पर्यटन प्रवर्द्धन गर्न ताल

पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवद्र्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । गाउँपालिकाको वडा नं. ६ र ७ को सिमानामा ताल निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षदेखि ठेक्का सम्झौता गरेर चार हेक्टर क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरिएको जनाइएको छ । ताल संरक्षण, बाँध तथा नहर निर्माणका लागि ठेक्का सम्झौता गरी काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १६ करोड ६७ लाखमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र एप्लाइट इन्जिनियरिङ प्रा.लि. ललितपुरबीच ठेक्का सम्झौता गरिएको हो । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरिएको हो । सम्झौताअनुसार २०८३ असार मसान्तसम्म बाँध तथा नहर निर्माणको काम सम्पन्न गर्नुपर्नेछ ।

यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य अनुरूप ताल निर्माणको काम थालिएको हो । बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । चार हेक्टर क्षेत्रमा ताल निर्माण गरिने उनले जानकारी दिए । त्यसमध्ये ३५ रोपनी जग्गा स्थानीयको छ । अहिले ३५ रोपनी जग्गा उपलब्ध गराउनका लागि पहल भइरहेको छ । जग्गा प्राप्तिका लागि गाउँपालिकाले समेत पहल थालेको छ । स्थानीयको ३५ रोपनी जग्गा ताल निर्माणका क्रममा प्रभावित हुने भएकाले उचित मुआब्जा उपलब्ध गराएर ताल निर्माण गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । लामो समयदेखि निर्माणको पखाईमा रहेको तालको खासै महङ्खव थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने अपेक्षा गरिएको छ । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत समेत बढ्नेछ । गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत् आम्दानीका स्रोत व्यवस्थापन गर्ने पालिकाको उद्देश्य छ ।

ताल निर्माण योजना अन्तर्गत नै लिफ्ट सिँचाइ आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म लिफ्ट सिँचाइ निर्माणको ९७ प्रतिशत काम सकिएको छ । २०८१ जेठ १६ गते ठेक्का सम्झौता गरी लिफ्ट सिँचाइ निर्माणको काम सुरु गरिएको थियो । २०८२ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तीन करोड ६० लाख लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको हो । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ पू¥याउने लक्ष्य अनुरूप लिफ्ट सिँचाइ आयोजना निर्माण गर्न लागिएको छ । लिफ्ट सिँचाइ आयोजना अन्तिम चरण पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । आयोजना निर्माणपछि व्यवसायिक तरकारी खेती गर्न कृषकलाई सहज हुनेछ । ६० मिटर उचाइबाट पानी खसालीनेछ । तीन वटा रिर्जब ट्यांकी निर्माण गरिनेछ ।

प्रकाशित मितिः   ९ कार्तिक २०८१, शुक्रबार ०६:०३