कर्णालीमा डाक्टर उत्पादन गर्दै केटआरो

कालिकोट, ३ वैशाख ।
दुर्गम क्षेत्रमा न्यून आए भएका समुदायहरूको स्वास्थ्य समस्यालाई बुझ्न सक्ने दुर्गम क्षेत्रकै डाक्टर जनशक्ति उत्पादन गर्दै आइरहेको डाक्टर फर नेपाल परियोजनाले उत्पादन गरेका जनशक्ति व्यवस्थापनको अवस्था बारे स्थलगत अनुगमन गरेको छ । सन २०११ देखि औपचारिक रूपमा अभियान थालेको परियोजनाले आफूले उत्पादन गरेका डाक्टरहरू दुर्गम क्षेत्रका समुदायको स्वास्थ्यमा प्रत्यक्ष सहयोग पु¥याउन यसको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो ।
डाक्टर फर नेपाल परियोजनाका अभियान्ता एवम् सञ्चालक डाक्टर केटआरो यसको अवस्थाबारे बुझ्न अनुगमनको शिलशिलामा आफै कर्णाली क्षेत्रमा आएकी छन् । विगत एक दशक पहिले कालिकोटमा स्वास्थ्य सम्बन्धी काम गरेको एक अन्तर्राष्ट्रिय संस्था एमएसेफमार्फत् कालिकोट आएकी डा. केटआरो कालिकोट बसाइँ अवधिभर कालिकोटका जनताको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष देखेपछि कालिकोट जस्ता दुर्गम क्षेत्रका जनताको निम्ती केही गर्नुपर्छ भन्ने भावनाका साथ आफ्नो गृहदेश इंल्याण्डबाट त्यहाँका नागरिकहरूसँग आर्थिक जुटाइ नेपालमा डाक्टर उत्पादनको अभियान थालेकी हुन् ।
पहिलो पटक कालिकोट जिल्ला कालिका गाउँपालिका
(साविकको कालिका गाविस)का जेहन्दार व्यक्ति ललितजंग शाहीलाई एमबीबीएस डाक्टर अध्ययनका लागि सहयोग गरेकी केटवारीले पछि सन् २०११ मा डाक्टर फर नेपाल परियोजनामार्फत् औपचारिक रूपमा अभियान थाली हाल करिब तीन जना डाक्टर जनशक्ति तयार भइसकेका भने ६ जना अध्ययनको गरिरहेका छन् । कर्णाली लगायत सुदूरपश्चिमका केही जिल्लाहरू गरी करिब नौ वटा जिल्लाका लागि थालिएको एमबीबीएस डाक्टर उत्पादन अभियानमा हाल कालिकोटबाट मात्रै दुई जना डाक्टर भइसकेका छन् भने तीन जना अध्ययनरत रहेका छन् ।
दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थालाई थप सुदृढ पार्न डाक्टर फर नेपालका संस्थापक केटवारीले अब नर्स उत्पादन अभियान पनि थालनी गर्ने र यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको बताएकी छन् ।

प्रकाशित मितिः   ४ बैशाख २०७४, सोमबार १५:४३