आफ्नो मेयर आफै छानौं
स्थानीय तहको चुनाव, सबैको ध्यानाकर्षण गर्ने विषय । चौकको चियापसलले ग्राहकहरूको आंकलन सुन्दा–सुन्दा हैरान भएका छन् । टोल–टोलमा उम्मेदवारहरूका चुनावी नारा बोकेका गीत घन्किन्छन् । नेपालमा अहिले ठूलो चाड नै आएको छ । नागरिकका भरोसा बोकेर आएको चाड, स्थानीय निकायको चाड जहाँ हरेक मतदाता आफ्नो भगवानलाई जिताउन चाहन्छ र विकास आफ्नो पक्षमा पार्न चाहन्छ । यस्तै छैठौं प्रदेशको राजधानीका रूपमा हेरिएको वीरेन्द्रनगर नगरपालिकामा ठूला–ठूला दलहरूदेखि लिएर स्वतन्त्र रूपमा उम्मेदवार दिनेहरूको घुइँचो लागेको छ । दलका पदाधिकारी तथा स्वतन्त्ररूपमा विकासको नारा लिएर आएका व्यक्तिहरू मतदाता बुझाउन तथा आफूलाई मतदान गर्न सुझाउनमा भ्याइनभ्याइ छ । आजको यस लेखमा हामी यसै सन्दर्भमा रहेर चर्चा गर्नेछौं, वीरेन्द्रनगर नगरपालिका सुर्खेत अन्तर्गत मेयर पदका लागि उम्मेदवार दिएका व्यक्ति तथा दलहरूका घोषणा अथवा प्रतिबद्धतापत्रका बारेमा । त्यो प्रतिबद्धतापत्र जसले मतदातामाझ आफ्नो स्थान बनाउन खोज्दैछ, त्यो प्रतिबद्धतापत्र जसले नागरिकमाझ आफ्ना योजनाहरू पेश गरिरहेका छन् ।
समग्र रूपमा हेर्नुपर्दा सुर्खेत अव्यवस्थित छ, हरेक क्षेत्र तथा हरेक विषयमा व्यवस्थित हुन नसकेको । विकास निर्माणका लागि अघि सारिएका योजनाहरूले प्रभावकारी पूर्णता पाएका पनि छैनन् । अन्य जिल्लाको तुलनामा अनावश्यक रूपमा सुर्खेतमा बढिरहेको महँगी, बेरोजगारी तथा आधारभूत आवश्यकताका पक्षहरूमा नागरिकको पहुँचमाा कमी जिल्लाको मूल समस्या हो । सरकारी योजनाहरूमा नागरिकको अग्रसरता तथा पहुँच छैन । भू–माफिया, वनमाफिया तथा लागूपदार्थको पकेट क्षेत्र बन्दै गरेको सुर्खेत, विशेषगरी वीरेन्द्रनगरको भविष्य के ?
यस लेख नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गेहेन्द्रप्रसाद दहाल गरी मुख्य पाँच वटा घोषणापत्रहरूको अध्ययन गरी घोषणापत्रका सकारात्मक पक्षहरूबारे नागरिकसँग गरिएका कुराकानी तथा उनीहरूको विचारका आधारमा तयार पारिएको छ । शब्द अभाव तथा छोटोमिठो निर्माण उद्देश्यका कारण यस लेखमा घोषणापत्रहरूबाट १५ वटा उत्कृष्ट बुँदाहरू छनौट गरिएको छ, आशा गरौं यस लेखले निर्वाचन समयमा नागरिकहरूलाई ‘आफ्नो मेयर आफै छानौं’ मा अवश्य मदत पु¥याउनेछ ।
प्रस्तुत बुँदाहरू सडक निर्माण, पर्यटन, स्वास्थ्य, कृषि क्षेत्रमा नेपाल सरकारद्वारा चुनाव अगाडि नै प्राथमिकता तथा सिफरिस गरिएका विषयलाई खास्सै महŒव दिइएको छैन, अधिकांश घोषणापत्रहरूमा ती बुँदाहरू एकअर्काबाट साभार गरिएझै लेखिएका छन् ।
नेपाली कांग्रेस
१. फाष्ट ट्रयाकमार्फत् जनताका उजुरी र गुनासोको सुनुवाइ, एकीकृत सहरी विकास रणनीति बनाइ व्यवस्थित गरिनेछ ।
२. पर्यटकहरूका लागि सुरक्षित र रोमाञ्चक पैदल मार्गको स्थापना, साइकल यात्रालाई प्राथमिकता दिइनेछ ।
३. कृषिमा आधारित उद्योगलाई विशेष सहुलियत र प्रोत्साहन, अर्गानिक उत्पादनलाई प्रोत्साहन दिइनेछ ।
४. वडाहरूमा प्रहरी परिचालनको व्यवस्था, हेल्प डेष्क र गुनासो सुन्ने व्यवस्था तथा एक वार्ड एक लाइब्रेरी स्थापना गरिनेछ ।
५. कटकुवा हेल्थपोष्टलाई महिला तथा बाल अस्पतालको रूपमा विकास गरिनेछ ।
६. एकै स्टेशन वा डेष्कबाट धेरै सुविधा प्रदान गर्नका लागि ‘वान स्टप सोप’को स्थापना गरिनेछ, जहाँ जनताले लगानी, विजनेश आईडिया, बैंकिङ प्रक्रिया वा आर्थिक क्रियाकलाप सम्बन्धी अवधारणा लिइ आउनेलाई छिटो छरितो रूपमा सरकारी प्रक्रियाको बारेमा जानकारी उपलब्ध गराइनेछ ।
७. वीरेन्द्रनगरलाई कार्वनसिंक सहरको रूपमा विकास, ‘फोहरबाट मोहर’ अभियान सञ्चालन गरी रिसाइकिल प्लान्टबाट बहुउपयोगितामा जोड दिइनेछ ।
८. नेपाली मौलिकपन झल्कने घरको निर्माणमा विशेष कर छुटको व्यवस्था गरिनेछ ।
९. यथाशीघ्र दमकलको व्यवस्था गरिनेछ ।
१०. लागूपदार्थ दुव्र्यशन अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछन् ।
११. मुस्लिम समुदायको लागि कब्रस्थानको स्थायी समाधान, शव दहन गृह निर्माणको काम प्रारम्भ गरिनेछ ।
१२. बाढीपिडितका लागि सरकारबाट घोषणा भएको राहत उनीहरूसम्म यथाशीघ्र पु¥याउन पहल गरिनेछ ।
१३. वडास्तरमा शाखा रहनेगरी खाद्य संस्थान स्थापना गरी कृषि उपज खरिद तथा बिक्रीको व्यवस्थापन गरिनेछ ।
१४. राष्ट्रिय परिचयपत्रको आधारमा दैनिक उपभोग्य वस्तु सहुलिएतमा उपलब्ध गराउन रासनकार्ड लागू गरिनेछ ।
१५. भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्था गरी आवासको निर्माण गरिनेछ ।
नेकपा एमाले
१. नगरभित्रका सम्पूर्ण बाढीपीडितहरूलाई यथाशीघ्र आवासको व्यवस्था गरिनेछ ।
२. शीतभण्डारको निर्माण तथा प्रयोग गरिनेछ ।
३. वीरेन्द्रनगरलाई भाषा, साहित्य, कला, र संस्कृतिको हब केन्द्रमा विकास गरिनेछ ।
४. काँक्रेविहारको पुनर्निर्माण गरी काँक्रेविहारलाई जंगललाई प्राकृतिक चिडियाखाना बनाइ नगरको प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
५. समैजेघाट र गिरीघाटमा विद्युत शवदहगृहको निर्माण गरिनेछ ।
६. अर्गानिक खेती तथा करेसावारीलाई प्रोत्साहन गरिनेछ ।
७. नगरलाई शैक्षिक केन्द्र (हव)का रूपमा विकास गरिनेछ ।
८. नगरका वडामा रहेका सहरी स्वाथ्यचौकीलाई डाक्टरसहितको सुविधायुक्त बनाइ सञ्चालन गरिनेछ ।
९. बालश्रमरहित नगर निर्माण गरिनेछ ।
१०. ६ नम्बर प्रदेशमा श्रम कार्यालय राख्न व्यवस्था गरिनेछ ।
११. नगरभित्र सञ्चारग्रामको व्यवस्था गरिनेछ ।
१२. नगरको गुरुयोजनाको पुनरावलोकन गरी निर्माण र कार्यान्वयन गरिनेछ ।
१३. वीरेन्द्रनगरमा ट्राफिक समस्या समाधान गर्न उपयुक्त स्थानमा पार्किंङ्गको व्यवस्था गरिनेछ ।
१४. युवा स्वरोजगारलाई प्रोत्साहन गरिनेछ ।
१५. भेरीको पानी लिफ्टद्वारा तानेर वितरण गरी नगरलाई स्वच्छ पिउने पानीको प्रबन्ध गरिनेछ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१. वीरेन्द्रनगरलाई नेपालकै नमुना (२४ घण्टा खुल्ला) सहरको रूपमा विकास गरिनेछ ।
२. वीरेन्द्रनगरलाई सबै प्रकारका दुव्र्यसनरहित नगर बनाउने अठोट कार्यान्वयन गरिनेछ ।
३. यस नगरमा ५ वर्षभित्र १५ हजार युवाहरूलाई रोजगारी सिर्जना गरिनेछ ।
४. नगरका वृद्धवृद्धा तथा बालबालिकाहरूलाई स्वाथ्य सेवा निःशुल्क प्रदान गरिनेछ ।
५. वीरेन्द्रनगरलाई विश्वको कुनै आधुनिक नगरसँग मितेरी सम्बन्ध कायम गरी आपसी कला, संस्कृति, पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्य र विकास आयोजनामा सहभागी गराइनेछ ।
६. किसानहरूलाई पेन्सनको व्यवस्था गरिनेछ ।
७. नगरभित्रका काँक्रेविहार, बुलबले ताल, देउती बज्यै, घण्टाघर, सत्यकाँडा, भेरी किनार, गढी, रतु तथा गर्पनलाई पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।
८. ज्येष्ठ नागरिकलाई आत्मसम्मानपूर्वक जीवन व्यतित गर्ने कार्यक्रम बनाइ लागू गरिनेछ ।
९. वीरेन्द्रनगरलाई आईटी सहरका रूपमा विकास गरिनेछ ।
१०. वीरेन्द्रनगरलाई शैक्षिक केन्द्रका रूपमा विकास गरिनेछ ।
११. सुन्दर नगर वीरेन्द्रनगरलाई खुल्ला (तार रहित) नगर बनाइनेछ ।
१२. व्यवस्थित ढल निकासको योजना निर्माण गरी सफा, स्वच्छ वातावरण र सुन्दर नगर बनाइनेछ ।
१३. वीरेन्द्रनगरका सम्पूर्ण बस्तीहरूमा सडक सञ्जाल निर्माण गरी नगरपालिकाद्वारा नगरबस सञ्चालन गरिनेछ ।
१४. रतु र गर्पनका खास क्षेत्रलाई कृषि तथा पशुपालनको पकेट क्षेत्र घोषणा गरी कार्यक्रम लागू गरिनेछ ।
१५. वीरेन्द्रनगर नगरपालिकाका वडाहरूले गरेका प्रतिबद्धता कार्यान्वयन गरिनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. यस नगरका सम्पूर्ण वडाहरूमा खानेपानी समस्या समाधान गर्नेछौं ।
२. क्यान्सर तथा मृगौला फेल भएका बिरामीलाई रू. एक लाख औषधि खर्च उपलब्ध गराउनेछौं ।
३. कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिनेछ ।
४. सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष कार्ययोजना सञ्चालन गर्ने र शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नेछौं ।
५. पाँच वर्षभित्र प्रत्येक नागरिकको स्वास्थ्य बिमा गर्नेछौं ।
६. विपन्न परिवारमा छोराछोरी जन्मनसाथ एकमुष्ट रू. ५,००० सुपोषण अनुदान प्रदान गर्नेछौं ।
७. सबै धर्महरूलाई बराबरीको समानता र स्वतन्त्रता कायम गर्नेछौं तर जबरजस्ती र संगठित रूपमा धर्म परिवर्तन गराउन दिनेछैनौं ।
८. सबै प्रकारका जातीय भेद्भाव र छुवाछुत प्रथालाई दण्डनीय तुल्याउनेछौं, जातीय आधारमा मन्दिर प्रवेश निशेध गर्ने कु–प्रथाको अन्त्य गर्नेछौं ।
९. एक परिवार एक रोजगारीको ग्यारेन्टी गर्नेछौ ।
१०. २५ जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग व्यवसायीलाई १० वर्षसम्म सबै स्थानीय कर मिनाह गर्नेछौं ।
११. पर्यटकीय नगर प्रबद्र्धनका लागि वीरेन्द्रनगरमा रहेको बुलबुले, काँक्रेविहार, सिद्धपाइला, देउती बज्यै लगायतका स्थानको विकास, प्रचार तथा प्रबद्र्धन गर्नेछौं ।
१२. कृषिको व्यवसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गर्नेछौं, एक नगर एक उत्पादन नीति कार्यान्वयन गर्नेछौं ।
१३. रंगशालालाई प्रदेश ६ कै उत्कृष्ट खेलमैदानको रूपमा विकसित गर्नेछौं ।
१४. न्यून आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन सञ्चालन गर्नेछौं ।
१५. यस नगरलाई बन्द गर्न नपाइने कानुनी व्यवस्था गरी बन्दमुक्त नगर घोषणा गर्नेछौं ।
स्वतन्त्र उम्मेदवार घोषणा गरेका गेहेन्द्रप्रसाद दहाल
१. भूमिहीन र अव्यवस्थित बसोबासको समस्या दुईवर्षभित्र समाधान गरिनेछ ।
२. भेरी नदीको पानीलाई उपत्यकामा ल्याउने योजनालाई साकार गरिनेछ ।
३. वीरेन्द्रनगरलाई भ्अय(
त्यगचष्कm (पर्यावरणीय पर्यटन)को रूपमा विकास गरिनेछ ।
४. अनियमितता र भ्रष्टाचारको रूपमा सशक्त रूपमा प्रस्तुत भइ न्याय र समानताबाट जनतालाई विनाकारण दुःख हुने अवस्था अन्त्य गरी प्रभावकारी काम गरिनेछ ।
५. नगरबासीका गुनासा सुन्न र ती गुनासाहरूको समाधान गर्नका लागि २४ सैं घण्टा सञ्चालनमा ल्याउने गरी ‘हेल्प डेष्क’ स्थापना गरिनेछ ।
६. जैविक खेती प्रणालीलाई उच्च प्राथमिकता दिइ कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।
७. वीरेन्द्रनगरमा प्रादेशिकस्तरको सामुदायिक पुस्तकालय निर्माण गरिनेछ जहाँ डिजिटल लाईब्रेरीको सुविधा उपलब्ध गराइनेछ ।
८. सुर्खेत कलाकारिताको उर्भर भूमि
हो । यहाँको लोककला, संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिन विकासमा निरन्तर लागिनेछ ।
९. मोबाइल अस्पताल स्थापना गरेर वडावडा र बस्तीबस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
१०. ‘एक घर एक रोजगार’ नीति कार्यान्वयन गरिने छ ।
११. लागू औषध दुव्र्यशन एवम् कुलत तथा अन्धविश्वास जस्ता असामाजिक क्रियाकलापबाट युवाहरूलाई मुक्त गर्न सम्बन्धित क्षेत्रगत निकायहरू र गैरसरकारी संस्थाहरूसँगको सहकार्य र समन्वयमा ‘युवा सुधार विशेष कार्यक्रम’ सञ्चालन गरिनेछ ।
१२. नगरपालिकाका गतिविधिहरू आम जनतालाई सुनाउनका लागि एफएम रेडियो स्थापना र सञ्चालन गरिनेछ ।
१३. आईटी भिलेज स्थापना, केही वडाहरूलाई नमुना वडाका रूपमा घोषणा गरेर ती वडाहरूमा सम्भाव्यता अनुसारका विकास कार्य गर्दै सूचना प्रविधियुक्त आईटी नगरको रूपमा वीरेन्द्रनगरलाई अघि बढाइनेछ ।
१४. सामुदायिक बनको सम्वद्र्धनमा विशेष जोड दिइनेछ ।
१५. हिंसापीडित, शारीरिक एवम् मानसिक रूपले अशक्त भएका तथा विशेष जोखिममा परेका ज्येष्ठ नागरिकहरूका लागि लक्षित गरी विशेष राहत र पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
विभिन्न दल तथा स्वतन्त्र रूपमा वीरेन्द्रनगर नगरपालिको मेयर पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका व्यक्ति र दलका प्रमुख घोषणापत्रमा उल्लेख भएका बुँदाहरू माथि उल्लेखित छन् । बुँदाहरू अन्तर्गत भौतिक विकासको पाटोलाई प्राथमिकता नदिइ रचनात्मक पाटोलाई प्राथमिकता दिँदै बुँदा टिपोट गरिएको हो । बुँदाहरूको मद्दतले नागरिकलाई आफ्नो मेयर रोज्न मद्दत त अवश्य नै मिल्नेछ, निर्वाचित हुने मेयरलाई शुभकामना तथा विकासको सम्भावना लिएको मेयरलाई मदतान गर्न नागरिकलाई आग्रह गर्न चाहन्छु ।
मतदान मात्र नभइ निर्वाचन पश्चात् मेयरले घोषणा गरेका बुँदाहरू कार्यान्वयन भए भएनन् बारेमा चासो तथा कार्यान्वनका लागि दबाब पनि नागरिकको दायित्व हो ।
साझा बिसौनी संवाददाता ।