कर्णालीः धरोहर, मनोहर
कर्णाली प्रदेश भन्नेबित्तिकै भौगोलिक विकटता, जैविक विविधता मनोरम प्राकृतिक स्थलहरूको चित्र, मानव सभ्यता तथा सांस्कृतिक वैभवको स्मरण मानसपटलमा आइहाल्छ । मध्यकालीन कर्णाली प्रदेश वर्तमान कालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक सीमाको बाँडफाँटका कारण ५ नं. प्रदेशको केही भाग, प्रदेश नं. ६ र ७ को पूरै भाग पर्दछ । हाम्रो अध्ययन बृहत् कर्णाली प्रदेशको रहेको छ र यस प्रदेशलाई हिमाली, उच्च पहाडी र केही तराई भागले ओगटेको छ, त्यसै विकटताका कारणबाट हुन सक्छ, विकासको गतिमा नेपालका अन्य प्रदेशहरूका तुलनामा यस प्रदेशले त्यति फड्को लिन नसकेको देखिन्छ ।
तर वास्तवमा बुझेर अध्ययन गर्ने हो भने प्राकृतिक तथा सांस्कृतिक वैभवका दृष्टिबाट यो प्रदेश निक्कै सम्पन्न मानिन्छ । अझ भन्नुपर्दा यो प्रदेशलाई प्रच्छन्न प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार (हिडन ट्रेजर अफ कल्चरल एण्ड नेचुरल हेरिटेज) भने पनि अतिरञ्जित हुने छैन । प्राकृतिक सम्पदा भन्नासाथ यस प्रदेशमा रहेका नदी, झरना, तालतलैया, लेकाली भाग, हिमाली भाग, हिमाली घाँटीहरू, हिँउपहिराहरू, प्राकृत ज्वालाहरू, खनिजहरू, जंगल, हिमनदी, हिमताल, माटो, चट्टान, धरातल, तातोपानी, हिमचुचुरा, जीवजन्तु, प्राकृतिक बोटहरू (जडिबुटीहरू) र मानवोपयोगी खेतिपाती, जलस्रोत, प्राकृत कच्चा पदार्थमा आधारित उद्योग, वातावरणीय प्रयोग, हावाहुरी, घाम, झरी, बादल, प्राकृत कोप तथा यसको परिणाम आदि पर्दछन् ।
सांस्कृतिक सम्पदा भन्नाले मानवले निरन्तर अभ्यास गरेका, निर्माण गरेका, आफ्ना पूर्वजहरूले मनाई आएका रीतिरिवाजहरू, चाडपर्व, मेला, जात्राहरू, पूजा, स्मृतिस्वरूप आवृत्ति गरिएका लोक चलन, भजन र लौकिक परम्पराहरू, गेय, नृत्य, हावभावहरू, पारम्पारिक संगीत र वाद्यवादनका उपकरणहरू, प्राचिन वश्त्राभूषण, तथा युध्दका उपकरणहरू, वीरपूजाको परम्परा, दैनन्दनि प्रयुक्त सामग्रीहरू, खाद्य परिकारहरू, समुदायिक, जातिय, वर्गीय शिष्टाचार र मर्यादाहरू, स्वतस्फूर्तरूपमा यथारूपमा संरक्षित जीवित परम्पराहरू नै यस प्रदेशका अमूल्य निधिहरू मानिन्छन् । यी सम्पदाहरू केवल सांस्कृतिक सम्पदा मात्र नभइ पर्यटकीय गन्तव्य स्थलकारूपमा पनि उच्च मानिन्छन् ।
संस्कृतिले प्राचिन मानव सभ्यताको प्रतिनिधित्व गरेको पाइन्छ, प्रत्येक क्षेत्रका मानवको सभ्यता त्यस भेकका बासिन्दाको जात, जाति, समुदाय, रीतिरिवाज, लुगा परिधान, खानपानजस्ता सांस्कृतिक निधिहरूबाट निर्देशित भएको समय सीमालाई प्रतिनिधित्व गरेको हुन्छ । नेपाली इतिहासको प्राचिनकाल, पूर्वमध्यकाल, उत्तरमध्यकाल र आधुनिककालमा नेपाली संस्कृतिको विकास क्रमबद्धरूपमा भइआएको छ । त्यसैसन्दर्भमा कर्णाली प्रदेशमा पनि आफ्नै मौलिक किसिमको संस्कृति भौगोलिक धरातलका आधारमा विकसित हुँदै आएको देखिन्छ ।
कर्णाली प्रदेशमा शिक्षित वर्गले पनि (ब्राह्मण) कृषि, पशुपालन, व्यापार, उद्योगआदि गरेका, क्षत्रीयले व्यापार, जंगीतर्फको जागिर, पशुपालन, ठेक्का पट्टा, लेखापढी, सभामा न्याय दिने, आदि गर्दथे । वैश्य जातिको काम सबैले गरी आएको व्यावसायिककाम गर्दथे भने शुद्रहरूले आ–आफ्ना पुर्खाहरूले गरी आएको समाजसेवाको काम गर्दथे । त्यो परम्परा वर्तमान कालसम्म पनि केही हदसम्म कायमै रहेको पाइन्छ । आजकल शुद्र जातिले गर्दै आएको कलाकारिताको काम तागा धारीले गरी आएको र आफ्नै पैतृक पेसा गरी आएकाहरूत्यसबाट जीविका नहुने देखि पेसा परिवर्तन गरेर आर्जनमुखी पेसा अँगाल्न थालेका छन् । पुरोहित वर्गले परम्परागत पेसाका साथै क्षत्री, वैश्य र शुद्रवत् पेसा अङ्गीकार गरेको देखिन्छ । यद्यपि, उनीहरूले आफ्नो परम्परागत संस्कृतिलाई पूर्णतः परित्याग गरेका भने छैनन् । उदाहरणको लागि नवजात शिशुको नामकरण, पाश्नी, चूडाकर्म, ब्रतबन्ध, विवाह, मृत्यु संस्कार आदिलाई लिन सकिन्छ र सबै जात जातिले पनि ती संस्कारहरू मान्यता गर्दै आएका हुनाले सबैको संस्कारमा समानताको पुट पाइन्छ वर्तमानकालमा सबैजसो जाति धूम्रपान, मद्यपान, लागू औषध सेवन, कुवृत्ति र कुनियत हटाउनमा लागि परेका देखिन्छन् । त्यस कार्यमा राजनीतिक दलहरूले पनि सहयोग पु¥याउनु पर्ने कुरा पनि सबैले महशुस गरेका छन् ।
पुर्खाहरूका झैं साह्रै दुःख गर्न छोडेर सुखको बाटो लाग्न खोज्नु परिवर्तित मानवीय स्वभाव नै हो । पहिलेका शासक, सामन्तीहरू, भारदार र सम्भ्रान्त जातिहरूको धनीमानी व्यभिचारी प्रवृत्ति, तस्करहरूको चरित्र, क्रमशः उदाङग हुदै गएका छन् र समाजमा परिश्रम गरेर खानु पर्ने कुराको वातावरण बनिरहेको देखिन्छ । पुरुष प्रधान समाजमा पनि नारीहरूको योगदानको मूल्यांकन गर्न थालिएको र नारीहरूले आदिमकालबाट समाजको अस्तित्वका निम्ति गरेको सहनशीलता र परिश्रमको मूल्यांकन हुन थालेको छ ।
कर्णाली प्रदेशमा मध्यकालमा आफ्ना सन्तानलाई बेच्ने, बाँधा राख्ने, छोरी बेच्ने, बुहारी किन्ने, देबकी चढाउने जारी तिर्ने, बालविवाह गर्ने, राक्षसी विवाह गर्ने, बादी बदेनी भाँडभँडेनी भनी नीच पेसामा धकेल्नेजस्ता परम्पराहरूको प्रायः उन्मूलन भइसकेको अवस्था आएको छ । कन्याले आफ्नो वर आफैँले रोज्न पाउने, मनपरेकासँग विवाह गर्न पाउने आदिम वैदिककालीन समाजको प्रचलन बढ्दै नयाँ युगको उदय कर्णाली प्रदेशमा पनि भइरहेको छ । कर्णाली प्रदेशमा आधुनिक शिक्षाको प्रचार तीव्र गतिमा भइरहेको छ र सबै जातिका बाल बालिका विद्यालय र महाविद्यालयमा पढ्न गएका छन् । तर, ती सबैले आ–आफ्ना घरपरिवार, छरछिमेक र इष्टमित्रबाहेक सांस्कृतिक शिक्षा आर्जन गर्ने अवसरलाई सरकारले पाठ्यक्रमबाट झिकेर, वञ्चित गर्दै गरेकोले गम्भीर चिन्ताको विषय भइरहेको छ । अब आएर नेपालका सातै प्रदेशहरूले आफ्नो प्रदेशव्यापी शिक्षाको मौलिक पाठ्यक्रमा निर्माण गर्दा आफ्नो पारम्पारिक, वैज्ञानिक, प्रमाणिक संस्कृतिलाई पुनः समावेश गर्नु पर्ने अपरिहार्यता भएको देखिन्छ ।
कर्णाली प्रदेशमा ब्राह्मण, ठकुरी, क्षत्री, भाट, धामी, दशनामी, शन्याशी, कनफट्टा, पावै, हुम्ली, ख्याम्पा, जाड्या, नेवार, थारु, गुराउ, धान्नुक, मुशहर, बिटालू (सुनार, कामी, सार्की, ढोली, डुम्, पातर, पार्की, ओड, चुनारा–वर्तमानमा दलित मानिएका), मिञा आदिको बसोबास रहेको छ र तीमध्ये संख्याको दृष्टिबाट विचार गर्दा ब्राह्मण र ठकुरीको संख्या बढी नै छ । त्यसो हुनुको कारण कर्णाली प्रदेश मूलतः प्राचीनकालबाटै खसान क्षेत्र हुनाले नै हो ।
त्यस प्रदेशमा बसोबास गर्ने अल्पसंख्यको आवादीमा दशनामी, शन्याशी, कनफट्टा, पातर र भाटहरू रहेका छन् । यस प्रदेशमा विविध हावापानी, धरातलीय भिन्नता तथा संस्कृतिक विविधताका कारण मानिसको पेसा, परिधान, शारीरिक बनोट, रूप, रङ्ग, आनिबानि, लेनदेन, बिहाबारीको किसिम पनि एक आपसमा पृथक रहेको पाइन्छ । त्यस प्रकारको पार्थक्यमा एक जातिको स्वभाव, सँस्कार, भाषा, जीवन वृत्ति, पेसा, शिष्टाचार, नित्य प्रयोगका सामानहरू, स्थानीय देवीदेवताहरू, पूजापाठ, अर्चना विवधि, कुलपूजा, दोषवयू, गृहदेवता, पेसा, मन्दिरको बनोट, घरको र टोलको बनोट, जन–विश्वास, क्षेत्र, गहना र भेषभूषा, विवाह पद्धति आदिमा आपसमा केही भिन्नता भएको महशुस गर्न सकिन्छ ।
कर्णाली प्रदेशमा बसोबास गर्नेहरूबीच एकता बनाइरहने तŒव हो, सबैका साझा देवतामष्टा कुलदेवताको मान्यता । ती कुलदेवता मष्टाले मानव जीवनका आइ पर्ने प्रत्येक पक्षमा सहयोग गर्दछन, उदाहरणको लागि भूत, प्रेत भँयाउनी लागेमा, पैशाचिक प्रकोप भएमा, चौपायाको धन वृद्धि गर्ने इच्छा भएमा, रोगव्याधीले अत्याएमा औषधिमूलो गर्नु परेमा, खेतिबालीबाट सहकाल ल्याउनु परेमा, अतिवृष्टि, अनावृष्टि रोक्नु परेमा, सन्तान नभएमा, असल सन्तान बनाउनु परेमा, विदेशिएका आफन्तको निधो, पत्ता तथा छिटो घर फर्काउनु परेमा, र चारैतिर शुभ हुनका निम्ति रत्यसबाट छुटकारा लिन, चोखीनीतिपूर्वका श्री मष्टा देवताको पर्व पर्वमा र आवश्यक परेका बेलामा, विधिवत् पूजा गर्ने, मष्टाका धामी बसाल्ने, धामी पतुर्न लगाएर उनका मुखबाट देवभाषामा आशीर्वाद लिने र उनले, देवता चढेको बेलामा देवभाषामा व्यक्त गरेका कुरा जस्ताको तस्तै पालना गरिनु र अपेक्षित सुधार हुँदै जानू ।
कर्णाली प्रदेशको हिमाली उच्चपहाडी ठाडा डाँडा, भीराला पाखाले वनेको भूगोल हामीले सोचे झैं सहज र उर्बर थिएन, त्यस्तो ठाँउमा अभ्यस्त मानव जीवन पद्धति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुने गरी पाउन सकिएको छैन भने निराशा हुनु पर्ने स्थिति पनि रहन्न । प्राचिन रेशमको व्यापार उर्लेको बेलामा हिन्दकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरूले उत्तर– पश्चिम भारत र दक्षिण–पश्चिम तिब्बतलाई आफ्नो राज्य क्षेत्रभित्र पार्न सक्ने यो खस जातिको सभ्यताले तत्कालिन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ । अझ गम्भीरतापूर्वक अध्ययन गर्दा खस जातिले गरेका वैज्ञानिक आविष्कारहरू, उनीहरूको सभ्यताको प्रभाव, उनीहरूको संस्कृति, सामजिक बनोट, भाषाको विकास, परिधान, राज्यको मजबुति, आर्थिक स्रोतको उचित परिचालन, स्वर्णभूमिसँगको व्यापार र वाणिज्य, जातिपाति र स्थलसँग सम्बन्धित थरको पहिचान, पेशाप्रतिको निष्टा, कामको मर्यादा, कलाकौशल र साम्राज्यको अध्ययनबाट यस जातिको समृद्धको चुलीलाई उच्च मूल्यांकन गर्न सकिने आधारहरू पाइएका छन् ।
केवल कर्णाली प्रदेश मात्र नभएर, काश्मीर, गढवाल, कुमाउँ, नेपाल, भूटान, सिक्किम, भारतको हिमाञ्चल प्रदेश, असाम, आदिको सभ्यतालाई सिंजाको पूर्वमध्यकालीन खसमल्ल सभ्यताले निर्देशित गरेको महसुस हुन जान्छ । जसको प्रभाव हालसम्म पनि कर्णाली प्रदेशमा सुरक्षित नै रहेको छ ।
सामजिक बनोटका दृष्टिबाट विचार गर्दा अनादिकालमा कर्णाली प्रदेशमाहिमाली, जंगली, फिरन्ते, शिकारी, कुशुण्डा, राउट्या, मुण्डाजस्ता जातिहरूको कृडाभूमि रहेको प्रतित हुन्छ । पछिल्लो समयमा आएर हिन्दूकुशहिमाल वारपारमा खसआर्यहरूको बसोबास रहेको र त्यहीँ परिप्रेक्षमा कत्यूरी, पाल, चन्द, चौहाण, मल्ल, मागधी, गान्धार जस्ता जातिको बसोबास पनि भएको हुनाले उनीहरूले हिन्दु सनातन र बौध्द धर्मलाई समान व्यवहार गरेर बसेको बुझिन्छ । ती सबैमा मङ्गोल र आर्य नश्लको सम्मिश्रण रहेको, सामाजिक परम्परा र संस्कृति पनि समिश्रण किसिमको पाइन्छ । उनीहरूले आफ्नो मौलिक संस्कृतिलाई यथावत्रुपमा बँचाएर संरक्षण गरेर राख्न सफल भएका थिए । तीमध्ये कर्णाली प्रदेशमा खस जातिलेबहादुरी प्रवृत्तिको विकास गर्न समर्थ, मठ मन्दिरमा पशुको वलि दिने, प्रसादको रूपमा मांशादिको भोजन गर्ने अभ्यास पहाडी परम्परामा स्वीकार्य मानिएबाट त्यही रीति विकसित हुँदै सामाजिक संस्कार बन्यो । खसजातिले हिन्दु र महायानी बौध्द संस्कारलाई उदारतापूर्वक पूर्णतः अङ्गीकार गरेको देखिन्छ ।खस जातिमा सबैले आ–आफ्नो काम इमान्दारीसाथ गर्दै आएका देखिन्छन् ।
केहीले छोरी बेच्ने र केहीले मन्दिरमा लगेर चढाउँने चलन पहिले थियो, युद्धमा सेनाद्वारा बलात्कृत गरिएकी कन्यालाई देबकी बनाउने चलन पनि थियो । खसआर्यहरूले उत्तर–दक्षिणको व्यापारमा जीवन्त बनाएका हुन्थे र राज्यको अर्थतन्त्र थामेका हुन्थे । कर्णाली प्रदेशको मूल आय स्रोत नै वैदेशिक व्यापार थियो, जसमा खसआर्यहरू नै सक्रिय देखिन्थे ।
समाजमा नारीको स्थान उच्च थियो र शुद्रको सामाजिक महŒव सबै जातिको भन्दा अधिक उच्च थियो, किनभने सबै जातिको जन्मदेखि मृत्युपरान्तसम्म उनीहरूको भूमिका निरन्तर चलेको हुन्थ्यो र उनीहरूको पेसा नै जनसेवा मानिन्थ्यो । बीचको समयमा यस जातिलर निकै गोता पायो तापनि हाल आएर त्यस जातिको उत्थानका विभिन्न प्रयासहरूनेपालमा भइ आएका छन् ।
सुझावहरू
१. वर्तमान नेपालमा प्रत्येक दशकमा गरिने जनगणनाको ढाँचा गलत सिद्ध भएको देखिन्छ । किनभने त्यसमा ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी छुट्याउने खस आर्य भन्ने मापदण्ड वैज्ञानिकरूपमा तयार गरिएको पाइन्न । त्यसले कर्णाली प्रदेशका अधिकांश जनता सरकारी आरक्षणजस्ता सहुलियतबाट वञ्चित रहेने स्थिति आएको छ । कर्णाली प्रदेशका मूर्त र अमूर्त सम्पदाको यथाशीघ्र संरक्षणको बन्दोबस्त सरकारी तहबाटै गरेमात्यहाँको नमुना नेपालभर लागू गराउन मद्दत मिल्ने देखिन्छ र लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सकिन्छ ।
२. वर्तमान नेपालमा जातिय र क्षेत्रीय आयोगहरूले कट्टर जातिय आधारलाई प्रोत्साहन दिएको छ, त्यसको सट्टा सबै नेपालीलाई राष्ट्र निर्माणका निम्ति जोसँग बुद्धी, विद्याक्षमता र बल, बाहुबलले राष्ट्र निर्माण र राष्ट्रीय अस्मिता बचाउन समर्पण हुने क्षमता राख्छन्, जसले जनजीविकालाई यथार्थरूपमा उत्पादन र वितरणमुखी कार्य गर् सक्छन्न् र जसले शारीरिक श्रम, शीपद्वारा समाजको सेवामा लागेर जीविका गरी आएका छन् ती सबैलाई सामाजिक आदर्श परिभाषाभित्र पारेर नागरिकहरूबीच मानवीय र सामाजिक समानताको आधारमा आरक्षण जस्तो महत्वपूर्ण र सम्वेदनशील कुरालाई गम्भीरताकासाथ विचार गरेर विवेकशीलताका आधारमा प्रयोग गरेर आरक्षणको अवसर प्रदानगरिनु पर्दछ ।
३. नेपाली नागरिकका प्रत्येक जातिको जातियतालाई छुट्याउने एउटा आधार भाषिक आधार पनि हो, तसर्थ नेपालमा बसोबास गर्ने नागरिकको आफ्नो मातृभाषाको गहन अध्ययन, अनुसन्धान गर्नु पर्ने र एक भाषाभाषीलाई एउटै वर्गमा हेरेर उनीहरूको आर्थिक, शैक्षिक र सामाजिक उत्थानका निम्ति सुधार गर्नु पर्ने देखिन्छ । त्यस प्रकारको आन्तरिक वास्तविकतालाई प्रकाश पार्ने प्रतिवेदन तयार पार्न हाल गठन भएका विभिन्न प्रतिष्ठानहरूले पूर्वाग्रहबिना, उपयोगी मूल्यांकन गरेर व्यवहारमा लागू गराउनु पर्ने देखिन्छ ।
४. वर्तमा नेपालको संविधानमा नेपालका सबै जन–जातिलाई स्वतः आदिबासीमा सूचिकृत गरेको दुषित परम्परा लागू गरिएको देखिन्छ, जो आधारभूतरूपमा गलत छ, किनभने उदाहरणको लागि पूर्वी तराइको सन्थाल जाति ५० वर्ष अगाडि मात्र श्रमिककोरूपमा नेपाल प्रवेश गरेको, तामाङ् जाति नेपाल र चीन–भोट युद्धमा प्रवेश गरेको, शेर्पाजाति जो चौँरी पाल्दै तिब्बतको स्यार्बो जाति केही पहिले नेपाल पसेको कुरा स्पष्ट भइसकेको छ, त्यस्ता जन–जातिलाई पनि स्वतः आदिबासीमा सूचीकृत गरिने विषयमा गहन अनुसन्धान गर्नु पर्ने देखिन्छ । तसर्थ नेपालमा जो जसलाई आदिबासीकारूपमा सूचिकृत गरिएको छ, त्यो परिपक्व किसिमको नभएर, अदूरदर्शी, कच्चा र अपूर्ण छ, त्रुटिपूर्ण निर्णय भएको हुनाले त्यसमा तत्कालै पुनर्विचार गरिनु पर्ने हुन्छ । त्यसबाट कर्णालीका खासआर्य जस्ता आदिबासीलाई ठूलो मर्का परेको छ ।
त्यसका साथै हिन्दू धर्म र बौद्ध धर्मावलम्बीहरू उदार धार्मिक भएको फाइदा उठाएर क्रिस्तानहरूलेअनेक प्रलोभनमा पारेर, धर्म परिवर्तन गराइरहेका छन् र आदिबासीहरूले पाएको अधिकारमा पनि ती धर्मछाडाहरूले आफ्नै भाइहरूलाई मिलेको सहुलियत दोहोरो लाभ लिइरहेका छन् । आधिकांश खसआर्यहरूमा जातिय छुवाछुत र अनेकानेक बहानामा त्यसको मार खेपीरहेका त छँदै छन्, समाजमा सुधार पनि गरिँदै छ, तापनि त्यसमाथि विधर्मीको निशान बन्दै गएका छन् ।
५. नेपालका रैथाने खस आर्यहरूको बारेमा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने क्रममा धेरै समस्या तथा चुनौतिहरूको सामना गर्नु परेको छ, जस्तो कि यस जातिमा जन्मी हुर्केका महिला वा पुरुषले अन्यजाति, दलित, आदिबासी, मधिशे, थारु, जो जातिसँग वैवाहिक सम्बन्ध गरी गृहस्थी गर्ने पतिपत्नीले पनि आदिबासी जनजातिको पनि आरक्षण पाएका आधार प्रमाणहरू प्रसस्त पाइएकामा उनीहरूलाई निरुत्साहन हुनेखाले निष्पक्ष मूल्यांकन गरी न्यायनिरूपण गर्नु पर्ने हुन्छ । अर्को कुरा, प्रत्येक नारी वा पुरुषले आफ्नो नाम पछिको थर लेख्दा आफ्नै बाबूआमाको बाहेक अरुको थर लेख्न र अर्कै पहिचान दिने खाले गैह्र कानुनी किसिमबाट आदिवासी जनजातिको सुविधा भोग गर्ने कुरालाई हतोत्साह तथा त्यस्तो प्रवृत्तिलाई पूर्णतः वञ्चित गरिनु पर्दछ ।
६. वास्तवमा भन्ने हो भने नेपालमा वनबासी जाति, दलित र दुर्गम क्षेत्रका बासिन्दा, आर्थिक बिपन्न वर्गलाई पहिचान गरेर मात्र आरक्षण प्रदान गर्नु पर्ने हुन्छ । जो हुलदङ्गा गर्छ, जो बलको भरोशा र धनको मद्दतमा राजनीति गर्छ, जसले छिमेकिहरूको बुई चढेर नेपालको हानी पु¥याउन अग्रसर हुन्छ, त्यस्तालाई राज्यबाट मिल्ने सुविधा, डरका कारणबाट आरक्षण प्रदान गरिनु कदापि शोभा दिने कुरा होइन र त्यस्तो नीतिबाट देश उँभो लाग्दैन ।
७. कर्णालीमा खटिएर जाने कर्मचारीहरूका पनि विविध आग्रहहरू रहेका देखिन्छन्, ती सबैको विश्लेषण गर्दा उनीहरूको मनस्थिति सकारात्मकभन्दा पनि नकारात्मक र कुण्ठाग्रस्त देखिन्छ । किनभने सोही प्रदेशको प्राकृतिक स्रोत र मानवीय स्रोतहरूको परिचालन गर्न नसकेर त्यस्तो कुण्ठा पल्हाएको बुझिन्छ । साँच्चै भन्ने हो भने, कर्णालीकै सम्पदाहरू सही प्रकारबाट परिचालनगरेर कर्णालीलाई समृध्द बनाउन सकिन्छ । २०४५ सालसम्म कर्णाली केही मात्रामा भए पनि समृद्ध र आत्मनिर्भर थियो, तर त्यसपछि भने त्यो प्रदेश पूर्णतः पराश्रित बन्न गयो र १२ वर्षे द्वन्द्वपछि त त्यहाँका सबै कुटीर उद्योगहरू, शिपालु हातहरू पूर्णतः धराशयी नै भएर लोप भैसकेको अवस्था छ ।
८. कर्णाली प्रदेशमा ४३ प्रतिशत बालविवाह हुने गरेको छ, विकासको गोरेटो मानिएको चिसापानी–हिल्शा मोटरबाटो ज्यादै साँघूरो र अधुरो रहेको छ, जो सबैको साझा आधार हो, त्यसलाई सम्पन्न गर्न सकेमा विकासको फड्को आगाडि बढ्न सम्भव हुने देखिन्छ ।
९. कर्णालीको सभ्यता अति प्रचीन तथा अति समवेदनशील हुनाले त्यहाँको विकास र सभ्यता एक आपसमा प्रतिपक्षी जस्ता हुन गएका छन्, किनभने आधुनिकतामा लागेको युवा मन सभ्यतातिर फर्कन नचाहेको हो कि भन्ने भान पर्दै गएको छ । विडम्बनाको कुरा, कर्णालीको सभ्यता विनष्ट हुँदै जाँदा विकासको कदम भने पछाडितिर धकेलिँदै गएको पाइन्छ, एउटा देखिएको हवाई यातायात पनि नियमित र भरपर्दो छैन । त्यसका निम्ति कर्णाली उडान अभियान(फ्लाइ कर्णाली क्याम्पेन) चलाउन सकिएका खण्डमा केही उन्नति हुनेछ ।
१०. नेपालका सातैप्रदेशको तुलनामा कर्णाली प्रदेशले १८.९७ प्रतिशत भूभाग ओगटेको छ, सोही आधारमा त्यस प्रदेशको विकासमा देशको कूल बजेट तदनुकूल प्रबाह गर्नु पर्ने देखिन्छ । कर्णालीलाई सक्रिय बनाउन त्यहाँको सबैखाले जनशक्ति त्यतैको विकासार्थ फर्केर वैज्ञानिक नीति निर्माण तथा लागू गर्न, सुरुङ् निर्माणमा तीव्रता ल्याउन, रज्जुमार्गको द्रूततर विकास र गाउँ बस्तीहरूमा पुगिने स–साना मार्गहरूको निर्माणबाट मात्र कर्णालीले समृध्दिमा पाइला चाल्न सक्छ । नेपालका अन्य प्रदेश जस्तै यस कर्णाली प्रदेशले पनि दुवैतिरबाट घोप्टे,उभिण्डो पार्ने किसिमको (त्धय एचयलभ ब्उउचयबअज) विकास नीतिलाई पूर्णतः परित्याग गर्न सक्नु पर्छ ।
११. साँच्चै नै कर्णालीको विकास चाहने हो भने एउटै स्वार्थमा आधारित एकाकार वित्तीय योजना बनाएर लैजानु पर्ने हुन्छ । त्यसको प्रयोग प्रत्येक १०–१० वर्षको केन्द्रीकृत योजाना नै निर्माण गरी कर्णालीका बासिन्दाहरूले श्रमदानबाट विकास गरेमा मात्र समृद्ध कर्णाली साकार बन्न सम्भव हुने देखिन्छ । कर्णालीमा विकासका पूर्वाधारहरू तयार नभएसम्मका निम्तियहाँका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको पूर्णतः संरक्षण, करमुक्त कर्णाली, पर्यटकीय गन्तव्य कर्णाली, स्थानीय स्रोतहरूको प्रचूर प्रयोग कर्णालीजस्ता दूरदर्शी तथा बृहत् योजनाहरूको निर्माण गर्न दृढ हुनु पर्ने देखिन्छ ।
(इतिहासकार प्रा.डा. सुवेदीले कर्णाली उत्सवमा विद्वत प्रचवन अन्तर्गत व्यक्त विचारको सम्पादित अंश)
प्रकाशित मितिः ७ फाल्गुन २०८०, सोमबार ०५:०४
कुडा कर्णालीका ।