पश्चिमी रुवा
परिवर्तन । सामान्य रूपमा विकास । विकासोन्मुख नेपालमा सबैको चासोको रूपमा बसिरहेको विषय । कहिले जातीयताका कुरा त कहिले स्वतन्त्र प्रदेशको माग । कहिले महिला हिंसा त फेरि कहिले दायिजो । विकासोन्मुख नेपालमा प्रायः केही विषयहरू परिवर्तनको नारा बोकेर आइरहेका हुन्छन् । कति विषयका उदेश्यहरू पूरा भए त कयौं विषयहरू ओझेलमा पनि परे । कयौं विषयहरू पूरा त भए तर प्रभावकारिताको रूप लिन सकेनन् । त्यस्तै कहिले युवाको प्रसंग पनि बारम्बार आउँछ । देशको मेरुदण्डको रूपमा युवालाई गरिएको परिभाषित अव परिवर्तन भइसक्यो । युवा मेरुदण्ड होइन, परिवर्तन चाहन्छ । युवा पक्षपात होइन, समानता चाहन्छ । रुढीवादी भन्दै छोड्न लागिएको संस्कृति, युवा त्यही संस्कृतिको सकारात्मक पक्ष मात्र अंगाल्न चाहन्छ । युवा विकासमा फड्को चाहन्छ । युवा चाहन्छ, नयाँ नेपाल । साँच्चै समानताले भरिएको नयाँ नेपाल ।
विकास निर्माण, सहरीकरण तथा अन्य प्रसंगमा नेपालको पश्चिमी भेग पूर्वी भन्दा अलि केही पछाडि रहेको हामी सबैले महसुस गर्ने गरेका छौं । संस्कृति अंगाल्दै गर्दाको रुढिवाढी परम्पराका घटनाहरू पनि अधिकांश रूपमा पश्चिमी भेगमा नै रहेका छन् । समग्रमा भन्नुपर्दा नेपालको पश्चिमी भेग साँच्चै पछाडि छ । कारण ? कारणहरू हामी प्रशस्तै मात्रामा भेट्न सक्छौं । व्यक्तिगत बुझाइदेखि लिएर समग्र समाजको धारणासम्म । मुख्य, हाम्रो सोचाइ र हाम्राको सोचाइ । हामी राम्रोलाई राम्रो भन्न पनि सक्दैनौं, आफू राम्रो बन्न पनि । हामी गलतलाई गलत भन्दै औला ठड्याउन सक्दैनौं, तर पनि हामी जानी नजानी यही ठूलो गल्ती त गरिनै रहेकाछौं । राम्रालाई राम्रा नभनेर, साथ नदिएर ।
विकसित देशहरूमा, कसैले राम्रो अभियानको सुरुवात गर्ने गर्छ भने त्यसलाई आत्मसात् गर्ने तथा सहयोग गर्नेको भिड लामै रहन्छ । कारण उनीहरूको सामाजिक बुझाइ हो । कारण उनीहरूमा रहेको मानवताको रूप हो । जसको उदाहरण अमेरिकामा बस्ने सामान्य नागरिकले स्वईच्छाले उठाएको रकमले विश्वका विभिन्न गरीब मुलुकहरूमा सहयोगीको भूमिका निर्वाह गरिरहेको छ । र, नेपालमा विभिन्न सहयोग तथा विभिन्न अनुदानमा आएका अधिकांश रकमहरू यसरी नै आएका हुन् । तर पनि हामी शिर उचो पार्दैछौं । सहयोगको टिसर्ट लगाएर दौरा लगाउनेलाई हामी गिज्याउँछौं । समग्रमा गरिबीको रेखामुनी रहेको देशको नागरिक भएर पनि हामी किन समाजमा धनी र गरिवको खेल खेल्दैछौं । किन ? के यही हो हाम्रो सामाजीकरण ? खासगरी नेपाली पश्चिमेली भू–भागमा यस्तो प्रचलन प्रचूरमात्रामा रहेको छ ।
तर यस विषयमा चिन्ता पनि लिइ राख्नुपर्ने कारण छैन । किनकी नयाँ युवा परिवर्तनको नारा बोकेर आएका छन्, आउँदैछन् । युवामा जातीयताको कुरा छैन । उनीहरू साथित्वको कुरा मात्र जान्दछन् । नयाँ युवा घोकन्ते होइन रचनात्मक बन्न चाहन्छन् । वाधिन हैन सामाजिक स्वतन्त्रता चाहन्छ नयाँ पुस्ता । पछ्याउन होइन, युवा नेतृत्व खोज्दैछ । सायद पुरानो पुस्ता भन्दा पनि जीवनलाई सहज रूपमा बुझेका छन् नयाँ पुस्ता । कुरा पश्चिमी समाजमा रहेर, प्रसंग पश्चिमी समाजका युवाहरूको र यो लेखमा उदाहरण पश्चिमी युवा रविन श्रेष्ठको । पश्चिम, रविन र हामी युवा । पश्चिमी रुवा ।
रविन एउटा नेतृत्व पात्र मात्र हुन् । हाम्रो समाजको प्रतिबिम्व हुन् रविन । रविनका कथाहरूमा हाम्रो समाजको ऐना लुकेको छ । हाम्रो समाजको वास्तविकता रविनले पनि महसुस गरेको छन् । वीरेन्द्रनगर, सुर्खेत उपत्यकामा जन्मिएका रविन श्रेष्ठ यो लेख लेख्दाको समय एक मतदाताको उमेरमा पुगेका छन् । हामी कयौं उनीसँग परिचित छौं होला, कयौं छैनौं होला पनि । तर रविनलाई एकपल्ट नियालौं, हामीले पश्चिमी युवा पाउँन सक्छौं । हामीले हामी पाउँछौं उसमा । र, हाम्रो समाजको एउटा पाटो । उनी सोच, लक्ष्य तथा उद्देश्यले एक प्रतिष्ठित तथा परिचित ‘स्टन्ड राइडर’ हुन् । मोटरसाइकललाई आफ्नो जीवन ठानेका छन् उसले । पाँच कक्षा पढ्दै गर्दा देखिका धेरै कथाहरू उनले बोकेका छन् ।
सर्वप्रथम पश्चिमेली समाज भन्दा फरक धारण लिइएको उनको लक्ष्यमा उनकै घरदेखि असहयोग । अनि झन् समाजको त झन् बेग्लै धारणा । बुबाको सोच, छोराले पढेर जागिर खावोस् वा घरायसी व्यापारमा ध्यान दिओस् । तर उनले आफ्नो लक्ष्य कहिल्यै छोडेनन् । उनी गाली खाइ–खाइ भागी–भागी काँक्रेविहार गए । बुबाले मेहेनतले किनेको मोटरसाकलमा आउने खर्चहरू अधिकांश रविनको कारण आउने गर्थे । मोटरसाइलप्रतिको उसको मोह तथा पागलपन देखेर हाम्रो समाज तथा हामी नै ‘एकदिन आफू पनि मर्छ र अरुलाई पनि मार्छ’ भन्दै हिँड्थ्यौं, हिँडिरह्यौं । हो हामीले नै हौं, भन्ने हामी नै हौ । ‘बाइक स्टन्ट’ पनि एक खेल हो । हामीले पनि यही नै बुझेका छौ, थियौं । तर हामीले उसलाई के सहयोग ग¥यौ, उसको लक्ष्यमा वाधा बन्नु बाहेक । रविनको स्टन्ट प्रतिको मोहमा उनको परिवारलाई पनि समाज दोष दिइ नै रह्र्यो । हामी तथा हाम्रो समाज आफ्ना केटाकेटीलाई सधैं आफ्नै योाजना मुताविक चल्न सिकायांै । चाह्यौं पनि त्यही नै । कि जागिर कि व्यापार । के हामीले कहिले यो सोच्यौं कि, छोराछोरीको मन के मा छ ? मानिस सफल तब मात्र हुन्छ जब उसले आफ्नो लक्ष्यलाई नै आफ्नो हतियार बनाउँदछ । वा, इच्छालाई जीवन जिउने आधार बनाउँदछ । रविनले समाजका नकारात्मक कुरा तथा व्यवहारको विरुद्धमा गएरै पनि उनको इच्छा ‘स्टन्ट राइडर’लाई जीवन जिउने आधार बनाएका छन् । जसको उदाहरण काठमाडौं सातदोबाटोमा आयोजना भएको ज्ञकत क्तगलत द्यबततभि को विजेता हुनु हो । तर हाम्रो समाजलाई यी सबै कुराहरू बुझ्न फेरि कयौं वर्ष रविन जस्ता युवाहरूले उदाहरणीय कार्य गरेर देखाउनुपर्ने हुन्छ । ‘स्टन्ट’को दुनियाँमा रविनको पहिलो कार्यक्रम नेपालगन्जमा भएको थियो । जहाँ उनले डर र सफलता पश्चात्को खुशीलाई एकै साथ महसुस गर्ने अवसर पाएका थिए । हसिलो मुस्कानको धनी रविन मुस्कुराउँदै सुनाउछन्, ‘समाजको सोचाइ भन्दा पर छुट्टै दुनियाँ छ दाई, समाजको सोचाइ परिवर्तन गर्न जरुरी छ ।’
स्टन्ट एउटा खेल हो तर नेपालमा यसलाई वैधानिकता नदिइएको उनको ठहर छ । नेपाली मेलामा इण्डियाबाट ल्याएका स्टन्ट राइडरहरूले आफ्नो कला देखाउने स्थान देशले बनाएको छ तर स्वदेशी युवा स्टन्टर सडकमा निस्कदा यहाँ ट्राफिक प्रहरी कारबाहीको लागि आतुर अवस्थामा
छन् । यसबारेमा उनले भोगका धेरै तिता घटनाहरू साटेका छन् । रविनलाई ऋबिककष्अ ध्जभभकि ल्भउब,ि ऋचयककाष्चभ का सञ्चालक (दोर्जे लामा, सुशील लामा र बालकाजी गुरुङ्ग) द्वारा नेपाली युवामाझ लोकप्रिय मोटरसाइकल ऋचयककाष्चभ स्टन्टकै लागि भनी सहयोग गरिएको छ । नियमित स्टन्ट अभ्यासको क्रममा हप्तामा सात हजार (सरदसरमा) खर्च हुने गर्छ भने खर्चको केही प्रतिशत रविन आफै व्यहोर्छन् भने केही प्रतिशत कम्पनीले व्यहोरिदिन्छ । रविन स्टन्टमा आउन चाहने हरेक युवालाई सहयोगी मन राख्छन् । स्टन्टको विषयमा कसैलाई सहयोग चाहिएमा हरेक समय उपलब्ध रहने उनी बताउँछन् । उनीद्वारा दिइएका स्टन्टहरू यूट्बमा च्ब्ध्द्यभ्भ्ल् क्ज्च्भ्क्त्ज्ब् नामको च्यानलमा भेट्न सकिन्छ । भविष्यमा रविनको लगि चुनौती नै व्यवहारिक जीवन र आफ्नो सोच विच लडाईं नै हो ।
रविन पश्चिमी रुवा हुन् । र, पश्चिमेली समाजको एउटा उदाहरण मात्र । रविनको पुस्ता भन्दा पहिले ती युवाहरू पनि नभएका भने थिएनन्, जसले ‘स्टन्ट’लाई आफ्नो लक्ष्य बनाउन चाहन्थे । उनीहरू अहिले गुमनाम छन् । वर्तमान समयमा उनीहरू आफ्नो व्यवहारिक दिनचर्यामै व्यस्त छन् । अहिले, उनीहरू दोधारे महसुस पनि गरिरहेका छन् । कारण हो हाम्रो समाज, हाम्रो सोचाईं । जसमा हरेक बालबालिको भविष्य उसको अभिभावकद्वारा मात्र निर्धारण गरिन्छ । र, समाज पनि उही अभिभावकीय पिँजडाको सुगालाई नै असल छोरीछोरीको रूपमा घोषित गर्दछ ।
साझा बिसौनी संवाददाता ।