‘श्रीमान् नै मेरो भगवान’
कुनै समय विद्यालय नहुँदा रुखमुनी बसेर पढ्ने अनि बाँसको कलम बनाएर खरीले काठको पार्टीमा लेखेर शिक्षा आर्जन गरिन्थ्यो भन्दा एकादेशको कथा जस्तै लाग्न सक्छ, अहिलेका पिढिंलाई । तर, नारायणप्रसाद न्यौपानेले आफ्ना जीवनका धेरै बसन्त पढाइमा रुखमुनी बसेर पढे, बासको कलम बनाएर खरीले लेखे । उनले पढ्दा कापी कमलको जमाना थिएन । नत पढ्ने विद्यालय नै थियो । रुखमुनी बसेर बासको कलमले लेखेर पढेका नारायणले जीवनमा यस्ता थुप्रै संघर्षहरू गर्दै अघि बढे । न्यौपानेले भने, ‘अहिलेको जस्तो त्यतिबेला पढ्ने विद्यालय थिएन, कापी कलम कस्तो हुन्छ देख्न समेत पाएन ।’
न्यौपाने बाल्यकालमा अलि रिसाह स्वभावका थिए । आफूलाई चित्त नबुझ्ने कुरा कसैले ग¥यो भने त्यसको जवाफ फर्काउनै पर्ने हुन्थ्यो । उनी साथीहरूसँग मिलेर अरुको बारीमा काँक्रा चोर्न समेत जाने गर्थे । त्यति मात्र होइन न्यौपाने गाउँघरमा पूजा हुँदा प्रसाद बाँड्दा अरुलाई थोरै दिएर आफूले धेरै खाने गर्थे । पिता मणिराम न्यौपाने र माता मानकुमारी न्यौपानेको कोखबाट २०१८ सालमा वयलकाँडामा जन्मिएका नारायणप्रसाद न्यौपानेको बाल्यकाल पढाइमा र घरको काममा सघाउँदैमा बित्यो । त्यतिबेला धेरै पढ्ने र पढाउने चलन पनि थिएन । पढाइ सँगसँगै घरको काम पनि गर्नुपथ्र्यो । वनको घाँसदाउरादेखि हलो जोत्नेसम्मको काम सकेर पनि न्यौपानेले आफ्नो पढाइलाई निरन्तरता दिए । उनलाई लाग्थ्यो मैले जसरी पनि पढ्नु पर्छ । त्यही आत्मबल बढाउँदै उनले पढाइलाई निरन्तरता दिए । उनले कक्षा चारमा पढ्दा मात्र कापीमा लेखेका थिए । ढोडेखाली त्रिपुश्वेर माविमा कक्षा तीनसम्म पढेका न्यौपानेले एसएलसी पास भने जन माविबाट गरे । न्यौपानेले पढ्नको लागि नेपालगन्जमा चार दिन हिँडेर मट्टितेल समेत ल्याएका थिए । बत्ती नहुँदा दिउँसेमा सालको पात जम्मा गरेर रातीमा अंग्रेजीको मिनिङ कन्ठ गर्दा सालको पात बालेर पनि उनले पढे । उनको सानैदेखि पढाइमा धेरै लगाव भएकै कारण उनी सफल पनि भए ।
जागिरको शिलशिलामा सुदूरपश्चिम, मध्यपश्चिमदेखि विभिन्न जिल्लाहरूमा उनले धेरै समय बिताए । उनले एक वर्षको लागि भेटनेरी तालिमका लागि काठमाडौं गए त्यहीबाट उनको जागिर पनि सुरु भयो । सुरुदेखि नै उनले पशु सेवा कार्यालयमा नै अस्थायी रूपमा काम गरेका न्यौपानेको जागिरपछि स्थायी भयो । अहिले उनी जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सकको रूपमा काम गरिरहेका छन् । न्यौपाने जागिरको शिलशिलामा जहाँ पनि गए त्यहाँ आफ्नो राम्रो छाप छोडेर आउँथे । उनले भने, ‘म मात्र होइन जो सुकै भए पनि पढाइ भन्दा महŒवपूर्ण अरु केही छैन भनेर सबैलाई सम्झाउँथे ।’
उनी जागिरको शिलशिलामा प्युठानमा कार्यरत थिए । घरमा आएको बेला उनलाई विवाह गर्नुपर्छ अब भन्ने लाग्यो । उनको जन्म वयलकाँडामा भए पनि बसाइँ सरेर उनीहरू बांगेसिमल आएका थिए । उनको घर नजिकै उनले सानैदेखि चिनेको चन्द्रा आचार्यलाई विवाह गर्ने सोच बनाए । उनीहरू एकअर्काेलाई बाल्यकालदेखि नै चिन्थे । त्यतिबेला चन्द्राले एसएलसी पास गरेर बसेकी थिइन् । नारायणलाई पनि पढेलेखेकै केटी चाहिएको थियो । त्यस समयमा एसएलसी पास गरेको केटी यतिको केटी भएपछि मैले पढाउन पनि सक्छु भन्ने सोचका साथ न्यौपानेले चन्द्रालाई माग्न जाने निर्णय गरे । उनले आफ्नो कान्छा बुबालाई लिएर चन्द्राको हात माग्न उनको घरमा गए । केटी पक्षबाट केही दिनपछि खबर गर्छौं भनेपछि उनीहरू फर्के । तीन दिनपछि विवाहको लागि हुन्छ भन्ने खबर आएपछि दुवैको घरपरिवारको सहमतिमा विवाह गरे । त्यति बेला न्यौपानेको जागिर प्युठानमा भएका कारण चन्द्रालाई पनि भगाएर प्युठानमा नै लगे । उनीहरूले २०५० सालमा उनीहरूले स्वर्गद्वारीमा विवाह गरे ।
विवाह गरेको केही समय प्युठानमा नै बसेकी चन्द्रा फेरि पढाइको लािग नेपालगन्ज गइन् । विवाहपछि उनलाई माइतीको आँगन र बाबुआमाको काख छोडेर जाँदा सुरुमा नरमाइलो त लागेको थियो । घरमा उनलाई म बुहारी हो भन्ने कुराको अनुभव भने भएन । माइती र बाबुआमाबाट टाढा हुँदाको पीडा त थियो । तर, बुहारीको अनुभव भने गर्नु परेन । त्यतिबेला विवाह गरिसकेपछि महिलाहरूले पढ्नु हुँदैन भन्ने सोच व्याप्त थियो तर, न्यौपानेले त चन्द्रालाई नपढ्दा गाली गर्थे । उनले आफूले घरको व्यवहार सम्हालेर भए पनि चन्द्रालाई पढ्न पठाए ।
पिता दयाराम आचार्य र माता अम्बिकादेवी आचार्यको कोखबाट २०३० सालमा फिनिकाँडामा जन्मिएकी चन्द्राको बाल्यकाल राम्रोसँग नै बित्यो । उनले पढ्ने विद्यालयमा नै उनका बुबाले पढाउने हुँदा अनुशासनमा भने धेरै बस्नुपथ्र्यो । बाल्यकालमा अलि खरो स्वभावकी चन्द्रा आफूलाई चित्त नबुझ्ने कुरा गर्दा त्यसको जवाफ फर्काउनै पथ्यो । कक्षा तीनसम्म फिनिकाँडामा नै पढेकी चन्द्राले एसएलसी पास भने भैरव माविबाट गरिन् । त्यसपछि विवाह भयो अनि नेपालगन्ज पढ्न गइन् । उनले आफूले पढेको कलेजमा पाँच वर्ष पढाइन् । उनले बीएड र एमए सुर्खेत शिक्षा क्यापसबाट गरिन् । भर्खरै उनले वीएनए सकेर अहिले क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा पब्लिक हेल्थ नर्स अधिकृतको रूपमा काम गरिरहेकी छिन् ।
उनी भन्छिन्, ‘मैले श्रीमान् त भगवान् जस्तो पाएको हो, अरुका श्रीमान्ले विवाह पछि पढ्न हुँदैन भन्छन् तर, उहाँले त मलाई बुबाले बसाइ दिएको जंगलाई पूरा गर्ने काम गर्नुभयो ।’ नारायणलाई श्रीमती पढ्न पठायो भन्दै घरपरिवारदेखि समाजले समेत कुरा काटे । तर, न्यौपानेले कसैको कुरा नसुनेर चन्द्रालाई पढ्नको लागि हौसला दिइरहे । चन्द्रा अब पढ्न सकिदैंन भन्छिन् । तर, न्यौपाने अझै पढ्नुपर्छ भन्छन् । पढ्नलाई कहिल्यै बुढो हुँदैन भन्दै अझै न्यौपाने चन्द्रालाई पढ्नको लागि हौसला दिइरहन्छन् । उनीहरूको दुई छोरालाई पनि अहिले मेडिसिएन पढाइरहेका छन् । उनीहरू भन्छन्, ‘जीवनमा पढाइ भन्दा ठूलो कुरा केही छैन ।’
पढाइमा नै जीवन बिताएका यो जोडी एकअर्काेसँग झगडा गर्ने फुसर्द नै पाएनन् । धेरै समय एकअर्काेसँग टाढा नै रहेर दिन बिताए । उनीहरू दुवै आ–आफ्नो काममा व्यस्त हुने भएकाले पनि थोरै समय भेट हुने हुँदा एकअर्काेसँग झगडा गर्ने समय हुँदैन । भेटहुँदा दुःख सुखका कुराकानीमा नै समय बित्छ । न्यौपानेलाई चन्द्राको घरको काम सबै नभनेरै सबै आफै गर्ने बानी मनपर्ने गर्छ । चन्द्राको पढ्न सक्दिन पढ्दिन भन्ने बानी भने अलि मन पर्दैन । त्यस्तै चन्द्रालाई न्यौपानेको निस्वार्थ भावनाले अरुलाई सहयोग गर्ने बानी मनपर्ने गर्छ । कहिले काहीं बिरामी हुँदा घरमा नभन्ने र पछि ठूलै बिरामी पर्दा मात्र भन्ने बानी भने चन्द्रालाई अलि मनपर्दैन । फुर्सदको समयमा यो जोडी घुम्न पनि जाने गर्छन् । समय भएसम्म दुवै जना मिलेर घरको काम पनि मिलेर गर्ने गर्छन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सफल र दिगोमय बनाउनका लागि एकअर्काेमा प्रेममय भावना हुन आवश्यक छ । एकअर्काेमा विश्वास, लगनशीलता र एकअर्काेको भावनाको कदर पनि उत्तिकै महŒवपूर्ण रहन्छ । उनीहरूका अनुसार जीवन भनेको एउटा यात्रा हो । एक पटक पाएको जीवनको यात्रा जिउन जान्नेहरूका लागि खुशी हुन्छ । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको जीवनको एउटा अभिन्न अङ्ग हो, हरेक दुःख सुखको क्षण साथ दिने साथी ने जीवन साथी हुन् ।’ एक रथका दुई प्राङ्गा हुन् ।
प्रेम भनेको व्यापक हुन्छ । जसले जसलाई पनि गर्न सकिन्छ तर, विवाह भनेको एउटा सामाजिक, सांस्कृतिक र नैतिक बन्धन हो जो एउटासँग मात्र गासिन्छ । उनीहरू नव युवाहरूलाई हतारमा विवाह गरेर फुर्सदमा पछुताउनु भन्दा सोच विचार गरेर विवाह गर्न सुझाव दिन्छन् । विवाह एकअर्काेको जीवनन्तसम्म साथ दिनको लागि गाँसिएको एउटा बन्धन हो त्यसैले विवाह गर्दा सोचविचार मिल्न जरुरी छ । घरपरिवारको सहमतिमा विवाह गर्दा त्यस्तो सम्बन्ध दिगो हुने यो जोडीको भनाइ छ ।
जीवनमा विवाहपछिको सम्बन्धलाई स्थापित राख्नको लागि एकअर्काेमा प्रेममय वातावरण सिर्जना गर्नसकेमा त्यो दम्पत्ती जोडीको सम्बन्ध दिगो हुन्छ । समाजले कुरा काट्दासम्म श्रीमतीलाई पढाएर सक्षम बनाउन सफल न्यौपानेका जोडी एकअर्काेबीचमा माया प्रेम र सद्भावले गर्दा नै सम्बन्ध सफल हुने बताउँछन् । यो जोडी समाजमा एउटा सफल जोडीको रूपमा उदाहणीय रूपमा देखिएका छन् ।
साझा बिसौनी ।