हुम्लाको समृद्धिका वस्तुगत सूत्रहरू
आफै हुम्ला नपुगेका काठमाडौंकाले सोच्दा हुन् स्वयम्भु, चन्द्रागिरी, दक्षिकालीका डाँगेजस्तै हुम्लाका पहाडहरू होलान् । सुर्खेतकाले कल्पना गर्दा हुन् काफलकोट र घोरेटा जस्तै होला । बर्दियालीहरू अनुमान गर्दा हुन् हुम्ला समथल मैदान होला । जब कोही हुम्ला पुग्छन् तब त्यहाँ एउटा औसत चित्र देखिन्छ । महिलाको पछाडि बच्चा हुन्छ, अगाडि नाम्लो, झन् अगाडि झुपा, गाई, बाख्रा र भेडाको एउटा सानो बथान, चिम्ट्याइलो हिँउले बनाएको बाटोमा जंगलतिर गइरहेको । बेलुका सन्ध्याकालमा चित्रका रंग बदलिन्छन् महिलाका पिठ्यूँमा काँचा दाउरा हुन्छन्, अगाडि बच्चा झुण्डिएको हुन्छ, अधना पशुवस्तु झन् अघि एउटा अचम्मको बथानमा फर्कन्छन् । यो त सदरमुकाम सिमिकोटको प्रतिनिधि जीवन्त तर नकोरिएको देखिएको अति सम्वेदनशीलले देख्ने हुम्लाले नदेख्ने घटना हो । यसरी नै बित्दछ हुम्ली महिलाको जीवन कहानी । राम्ररी बिहानी खाना नखाएर नै हातमा वा फोक्टामा रोटी वा फाँको फुर्को ।
हुम्ला सदरमुकामको टाउकोमा मानसरोवर उच्च माध्यमिक विद्यालय छ, हुम्ली प्रनिधि विद्यालय । त्यहाँका प्राचार्यले पर्खाल देखाउँदै र छानो देखाउँदै भनेका थिए, ’ढुंगा हराउँछन् सर र काठ पनि राती चोरिन्छन् । एउटा सानो ढुंगाको मूल्य सिमिकोटमा पाँच सय छ । सानोभारी दाउराको हजार छ । एउटा माटोको मूल्य हजारभन्दा बढी छ । त्यो भन्दा पनि सरकारी लगानीमा जनताको तीव्र अपनत्व
छैन ।’ त्यही मानसरोवर पश्चिममा सम्भावतः कर्णालीकै ठूलो ओखरको रुख छ । ओखरबोट वरपर ध्वजाले भरिएका छन् । बोटमा ओखरफल लटरम्म छन् । कसैले टिप्न मिल्दैन, टिपेमा देवता लाग्छन् । झरेका ओखरका फल खान मिल्छ, टिपेर खाँदा देउता रिसाउँछन् । देउता रिसाए ननिको पर्छ, हानी हुन्छ । निश्कर्ष निकाल्न सहजै सकिन्छ देवताको सहारा लिँदा हुँलाको पहिचानमा समृद्धि हुने रहेछ सरकारी सहयोगका बेवास्ता हुने रहेछ । यस्ता ओखरका बोटहरू सैयौं छन्, जहाँ देवताको राज हुन्छ र बोटहरू बाँचेका छन् । सामुदायिक वा सरकारी वनमा देउता रहदैन र काँचै काटिन्छ । मानसरोवर स्कुलमात्र हैन अरु स्कुलको हालत यस्तै छ । सरकार लाग्दैन देउता लाग्छन् । यो यस प्रकारको सामाजिक परिघटना कर्णालीकै प्रतिनिधि घटना हो ।
लामा, भोटे, शेर्पा जातीहरूको शरीरको स्थिति रातो, पिरो, आकर्षक छ । बाहुन क्षेत्री दलितको शरीरमा पानी छैन केवल बोली मात्र छ । सुनिन्छ, बहुप्रतिप्रथा जस्तो सम्बन्ध हुम्ली गाउँमा आज पनि छ, त्यो भन्दा दर्दनाक र शरमको स्थिति बहुविवाह बालविवाह, धामी, झाँक्री, पूजारी तथा छुवाछुतको छ । महिनावारी हुँदा आमा जतिले सार्वजनिक स्थलमा नुहाउन मिल्दैन, बस्न मिल्दैन, दुधदही खान मिल्दैन, सुत्न मिल्दैन ।
नेपालका हिमाली १६ जिल्लामध्येको कर्णालीको हुम्ला एउटा ठूलो हिमाली जिल्ला हो । हुम्लाले नदी र हिमनदीलाई जन्म दिएको छ । रारा तालबाट बगेर आएको नदी हिल्सादेखि कर्णाली नदीले बोल्छ र सिमिकोटको पिंध भएर दक्षिणतिर हानिन्छ । चिसो र शुद्ध हावापानी हुम्लाको विशेषता हो । बहुमूल्य जडिबुटी पाइने हुम्लाले दुर्लभ वन्यजन्तु, पंक्षीलाई पनि उपयुक्त, बासस्थान दिएको छ । कस्तुरी, डाँफे, हिमचितुवा, ब्बाँसो, हुम्लीको पहिचान हो । हुम्लामा पञ्चमुखी हिमालदेखि दसौं अग्ला चुलीहरू छन् । बौद्ध धर्मावलम्वीको बहुल्यता हुम्ली उत्तरी क्षेत्रमा छन् । लिमी उपत्यका कर्णालीकै सबैभन्दा ठूलो हिमाली उपत्यका हो । सदरमुकामदेखि १२५ किलोमिटर उत्तरपश्चिममा रहेको लिमी उपत्यका पर, परम्परादेखि नै समाजमा नेता छान्ने चलन छ । हिल्साबाट सदरमुकामतिर आएको कच्ची मोटर बाटो पनि पूरा नबनेर ३० किलोमिटर मात्र सीमाक्षेत्रमा बनेको छ । हवाइ जहाजबाट सारिएका दुई तीन वटा ट्रयाक्टर र जीवहरू बाहेक सदरकुमाम सडक यातायातका साधन छैनन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, सडक, खानेपानी जस्ता आधारभूत सेवा सुविधा र अवसरमात्र अनुपलब्ध छैनन् । दुरगम, किट, पछौटेपन भए पनि हावा, ापनी, माटो, जनता र आकाश सफा, स्वच्छ र कञ्चन छन् । हुम्लाको मुख्य व्यवसाय अहिले पनि पशुपालन नै रहेको छ । हुम्लाको भू–बनौट अधिकांश हिमालले, पहाड र कतैकतै ज्यूला (फाँट) ले बनेको छ । कैयन हुम्ली अर्गानिक पहाडहरू अर्गानिक पवित्र र शुद्ध छन् तर भिराला छन् । अधिकांश वस्तीहरू टाढा–टाढा तर गुजुप्य बनेकाले शक्तिशाली भुइँचालो जानेवित्तिकै महाक्षति हुनसक्छ ।
हुम्ली यी यथातथ्य सूचकांकका आधारमा हुम्ली वास्तविक समृद्धि प्राप्त गर्न सकिनेछ । हिल्सा खुलानु भागको कर्णाली कोरिडोर क्रमागत प्राथमिकतामा राखे अनि हिल्सा–सिमिकोट ८५ किलोमिटर कर्णाली करिडोरको भाग पहिलो, यथाशीघ्र निर्माण गर्नुपर्ने पूर्वाधारको आधारस्तम्भ हो । हिल्सामा पुल बनिसकेको र चीनतिरबाट त्यहाँसम्म पक्की सडक बनेकाले हिल्सा–सिमिकोट कर्णाली करिडोरको भाग पूरा गर्नैपर्छ । मानसरोवरको धार्मिक पर्यटन खासगरी चैतदेखि कात्तिकसम्म सडक यातायातको प्रयोगद्वारा सम्पन्न गर्न सकिनेस्थिति छ भने आम जनताका लागि खासगरी गर्मी बढ्दो हुम्लातिर जाडो चढ्दा तलतिरको बसाइ सर्ने हुँदा ऋतुकालीन हवाइसेवाको विस्तार हुम्ली समृद्धिको आधारशीला हो । वर्तमान समयमा नेपाली विमान सेवा हुने खानेका लागि मात्रै छ । हुम्लामा पर्यापर्यटन, हिमाल पर्यटन, उच्च लेकाली कृषि पर्यटन, पशु पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, विभिन्न अध्ययन, अनुसन्धानका थुप्रै कार्यहरू गर्न सकिन्छ । पञ्चमुखी हिमाल, नेपाली भाषाको पुरानो ताम्रपत्र रहेको रेलिङ गुम्बा, थिर्पुनाथ लगायत केही तातोपानीहरू स्थानहरू पनि पर्यटनका विषय बन्न सक्छन् । ¥याफ्टििङ हुम्लामा सबैभन्दा परपर्दो लामो दूरीको पर्यटनको क्षेत्र बन्नसक्छ । हुम्लाका तीब्बतीयमूलको संस्कृति तथा खास कार्यहरूको लोक सहित्य, लोकपरम्परा अध्ययनका विषय बन्नसक्ने स्थिति छ । हिमाली वातावरणको अध्ययनका लागि हुम्ला पहिलो नम्बरमा परेको छ । १० वर्षे सशस्त्र द्वन्द्वले थिलथिलो परेको हुम्लामा आधुनिक सञ्चार साधानका मध्यमहरू गाउँगाउँ भूगोलका कारण जान सकेका छैनन् । सहकारी बैंक लगायतका सेवा पुग्न सकेको छैन ।
हिल्सा, जुम्ला–सुर्खेत द्रुतमार्ग, सिमिकोट–मुगुमार्ग, सिमिकोट–रारा–शे–फोक्सोण्डो पर्यटन, जलविद्युत विकास, जडिबुटी उत्पादन, सामाजिक तथा मावन संशोधन विकास, सुशासनमा पनि हुम्ली समृद्धि अडिएको छ । हुम्ली समृद्धि केवलकारका विकास विना असम्भव किन छ भने छितारिएको बस्ती तथा भिरालो भू–बनोटका कारण अति आवश्यक रहेको छ । चौंरी, भेडा, बाख्रा, कुकुर, घोडा फर्ममा हुम्लाको भविष्य अडिएको छ । एकीकृत बस्ती योजनाविना, विद्यालय तथा छात्रबासविना, पोषणविना, पाठ्यक्रम–पाठ्यपुस्तकविना, स्थानीय भाषामा आधारित पठनपाठनविना हुम्लाको विकास असम्भव छ । हुम्लामा पर्यटकीय शहरको निर्माण पहिलो प्राथमिकतामा पारिनुपर्दछ । यसका लागि सकभर एक स्थानबाट धेरै स्थानहरू देखिन सक्ने उच्च स्थानमा सुविधा सम्पन्न स्मार्ट पर्यटनकीय सहर हुम्लाको आवश्यकता हो । खासगरी ठूला–ठूला उपत्यकालाई केन्द्रिकृत गर्नु हुम्लाको प्राथमिक आवश्यकता हो । जसले समृद्ध हुम्ला निर्माण गर्न सघाउ पुर्याउनेछ ।
उत्पन्न थोरै भागमा हुम्लाको कृषिकर्म चलिआएको पनि सिँचाइ, मलबीऊ, गोरु, कृषि शिक्षा, कीटगटाक औषधि, रोगविकारक औषधि कम छ । हिमालले बनाएको हिमाली माटोको कृषिकर्म हिमविना फल्नसक्दैन र बाली पाक्न एक वर्ष लाग्छ । हुम्लाको ३०% भाग बाँझो छ । हुम्लीले सेतो चामलाई खाद्यान्नको स्तरीय तथा मुख्य मानव मान्नाले रैयाने फापर, आलु, कोदो, सिमी, फर्सी कागुनो, लट्टटे, माटे, रोतामर्सी गहुँ, मकैलाई हेलाको विषय बनाइको छ हुम्लीहरू खान नपाएर अल्यायुमै झर्ने गरेका छन् । अरु त अरु यहाँका धामी, झाँक्री, पूजारी, कुपोषित, अशिक्षित, बाहिरी दुनियाँ देख्न नसकेका छन् । हुम्लाको कूल खाद्यान्न आवश्यकता एक लाख ५ सय क्वीन्टलभन्दा बढी छ भने २९६ हजारभन्दा बढी खाद्यान्न उत्पादन हुँदै गर्दा भन्दा पनि रैयाने बाली खाने आदतलाई सुधार्न आवश्यकता छ । उत्पादित उच्च पौष्टिक मूल्यका खाद्यान्नहरू बजारीकरणका कारण त्यसै मूल्यहीन भएर–जाने पनि गरेको छ ।
साझा बिसौनी संवाददाता ।