नेपाली इतिहासका चरण, विकास र समृद्धि

नेपालको इतिहासलाई तीन चरणमा विभाजन गरेर हेर्न सकिन्छ । भौगोलिक एकीकरणको चरण जस्तोकि गोरखामा पृथ्वीनारायण शाहको राज्यभिषेकसँगै यो चरणको आरम्भ वि.सं. १७९९ मा भयो र सुगौलिसन्धीमा हस्ताक्षर भएपछि विधिवत अन्त्य भयो । त्यसैगरी नागरिक अधिकार प्राप्तीका लागि संघर्षको चरण । यो चरणको सुरुवात गोरखाका लखन थापाको विद्रोह हुँदै प्रजापरिषद्बाट सुरु भयो र करिब ७० वर्षसम्म चल्यो । नेपालको संविधान २०७२ जारी भएपछि मूलरूपमा यो चरण टुङ्गियो । त्यसैगरी तेस्रो चरण अब आर्थिक विकास र समृद्धिको चरण २०७२ असोज ३ पछि यस चरणको थालनी भयो त्यसैले राजनीतिको अबको मूल एजेण्डा आर्थिक विकास र समृद्धिको चरण र एजेण्डा हो । यही चरणको सुरुवात नयाँ शक्ति पार्टी नेपालले गरेको छ ।
समृद्धि व्यापक धारणा हो र समृद्धिभित्र विकास पर्दछ । विकासले सडक, बत्ती, पानी लगायत भौतिक पूर्वाधारको विकास बुझाउँछ, हामीले छिटो भन्दा छिटो द्रुत गतिमा भौतिक पूर्वाधारको विकास गर्नुपर्दछ भने समृद्धि भनेको सम्पन्नता हो, गरिबीको अन्त्य र सुख प्राप्ती हो । विकसित हुँदैमा समृद्ध नहुन सक्छ तर समृद्ध भए विकसित हुन्छ । नेपाली जनता नेपालमा शान्ति, स्थिरता, बेरोजगारीको अन्त्य, स्वदेशमानै रोजगारी, रोजगारीका लागि विदेश जान नपरोस्, खाना, नाना, छाना, शिक्षा, उपचार, जातिय धार्मिक सहिष्णुता, एकता, जातीय, क्षेत्रीय, लैङ्गिक, सामाजिक विभेदको अन्त्य चाहन्छन् । यी सम्पूर्ण कुराहरूको अन्त्य गर्दै हामी विकास र समृद्धिको बाटोमा अगाडि लम्किनुछ ।
नेपाल विकसित र समृद्ध हुन नसक्नुको कारण राजनीतिक दलले प्रजातन्त्रलाई मात्र लक्षित बनाए । सत्तासीनले निरंकुशता लादेर जनतालाई अन्धकारमा राखे, देशमा लोकतन्त्र स्थापित गर्न धेरै ठूलो समय खर्च भयो । राजनीतिक दलले लोकतन्त्रभन्दा पर देखेनन्, सोचेनन् । नेपालको राजनीतिले सधैं पावर गेम मात्र खेल्ने ग¥यो यसले कहिल्यै पनि डेभलभमेन्ट गेम खेलेन । राजनीतिसँग विकास जोडिएन, समृद्धि जोडिएन र राजनीति विकासमूखी भएन, राजनीति गर्नेहरू भ्रष्टाचारमा लिप्त भए । राजनीति विकासको बाटोमा हिँड्न सकेन, समृद्धि के हो बुझेन । शासन व्यवस्था अस्थिर भयो, भिजन भएको नेतृत्व भएन, नेतृत्वमा इच्छाशक्ति भएन । नेपाली जनता पटकौं पटक ठगिए । कालु र बाघको कथा जस्तै भयो । दलप्रतिको विश्वास हरायो, जुन जोगी आए पनि कानै चिरेको उखान सार्थक भयो । राजनीतिक दललाई विश्वास गर्ने आधार बाँकी राखेनन् ।
नेपालमा तीव्र गतिमा विकास र समृद्धि सम्भव छ । अति छिटो गतिमा नेपाललाई विकसित बनाउन सकिन्छ । नाटकीय रूपमा नेपालमा समृद्धि ल्याउन सकिन्छ । ७ वर्षभित्रमा नेपाललाई अल्पविकसित देशबाट माथि उठाउन सकिन्छ भने १५ वर्षभित्रमा मध्यमस्तरको अर्थतन्त्र भएको देशमा पु¥याउन सकिन्छ, र २५ वर्षभित्रमा विश्वकै अतिविकसित देशको स्थानमा पु¥याउन सकिन्छ ।
दुई दशकभित्रमा नेपाललाई विकसित र समृद्ध बनाउन सकिने केही आधारहरूः आइटीको विकास, जलविद्युत उत्पादन र जनशक्तिको ठीक परिचालन त्यसैगरी खाद्यान्न, मासु (खसी, बोका, रागा, च्यांग्रा), फलफूल, अण्डा, चिनी, खानेतेल, दुधजन्य पदार्थ, कपडा, औषधिजस्ता कुराहरू परनिर्भरता हटाउन सकिन्छ । विज्ञान र प्रविधिको चरम विकास भएको छ र प्रविधिको हामीले भरपूर रूपमा प्रयोग गर्दै नेपालको सोसाइटीलाई ज्ञानवद्र्धक सोसाइटी
९प्लयधभिमनभ क्यअष्भतथ० मा बदल्न सकिन्छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न छौं, बुद्धिमानीपूर्वक प्रयोग गर्न सिकौं । सम्पत्ति नभएर गरीब भएका होइनौं, सम्पदा नचिनेर गरीब भएका हौं । भिखारी बनीरहेका छौं तर सुनको थालमा भिक्षा मागिरहेका छौं ।
भ्रष्टाचार र भ्रष्टाचारी, कूशासन, बेरोजगारी, कमजोर मानसिकता, वर्तमान संसदीय शासकीय स्वरूपको अन्त्य गर्दै सुशासन, कानुनको शासन, जवाफदेहिता, पारदर्शीता, सदाचार, समावेशिता, सहभागितामूलक संसद र स्थिर प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार निर्माण गर्न सक्यौं भने निकै छिटो र अकल्पनीय ढंगले नेपाललाई विकसित र समृद्ध बनाउन सकिन्छ ।
(लेखक नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य हुन् ।)

प्रकाशित मितिः   २४ चैत्र २०७३, बिहीबार १३:२२