‘पढ्नका लागि गुरुको घरमा गोठालो बसें’
मोतीप्रसाद सापकोटा यस क्षेत्रका समाजसेवी हुन् । आफूले पनि निकै संघर्ष गरेर शिक्षा आर्जन गरेका उनी शैक्षिक क्षेत्रको विकासमा निरन्तर सक्रिय छन् । साना सामुदायिक विद्यालयदेखि विश्वविद्यालयलाई समेत उनले सहयोग गरेर उल्लेखनीय कार्य गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ उनले ५१ लाख भन्दा बढी नगद सहयोग प्रदान समेत गरेका थिए । विद्यालय नहुँदा ज्योतिष कहाँ गएर आफ्नो पढ्ने रहर पूरा गरेका उनमा सानैदेखि शिक्षामा दान गर्नुपर्छ भन्ने भावना जागृत भएको थियो । उनी वि.सं. २०८९ माघ २८ गते दैलेखको पाउन्कोटमा जन्मिए । बुबा डण्डपाणीप्रसाद सापकोटा र आमा नैनकली सापकोटाका उनी साइला छोरा हुन् । मुखिया हुँदै जिल्ला पञ्चायत भएर उनले विकास निर्माण र शिक्षाको क्षेत्रमा योगदान गरे । हाल सुर्खेतमा रहँदै आएका उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः
म जन्मिने बेलामा अहिलेको जस्तो विद्यालयहरू थिएन् । न सडक यातायातको सुविधा थियो । पैदल हिँड्नुपथ्र्यो । पढ्ने भनेको त कसैले पनि सोच्दैन्थे । पढ्न मन लागे पनि विद्यालय थिएन् । पढ्न मन लागेपछि ज्योतिषका गएर ज्योतिष विद्या पढ्नुपथ्र्यो । कि भागवत पढ्नु पथ्र्योे । कि घरकै काम गर्नुपथ्र्यो । मलाई बाल्यकालको सम्झना ज्योतिषसँग पढ्न गएको याद आउँछ । मेरो बाल्यकाल ज्योतिष विद्या र भावगत पढेर बित्यो । दैलेखको शेरमकोटमा गएर मैले तीन वर्ष भागवत पढें । दैलेखको उममा गएर ज्योतिष पढें । घरबाट तीन घण्टाको उकालो पैदल हिँडेर जानुपर्ने, पढ्नको लागि धेरै दुःख गर्नुप¥यो । ज्योतिष र भागवगत पढाउने गुरु मेरो आफन्त पर्ने भएको कारण मैले उहाँको घरमा गएर पढें । अहिलेको जस्तो विद्यालयमा पैसा शुल्क तिर्नु पर्दैनथ्यो । गुरुलाई पढाइदिएको वापत उनीहरूको घरमा काम गर्नुपथ्र्यो । म धेरै जसो गाइगोठालो जान्थें । कहिले काहीं गुरुको हातखुट्टा मोल्नुपथ्र्यो । वास्तवमा मैले गाइगोठालो नै गएर पढेको हुँ । राती मात्र दियालो बालेर गुरुले पढाउनु हुन्थ्यो ।
मेरो बुबा जिम्दार हुनुहुन्थ्यो । जग्गा जमिन धेरै थियो । एक सय विगाह त हाम्रो जग्गा मात्र थियो । त्यसकारण घरमा कहिले पनि खानलाउनको समस्या भएन् । तर त्यो जमानामा पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने सोच थिएन । तर मलाई शिक्षाले नै विकास गर्छ भन्ने लाग्थ्यो । नपढिकन विकास सम्भव छैन भन्ने सोचेर मैले विद्यालय नभए पनि राणाले बनाएका कानुनहरू पढ्ने गर्थें । विद्यालय गएर पढौं भने विद्यालय नहुने त्यसकारण पनि मैले ज्योतिषका गएर पढेको हुँ । पछि गएर ज्योतिष नै बन्छु भन्ने त लागेको थिएन । शिक्षाको विकास र विकास निर्माणमै लाग्छु भन्ने सोच राख्थें । म सानोमा मिलनसार थिएँ । सबै साथीहरू मेरो घरमा मसँग पढ्नको लागि आउने गर्थें । रातीको समयमा गाउँका सबै साथीहरू मेरो घरमा जम्मा हुन्थ्यौं । मैले आफूले सिकेका कुराहरू साथीहरूलाई सिकाउँथे । दियालो बालेर हामी रातीमा पढ्ने गथ्र्यौं । अरुले यसलाई गाउँका सबैलाई बिर्गान थाल्यो भनेर कुरा गर्न थाल्थे । मैले गोठालो जाँदा पनि साथीहरूलाई आफूले सिकेको ज्ञान पढाउने गर्थें । सानोमा रमाइलो गर्ने, साथीहरूसँग खेल्न भन्नेतिर कहिले पनि मन लागेन । मलाई बाल्यकालमा खेलेको याद छैन् ।
घरमा त खेती किसान नै गर भनेर दबाब दिन्थे । मेरो भाइबहिनी कसैले पनि पढ्न पाएनन् तर मैले पढ्नुपर्छ भनेर गोठालो गएर पनि पढें । बनारस गएको समयमा एउटा अंग्रेजी किताब ल्याएको थिएँ । घरमा यो गाइ खाने विद्या पढ्ने होइन भनेर च्यातेर फाली दिनुभयो । अरु भाइबहिनी भन्दा पढेलेखेको मै भएको कारण घरमा हिसाब–किताब बुबाले मलाई नै राख्न दिनुहुन्थ्यो । त्यसबेला नेपालगन्जबाट भरियालाई समान बोकाएर ल्याउनुपथ्र्यो । त्यसबेला भेरीमा पुल थिएन । ढुङ्गा तर्नुपथ्र्यो । त्यो जिम्मेवारी पनि बुबाले मलाई नै दिनुहुन्थ्यो । त्यति टाढाबाट समान ल्याउन धेरै समस्या हुन्थ्यो । एक पटकको सम्झना छ । नेपालगन्जबाट १२ जना भरियालाई समान बोकाएर घर ल्याउँदै थिएँ । बाटोमा दुई जना भरियाले समान बोक्न सक्दैनौं भनेर भारी छोडिदिए । म बोकौं भने सानै छ्ु । आपत्त नै प¥यो पछि दुई जना खाली हात आएका दुई जना मान्छेलाई भारी बोकाएर घर ल्याए । हामी २०९९ सालमा दैलेखबाट बसाइँ सरेर सुर्खेत आएका हौं । त्यसबेला उपत्यकामा बस्न मिल्दैनथ्यो । जर्बुटा बसेका थियौं । म १६ वर्षको हुँदा बुबा बित्नुभयो । दाई लाहुरे हुनुहुन्थ्यो । बुबाको बित्नुभएपछि घरको जिम्मेवारी मैले नै समालें ।
ज्योतिष पढे पनि भारतको बनारसमा गएर परीक्षा दिनुपथ्र्यो । बनारस गएपछि मात्र बल्ल ज्योतिषी विद्या आर्जन ग¥यो भन्थे । मैलेपछि २००७ सालमा गएर बनारसमा ज्योतिषी विद्याको परीक्षा दिएको हुँ । पहिले पढ्न नपाए पनि मैले गोठीकाँडामा प्राथमिक विद्यालय खोलेपछि ८ कक्षासम्म पढेको हुँ । मैले बाल्यकालमा विद्यालय गएर पढ्न नपाए पनि जसरी पनि शिक्षा हासिल गर्नुपर्छ भनेर किताबी ज्ञान भन्दा बाहिरी ज्ञानहरू पढें । महात्मा गान्थीको बारेमा पढ्ने गथें । उनको भाव आचरणहरू बुझ्ने गर्थे । उनीले लेखेका लेखहरू पढ्ने गर्थें । बिपी कोइरालासँग ज्योतिष विद्याको परीक्षा दिन बनारस गएको बेलामा भेट भएको थियो । त्यहाँबाट मैले राजनीतिको बारेमा बुझ्ने मौका पाएँ । आफूले पढाईको शिलशिलामा बनारसमा पाएको दुःख र गाउँमा गोठाला गएर ज्योतिष र भागवत पढेको दुःख सम्झेर शिक्षा र विकास निर्माणमा केही गर्छु भन्ने मेरो सानैदेखिको सोचले अहिले केही गरेको जस्तो लाग्छ । म यसैमा सन्तुष्ट छु । समग्रमा बाल्यकाल घरको कामसँगै शिक्षा आर्जन गरेर बित्यो । ज्योतिष विद्या पढेर ज्योति नबने पनि समाजसेवा गएर केही गर्ने मौका पाएँ ।
साझा बिसौनी संवाददाता ।