आमाको माया

विशालको घर गाउँमा थियो । बुबा आमाको एक्लो छोरो । विशालका बुबा आमा खेतीपाती गर्ने र भैंसी बाख्रा पाल्ने गर्नुहुन्थ्यो । विशाल एक्लो सन्तान भएकोले बुबा आमाले धेरै माया गर्नुहुन्थ्यो । विशाल पनि छिमेकमा छोराछोरीहरू जस्तो चकचके थिएन । एकदमै असल र इमान्दार छोरो थियो । ऊ नजिकैको प्राथमिक विद्यालयमा पढ्थ्यो । पढाइमा राम्रो गरेर सधै पहिलो स्थानमा पास हुन्थ्यो । साथीहरूले पनि उसलाई धेरै माया गर्थे । आफू पनि साथीहरूसँग खुबै मिल्ने गर्दथ्यो । विशाल साथीहरूसँग खेल्ने गरे पनि ठीक समयमा घर आउने, गृहकार्य लेख्ने, पढ्ने गथ्र्यो र बुबा आमा पनि छोरोको पढाइ देखेर धेरै खुशी हुन्थे । बुबा खेतबारीमा काम गर्नुहुन्थ्यो । आमा चाहिँ घरको काम गर्नुहुन्थ्यो । विशालको परिवार एकदमै सुखीमय जीवनमा बितिरहेको थियो । एकदिन विशालका बुबा भैंसीलाई घाँस काट्न भनि जंगलतिर जानुभयो । पहाडी भिरालो ठाउँ भएकोले जंगलमा घाँस काट्ने क्रममै एक्कासी भीरबाट लड्नुभयो । उता अबेरसम्म पनि जंगलबाट घाँस लिएर नआएपछि विशालकी आमाले जंगलतिरै आँखा लगाइ हेरिरहनु भएको थियो । अबेरसम्म पनि नआएपछि विशालकी आमा जंगलतिर खोज्न जानुभयो । जंगलतिर पुग्दा घाँसका मुठा बाटामा राखेको भेटाउनुभयो । अनि विशालको बुबा–बुबा भनि बोलाउनु भयो । कहिँ कतै नदेखेपछि र आवाज नआएपछि अलि तल पुगेर हेर्दा तल खोल्सामा देख्नुभयो । त्यहीं खोल्सामा गएर बोलाउनुभयो । तर बोल्नुभएन । नबोलेपछि हातले समाति उठाउँदा टाउको फुटी रगतै रगत भएको देख्नुभयो । त्यो देखेर विशालकी आमा ठूलो आवाजमा चिच्याउनुभयो । चिच्चाउँदा चिच्चाउँदै आफू त्यही बेहोस अवस्थामा पल्टिनु भएछ ।
चर्को आवाज आएको हुँदा जंगलमा बाख्रा चराउन गएका छिमेकी नरबहादुरले सुन्नुभयो । आवाज सुन्दा केही भएकै हुनुपर्छ भनि नरबहादुर आवाज आएको खोल्सातिर हेर्न जानुभयो । त्यस खोल्सामा माथिबाट हेर्दा केही मान्छे देख्नुभयो तर कोही पनि बोलेको आवाज आएको थिएन । आवाज नआएपछि अझै तल नजिक गएर हेर्दा विशालका आमालाई चिन्नुभयो । चिनिसकेपछि फेरि बोलाउनुभयो । उहाँ त पहिले नै मुर्छा खाएर पल्टिनु भएको रहेछ । उता हेर्दा विशालका बुबा रगतै रगत भएको देखेपछि नरबहादुर पनि एकदम आत्तिएर गुहार–गुहार भन्दै घरतिर अरु छिमेकीलाई खबर गर्नुभयो । नरबहादुरको आत्तिएको गुहार आवाज सुन्दा पक्कै पनि बाघले बाख्रा खाइदियो । त्यही भएर नरबहादुरले गुहार मागेको छ भनि हतार हतार छिमेकीहरू नरबहादुर भएको ठाउँमा पुेगे । के भयो भनि सोध्दा नरबहादुर बोल्न नसकी खोल्सातिर देखाउँदै सबैलाई लैजानुभयो । तल खोल्सामा पुग्दा विशालकी आमा पल्टिएको देखेर उठाउनुभयो । उहाँलार्य दुई चार जनाले उचालि माथि बोटामा ल्याइ पानी छम्काइ होसमा ल्याउनुभयो । उता विशालको बुबाको टाउकोमा चोट लागि यो संसार छोडेर गइसक्नुभएको थियो ।
छिमेकीले बुबालाई बोकी घरमा ल्याउनुभयो । विशाल पनि विद्यालयबाट घर आएसकेको थियो । बुबाको अवस्था देखेर विशाल पनि बेसरी चिच्याउँदै बुबा बुबा भन्दै रुन थाल्यो । आमा पनि जोडले फलाक्दै रुनुभयो । यो हालत देखेर छिमेकीहरूले पनि आँखाबाट आँसुका थोपा झरिरहेका थिए । सबै छिमेकीले विशाल र आमालाई सम्झाइ बुझाइ गर्नुभयो । र आफन्तलाई खबर गरीदिने काम पनि गरे । त्यसदिन आफन्त नआइ पुगेर साँझ पनि पर्न थालेकोले लासलाई घरमै राखियो । भोलिपल्ट बिहानै सबै आफन्त आइ रुन थाले र उता विकट ठाउँ भएकोले प्रहरीलाई खबर गर्न र पोष्टमार्टम गर्ने अवस्था नआएपछि लासलाई सबै छिमेकी र आफन्तले घाटतिर लाने सुरसार गर्न थाले । लासमाथि फूलका गुच्छा चढाएर श्रद्धाञ्जली गरिसकेपछि लास लिएर सबै घाटतिर लागे । घाटमा विशालको बुबाको हिन्दु धर्मको संस्कार अनुसार विधिपूर्वक दाहसंस्कार गरेर साँझ घर फर्किएर काजक्रिया गर्नतिर लागे । विशाल ६ वर्षको उमेरमै बुबाको सबै काजक्रिया गरी १३ औं दिनको पूण्यतिथिको काम पनि सकियो । आफन्त, छरछिमेकी गाउँलेहरू सबै आफ्नो घरतिर फर्किए । विशालको घरमा आमा छोरा मात्रै रहे ।
अब उनीहरूको एक अर्काको साहारा भनेकै आमा र छोरा मात्रै भए । झन बुबा नभएकाले आमाले विशाललाई झनै माया गर्न थाले । विशाल विद्यालय जाँदा आमाले विद्यालयमा नै खाजा पु¥याउन जाने आउने सधैं गर्नुभयो । आमाको साहार छोरो भए पनि आमा चाहिँ आफ्नो श्रीमान्को चिन्ताले गर्दा सारै दुब्लाउनु भएको थियो । उता विशालका साथीहरूले विशालको बुबा नभएको कुरा थाहा पाए । विशाललाई विद्यालयमा खाजा पु¥याउन जाँदा उसका साथीहरूले विशाललाई आमाका बारेमा अनेक कुरा काटेर जिस्काउन थाले । तर पनि विशालले केही भनेको थिएन । सधैं–सधैं गिज्याउन थाल्दा विशालले आमालाई खाजा पु¥याउन नआउनु र साथीहरूको अगाडि तपाईं नदेखिनु भन्यो । तर आमाको मन भने मान्दैनथ्यो । आमा सधैं खाजा पु¥याउन जाँदा साथीहरूले सधैंझै गिज्याउन थालेपछि आमा देख्ने बित्तिकै विशाललाई रिस उठ्न थाल्यो । यी आमा किन आउनुपरेको होला, आमा नभए पनि हुन्थ्यो जस्तो विशाललाई लाग्थ्यो । उता आमाले असाध्यै माया मान्नुहुन्थ्यो । जे होस् साथीहरूले जति गिज्याए पनि विशाल केही नमानी विद्यालय जाने आउने गथ्र्यो । पढाइमा पनि झन जोड दियो । साथीहरूले जे भने पनि साथीहरूसँग धेरै मिल्थ्यो । यसै क्रममा वर्षहरू बित्दै जाँदा विशालको कक्षा १० को एसएलसी परीक्षा पनि नजिकै आयो । विशाल पढाइमा बढी ध्यान दिएर पढिरह्यो । आमाले खाना खान आइज छोरा भन्दा पनि आमाको बोली नै नरुचाउने गरी झोक्किएर तपाईंको खाना आफै खानु भनेर भन्थ्यो । यस्तो भन्दा पनि आमाले केही नमानी छोरा खाना नखाएपछि बिरामी भइन्छ भन्नुहुन्थ्यो । तर छोराले मान्थेन । छोराको सोच मैले एसएलसीमा राम्रो नम्बर ल्याएर स्कलरसीपमा नाम निकालेर बाहिर पढ्न जान पाए हुन्थ्यो । यो आमाले मलाई साथीहरूको अगाडि लाज गराउनुभयो । म बाहिर सहरतिर गएर पढें भने मलाई केही लाज हुँदैन भन्ने सोच बनायो । समय बित्दै जाँदा एसएलसी परीक्षा दिइसकेपछि केही महिनामै विशालको एसएलसीको रिजल्ट पनि आयो । नभन्दै विशाल एसएलसीमा विशिष्ट श्रेणीमा पास भयो । उता उसका सबै साथीहरू फेल भए । विशाल विशिष्ट श्रेणीमा पास भएको सम्पूर्ण साथीहरूले थाहा पाए र विशाललाई बधाइ दिए । अब विशाल त सहरतिर पढ्न जानपाउने भयो भनि सबै साथीहरूले भनेका थिए । विशालले पहिला जे सोच बनायो त्यही सोच नै उसलाई पुग्यो । स्कलरसीमा नाम निकालेपछि सहर पढ्न जानलाई विशाल तयार भयो । उता विशालकी आमा पनि विशालले राम्रो श्रेणीमा पास गरेको सुन्दा खुशी भइन् र छोरालाई म रिन सापटी गरेर भए पनि सहर पढ्न पठाउँछु भन्ने सोच बनाईन । विशालले आमालाई तपाईंको पैसासैसा चाहिँदैन, तपाई आफै जे सुकै गर्नु भनि सहर पढ्न जानलाई आफ्नो कपडा झोलामा प्याक गरेको थियो । यत्तिकैमा आमा आएर छोरा कहाँ जान लागिस् भन्दा म जतासुकै जाउँ तपाईं जस्तो मान्छेलाई के खाँचो भनि आमालाई घरमा एक्लै छोडेर सहर पढ्न हिँड्यो ।
आमा घरमासधैं रोएर बसेकी थिइन् । आफ्नो साहारा भनेकै एउटा छोरो थियो । त्यही छोराले पनि मलाई छाडि सहर पढ्न गयो भनि पिर मान्थिन् । उता विशाल गाउँका सबै साथी भाइहरूलाई र आमालाई छोडी सहर आएर उसले धेरै राम्रोसँग पढेको थियो । उसको पढाइ राम्रो र धेरै पढेको हुनाले त्यही सहरमा एउटा अफिसमा जागिर पायो । अफिसमा जागिर पाएपछि उसले गाउँका साथीहरू र आमालाई बिर्सियो । विशालले सहरमै विवाह गरी श्रीमती र छोराछोरी बनायो । विशाल गाउँतिर फर्किन छाड्यो । गाउँमा एक्लै बसेकी आमाले छोरा कहिले आउँछ भनि बाटो हेरि बसिरहनुभएको थियो । विशालले आमालाई बिर्सिएपछि आमाले छोराको माया मानी आमा सहरतिर आउनुभयो । सहरमा आमा आइपुगेपछि विशाल नाम गरेको मेरो छोरो हो । उ कहाँ बस्छ भन्दै सबैलाई सोध्दै हिँदै गर्दा सहरको नजिकै एउटा घरमा जानुभयो । त्यस घरमा बस्ने एउटा आइमाइलाई सोध्नुभयो । विशाल नाम गरेको केटो यहाँ कहीं कतै बस्छ की भनि सोध्दा त्यस महिलाले मनमनै सोचिन विशाल नाम गरेको त मेरो श्रीमान् हो ।
त्यति नै बेला विशाल अफिसबाट कोठामा आइपुग्यो । विशालले आमालाई देख्यो तर विशाल आमासँग बोलेन, आमाले छोरा भनि बोलाउँदा विशालले मनमनै यी राँडी बुढा यहाँ पनि आइपुगी भन्दै को हो तपाई म त चिन्न सक्दिन भनेर कोठाभिर श्रीमतीलाई आउ भनि कोठाभित्र गयो । यस्तो अवस्था देखेर बुढी आमाले खानदानकी छोरी विवाह गरेको होला । लाज गराउनु हुँदैन भनि छिट्टै त्यहाँबाट गाँउतिर फर्किए । बुढीआमा गाउँ आइपुग्दा छिमेकीले साधे । छोरो खै त ल्याएको भन्दा मेरो पढाइ सकेर आउँछु, आमा भनेर भनेको थियो । छोरा आउँछ, भनि ढाँटेकी थिइन । आमा बुढी पनि भएकी थिइन् । छोराको पिर चिन्ता मानेर आमा मर्ने अवस्थामा पुग्दा पनि गाउँमा छोरो फर्केको थिएन । आमाको साहार भनेकै छोरो हो तर छोरो धेरै वर्ष भइसक्दा पनि गाउँ फर्केको थिएन । उता विशालले विवाह गरेर पनि छोरा ठूलो भइसकेको थियो । छोरोले हजुरआमा हजुरबुबासँग भेट गराउनु बाबा उहाँहरू कहाँ हुनुहुन्छ भनि हैरान पारेको थियो । विशाल सुनको नसुने झैं गरी अफिस जाने आउने काम गरिरहेको थियो । एकदिन विशालले सपानामा आमालाई देखेको थियो । सपना देखेको कुरा साँच्चिकैको जस्तो मान्दामान्दै बिउँझदा विपना नभएर सपना भएछ । ऊ आत्तिएर पछि आफ्नै श्रीमतीले के भयो भनि सोध्दा, मलाई केही भाको छनै भन्यो । श्रीमतीले पानी खान दिइन् र फेरि निदायो, फेरि पनि सपनामा आमालाई देख्यो । आमालाई पक्कै पनि गाउँमा केही न केही भएको हुनुपर्छ भनि सोच्यो । भोलिपल्ट उसले मनमनै सोच्यो अब एकचोटी गाउँमा पुग्नुप¥यो । छोरो र श्रीमतीलाई कोठामा राखेर गाउँ जाने विचार ग¥यो । श्रीमतीलाई भन्यो म गाउँतिर जानुप¥यो भन्दा श्रीमतीले किन जाने ? हामीलाई पनि लिएर जानु भन्न थालिन् । विशालले अफिसको काम लिएर जान लागेको हो भनि ढाँट्यो । झोलामा कपडा प्याक गर्न लगायो । उता छोराले थाहा पाएपछि मलाई पनि लानु बाबा भनि मरिहत्ये ग¥यो । म पनि बाबासँग गाउँ जान्छु भन्यो । श्रीमतीले पनि मरिहत्ते गरेको छ । लैजानुहोस् भन्यो । तर विशाल नलग्ने सोच बनाएर म छिट्टै फर्किहाल्छु, बाबु भनि छोरालाई फकायो । श्रीमती र छोरोलाई छोडेर गाउँतिर लाग्यो । विशाल गाउँ नफर्केको धेरै भएकाले सबै छिमेकी र साथीहरूलाई बिर्सिसकेको थियो । गाउँमा हिँड्दाहिँड्दा आफ्नै घर जस्तो मानेर त्यसघरतिर लाग्यो । त्यस घर अगाडि पट्टि मान्छेको भीड र एक जना मान्छे पल्टिएको अवस्थामा देख्यो । नजिकै गएर सोध्यो । यहाँ के भइरहेको छ भनि छिमेकीलाई सोध्यो ।
छिमेकीले यो घरमा बुढी आमा मात्रै बस्थिन् । श्रीमान् पहिले नै मरिसकेपछि सधैं छोरो भनिरहन्थिन् । विचरा आज यस संसारबाट बिदा लिइन् । छोरो सहर पढ्न गएको धेरै भयो रे, भन्न के भ्याएको थियो । विशालको आँखाबाट आँसु झरी डाको छोडेर रुदै यो त मेरी आमा हो भनि रुदै ती बुढी आमालाई अँगालो हाली झक्झक्याउँदै रुदै आमा–आमा भन्दै चिच्याउन थाल्यो । विशाल बेसरी फलाक्दै मैले गल्ती गरे आमा भन्दै रोयो । छिमेकीहरूले सम्झाए सधैं मेरो छोरा कहिले आउँछ भन्दै बाटो हेरिरहन्थिन् । तिमी पनि आउन धेरै ढिला ग¥यौ । अहिले पछुताएर केही हुँदैन पहिले नै तिमीले एकचोटी सोच्नु पर्ने थियो तर तिमीले बेलैमा सोचेनौ बाबु त्यही भएर आज यसे अवस्था भयो । विशालले मनमनै पहिलाको कुरा सम्झ्यो । साथीहरूले जे भने पनि मैले आमालाई माया गर्नुपर्ने हो । मैले आमालाई माया र साहारा दिन सकिन, मेरो कारणले आमा मलाई छोडेर यो संसारबाट जानुभयो । सानो छँदा आमाले जन्मदिएर, पालनपोषया गरी हुर्काउनुभयो । आज मैले आमालाई पाप गरें । बल्ल आज मेरो घैंटोमा घाम लाग्यो । आमा भनेको भगवान् रहेछ । न त आमाले पैसाले किन्न सकिंदो रहेछ, न त अर्को बनाउन सकिदो रहेछ । आमा भनेको सबैका भगवान् हुन् भन्दै आमाले गरेको मायाको अर्थ विशालले बुझ्यो ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमएड प्रथम सेमेस्टरमा अध्ययनरत छन् ।)

प्रकाशित मितिः   ५ चैत्र २०७३, शनिबार १३:३१