न्यायको पर्खाइमा यौनहिंसा पीडित
सुर्खेत, १२ चैत ।
गाउँभरी दसैंको चहल–पहल । बालकदेखि वृद्धसम्म दसैंको रमझममा व्यस्त । साथीसँग पिङ खेल्न गएकी छोरी साँझसम्म घर नफर्किएपछि भने सीतादेवीको घरमा एकाएक चिसो पस्यो । उनी श्रीमान्सँग छोरी खोज्न गाउँ पसिन् । रातभरी खोज्दा पनि कहीं पत्तो लागेन । भोलिपल्टको बिहानी भने सीतादेवीको जीवनमा अँध्यारो रात्री बनेर आयो । हराएकी १२ वर्षीया छोरी छिमेकीको गोठमा बेहोस अवस्थामा भेटिइन् । सामूहिक बलात्कारपछि उनलाई अपराधीले त्यहीं छोडेर भागेका रहेछन् । गाउँलेको सहयोगमा उनलाई हतार–हतार अस्पताल पु¥याइए पनि सोही दिन उनको मृत्यु भयो ।
१४ वर्ष अघिको हृदयविदारक घटना सम्झिँदा सीतादेवीको मन अहिले पनि छियाछिया हुन्छ । उनको भनाइमा तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले बलात्कार गरेपछि छोरीको मृत्यु भएको थियो । तर पीडा त्यतिमा मात्र रोकिएन । मृत्यु हुनेगरी छोरीमाथि बलात्कारपछि पनि उनको आलो घाउमा नुनचुक छर्किए । छोरीको मृत्युको १२ दिनमा सीतादेवी आफै अपहरणमा परिन् । ‘एकातिर छोरीको मृत्युको पीडा, अर्कोतिर मलाईसमेत लगेर आप्mनो क्याम्पमा सेना आए÷नआएको हेर्नेगरी सेन्ट्री बस्न लगाए,’ उनले भनिन्, ‘क्याम्पमा बस्दा उनीहरूले गर्ने दुव्र्यवहार झन् कठोर थियो ।’
सीतादेवीको दुःखको शृंखला त्यतिमै सीमित भएन । माओवादी क्याम्पबाट फर्किएपछि सेनाले माओवादीलाई सहयोग गरेको भन्दै उनीमाथि केरकार सुरु ग¥यो । क्याम्पबाट फर्किदै गर्दा उनी बाटोमै सेनाबाट बलात्कृत भइन् । त्यसपछि मरणासन्न हुने गरी कुटपिट गरे । ‘तीन दिनपछि म होसमा आउँदा नेपालगन्ज अस्पतालमा थिएँ,’ उनले भनिन्, ‘एकातिर माओवादीले छोरीको ज्यान लिए, अर्कोतिर सेनाले मेरो अस्मिता लुट्यो ।’
१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा हदैसम्मको ज्यादती भोग्ने सीतादेवी एक्लो महिला होइनन् । उनीजस्ता थुप्रै आमा–छोरी लैंगिक हिंसाबाट प्रभावित भएका छन् । सेना तथा विद्रोहीबाट बलात्कृत हुने, शारीरिक तथा मानसिक यातना सहने र मृत्युवरणसम्म हुनुपरेका घटना बल्ग्रेती छन् । बलात्कृत हुन पुगेका महिलाहरू सामाजिक र घरपरिवारबाट अपहेलित हुनुपरेको छ । अहिले उनीहरू शारीरिक रूपमा अशक्त भएका छन् । यस्तै पीडा सहने अर्को पात्र हुन्–सुर्खेतकी ४८ वर्षीया हरिकला । २०५९ सालमा उनले आफ्नो अस्मितामात्र गुमाइनन्, घरपरिवारै छोड्नुप¥यो । ‘पसलमा चिया बनाएर बेच्दै थिए । त्यसबेला आर्मीलाई चिया बनाएर खान दिने भनेर माओवादीले लिएर गए’ उनले भनिन्, ‘त्यसबेलाको कहाली लाग्दो दिन सम्झदा अझै पनि पीडा उस्तै लाग्छ ।’ माओवादीबाट बलात्कृत भएपछि उनलाई श्रीमान्ले अपहेलना गर्न थाले । हरिकलाको एउटा छोरी मात्र थिइन् । ‘घटनाको केही दिनसम्म त परिवारले सान्त्वना दियो, तर पछि श्रीमान्ले नै माओवादीकी श्रीमती भन्दै यातना दिन थाले,’ उनले भनिन्, ‘बलात्कृत हुनु पर्दाको पीडामाथि अर्को पीडा थपियो, अन्ततः श्रीमान्सँग सम्बन्धविच्छेद गरेर एक्लो जीवन जिउनुपर्ने अवस्थामा पुगें ।’
श्रीमान्सँग छुट्टिएर काखेछोरीसँग सुर्खेत आएकी उनले अहिले छोरी र आफ्नो जीवन धान्न मुश्किल भइरहेको बताइन् । अझ सरकारले राहतको व्यवस्था नगर्दा पीडा थपिएको उनको गुनासो छ ।
द्वन्द्वकालमा बलात्कारको पीडा सहेका महिलाहरू अहिले न्यायको पर्खाइमा छन् । तर, उनीहरूको पीडाको आवाज न्याय दिने निकायसम्म पुग्न सकेको छैन । ‘सरकारले हाम्रो पीडालाई महसुस गर्न सकेको छैन,’ हरिकला भन्छिन्, ‘उतिबेलाको पीडा बल्झिएर उपचार गर्नसमेत सकिएको छैन, अब न्याय खोज्न कहाँ जाउँ ?’
बलात्कार जस्तो संवेदनशील घटनालाई पीडित स्वयम्ले पनि समाजमा व्यक्त गर्न सक्दैनन् । न आफ्ना परिवारका सदस्यहरूसँग नै खुलेर भन्न सकेका छन् । यो अव्यक्त पीडा उनीहरू भित्र गुम्सिइरहेको छ । न्यायको अपेक्षामा खुल्न चाहान्छन् । तर उनीहरूले चाहेर पनि केही हुनेवाला छैन ।
खोलामा नुहाउन गएको बेला माओवादी विद्रोहीबाट बलात्कृत भएकी सुर्खेतकी रमादेवीको पीडा पनि उस्तै छ । ‘द्वन्द्वको समयमा एक्लै हिँड्न धेरै गाह्रो थियो । ढुक्कसँग कहिले पनि हिँड्न पाइने थिएन्’ उनले भनिन्, ‘खोलामा नुहाउन कपडा धुन एक्लै गएको थिएँँ चार÷पाँच जनाको समूहमा मान्छेहरू आएर मेरो अस्मिता लुटे । जुन कुरा अहिलेसम्म मैले कसैलाई भन्नसकेको छैन । जसले गर्दा पाठेघरको समस्या हुँदा पनि परिवारलाई भनेर राम्रोसँग उपचार गराउन पनि सकेको छैन ।’ उनले आफ्नो समस्या खुलेर पनि भन्न सकिरहेकी छैनन् । द्वन्द्वको बेला यौनहिंसामा परेका महिलालाई पहिचान गरी राहत तथा न्यायको लागि पहल गरिनुपर्ने बताउँछिन् । ‘कसैलाई आफ्नो पीडा सुनायो भने नराम्रो नजरले हेर्छन्,’ उनले भनिन्, ‘त्यसैले यो कुरा घरपरिवारलाई समेत नभनेर आपैmभित्र लुकाउनुपर्ने बाध्यता छ ।’ यस्तो पीडा भोग्न विवश महिलाको पहिचान गर्नुपर्ने उनले बताइन् ।
वर्षौंदेखि भोगेको पीडा बाहिर व्यक्त गर्न नसकेकै कारण द्वन्द्वकालका घटना छानविन गरी न्यायको लागि पहल गर्ने स्थानीय शान्ति समिति पनि अलमलिएको देखिन्छ । समितिका सुर्खेत जिल्ला संयोजक मोहन थापा सरकारले सबै प्रकृतिका घटनाको उजुरी लिन कार्यादेश दिए पनि यौनहिंसाका घटनाका पीडित उजुरी दिनै नआएका बताउँछन् । ‘प्रमाण जुटाउन नसकेर हो वा अन्य कारणले हो, उहाँहरू उजुरी दिनै आउनुभएको छैन,’ उनी भन्छन्, ‘यसले गर्दा हामीलाई घटनाको छानविन गरी राहतको लागि पहल गर्न समस्या भइरहेको छ ।’ घटना सार्वजनिक गर्दा एकातिर समाजमा हपहेलित हुनुपर्ने डर र अर्कोतिर न्याय पाइनेमा आशंका रहेकाले उजुरी नपरेको हुनसक्ने उनले
बताए । केही महिलाले भने गोप्य उजुरी दिएको उनले जानकारी दिए । द्वन्द्वको समयमा सुर्खेत लगायत मध्यपश्चिम क्षेत्रका केही जिल्लाहरू बढी प्रभावित भएका थिए । अहिले सुर्खेतमा मध्यपश्चिमका अन्य जिल्लाबाट विस्तापित भएर आएकाले पनि उजुरी दिएको उनले बताए । यसले गर्दा सुर्खेत र सुर्खेत आसपासका जिल्लामा द्वन्द्वकालीन यौनहिंसा पीडितको संख्या कति छ भन्ने यकिन तथ्यांक नै छैन । महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष पवित्रा शाही यस्तो हिंसामा परेका महिलालाई अनुभूत हुने गरी न्याय दिनुपर्ने बताउँछिन् । ‘उनीहरू आफ्नो समस्या कहीं गएर पनि खुलस्त भन्न सक्दैनन्,’ उनले भनिन्, ‘त्यसैले राज्यले नै उनीहरूको पीडालाई गम्भीर रूपमा लिएर न्यायको लागि कदल चाल्नुपर्छ ।’ द्वन्द्वको समयमा यौन हिंसामा परेका महिलाहरूले अहिले उमेरका हिसाबले धेरै बुढो भइसकेको भन्दै उनले अब न्यायका लागि सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने उनले बताइन् । ‘अहिलेसम्म उनीहरूको घाउ बल्झाउने काम भइरहेको छ द्वन्द्वको समयमा यौन शोषणमा परेका महिलाहरू शारीरिक रूपमा अशक्त छन्’ उनले भनिन्, ‘कतिपयले आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न नपाएर घरमै थला परेर बसेको छन् ।’
पीडामाथि पीडा
द्वन्द्वकालमा यौनहिंसा भोगेका महिलाहरूले शान्तिकालमा पनि पीडा भोगिरहेका छन् । कतिपय महिला घरपरिवारबाट अपहेलित भएर कष्टपूर्ण दैनिकी गुजारिरहेका छन् । बलात्कारको घाउ बल्झिदा विभिन्न रोगको सामना गरिरहेका छन् ।
छोरीको मृत्यु र आफूसमेत बलात्कार भएपछि देलेखबाट सुर्खेत झरेकी सीतादेवीलाई अहिले पाठेघरको समस्या छ । उनी राम्रोसँग हिँड्न पनि सक्दिनन् । ‘मान्छे भएपछि दुःख त हुन्छ, तर यस्तो दुःख कसैलाई नहोस्,’ उनले भनिन्, ‘यही दुःखको कारण घरमा समेत अशान्ति मच्चिइरहेको छ ।’
श्रीमान्सँग अलग्गिएर बसेकी हरिकलालाई पनि आर्थिक संकटले उत्तिकै गाजेको छ । छोरीको पालनपोषणदेखि शिक्षादिक्षाको जिम्मेवारी उनैमाथि छ । आम्दानीको भरपर्दो स्रोत भनेछैन । ‘हामीजस्ता पीडितलाई रोजगारी वा काम गरी खानको लागि केही व्यवस्था गरिदिएको भए अलिकति भए पनि पीडा कम हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर अहिलेसम्म पीडामाथि पीडा थप्ने काममात्र भएको छ ।’
सुर्खेतमा द्वन्द्वका समयमा कति बालिका र महिलाहरू यौन शोषण परेका छन् भनेर कुनै तथ्यांक छैन् । सरकारले उनीहरूको पहिचान गर्नसकेको छैन । सरकारले उनीहरूको पहिचान र अर्थपूर्ण न्याय दिलाउनको लागि ध्यान दिन जरुरी छ ।
साझा बिसौनी संवाददाता ।