कस्तो महिला सहभागिता ?
सरल अर्थ । महिला सहभागिता । कति सरल ? र, हाम्रो देशमा यो शब्द यतिसम्म चल्यो कि आज चुल्हो–चुल्होमा महिला सहभागिताका कुरा चल्ने गर्छन् । आफ्नो नाम लेख्न धौ–धौ पर्ने बालकलाई महिला सहभागिताको कुरा थाहा छ । ठेला धकल्ने दाजुलाई पनि महिला सहभागिताको कुरा थाह छ । महिलाले रिक्सा चलाएर आफ्नो घर जोह गरेको समाचारहरू अब नौलो हुँदैनन् । विदेशबाट कसैको श्रीमतीले कमाइबाट पठाएको पैसाकोबारे गाउँ सामान्य रूपमा लिदैंछ । महिला सहभागिताको यस सन्र्दभमा आफ्नो महŒवपूर्ण योगदान दिनुहुने सम्पूर्ण व्यक्तिहरूलाई आभार प्रकट गर्न चाहन्छु ।
हामी के थियौं ? कस्ता थियौं ? के हाम्रो समाजमा महिला असहभागिता पक्ष विद्यमान नै थियो त ? के–के कुरामा वञ्चित गरिएको थियो महिलाहरूलाई ? चुलोदेखि आँगनसम्मको संसारलाई मात्र महिलाको भनि हामीले नै सम्बोधन गरेका होइनौं र ? धेरै कार्यक्रमहरू भए, धेरैभन्दा धेरै आन्दोलन तथा दबाबपूर्ण कार्यक्रमहरू जसको कारण नेपाल सरकारले महिलालाई प्रतिशतको आधारमा स्थान दिएको छ । वा, प्रतिशत ! के हाम्रो प्रयास सफल भयो ? महिला सहभागिताको पक्षमा हामी सफल भयौं ?
देशमा हरेक क्षेत्रलाई प्रतिशतको आधारमा वर्गीकरण गरिएको छ । जात जाति हुँदै धर्मदेखि लिएर लिङ्गको अधारमा वर्गीकरण । के हाम्रा आन्दोलनहरू प्रतिशतका आधारमा थिए ? के हाम्रो आवाजहरूले प्रतिशत खोजेकै थिए ? अवश्य होइन, हामी समानता चाहेका थियौं । हामी समान व्यवहारको खोजिमा थियौं । के प्रतिशतले हामीलाई समान व्यवहार दियो ? के महिलाले समान व्यवहार पाए, पुरुष झै ? यो सोचनीय विषय हो । एउटा उदाहरण लिउँ महिला सहभागिताको क्षेत्रमा, वर्तमान समाजमा कुनै एउटा संस्था दर्ता गनुप¥यो । त्यसका उद्देश्यहरू आफ्ना स्थानमा छन् । त्यसका लक्ष्यहरू आफ्ना स्थानमा रहेका तर महिलाको सहभागिताको प्रसंग ? सरकारले तोकेको उचित प्रतिशतका आधारमा महिला सहभागिताा त जनाउनै प¥यो, हैन ? नौ जना सदस्यमा एक जना महिला त राखिएको नै हुन्छ ।
देशले प्रतिशत त दियो तर हामीले त्यसलाई समानताको संज्ञा दिन सकिरहेका छैनौं । हामीले आफ्नो व्यवहार परिवर्तन गर्न सकिरहेका पनि छैनौं । बाध्य छौं हामी, परापूर्वककालको संस्कृतिको रित परिवर्तित नेपाली कानुन । रनभुल्ल भएका छौं हामी । दोधारे महसुसको प्रतिफल हो यो । संस्था दर्तामा एकजना महिला । अव यसमा महिलाई प्रतिभाको कुरा कहाँ गयो ? कसरी उसको प्रतिभा प्रस्फुटन हुने ? अनि फेरि प्रतिशतको आधारमा आउँदा अन्य केही महिला पनि छट्लान नि ? फेरि हाम्रो समाजमा अझै पनि महिला अग्रसर हुन सकिरहेका छैनन् जसको कारण उनीहरू प्रतिस्पर्धामा आउन । अधिकांश महिला अझै पनि चुलोको धन्दा नै रुचाउँछन् र आफ्ना छोरीहरूलाई पनि दाबाब दिइरहेका छन् । आखिर किन ?
वर्तमान समाजको अर्को पक्ष, यौन । पुरुष तथा महिला बीचको यौन । यो पक्ष यो लेखमा समेटिनु कत्तिको जायज छ ?, त्यो पाठकहरूले नै अन्दाज गर्नुहोला । तर महिला तथा पुरुषबीच खाडल बनि आउने पक्ष यौन पनि हो । जब परिपक्क महिला र परिपक्क पुरुष शारीरिक तथा मानसिक रूपमा यौनका लागि तयार हुन्छन् भने हाम्रो समाजलाई किन चिन्ता ? किन ? कसैको इच्छा विपरित यौनलाई बलात्कारको रूप त दिइयो तर स्वइच्छाको यौनमा समाज किन वाधा बनिरहेको छ ? सामाजिक संस्कृति किन वाधा ? किन यौन कु–संस्कृतिको रूपमा लिइयो ? महिला सहभागिता पक्षलाई बलियो तथा त्यस्तो समाज जहाँ कसैले सोधोस् ‘महिला सहभागिताको लागि पनि लडाईं थियो र ?’ यसको लागि खुला यौन पनि एक पक्ष बनि अडिएको छ । यसै सन्दर्भको सेरोफरोमा रहेर हाम्रो समाज अडिएको छ । हामी अडिएका छौ । रातीराती एक महिला यो पंक्तिकारका साथ रक्तदानका लागि अस्पताल जानुमा संकोच लाग्नु पनि यसै पक्षका कारण हो । आखिर रक्तदानले ऊ महिला कसैको ज्यान बचाउन चाहन्थ्यो ।
तर राती परपुरुषसँग घरबाट निस्कदा समाजले हेर्ने नजरदेखि ऊ डराएकी थिइ । ऊ भयभित थिइ । उसको त्यो क्रियाको कारण जुनसुकै बेला पनि समाज कलंकको कम्मल ओडाउने सामथ्र्य राख्थ्यो । सामाजिक डर, मनोभावना । ऊ त्यसैकारण भयभित थिइ । प्रतिशतले हुँदैन महिला सहभागिता यहाँ व्यवहारमा परिवर्तन आवश्यक छ । हाम्रो सोचमा परिवर्तन आवश्यक छ । हाम्रो हेराइमा परिवर्तन आवश्यक छ । यसको मतलब यो पनि होइन, समाजमा यौन खुल्ला होस् । यसको मतलब यो हो कि, कोही स्त्री कुनै अपरिचित पुरुषसँग सम्बन्ध राख्छे भने त्यो सम्बन्धलाई सर्वप्रथम यौनसम्बन्धको रूपमा हाम्रो समाज नहेरोस् । आज पनि जब एक वाइक चालक फर्केर कोही केटीलाई हेर्छ भने त्यो यौनको हेराइ हो भन्दा फरक नपर्ला । आज पनि कुनै एनजीओमा आवद्ध एक पुरुष आफ्नी कार्यालय सहकर्मीलाई हेर्छ भने त्यो अधिकांश यौनको हेराइ हो । हामी यी कुराहरूलाई बुझेका त छौं तर कहिले यसको प्रतिवाद ग¥यौं ? कहिले हामीले यसको बारेमा कही कतै बोल्यौं ? हाम्रो समाजका अधिकांश घटनाहरू यिनै हुन् । हाम्रो समाजको सोचाइ नै यही हो र हाम्रो समाजको बुझाइ पनि । जसलाई परिवर्तन गर्न जरुरी छ ।
मेरी छोरी आफ्नो बालापनमा घरदेखि भागीभागी केटाकेटीहरूसँग खोलामा गएर पौडी खेलेर घर फर्कन्छे र उसको फुस्रो कपाल देखेर मैले घामघाममा घुमेकोमा रिसाउँछु, तब मात्र हुन्छ महिला सहभागिता । किनकी यो पंक्तिकारको बालापनमा केटीसँग पौडिन जानुलाई छुट्टै दृष्टिकोणले हेरिन्थ्यो । महिला सहभागितालाई प्रतिशतमा होइन सोच तथा व्यवहारमा राखौं ।
पुरुष र अर्को पक्ष महिला, यी दुई पक्षबीच समान खालको व्यवहार हुनुप¥यो । यी दुई पक्षबीच समान सोचाइ हुनुप¥यो । प्रतिशत होइन समान प्रतिशपर्धा हुनुप¥यो । अनि मात्र कुरा आउँछ समानताको । समानताको नाममा प्रतिशतको होइन । प्रतिशतको कुनै पनि व्यक्तिको प्रतिभा प्रस्फुटन तथा उसमा स्व–विकास भूमिका खेल्दैन ।
यस लेखमा प्रयोग भएको शब्द यौनमा समेत समानताले अलग्गै अर्थ लगाएमा यो पंक्तिकार क्षमायाचना व्यक्त गर्न चाहन्छ । हामी कोही लजाउन पनि सक्छौं, हामी कोही रिसाउन पनि । जे भए पनि समानताको अर्थ हो हरेक पक्षमा समानता । प्रतिशत वर्गीकरण होइन । र, समानताले यौन पक्षलाई पनि भेटाउँछ । अब हामी हाम्रो पुरानो संस्कृति पछ्याउने कि समानतालाई आत्मसात् गर्ने ? आगामी स्थानीय निकायको निर्वाचनमा उठेका महिला उम्मेदवारहरूलाई समाज कुन नजरले विजयी गराउँछ ? कुन रूपले हेर्छ । चौक–चौकमा चिया पसलहरूमा महिला उम्मेदवारहरूको बारेमा कस्तोखालको चर्चा हुन्छ ? यसैले जनाउँछ महिलाप्रतिको मानसिकता र महिला सहभागिताको सार्थकता । र यसैले प्रष्टाउँछ महिला सहभागिता ।
साझा बिसौनी संवाददाता ।