बुर्लेखेत !

विगत केही वर्ष यता नेपालमा परिवर्तनका नारा खुबै छरिएका छन् । कति नाराहरूले पूर्णता पाए भने कति नाराहरू नारा मै सीमित रहनुप¥यो । सुरु गरौं देशलाई स्वीजरल्याण्ड बनाउने सोच तथा नारा अनि भाषणबाट । जसले अहिलेसम्मकै सबैभन्दा धेरै नागरिक मत जित्न सफल भएको मान्न सकिन्छ । नागरिकहरूले सो नारालाई आफ्नो मत नदिएका भने पक्कै थिएनन् । स्वीजरल्याण्डको नारा पश्चात्को बिलासी तुँवालोले नागरिकको मत माथि बलात्कार गरेको त पक्कै छ । राजा हटाउँ आन्दोलन । सम्पूर्ण अधिकार नागरिकमा सुम्पिने कार्यक्रमहरू ।
यस्ता धेरै नाराहरू देशले देखिसकेको छ । यस्ता धेरै कार्यक्रमहरू देशले थेगिसकेको पनि छ । कति नाराहरू आए, सँगै धेरै नयाँ अनुहार पनि । अब लाग्छ देश बनाउने जिम्मा एउटा सिमेन्ट कम्पनीको काँधमा थुप्रिएको छ । सुर्खेतमा पनि यस्ता नारा तथा कार्यक्रमहरू हामीले धेरै देखिसकेका छौं । कति नाराहरू हामीले नै बोक्यौं पनि र कति कार्यक्रमहरू हामीले नै आयोजना गरौं पनि ।
परिवर्तनको सुरसारमा रहेको सुर्खेतको विगत केही वर्ष यता नियाल्दा हामी धेरै बुझ्न सक्छौं । भू–व्यवस्थितीकरणदेखि सवारी पार्किङ्गसम्मका कुराहरूलाई नियालौं । आधुनिकताका नाममा हामी कता गइरहेका छौं ? व्यवस्थितीकरणका नाममा हामी कता गइरहेका छौं ? मानवताको रूपमा हाम्रा कर्तव्यहरू के र हाम्रा अधिकारहरू के ? कुरा सुर्खेतमा भित्रिरहेका सवारीसाधनको । कुरा हामीले लिइ÷दिइरहेको शिक्षाको । कुरा हाम्रो समझधारीको । कुरा हाम्रो ।
प्रसंग, १० चैत्रको, राती लगभग साढे १० तिर फेसबुकमा आएका स्टाटसहरूले हंगामा मच्चाए । कुइनेपानी क्षेत्रमा गोली चलेको कुरा । स्मरण रहोस् कुइनेपानी क्षेत्रभन्दा करिब एक किलोमिटर उत्तरमा जिल्ला प्रहरी कार्यालय रहेको छ । देशमा प्रक्रियामा रहेको स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै लाग्दा यसरी जिल्लामा गोलीको कुरा रहनुमा प्रायः सुर्खेतवासीको ध्यानाकर्षण भएको थियो । जसलाई थप उजागर गरिरहेकका थियौं हामी तथा हाम्रा फसबुके स्टाटसहरूले । तत्कालै जिल्ला प्रहरी कार्यालयद्वारा क्षेत्रमा गस्ती गरिएको कुरा आयो र केही समय पश्चात् त्यो आवाज बुलेट अथवा डुक बाइकको हुनसक्ने आशंका व्यक्त गरियो । घटनाको भोलिपल्ट अर्थात् दुई बुलेट बाइकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले आवाज ठूलो निकाल्ने सामान हालिएकोमा पक्राउ गरेको छ । सवारी मोडिभाइ गरेको, ध्वनी प्रदुषण गरिएको हुँदा पक्राउ परेका सवारीलाई पुरानो (उत्पादनका समयमा उद्योगद्वारा राखिएको) सामान राख्न लगाइने बारे बताए प्र.ज. मोहन कार्कीले ।
यो घटनालाई हामी नागरिकले कसरी लिने ? ट्राफिक प्रहरी अहिले जिल्लामा नभइ देशमै नागरिक सामु बदनाम भइरहेका छन् । बदनामको कारण हो, यातायात व्यवस्था विभागद्वारा सवारी सम्बन्धमा कारबाहीको रूपमा गरिएको चिट कटान । चिट कटान कतिसम्म जायज कि नाजायज भन्नेमा नागरिकहरूको आ–आफ्नै तर्कहरू रहेका भने पक्कै छन् । ऐनमा सवारी साधनलाई अनियन्त्रित रूपमा मोडीफाइ गरिएमा दुर्घटना हुने सम्भावना अत्यधिक रहने गरेको कारण नियन्त्रण तथा न्यूनीकरणका लागी यो उपाय अपनाइएको हो ।
अब ध्वनी प्रदूषणको कुरा, सरल भाषामा ध्वनीद्वारा अन्यको स्वतन्त्रतामा दखल, ध्वनी प्रदुषण । सुर्खेतमा भित्रिएका बुलेट बाइकका कारण ध्वनी प्रदुषण त पक्कै भएको छ । जसलाई नियन्त्रणका लागि पनि सम्बन्धित कार्यालयले कम्पनीबाटै पठाइएका साइलेन्सरको प्रयोग गर्नमा जोड दिइरहेको छ । सुर्खेतका बढिरहेको बुलेट क्रेज र चर्र्काएका आवाज पश्चात् हामी सुर्खेतलाई बुर्लेखेतको रूपमा पनि लिन सक्छौं । र, बुर्लेखेतले आफ्नै आवाज बनाउँदैछ ।
सँगसँगै हामी एकपटक सोच्यौं, कति स्थानमा हाम्रै कारणले ध्वनी प्रदुषण भइरहेका छन् ? सानो आवाजदेखि ठूला भाषणसम्मलाई ध्वनीप्रदुषणको रूपमा पनि लिनसक्छौं हामी ? घरमा ठूलो आवाजमा बजाइने संगीत छिमेकिका लागि ध्वनी प्रदुषण । जातजाति तथा विधिन्न धर्मको विविधता रहेको नेपालमा विभिन्न चाडपर्व तथा अन्य कारणले ठूरो स्वरमा घन्काइएका स्पीकरहरूले अन्यलाई ध्वनी प्रदुषण । सुर्खेतमा लाग्ने महोत्सव, धार्मिक सप्ताह जस्ता कार्यक्रमहरूले निकालेका आवाज पनि ध्वनी प्रदुषण । बिहे तथा पार्टीहरूको आवाज पनि कसैलाई ध्वनी प्रदुषण । विभिन्न कार्यक्रम बनाइ पार्टीद्वारा आयोजित आवाज अन्य पार्टी तथा पार्टीका कार्यकर्तालाई ध्वनी प्रदुषण । गहिरिएर हेरौं ध्वनी प्रदुषणमा दोधारेपन पक्कै रहेको छ ।
एकपक्षलाई सकारात्मक भएको विषय अर्कोपक्षलाई त्यो ध्वनी प्रदुषण लाग्नसक्छ । अब यसमा सरकारको निर्णय के ? र निर्णयमा समानता तथा समान पहुँच त आवश्यक रहन्छ नै र रहनुपनि पर्छ । सरसर्ती बुझ्नुपर्दा नेपालको परिवेशमा ध्वनी प्रदुषणमा मानवता लुक्ने गर्छ । उत्पादकमा रहने मानवता पनि उसको बुझाइ र ग्रहणकर्ताको मानवता र उसको बुझाइ । हामी तथा हाम्रो कारण उत्पादन हुने आवाज समाजमा कतिसम्म सकारात्मक छ र यसले असर गरेको त छैन भनि हरेक एक नागरिकले बुझ्नुपर्ने कुरा हो ।