विकृत ‘ब्रेन’को परिणाम
विज्ञानको क्षेत्रमा प्रचूर विकास भइरहेको आजको यो २१ औं सताब्दीको युग । अब सायदै कुनै कुरा मात्र बाँकी होला पत्ता लाग्न आजको परिवेशमा । यहाँसम्मकी पृथ्वीको पनि अन्तिम विकल्प, जसले क्षणभरमा पृथ्वी ध्वस्त पार्न सक्छ त्यस्ता महाविनासकारी ‘बम’ हरू समेत निर्माण भइसकेको अवस्था छ । आफु कसरी विकसित, उन्नतिशील र उर्जाशील हुने र कसरी पृथ्वीमा एक छत्र राज गर्ने भन्ने सपना पनि धेरैले देखेका छन् । आजको युग आर्थिक क्रान्तिको युग हो, यहाँ सबैलाई धनि बन्ने होडबाजी छ । विज्ञानका नयाँ नयाँ आविस्कारहरू बढ्दै गएका छन्, अझ विज्ञानले नयाँ–नयाँ चमत्कार गर्ने पक्का छ, जसले मावन जीवनशैलीलाई सरल र सहजको वातावरण सिर्जना गरी दिएको छ । पृथ्वीमा कल्पना गरेभन्दा बढी छोटो अवधि मै यति विकासको फड्को मार्नुको पछाडि एउटै कुराले महŒवपूर्ण भूमिका खेलेको छ, त्यो हो ‘ब्रेन’ अर्थात मगज ।
स्पष्ट छ, मानिसको बे्रन त्यतिखेर निकै सक्रिय हिसाबले प्रस्तुत हुनसक्छ, जतिखेर ऊ ब्रेडबाट सम्पूर्ण रूपले परिपोषित हुन्छ । ब्रेड बिनाको ब्रेन कमजोर तथा कम क्रियाशील हुन्छ । तसर्थ ब्रेडले भरपुर ब्रेनभित्र सम्पूर्ण ब्रम्माण्ड अटेको हुन्छ ।
आज नेपाल अन्तर्राष्ट्रिय विकसित मुलुकको दाँजोमा किन पछाडि छ भन्ने कुरा पनि यसको गतिलो प्रमाण हो, मलाई लाग्छ प्रकृति प्रदत्त उपहारहरूद्वारा सम्पूर्ण रूपले सु–सज्जीत हुँदाहुँदैको अवस्थामा पनि राजनीतिक अस्थिरता तथा अन्यौलताका कारण ब्रेनलाई क्रियाशील बनाउने मुख्य वस्तु ब्रेडको अभाव छ, आज सम्पूर्ण बस्ती, समुदाय, क्षेत्र, जिल्ला आदि सबैलाई ब्रेडको जोहो गर्न हम्मेहम्मे परेको छ । ब्रेनको सम्पूर्ण काम अथवा भार ब्रेडको जोहो गर्नमा खर्च हुँदा व्रेनले गति लिन नसकेको अवस्था निश्चय नै स्वीकार्न सकिन्छ । सफल ब्रेनको क्रियाकलाप कमजोर बन्न पुग्दा सम्पूर्ण नेपाल कमजोर बन्न पुग्नु आफैमा लज्जापूर्ण छ ।
नेपाली ब्रेन सोचेको भन्दा पनि कमस्तरमा झर्नुको एउटा कारण अर्को पनि छ, त्यो हो परम्परागत शिक्षा प्रणाली नेपालको वर्तमान अवस्थामा लागू शिक्षा प्रणालीको एउटा रोचक पक्ष के छ भने विद्यार्थीलाई गधा जस्तो पुस्तकहरूको भारी बोकाएर बिहान स्कुल लिने अनि बेलुका घर ल्याउने बस यत्ति हो, यसबाट कुनै पनि व्यवहारिक ज्ञान शुन्य बराबर छ, तसर्थ ब्रेडबाट परिपोसित भएको ब्रेनलाई अझ बढी क्रियाशील बनाउन र चमत्कारी बनाउन असल शिक्षा प्रणालीको अभाव भएको कुरा यहाँतिर छर्लंग हुन्छ ।
खोतल्दै जाँदा अन्य कारणहरू पनि देखिन्छन् जसले ब्रेनको स्तरलाई पढाउनुको सट्टा गिराउँदै लैजान्छ ती मध्ये सबैभन्दा विनासकारी र भयानक कारण चाहिँ खाद्य वस्तुहरूमा विभिन्न रसायनिक औषधिहरूको प्रयोग र खाद्यवस्तुमा मिसावट । यी दुई कारण चाहिँ विकसित बन्दै गएको नेपालका निम्ति टाउको दुखाइको विषय बनिरहेको देखिन्छ ।
म सानो छँदाको एउटा अनुभव याद आयो यतिबेला । कुरा के भने म केटाकेटी अवस्थामा हुँदा मेरो बुबाले आफ्नो फुर्सदले भ्यायसम्म करेसाबारीमा विभिन्न तरकारीहरू लगाउने गरेको म देख्थें । त्यतिबेला मैले करेसाबारीमा रासायनिक मल तथा विभिन्न किटनजासक औषधिहरूको प्रयोग भएको थाहा थिएन, अथवा म देख्दिनथें, त्यतिखेरका बीऊ, बिजनहरूपनि नेपालको हावा पानी सुहाउँदा खालको
पाइन्थ्यो । आज आएर नेपालको हावापानीको प्रतिकुल बीऊ विजन तथा नेपालको माटोको प्रतिकूल मल (खाद) छ जसको कारण नेपाली ब्रेनहरूमा नकारात्मक असर परेको छ ।
सदियौंदेखि हामीलाई यस कुराको जानकारी रहँदै आएको छ कि नेपाल जलसम्पदाको लागि ब्राजिलसँगै आएको छ कि नेपाल जलसम्पदाको लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नसक्छ, जुन अपार जलसम्पदाको मूख्य काम आफ्नो देशलाई झलमल्ल पार्नु तथा सिँचाइद्वारा हराभरा पार्नु नै हो । तर विभिन्न कारणहरूबाट उब्जिने बाधा अवरोधहरूले अथवा भनौं नेपाली ब्रेन, संकीर्णताका कारण यो अति सहज र सरल कामले पनि पूर्णता पाउन नसक्नुको कारण ब्रेनले राम्रो काम गर्न नसकेको अथवा ब्रेन निस्क्रियतातर्फ नै इगित गर्दछ । फलतः आजसम्म हाम्रो देश अपार जलसम्पदाको बाबजुद पनि लोडसेडिङमुक्त हुन नसक्नु यही कमजोर ब्रेनको उपज हो । सुक्ष्म अध्ययन गर्दा नेपालका विकट भनेर चिनिने ठाउँहरूमा भन्दा चरम विकास भएको मानिने ठूला सहरहरूमा विशेष गरी राजधानीमा यो मगज ब्रिगने रोगले महामारी निम्त्याएको प्रतित हुन्छ, किनकी विकट गाउँका बासिन्दाले भन्दा सहरीयाहरूले बढी विष सेवन गरेको पाइन्छ । कुनै कुनै गाउँबस्तीमा त आजसम्म पनि रासायनिक मल र किट नासक औषधि पुगेको नै छैन ।
सहर अथवा राजधानीमा फैलिएको यो महामारीले विकट ग्रामीण क्षेत्रलाई निकै असर पु¥याएको छ । यहाँसम्मकी बाढी आएको, क्षति भएको तीन वर्ष पुगीसक्दा पनि पालमुनी नै बस्नुपर्ने बाध्यता देखिनु भनेको यो राजधानीमा फैलिएको महामारीको नै परीणाम नै हो । आज मगज सडकका राष्ट्रका पहरेदारहरू आफूलाई पार्टीगत भागबण्डामा समाहित गरी ठूलो बन्ने र देशलाई ऋण माथि ऋणको भारी बोकाउन र आफ्नो लागि अथाह ढुकुटी थुपार्ने उद्यत छन् । देशको धरातल, गाउँबस्ती तथा नेपालका मुख्य पहिचान घरोहरप्रति यिनको कुनै मोह छैन अथवा मगज सडेको कारणले उनीहरू आफू नेपाली भएकोमा उदासिन छन्, यसको ज्वलन्त नमुना भनेको प्रचूर जलसम्पदा त्यतिकै खेर जानु अथवा केबल सागरको सरणार्थी हुनु । वनजंगलको व्यापक असिमितताका कारण वन क्षेत्र क्षिण हुँदै जानु । राष्ट्रका गरिमा वन्यजन्तुहरूको लोप हुने अवस्था देखिनु आदि अन्य कतिपय विकृति देखिनु के विकृत ब्रेनको परिणाम हैन र ?
साझा बिसौनी संवाददाता ।