पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका

भनिन्छ, जसरी एउटा बलियो र मजबुत घर बनाउनका लागि त्यसको जग बलियो हुनुपर्दछ । त्यसैगरी नेपालको अर्थतन्त्र बलियो र सबल बनाउनका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी छ । नेपालको सन्दर्भमा पर्यटन अर्थतन्त्रको मेरुदण्ड नै हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकको अर्थतन्त्रलाई सबल र सक्षमत बनाउन सक्दछ । पर्यटन विकासमा विभिन्न पक्षको भूमिका रहन्छ । जसमा सञ्चार क्षेत्रको पनि अहम भूमिका रहन्छ । सञ्चारको सहयोगविना पर्यटन प्रबद्र्धन गर्न सकिदैंन ।
पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाको रूपमा लिइन्छ । पर्यटन व्यवसायलाई मूर्तरूप दिन र यस व्यवसायलाई प्रबद्र्धन गर्न सकारात्मक प्रचार–प्रसारमा सञ्चारको भूमिका बढी रहन्छ । स्थानीय तथा राष्ट्रियस्तरका सञ्चार माध्यमले पर्यटकीय स्थलहरूको पहिचान, खोज र तीसँग सम्बन्धित समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरी पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा योगदान गर्न जरुरी छ । नेपालका हरेक जिल्लामा थुप्रै पर्यटकीय स्थलहरू छन् । मनोरम ताल, धार्मिक आस्थाका धरोहर मन्दिरहरू, झरनाहरू, गुफा, संग्रहालय लगायतका स्थलहरू प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । तिनको संरक्षणमा पनि चासो दिइएको छैन । यस्ता पर्यटकीय सम्भावना बोकेका स्थल र क्षेत्रहरूको प्रचार–प्रसार गर्नसकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्दछन् । त्यसैले ओझेलमा परेका पर्यटकीय स्थलहरूको बारेमा समाचारलाई प्रथामिकताका सााथ प्रकाशन प्रशारण गरी त्यहाँको सम्रग पक्ष र प्राकृतिक सुन्दरता, विशेषता, पशुपक्षी, भेषभूषा, खानपान, संस्कृति आदिबारे फरक–फरक तवर र तरिकाबाट समाचार बनाएर विश्वव्यापी प्रचार रणनीतिको अपनाउन सके बाह्य पर्यटकहरूको लागि पनि आकर्षणको गन्तव्य बन्नसक्छ, नेपाल ।
नेपालको पर्यटकीय गन्तव्य थुप्रैछन् । यद्यपि तिनको प्रचार–प्रसारका साथै संरक्षण र विकासमा ध्यान दिन जरुरी छ । यस्ता गन्तव्यमा प्राप्त हुने सेवा सुविधा र मौलिकतालाई विश्व व्यापारी प्रचार रणनीतिमा समेट्नुपर्दछ । सञ्चार माध्यमबाट यस्ता सामग्री प्रकाशन र प्रसारण गर्नाले नेपालको प्रमुख आय स्रोत मानिने पर्यटन व्यवसायले समृद्धिको गोरेटो तय गर्नेछ । फलस्वरूप आर्थिक विकासका साथै रोजगारी र सहभागितामूलक समृद्धिको ढोका खुल्नेछ । यसमा सञ्चारको महŒवपूर्ण भूमिका रहन्छ ।
ग्रामीण र सहरी पर्यटनलाई प्रर्बद्धनका साथै प्रचार गर्न र पर्यटकको आकर्षक गन्तव्य निर्माणमा महŒवपूर्ण भूमिका सञ्चारको रहेको हुन्छ । पर्यटन व्यवसायलाई फराकिला, मजबुत बनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनको लागि सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा अन्य पर्यटनकर्मी सरोकारवालाको भूमिका पनि महŒवपूर्ण रहन्छ । ओझेलमा परेका मनमोहक दृष्य, हरियाली प्राकृतिक सौन्र्दयका बारेमा खोजमूलक र चाख लाग्दा समाचार, लेख, फिचर, समाचार, कथा, सम्पादकीय, यात्रा संस्मरण, विचारलाई पनि समेटेर पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । यस्तैगरी फेसबुक पेज ट्वीटरमार्फत् पनि पर्यटन प्रवद्र्धन प्रसार–प्रचार गर्न सकिन्छ । नेपालमा भएका पर्यटकीय क्षेत्रलाई प्रत्यक्ष रूपमा टेलिभिजन तथा रेडियो कार्यक्रमबाट प्रसारण गरिदिँदा पनि पर्यटन व्यवसायलाई सहज हुनजान्छ । अझ त बढी राम्रो कुरा पर्यटन र पर्यटकीय क्षेत्रलाई बढी प्राथमिकता दिइ सामग्री सम्प्रेषण गरेमा सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई पुरस्कृत गर्ने, लेखनवृत्ति प्रदान गर्ने कार्यको थालनी समेत गरेमा झन् पर्यटन विकास बढेर जानेमा दुई मत छैन ।
वास्तवमा सञ्चार क्षेत्रमा यति शक्ति हुन्छ, जुन नेपालमा बेलायती राजकुमार ह्यारीको भ्रमण अनि बेलायतमा भएका अन्य राष्ट्रका उच्च पदस्तका कर्मचारीको भ्रमणलाई सञ्चार माध्यमबाट प्रशारण गरिदिँदा कति फरक पर्छ भन्ने कुरा प्रष्ट देखिन्छ । अझत नेपाल सरकारले सन् २०२० सम्ममा २० देखि ५० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको छ । जुन लक्ष्यमा पु¥याउनका लागि पर्यटन सम्बन्धी ठोस नीति कार्यक्रम ल्याउनमा पनि सरोकारवालाको ध्यान गहनताका साथ अघि बढाउन सञ्चारको महŒवपूर्ण भूमिका रहन्छ । पर्यटन विकासको प्रचूर सम्भावना रहेको नेपाल अन्र्तराष्ट्रिय जगतमा पर्यटन प्रवद्र्धन गर्न सञ्चार माध्यमको ठूलो हात रहन्छ । विदेशमा पर्यटन सम्बन्धी भेला सम्मेलन तथा भेटघाटमा मायाको चिनो मित्रहरूलाई उपहार दिएर पनि पर्यटकको प्रवद्र्धन गर्न सकिन्छ । मानिसहरूको बढी आवत जावत हुने ठाउँ बिमानस्थल, बसपार्क, ठूलाठूला स्वरुम, डिपार्टमेन्ट स्टोरमा जानकारीमूलक ब्रोसर, पम्पलेट, डकुमेन्टी आदिको प्रचार गरेमा पनि पर्यटकलाई पर्यटकीय स्थलको बारेमा जानकारी गराउने एउटा माध्यम हुन्छ । फलस्वरूप बहुआयामिक क्षेत्र पर्यटन अद्योगलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र विश्वकै एउटा उत्कृष्ट गन्तव्य स्थल नेपाललाई बनाउनका लागि आम जनमासमा आसाको मूल फुटाउन स्पष्ट नीति तथा कार्यक्रम तर्जुमा गरी सरोकारवाला सबैलाई विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि ऐतिहासिक धरोहरको अवलोकन अध्ययन र भम्रण गरी प्रचार–प्रसार गरेमा विदेशी पैसा आर्जन गर्नुको साथै हजारौं नेपालीहरूको रोजगारीको अवस्था सिर्जना समेत हुनेछ । पर्यटन विकासमा तीव्ररूपमा विकास गर्न नेपालका चर्चित धार्मिक ऐतिहासिक ठाउँहरूको प्रचार–प्रसार गरी ईलामको चिया बगान ताप्लेजुङ्गको पाथीभरा, पशुपतिनाथ, सागरमाथा,खोटाङको हलेसी महादेव, जलेश्वरधाम, विश्वकै हिमशृंखला,अविरल बग्ने नदिनाला,राम्रो सुन्दर मनोरम झरना ताल तलैया देवीदेवालयका साथै अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिन्छ ।
प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनु आवश्यक छ । सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिन्छ । प्राकृतिक सौन्दर्यलाई सञ्चारको माध्यमबाट देश विदेशमा प्रचार–प्रसार र प्रशिक्षण कार्यक्रम गरेमा देशमा वैदेशिक आम्दानीको स्रोत बढ्छ । देशमै रोजगारीको अवसर सिर्जना भइ युवाहरूले विदेशमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य हुन सक्दछ । त्यसैले प्रर्यटन विकासमा सरकार गम्भीर हुन जति आवश्यक छ, भएका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै महŒवपूर्ण छ । सबैले आ–आफ्नो क्षेत्र र स्थानबाट पर्यटन विकासमा योगदान पु¥याइ मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने अभियानमा साझेदारी गर्नुको आवश्यकता हो ।

प्रकाशित मितिः   ९ चैत्र २०७३, बुधबार १५:३३