाल अधिनायककर्ता आधुनिक राजा पृथ्वीनारायण शाहकै देन हो । हरेक गाउँ बस्ती र महान् बुद्धिजीवी सर्कलबाट पनि पृथ्वीनारायण शाहको जन्मदिनलाई एकता दिवस मनाएर पृथ्वीनारायण शाहलाई स्मरण गरे मात्र उनीमाथि राज्यले न्याय गरेको ठहरिने छ भन्ने अभिव्यक्तिहरू आउँदा–आउँदा पनि किन राज्यले यसलाई स्वीकार गर्न सकेन ? स्वीकार गर्न नसक्नु भनेको वास्तवमै नेपाली आमामाथि नै अन्याय गर्नु हो । उनी राजा महाराराज भएर गठ्ठिसिंह हुनेबेलामा सान, मान, विभूषित भएर सुख सयल गर्ने उमेर सम्पूर्ण राज्य एकीकरणमै लगाएर गुजारेका थिए । तत्कालीन आधुनिक नेपाल निर्माणसँगै उनले आधुनिक प्रशासनमा समेत विकासका लागि कुनै प्रभाव नराखी आफ्नो जिउ ज्यान अर्पेका अभिव्यक्तिहरू उनका दिव्य उपदेशबाट दर्पण झै छर्लङ्ग हुन सक्दछ । ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन यदि सबैलाई चेतना भया’ त्यस्तै ‘मुलुकमा घुस लिन्या र दिन्या दुवै देशका शत्रू हुन्’ त्यतिबेलाका उनका भनाइले के उजागर गर्छ भने घुसले गर्दा सोझा साझा जनताले वास्तवमै न्याय पाउँदा रहेनछन् र देश परनिर्भरतामा आश्रय लिन पुग्दो रहेछ त्यो चरित्रार्थ नेपालीहरूको दैनिक जीवनमै सहयात्री भएर दौडिरहेछ । व्यापार व्यवसायलाई पनि अघि बढाउन चाहन्थे त्यसैले तत्कालकै समयमा उनले ‘आयातितलाई होइन, निर्यातितलाई प्रश्रय दिनु’ भनेका थिए । ‘चटकीहरूलाई र अर्काको धर्म संस्कृति नभिœयाउनु’ भनेका थिए थिए । ‘चटकीहरूलाई र अर्काको धर्म संस्कृति नभिœयाउनु भनेको थिए त्यस्तो भयो भने आफ्नो मौलिक धर्म संस्कृति हराउँदै जानेछ भन्दथे । हुन पनि वास्तविकता अहिले २४४ औं वर्षपछि पनि उनका दिव्य उपदेश हरेक जीवनशैलीमा रूज्ने र भिज्नेछन् । 
धेरै पर नजाउ हाम्रा समाजका सामाजिक सहिष्णुता, सभ्यता समाजको निर्माणकर्ता र बुद्धिजीवि भनी जनताबाट निर्वाचित भइ सांसद बन्नु भएका सांसदहरू सभाध्यक्षहरू राजसंस्थालाई पाखा लगाएर सांसद भवनमा पस्नु हुने सभासद्हरूका भेषभूषा र पोशाक देख्दा लाग्दछ ती रंगीचंगी र थरी–थरीका पोशाकमा उहाँहरू सभा भवनमा मर्यादा र अनुशासन साथ नभइ कहीं कतै त्यस्तो खेल हेर्न र खेलाउन जाँदै हुनुहुन्छ, जहाँ चौरमा मानिसहरू आ–आफ्ना साँढेहरू जुधाए र भरपूर्ण मनोरञ्जन लिने र दिन क्रममा होजबाजी नै लिँदैछन् साँढे जुधाइका खेलाडीहरू हुन त्यसैले उनीहरूलाई कुनै कुराको पनि हेक्का छैन, जनताको रगत पसिनाको धनले मोजमस्ती गरिरहेका छन् । चौसठ्ठी साल यता साठ वर्ष मै देशमा भाँडभैलो अनेकन थरीका जात्रा–विजात्रा जस्तो परिस्थिति स्वभिमानी जनताले अनुभव गरिरहेका छन् । अब नेपालको पहिचान र गुम्न लागेको अस्तित्व जोगाउन उज्यालो बालेर देशका कुना कन्धरामा खोज्दै मुठ्ठीबाट मुरी उब्जाउनु छ । स्वाभिमानी नेपाली अब चुप लागेर बस्नु हुँदैन, उठौं अब जुर्मुरिएर घर–घरमा पानसबत्ती बालेर । आफ्नी आमा ज्यूँदो हुँदाहुँदै सौतेनीको पिरले घर छाडी माइत गइन् भन्दैमा सौतेनी आमाको काखमा सधैं छोराछोरी सुम्पिनु हुँदैन फकाइ–फुलाइ ल्याउनु पर्दछ अब जन्म दिने आमालाई घर छोडे छाडोस् बरु सौतेनी आमाले, हिमालदेखि तराइसम्म एकै सूत्रमा बाँध्नु पर्छ सबै नेपाली दाजुभाइ अनि दिदीबहिनीलाई, स्यानुपर्छ  अब हाम्रा बाबुले पोइल नगएकी जन्म दिने हाम्री आमालाई । यसैगरी छोरा–छोरी जुर्मुराएर उठे भने सौतेनी आमाको के नै लाग्दछ किन मिलेर जेठीसँग घरको धन्दा गर्नुपर्छ निःस्वार्थले होइन भने त्याग्नु पर्दछ घर कान्छीमा तिमीले यस्तै यस्तै आवाज अब हुँदैछन् बुलन्द, खोलिदैन मुखहरू कहाँ होलान् अब बन्द हाम्रो धर्म संस्कृति किन बेचियो भनि खोज तलास गर्दैछन् छोराछोरी । 
दुई–दुई पटकको चुनावले चुसीको आँपको खोइला जस्तो भयो देश, सत्तरी अर्ब खर्चेको संविधानले धर्म बेचेर तराईमा लगाइ रह्यो आगो । जिल्लामा नमुना विकासमा सत्तरी अरब लगानी गरेकी भए कति उद्योगधन्धाहरू खोलेर कति विदेशमा खाडीमुलुकमा पलाएन हुने दाजु–भाइ दिदीबहिनीका रगत पसिना स्वदेशमै भिजाउने मौका पाउने थिए होला ? दैलेखमै ग्यास खानीको उत्खनन्मा खर्चको भए पनि अहिलेसम्म पारवहन पदार्थको टुङ्गो लागि सक्थ्यो होला, यस्ता–यस्ता स्थानहरूमा लगानी गरेको भए जलस्रोतको धनी देश विद्युत पावर हाउसहरू बनाएको भए अहिले भारतले लगाएको नाकाबन्दीले के नै लछाथ्र्यो र यहाँ त नेपालीले नेपालीलाई नै पछारेका छन् र पो त, युवा उत्पादनशील जनशक्ति, विदेशमै पलायन छन् ८० प्रतिशत जनता कृषिमा आवद्ध छन् भनिन्छ सबै उर्वरा जमिनहरू जनशक्ति र श्रमशक्तिको कमीले गर्दा पूरै बाँजो छन् । 
देशमा ८२ वर्षकै ठूलो विपत्ति आयो भनेर म जस्तो करोडौं जनताले आफ्नो गास कटौती गरे भूकम्पपीडित दाजु, भाइबहिनीलाई भनी सहयोग गरेका थियौं देश विदेशबाट थुप्रै राहत आएको थियो त्यसमै भ्रष्टाचार र भागवण्डा कै होडबाजीले त होला ९÷१० महिना बित्दा पनि पीडितले कुनै राहत पाउन नसकेका यावत गुनासाहरू आइरहेका 
छन् । २०४५ सालमा पनि भूकम्प भएको थियो, बाढी पहिरो गएको थियो । पीडितहरूलाई तत्कालीन राजा वीरेन्द्र गएर प्रत्यक्ष राहत पु¥याएका थिए त्यतिबेला पनि भारतले गरेको थियो तर खाडीमुलुकबाट भए पनि हेलिकप्टरबाटै पारवहन पदार्थहरू सर्वसुलभ दरभाउमा जनताले उपलब्ध गर्नसकेका थिए । मेरो हजुर बाबुको एक वर्षको बरखी फुकाउन सुर्खेतबाट म मेरो बाबुसँग हिँडेर २०४३ सालमा जाँदा बाबुले बाटोमा राजा वीरेन्द्रको बारेमा भनेका कुराहरू मलाई अहिले मनसपटलमा घुमिरहन्छन् बाबुले वीरेन्द्रको बारेमा यसो भन्नुहुन्थ्यो ‘राजा वीरेन्द्र एसियाकै लोकप्रिय हुने सम्भावना छ, कुशल प्रशासनिक व्यवस्था र विकासको पहुँच सबै ठाउँहरूमा समानरूपले पु¥याउने उद्देश्य राखी एकदमै दूरदर्शीता र वैज्ञानिक ढङ्गले तराइदेखि हिमालसम्म रहने गरी भौगोलिक क्षेत्रमा 
विभाजन गरिएको हो तर जहाँ पनि राम्रा नराम्रा व्यक्तिहरू हुन्छन्, राजाले विश्वास गर्दछन् विश्वास झट् गरिहाल्ने बानीले गर्दा राजा वीरेन्द्रलाई यतिउति विकास ग¥यौं भनी झुक्याउँछन्, त्यसैले जुन क्षेत्रमा उनी भ्रमणमा निस्कन्छन् त्यतिबेला त्यो समयसम्म जनताले केही सुविधा पाउँथे पर्छ राजा गएपछि पुनः ती सुविधाहरू कटौती भइहाल्थ्यो, राजा वीरेन्द्रको पाँचै वटा विकास क्षेत्रमा दु्रतगतिमा बाटोघाटोको र अन्य विकासको तिर्न आकांक्षा राखेका (थिए) छन्, यहाँ दैलेखमा पनि अब ५० सालसम्म मोटर बाटो तयार गर्ने लक्ष्य छ अर्को पटक हामी आउँदा सायद माटेर बाटोबाटै बसमा आउँछौं भन्दै हुनुहुन्थ्यो त्यसपछि राजाले ५० सालमा राखेको लक्ष्य हामी बुबा र म नै ५७ सालमा बसमा गयौं तर बाटोबीच बीचमा हिँड्नुपर्ने कतै गढी नै धकेल्नु पर्ने आखिरमा विकासका लक्ष्यहरू त पञ्चायत कालमै कोरियाका पनि हाल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आइसक्दा पनि सम्पन्न भइसकेका छैनन् । माओवादीको जनयुद्धकालमा जनताले कति सास्ती भाग्य त्यो त अहिले वर्णन गरेर साध्य नै छैन त्यो पनि उनीहरूले जनतालाई तया नेपाल बनाएर नेपाललाई स्वीजरल्याण्ड र अमेरिका बनाउने आसपास  दिएका थिए त्यसैले बहुमत दिएर हामीले नै जितायौं पनि त्यसैले विकासमा अमेरिका स्वीजरल्याण्ड बनाए पनि अनेक किसिमका धर्म र संस्कृति देशमा भरेर स्वीजरल्याण्ड र अमेरिका भने बनाइ हाल्लान् जस्तो छ । 
१७–१८ औं शताब्दीमा (नेतृले) नेतृत्वले दिएको भिजन अहिले २१ औं शताब्दीमा खोजतलासको अमूल्य सुझाव हुन सक्ने विषय भएको छ तर अहिलेको नृेतत्वले दिएको संविधान जारी भएकै समयदेखि लागू गर्न नसकेर तुरन्तै फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भइरहेको छ । त्यसैले अपरिपक्कको राजनीति गरेर देश र जनतालाई बन्दी बनाइ राख्नु भन्दा पुरानै पुस्ताका अनुभवीहरूलाई नेतृत्व सुम्पिदा धेरै उत्तम होला । जसको घरको उसलाई रेखदेखमा राख्दा घरका परिवारले न्यायोचित व्यवहार पाउन सक्लान् बरु ।
प्रकाशित मितिः   १४ माघ २०७२, बिहीबार १०:४४