मामा–माइजुको माया
गौरवको घर डोल्पाको शे–फोक्सुन्डो गाउँमा थियो । ऊ सानै हुँदा उसका आमा बुबाले संसार छाडेर गएका थिए । गौरवलाई मामा र माइजुले आफ्नो घरमा लागि हुर्काउनुभयो । मामा शिकारी हुनुहुन्थ्यो । माइजु खेती किसानी गर्नुहुन्थ्यो । मामाका छोराछोरी थिएनन् । गौरवलाई आफ्नै सन्तान जस्तै गरी पाले । औधि माया दिए । गौरव गाउँका सबै केटाकेटी भन्दा असल र इमान्दार थियो । ऊ पढाइमा सधैं प्रथम हुन्थ्यो । सबै साथीहरूले पनि उसलाई माया गर्थे । ठीक समयमा घर आउँथ्यो, गृहकार्य गथ्र्यो । मामा र माइजु उसको लगनशीलता र इमान्दारिता देखेर आफ्ना सन्तान नभए पनि भविष्यमा पाल्ने भान्जा हो भनि खुशी हुन्थ्ये । तीन जनाको यो परिवार सुखमय जीवन बिताइरहेका थियो । एकदिन गौरवका मामा शिकार खेल्ने भनि जंगलतिर जानुभयो । डोल्पाको हिमाली भेग धेरै भीरपाखा भएको ठाउँ हो । भीरपाखामा साघँुरो बाटो हुँदा शिकार गर्न लगेको बन्दुकले धक्का दिएर भीरमा लड्नु भएछ । उहाँ सधैं भनेको समयमा फर्किने गर्नुहुन्थ्यो, त्यो दिन सोही समयमा नआएपछि माइजुले जंगलतिरको बाटो हुँदै भीरसम्मको बाटोमा आँखा लगाइ हेरिरहनु भएको थियो । अबेरसम्म पनि नआएपछि माइजु खोज्न निस्कनुभयो । बाटो तलतिर बन्दुकको नाल देख्नुभयो । अनि आफ्नो श्रीमान्को नाम लिएर बोलाउनुभयो । कतै पनि आवाज नआएपछि अलितल पुगेर हेर्दा चुच्चो परेको ढुङ्गामा उहाँको पेट परी ढुङ्गाको चुच्चोले आन्द्रा सबै बाहिर निस्किएको देखेपछि ठूलो स्वरमा चिच्याउनुभयो । चिच्यादा चिच्याउँदै आफै पनि मृत श्रीमान्सँगै बेहोस अवस्थामा पल्टिनुभयो । उहाँ बेहोस हुनुभन्दा अगाडि चिच्याएको आवाज अर्का शिकारी हर्कबहादुरले सुनेछन् । उहाँले शिकारीलाई कतै बाघले झम्ट्यो कि भन्दै आवाज निस्केको ठाउँमा हेर्न आउनुभयो । त्यहाँ शिकारीको अवस्था भीरबाट लडेका गौरवका मामाको अवस्था देख्नुभयो । अलि तल जाँदा मृत्यु भएका श्रीमान्सँग गौरबकी माइजु बेहोसी अवस्थामा थिए । उहाँले आतिदै गुहार माग्नुभयो । हर्कबहादुरले आत्तिदै गुहार मागेको आवाज सुनेपछि गाउँलेहरू जम्मा भए । उनीहरूलाई लागेको थियो पक्कै कुनै शिकारीलाई बाघले झम्ट्यो । हर्कबहादुरसँगै उनीहरू पनि जंगलतर्फ लागे । गौरवकी माइजु अझै बेहोस हुनुहुन्थ्यो । उहाँलाई पाँच जनाले पालैपालो गरी बोकेर घरमा ल्याउनुभयो । मृतक भएका गौरवका मामालाई घर लिने वा यतै राख्ने भन्ने सल्लाह भयो । एक जनाले घर लैजाने भनेर उनलाई घर लगियो । गौरव विद्यालयबाट आइसकेका थियो । मामाको हालत देखेर गौरवका आँखाबाट आशुका धारा बग्न थाले र माइजु पनि होसमा आउनुभयो उहाँ पनि बेसरी कराउँदै रुन थाल्नुभयो । सबै मानिसले माइजु र गौरवलाई सम्झाइ बुझाइ गर्नुभयो । गाउँलेहरूले मृतकका आफन्तलाई खबर गरी दिने काम गरे । आफन्त साँझ मात्रै आएपछि त्यो दिन पनि लास घरमै राखियो ।
साँझपल्ट आफन्त आएर रुन कराउन थाले । शे–फोक्सुन्डो पुलिस चांंैकीमा खबर गरे । मर्ने शिकारी त मरिहाले बाँच्ने शिकारीलाई बाघको शिकार गर्ने भनि निकुञ्जले जेल चलान गर्ने सम्भावना देखेपछि मृतकलाई पोस्टमार्टम नगर्ने निर्णय भयो । लासलाई अन्तिममा घाटमा लिने निर्णय भयो । आफन्त सबैले फूलका माला, पैसाका माला गरी घाटमा बिदाइ गरे । गौरवले आफ्नो परम्परा अनुसार विधि पूर्वक दाहसंस्कार ग¥यो र साँझ फर्की काजक्रीयालाई अगाडि बढाउने र आफू क्रिया बस्ने निधो ग¥यो । आफन्तहरूले सबै छिमेकीहरूले १३ दिनसम्म गौरवलाई कुनै पनि समस्या हुन नदिने अठोट गरे । १३ औं दिनको पूण्यतिथिको काम सकियो । आफन्त सबै आफ्नो घरमा फर्के । गौरवको घरमा माइजु र भान्जा मात्रै एक्लै रहे । एक अर्कका सहारा भनेकै माइजु भान्जा भए । मामाको र माइजुको माया पाएका गौरवले अब माइजुको माया पाएका छन् । गौरव विद्यालय जाँदा माइजुले पु¥याने र ल्याउने गर्नु हुन्थ्यो । आफ्ना छोराछोरी नभएका कारण आफ्नै सन्तानको भन्दा पनि आझ बढी माया दिन थाल्नुभयो । विद्यालयमा विव्यसको बैठकमा उसका मामा जानुहुन्थ्यो, मामाको मृत्युपछि माइजु विद्यालयमा नास्ता पु¥याउन, बैठकमा अभिभावकको भूमिका निर्वाह गरेको देखेर साथीहरूले गौरवलाई जिस्काउन थाले । गौरवलाई मनमनै कुराहरू खेल्न थाले, उसले माइजुलाई विद्यालयमा बैठकमा नआउन आग्रह ग¥यो । माइजुले सोध्दा उसले उत्तर दियो माइजु मलाई सबैले जिस्काउँछन्, अब हजुर विद्यालयमा पाइला पनि नटेक्नुहोस् म आफै विद्यालायल जान्छु । जति भने पनि माइजुको मन भने मान्दैनथ्यो । माइजु सधैं उसलाई पु¥याउन जाँदा उहाँलाई देख्ने बित्तिकै साथीहरू गौरवलाई जिस्काउन थाल्थे । उसले जति भने पनि माइजु पछि–पछि गर्दै आइहाल्नु हुन्थ्यो । उसलाई माइजु देख्दा पछि–पछि त रिस पनि उठ्न थाल्यो । मेरी माइजु किन विद्यालयमा आउनुहुन्छ ? नआए भइहाल्थ्यो भन्दै मनमनै कुरा खेलाउँथ्यो । साथीहरूले जति जे सुकै भन्दा पनि गौरव कहिल्यै रिसाउँदैन्थ्यो । ऊ मामाको मृत्युको कारणले धेरै दिन पिरोलिरहेको थियो । विस्तारै पिरमर्का सबै हराउँदै गयो अनि आफ्नो पढाईलाई ध्यान दियो ।
कक्षा ९ को वार्षिक परीक्षा नजिकिंदै आयो । ऊ झनै रातदिन नभनी परीक्षाको तयारी गर्न थाल्यो । माइजुले खाना उसलाई लगिदिनु हुन्थ्यो । ऊ पढाइमै व्यस्त हुन्थ्यो । खाना खान पनि उसले कहिले काहीं बिर्सेको हुन्थ्यो । माइजुले कोठामा हेर्दा टेबुलमै खाना बासी भइ झिंगा भन्केका हुन्थे । भान्जा किन हो नखाएको झिंगा भन्के अब यस्तो खानाले बिरामी भइन्छ भन्नुहुन्थ्यो । उसले कुरा नै सुन्न र खाना खान रुचाउँदैन्थ्यो । उसले यसरी विद्यालयको प्रथम हुने भन्ने चिन्ताले सताइरहन्थ्यो । खाना खाउ भान्जा भन्दा उसले उल्टै शर्त राख्थ्यो । शर्त पनि हजुर अबदेखि विद्यालयको बैठकमा केहिल्यै नजानु होला भन्थ्यो । म जान्न अब भान्जा बाबु भन्दा ऊ खुशी हुँदै खाना खान्थ्यो ।
परीक्षाको नतिजा आयो । उसका कक्षाका १० जना साथीहरू फेल भए ऊ विद्यालयको सबैभन्दा धेरै नम्बर ल्याउने विधार्थी भयो । कक्षा १० मा ऊ जिल्ला प्रथम भइ निःशुल्क पढ्न काठमाडौं गयो । ऊ काठ्माडौं पढ्न जाँदा माइजुलाई एक्लै बस्न गाह्रो भएको थियो । आफ्नो सहारा श्रीमान् थिए श्रीमान्को मृत्यु भयो । अब एउटा भान्जा थियो । त्यसले पनि मलाई छाडेर काठमाडौं पढ्न गयो । गौरव सहर गएर पढ्न थाल्यो । उसको पढाइ पहिलेदेखि नै राम्रो थियो । इमान्दार, सक्षम, कुशल भएको हुँदा काठ्माडौंको एउटा वैदेशिक रोजगारीको अफिसमा कम्प्युटर अपरेटरमा जागिर मिलेको थियो । वैदेशिक रोजगारीमा जागिर गर्न लागेपछि उसले आफ्नो गाउँ, माइजुलाई पनि बिर्सियो । उसले जागिर गरी पैसा कमाइ काठ्माडौंबाट नै विवाह गरी बस्यो । छोरा–छोरी जन्मायो, हुर्कायो पढायो । गाउँघरकी माइजुको कुनै याद आएन । उता माइजु भान्जा कहिले आउँछन् भनि बाटो हेरिरहुहुन्थ्यो । बाटो हेर्दाहेर्दै माइजुलाई खपी सक्नु भएन । १० वर्ष पछि भान्जालाई खोज्न काठ्माडौं आउनुभयो । उहाँको भेट एक जना वृद्ध व्यक्तिसँग भयो । उहाँले ती व्यक्तिसँग गौरवको बारेमा सोध खोज गरिन् । वृद्धले पनि खोजीमा सहयोग गर्ने वचन दिए । माइजुले गौरवको बारेमा सबै कुरा बताइन् । उहाँको कुरा सुनेर बृद्ध व्यक्तिलाई शंका लाग्यो, कतै गौरव आफ्नै ज्वाईं त होइन ? बुढाका मनमा कुरा खेल्दै थिए, अफिसबाट छोरी र ज्वाईं आइपुगे । माइजुले मेरो भान्जा आजसम्म
यसरी मलाई किन एक्लै बनायौं भन्न नपाउँदै उसले नचिनेको जस्तो व्यवहार देखायो । श्रीमतीलाई बजारमा काम छ भनि तत्काली हिँडिहाल्यौ । तब माइजुले सोचिन् अब म यहाँ बस्नु हुँदैन । उहाँ रुँदै घर फर्किनुभयो ।
बुढेसकालमा भान्जाले पाल्छ भन्ने आश थियो । उसैले आज आफ्नै माइजुलाई चिनेन । गौरवका साथीले उनलाई सोधे, भान्जा खै ? उनले पढाइ सिध्याएर तीन वर्षपछि शिक्षक भएर आउँछु भनेको छ भनि टारिन् । तर उनको मनमा अनेक कुरा खेल्न थाले, सानैदेखि आफ्ना सन्तान भन्दा पनि माया दिएँ, शिक्षा दिएकी थिएँ, आज उसैले मलाई चिनेन । चिन्ताले खाना नखाइ सुतिन् । उनले सपनामा गौरवले माफी मागेको देखिन र फेरि निदाइन गौरवले हजुर माइजु होइन मेरो बाबा आमा भगवान् सारा हजुर नै हुनुहन्थ्यो । आज बाध्यताले मैले हजुलाई चिन्न सकिन मलाई माफी दिनुहोस भनि दुई खुट्टा समातेको थियो । उनका मनमा अनेकौं कुरा खेल्न थालेका थिए । उता गौरवले पनि माइजुको सपनादेखि आतिएकोे थियो । मेरो सारा जीवन बनाउने आशाको किरण मामा र माइजु नै हुन भनि मनमनै सोच विचार गर्दथ्यो । उसलाई दिन प्रतिदिन माइजुको याद आउन थाल्यो । उसले भेट्ने योजना बनायो । गाउँमा जान्छु भन्दा छोराछोरी श्रीमती सबै गइहाल्ने भएकाले उसले अफिसको काम छ भनि बहाना बनायो, मलाई पोखरा वैदेशिक रोजगारी शाखामा बोलाएका छन् । आज म जान्छु भोलि फर्किहाल्छु भनि गाँउतिर फर्कियो । १० वर्ष पूरा भइसकेको थियो । गाउँ जाँदा शे–फोक्सुन्डो सडकबाटो बनेको रहेछ । उसले एउटा भरीयालाई झोला बोकाइ झोलामा माइजुको लागि विभिन्न खानेकुरा, राम्रा–राम्रा कपडा लिएको थियो । बाटोमा जाँदा एउटा आफूसँग पढेको साथि भेटाएको थियो । उसले भन्यो, तिम्रो माइजुलाई जंगलबाट बौलाएको जस्तो गरी बाघ आएर एक्कासी झम्टेको थियो । म तिम्रो माईजुलाई औषधि लिन आएको थिए । आज दुई दिन भयो । दुर्गमको ठाउँ फोन लाग्दैन । अब तिमी पनि हिँड अनि म पनि जान्छु । आज राती ११ बजे भए पनि गाउँमा पुग्नुपर्छ भनि कुराकानी गरेर हिँडे । औषधि गर्ने भनि माइजुलाई डोको काटेर त्यसमा राखी ल्याउँदै गर्दा बाटोमै बितेकी थिइन् ।
उनलाई गाउँका सम्पूर्ण मान्छेले सोही बाटो नजिकै खोलाको किनारमा पोल्ने भनि दाउराको सलो बनाउँदै थिए । गौरवले मेरी माइजु हुन्, मेरो माइजुलाई एक छिन नपोल्नुहोस् भन्दै घाटमा रुँदै पुगेको थियो । सबै मान्छेले उसलाई सम्झाउँदै थिए । अनि उसलाई सानैदेखि हुर्काएको विद्यालयमा पु¥याएको ल्याएको यादले दिन प्रतिदिन पिरलिरहन्थ्यो, आजमैले माइजुलाई पाप गरें । एउटा परम्पराको उखान छ, ‘बाबाको याद मेटाउन फुपुसँग जानु, आमाको याद मेटाउन मामा माइजुसँग जानु ।’ गौरवले मनन ग¥यो, आज बल्ल मेरो घैंटोमा घाम लाग्यो र आमा बाले सानैमा छाडेर जानुभयो, मामाले पनि छाडेर जानुभएको थियो । केबल एउटा माइजु साहारा दिने हुनुहन्थ्यो मैले साह्रै गल्ती गरें । अब मेरो शिक्षाले, पैसाले घमण्डले माइजुलाई पाउन सकिदैन । यसरी गौरवले पश्चतापमा पर्दै माइजु भनेको भगवान हुन भन्दै सम्झिरहन्थ्यो । मामा माइजुले हुर्काइ शिक्षा दिनुभयो ठूलो मान्छे बनाउने योगदान नै सबै मामा र माइजुकै हो भनि पश्चताप गर्दै मायाको अर्थ उसले बल्ल बुझ्यो । (लेखक मप विश्वविद्यालय एमएड प्रथम सेमेस्टरमा अध्ययनरत छन् ।)
साझा बिसौनी संवाददाता ।