जोखिम न्यूनीकरणमा सघाउने प्रतिबद्धता

सुर्खेत, १३ चैत ।
जलवायुजन्य जोखिमका कारण वर्षेनी विपद् आइरहेकोले अबका दिनमा वातावरण र जलवायुका समाचार र सूचनालाई प्राथमिकता दिने सुर्खेतका सञ्चारकर्मीहरूले प्रतिबद्धता जनाएका छन् । जलवायुजन्य जोखिम न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका पनि महŒवपूर्ण हुने भएकोले आगामी दिनमा यसलाई पनि प्राथमिकता दिने उनीहरूको भनाइ छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को आयोजनामा जलवायुजन्य जोखिमता विषयमा आइतवार सम्पन्न सञ्चारकर्मीबीचको अन्तरक्रियामा सो प्रतिबद्धता जनाइएको हो ।
अन्तरक्रियामा यूएनडीपीका वरिष्ठ कार्यक्रम अधिकृत दिपक केसीले विश्वमा ८५ प्रतिशत जलवायु जोखिम भएको दाबी गर्दै त्यसमध्ये पनि ८० प्रतिशत बाढीपहिरोबाट क्षति हुने गरेको पाइएको बताए । जलवायुजन्य जोखिमले समुदायलाई संकटमा पु¥याउने भएकोले यसको जोखिम न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको भूमिका उदाहरणीय हुने उनको भनाइ छ । सो अवसरमा वन–वातावरण पत्रकार प्रगति ढकालले जलवायु र वातावरण सम्बन्धी सूचना र समाचारलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताइन् । उनले संरक्षित वन क्षेत्र तथा जैविक विविधता, बाढीपीडितको अवस्था, सुख्खा जलवायु परिवर्तन र खाद्य सुरक्षा, पूर्वसूचना प्रणाली, वैज्ञानिक वन व्यवस्थापन लगायत सम्भावित विषयवस्तुमा सञ्चारमाध्यम केन्द्रित हुनुपर्ने बताइन् ।
जिल्लाका २४ जना भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको अन्तरक्रियामा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जलवायुजन्य जोखिमबाट नेपाल मात्र नभइ विश्व नै संकटमा परेकोले सञ्चारकर्मीहरूले यसको जोखिम कम गराउनतर्फ लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   १४ चैत्र २०७३, सोमबार १५:०७