समृद्ध ‘कर्णाली प्रदेश’मा सल्यानको भूमिका
सल्यान कोटवाडाका रसायनशासत्री मित्र युवनकुमार वलीले मलाई धेरैपटक सुनाइसकेका छन् कि सल्यान जिल्लाको भौगोलिक आवस्थिति छिमेकी जिल्लाभन्दा धेरै माथि छ । वलीको निश्कर्ष मेरा लागि ‘कि सेन्टेन्स’ बनेको छ । सल्यानको भावी विकासप्रति अति सम्वेदनशील वलीको कथनलाई मैले भौगोलिक अध्ययनबाट पुष्टि गर्ने प्रयास गरेँ । २०३८ सालको हिँउदतिर मैले सल्यानका सबै गाविसको पैदलयात्रा मार्फत अध्ययन गर्ने अवसर पाएको थिएँ र ६ महिना घुमेको थिएँ । तर, ओलीको प्राप्ती देखेको थिइनँ । समय फेरिएको छ, परिवेश परिवर्तित छ र राजनीतिको विकास मोडेल गतिशील छ । हिजोको अनाक्षर आज साक्षर छ तर नेपाली राष्ट्रियता यति गम्भीर संकटमा अहिलेजस्तो कहिल्यै परेको थिएन । शक्ति सन्तुलन विभाजित छ ।
ओलीको निश्कर्षतिर फर्किंदा सल्यानभन्दा सिस्ने हिमाल अग्लो छ तर सिस्ने हिमाल हुँदै काखमा बग्ने मिसिने नदीनालाहरू सल्लायनको उत्तरी भू–भागभन्दा धेरै होचो भएर बग्दछन् । चानचुन रुकुम मुसिकोटको सदरमुकामभन्दा सल्यान खलंगा अग्लो छ । पूर्वी सीमानाको रोल्पा जिल्लाका खोलाहरू सल्यानको बस्तीभन्दा तल छन् बरु सल्यान मुहान बनाइ पूर्व बग्ने बाँफुखोला रोल्पा निस्कन्छ । उत्तरपश्चिम जाजरकोटको तल्लो उचाइ छेडागाउँ सलयानको मूलमागभन्दा तलैपर्छ । सुर्खेतको त झन् कुरै भएन । सल्यानको पश्चिम किनारामा बग्ने भेरी नदीको सतह तल छ । खोलाको छेर्ना मुहान बनाएर दक्षिण बग्ने सदाबहार, शिष्ट, शालिन, भद्र शारदा नदी फालावाङ भएर काल्चेकालिमाटी फैलिएर बबई नदीमा खसेको छ । दाङ र बाँके जस्ता तल्लो तटीय जिल्लाहरूको के कुरा ? कालागाउँ खोला, बन्गर खोला र संग्राही खोला सल्यानका प्रतिनिधि ठूला–ठूला खोलाहरू छन् यी खोलिहरूको पानी वर्षाकालमा धेरै भए पनि हिउँदकालमा आफ्नै काखलाई सीमसार बनाउन, सिचन गर्न, पानी पिउन, पशुवस्तु पालनभन्दा अन्य प्रयोगका लागि सकिने नियति छैन । सल्यानको खौला छेर्ना, फालावाड तथा कुपिन्ड दह वरपर र सिनवाड गर्वको उच्च स्थलमा दिउँदमा अलिअलि हिउँ परे पनि सल्यानी जनताको पानीको मूल स्रोत आउला(कुवा)हरू हुन् ।
सल्यान खलंगा राणाकाल देखि नै वडा हाकिमहरूले पैसा तिरेर पानी बोकाएको ठाउँ मात्र हैन र अहिले पनि खलंगामा पानीको हाहाकार छ । खलंगा लगायत विभिन्न स्थालमा पिउने पानीको समस्यामात्र छैन कृषि प्रधान सल्यान जिल्लाको खेतीपाती घैयाधानमा पनि आधारित छ जब हामी सुदूर दक्षिण काल्चेकालीमाटी पुग्छौ त्यहाँ पनि बलेटौमाटो पाउँछौं । कोदे ढुंगा पाउँछौं र सल्लो पाउँछौं । सल्यान जिल्लाभर घुम्नुस् यही प्रकृतिको सल्यानी प्रकृति पाइन्छ । सल्लो सल्यानको भावनासँग जोडिएको सल्लीको यान अर्थात् सल्लोका रुखबाट छानिएको हावा बेसी चल्ने भएकाले सल्लीयानबाट सल्यान बनेको होला । यस आधारबाट क्षयरोग न्यूनीकरणका लागि संभवतः सल्यान जिल्ला नेपालकै सर्वोत्कृत जिल्ला मान्दा रल्लीका रुखको राजधानी ठान्दा, खोटो उत्पादनको मूल केन्द्र मान्दा, सल्यानकै अध्ययन अनुसन्धान केन्द्र मान्दा, सल्यानी जनताको घरआँगन, वन, जंगलमा फैलिएको प्रत्यक्ष आयआर्जन, जीविकोपार्जन, मनोरञ्जनका रूपमा प्रयोग गर्दा सल्यान सुपर जोन बन्नसक्छ । सल्लाको कुसुम, खोटो, हाँगाविंगा, सिम्ता, बीऊविजनका रूपमा व्यावसायिक रूप नदिँदासम्म सल्यानी भावी समृद्धि अकाशको फल आँखामा हुनेछ ।
सल्यानी खोला, नाला, खाल्सी, नाउला, नदीहरू जत्तिकै अनुशासित पानीका स्रोतहरू नेपालका प्रतिनिधि स्रोतहरू हुन् । यी सवै स्रोतहरूमा कुपिन्डे दह समेतलाई प्रयोग गरी सामुदायिक मत्स्यपालनका ऋतुकालीन परियोजना सञ्चालन गर्न सक्यौं भने सल्यानले आफूलाई खाद्यान्नजस्तै अत्मनिर्भर बनाउने छ । फलफूल, अदुवा, टिम्मुर, बेसार, आलु, टमाटर, धान, मासुमा, दुधमा सल्यान अहिले पनि आत्मनिर्भर जिल्ला हो । रेसाविहीन माल्नेटी सुटोले अन्तर्राष्ट्रिय ख्याति पाएको छ । छालाका जुत्ता, फलामका उत्पादन, घ्यू, सल्यानको पहिचानहरू छन् । यहाँका यी वस्तुहरू काठमाडौं, दाङ, नेपालगन्ज, पोखरामा चर्चित छन् । कपडा सिलाउने परियार दाइहरू नेपालै सिपालुहरूमा गनिएका थिए । नेपालगन्ज, दाङ, सुर्खेतमासमेत सल्यानी बस्त्रालयका नाममा प्रख्यात छन् ।
कपुरकोटको तरकारी दिल्लीसमेत पुग्नाले नेपालका ठूल्ठूला सहरमा सल्यानका टरमाटर, अदुवा, साग, आलु, ऊखु, काउली, स्कुस, खुर्सानी, मह, पिंडालु, सुन्तला, कागती, नास्पती, केटा पुगेका छन् । वन पाखा, पखेरा, काल्ना, आली छरछेउका उत्पादनशील तथा उत्पादकत्वपूर्ण डाले घाँसका लागि सल्यान नेपालकै अगुवा जिल्ला हो । केरा, ऊखु, धान, कोदो, मकै, जुनेलो, सल्लीको हावासँगै सल्यान बहेली खेल्छ । साच्चिकैको कवि कलाकारले प्राकृतिक दृष्यलाई शब्दावली र चित्रावलीमा उतार्न बाँकी नै छ । सेतो घरसँगै स्थित आँटी, आँगनको लैनो भैंसी, पुष्ट एकहल गोरु, अग्ला सेता लामकाने दुइवटा खसी, डिलमा उखुवारी, कागती, चुक र सुन्तलाका एक दर्जन बोटवृक्षहरू सल्यानका विशिष्ट पहिचान हुन् । दुध, दही, मोही, कहिल्यै नछुट्ने रोटी तरकारी, भात, चटनी, साग, बिराएर खानु सल्यानी लोकचलन हो । सल्यानी सिन्की तथा सिन्कीका परिबन्दहरू नेपालकै अगुवा सीपहरू हुन् । केतुके, वनमारा झार, सजीवन, टिम्मुर, गउत, खुर्सानी, लसुन मिसाएर प्रांगारिक तरल कृषि मलका लागि सल्यान प्रचूर सम्भावनाको जिल्ला हो । प्रत्येक किसानलाई सरकारी अनुदानबाट समुन्नत गराएनौ भने परिवर्तित समय टाँठाबाठाका लागि मात्रै बन्नेछ । सल्यानको महाभारत श्रंखलाको चुनढुंगा, खानी खनिज, पत्थर, सिन्की, टर्पेन्टाइल, प्रांगारिक मल, जुस, फलफूल, पर्सो, काँक्रा, लप्सी, केरा, अमरा, आँप, सितलचिली, बेसार, अदुवा उच्च मूल्यका धान, चैतेधान, घैयाधान, कुपिन्डे दल, छापाक्षेत्र, खैरावाङ भगवती, काल्चेकालीमाटी, छायाँक्षेत्र, फालावाङ, थारमारे, शिवरथ, बन्गार, बन्गारी नृत्य, बन्गारी खेत जोताइ, सल्यानी लोकनृत्य, सल्यान खलंगाका नेवारका खानेशैली र प्रद्धति, बादी गायनका हस्तकला र रहनसहन तथा नृत्यकलामा सल्यानी भावि समृद्धिको आधारहरू अडिएका छन् ।
शारदा वृहत नगरपालिकाका एकीकृत स्मार्ट सिटी निर्माणमा प्रवल सम्भावना अडिएका छन् । बुढाथोकी क्षेत्रीको सबैभन्दा बढी बाहुल्यता रहेको सल्यान चन्द, ओली, खड्का, बस्नेत क्षेत्रीको त मौलिका स्थल नै हो । ‘सानो हैन बन्गार ज्यूला, छमुरी बीऊजाने लाको माया छोड्ने हैन गया ज्यानै जाने’ सल्यानको एकदमै परिचित र समर्पणको गीत हो । काल्चेकालीमाटीले सल्यानी हुँदै नेपालीलाई उर्वरशील, पवित्र, अर्गानिक स्थलको पहिचान, सामथ्र्य र इतिहास राख्दै नेपाललाई मिठो सन्देश दिँदैछन् । शारदा, बबई डाइभर्सन सल्यानीको आँखा हो, जीवन हो र सन्देश हो । फालावाङ दरवार, गुर्भाकोट राज्य, सल्यानी प्रशासन माल्नेरी राज्यले सल्यानको इतिहास जिउँदै बोकेको छन् । यिनीहरूले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक, आधारशिला बोकेका छन् । भेरी करिडोरले छिचोलिएको सल्यान, रापती मार्गले पनि छोइएको छ । प्रकाश ज्वाला, गुलावजं शाह लगायत युवा नेताहरूले यहाँको शुक्ष्म लेख्नलाई मात्र अध्यावधिक गरेका छैनन नयाँ युवाहरू पनि सल्यानका सम्भावनाहरू परिस्थित अवगत गराउन लागेका छन् । राजनीतिमा यिनीहरूले राम्रो सम्भावनाहरू बोकेका छन् । मरिचमान सिंहको राष्ट्रिय भावना आजको आवश्यकता हो । भारतसँग नझुक्नु हाम्रो गौरव हो । प्रेमप्रकाश मल्ललाई भान्जामा रूपमा पाएका सल्यानको प्राकृतिक सौम्यताल, आधुनिक लोक गीतका पृष्ठभूमि दिएकाले ‘सल्यानी वनको छायाँमा गीत गाएको भुल्यौ कि, बल्ल आज दर्शन पाएँ’ जस्ता आधुनिक गीत सल्यानले दिएको हो । सल्यान बजारका लागि लिफ्ट पीउने पानी आयोजना सम्पन्नतामा सल्यानी काकाकुलको सहरले प्राण पाउनेछ ।
साझा बिसौनी ।