मेडिकल कलेज र समृद्धि

नेपालको उत्तरी छिमेकी चीन विश्व अर्थतन्त्रको उदयमान शक्ति हो । विश्वका विभिन्न मुलुकमा ठूलो आर्थिक लगानी गरेको चिनियाँ सरकारले हाम्रो देशमा धित फुकाएर लगानी गरेको भेटिदैन । तर यसका बाबजुट पनि सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको मातहतमा रहनेगरी मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना हुने प्रक्रिया गाडि बढेको छ यो खेसीको विषय हो । विश्व अर्थतन्त्रको उदयमान शक्तिले हाम्रो ठाउँमा लगानी गरेमा समग्र ६ नं. प्रदेशको समृद्धिको आधार बन्ने निश्चित छ ।
सुर्खेत प्रदेश नं. ६ को सम्भावित राजधानी हो । दक्षिणको छिमेकीसँग नजिकिएको यो प्रदेश उत्तरको छिमेकी चीनसँग जोडिएको छ । परापूर्वकालदेखि मानव आवत जावत गर्ने नाका बाहेक यहाँ त्यस्तो यातायात सञ्जालको सुरुवात हुन सकेको छैन । यहाँ न त त्यस्तो कुनै आर्थिक क्षेत्र र औद्योगिक वातावरण छ न त पूर्वाधारको विकास । भनिन्छ त केवल सम्भावना मात्र । सबैले सबैतिरको विकासको सम्भावनाको मात्र कुरा गर्दछन् तर कार्यको सुरुवात भने गरेको पाइदैन । सम्भावनाले मात्र केही गर्न सक्दैन । कार्य विज्ञानको नियम अनुसार हुन आवश्यक छ । विज्ञानमा कार्य हुनको लागि कुनै तौललाई निश्चित दूरी पार गराउन आवश्यक छ । कुनै तौललाई बोकेर उभिदैमा त्यो कार्य हुन सक्दैन । त्यसैले हामीले कुनै सम्भावनालाई बोक्यौं भने त्यहाँ विकास नहुन सक्दछ । यस प्रदेशको स्वास्थ्यस्थिति कहाली लाग्दो छ । विश्व चिकित्सा जगतले जीवित मानिसको मुटु अर्को मानिसमा हालेर जीवन बचाइरहँदा कर्णालीमा सुत्केरी हुन नसके र महामारीले अकालमा ज्यान गुमाउनु परेको छ । जिल्ला सदरमुकाममा स्तरीय स्वास्थ्य संस्था छैनन् । भएका डाक्टर पनि दुर्गममा बस्न मान्दैनन् । स्वास्थ्य सेवामा प्रयाप्त ज्ञानशक्ति छैन । सर्वसाधारणहरू स्तरीय स्वास्थ्य सेवाको लागि किन नेपालगन्ज किन भारतको विभिन्न ठाउँमा जानुपर्दछ । स्वास्थ्य सेवामा पहुँचको सट्टा परनिर्भरता बढ्दो छ ।
विकास सबैकुरामा आवश्यक छ । त्यसैले यसलाई बहुआयामिक पक्रिया पनि भनिन्छ । विकासलाई नेतृत्व गर्ने र सम्भावनाको खोजी गर्ने कार्य सबैको लागि महŒवपूर्ण हुन्छ । यो कुनै एक पक्षको कार्य मात्र नभइ सबैको सामूहिक जिम्मेवारी पनि हो । चीन हाम्रो हितैषी मित्रको नाताले हम्रो विश्वविद्यालयको सहकार्यमा मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना गर्ने गृहकार्य अगाडि बढाइरहेको छ । त्यसको लागि विश्वविद्यालय र चिनियाँ सम्बद्ध पक्षबीच सम्झौता पनि भइसकेको छ । यो पंक्तिकारले थगाहा पाए अनुसार दुवै पक्षबीच सम्झौता गाराउन डक्टर्स इन्टरनेशनल नेपाल र त्यसका अध्यक्ष डा. रमेश आचार्यले मुख्य रूपमा कार्य गरेको बुझिएको छ । विगत १५ वर्षदेखि चीनमा बस्दै अध्ययन तथा अनुसन्धानको क्षेत्रमा संलग्न आचार्यले चीनका विभिन्न विश्वविद्यालयबीच समन्वयकारी भूमिकामा देखिएको बुझिन्छ । यहाँको विकास र समृद्धिको आधारको रूपमा रहेको विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज छिटो भन्दा छिटो स्थापनाको लागि लाग्न आवश्यक छ । हुनत यहाँ सरकारी निकायबाट समेत मेडिकल कलेजको स्थापना हुने भनिएको छ । तर पनि यहाँको वस्तुगत आवश्यकतालाई मध्यनजर गर्दा सार्वजनिक साझेदारीको माध्यमबाट चलाउने खालको मेडिकल कलेज आवश्यक देखिन्छ । जहाँ सर्वसाधारणबाट पर्याप्त मात्रामा गुणस्तरको प्रत्याभूति हुन सकोस् । अफ्नो प्रदेशको लागि आवश्यक ज्ञानशक्ति स्थापना होस् । जे होस् सबैपक्षबाट प्रयास भएमा सुर्खेतमा मेडिकल कलेज स्थापना हुनेछ । यसले सुर्खेत र समथ्र ६ नं. प्रदेशको कायापलट गर्नेछ । यो नै सुर्खेतबासीको मात्र नभइ समग्र ५ नं. प्रदेशको स्वास्थ्यको नयाँ आधार हुनेछ ।

प्रकाशित मितिः   २४ चैत्र २०७३, बिहीबार १३:२१