महिलाहरुको आँटले भित्रियो विकास

विद्यालयमा वर्षौदेखि खानेपानीको समस्या । खानेपानी नहुँदा अधिकांश विद्यार्थीहरूले बीचमै कक्षा छोड्न थाले । विद्यार्थीहरू स्कुल नजाने समस्या आएपछि गाउँका महिलाहरू भेला भए । भेलाले विद्यालयमा खानेपानीको व्यवस्थापन गर्ने निर्णय ग¥यो । स्थानीय महिलाहरूकै सक्रियतामा छिन्चुस्थित नेराप्रावि कालिदमारमा खानेपानीको धारा जडान भयो । पानीको सुविधा उपलब्ध भएपछि हिजोआज विद्यार्थीहरू पनि नियमित स्कुल जान थालेका छन् ।

‘आँट गरेपछि सबै काम गर्न सकिने रहेछ, गाउँका महिलाहरूले ठूलो आँट ग¥यौं’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पाकली वलीले भनिन्, ‘खानेपानीकै कारण बालबालिकाले स्कुल जान मानेनन्, महिलाहरू मिलेर पानी ल्याउने निर्णय ग¥यौं । क्षेत्रीय खानेपानी कार्यालयले हामीलाई ६ लाख बजेट दियो, त्यही रकमबाट गाउँमा खानेपानी आयोजना सम्पन्न भयो ।’ स्थानीय महिलाहरूकै पहलमा छिन्चु–चिमिरे खानेपानी आयोजना निर्माण भएपछि विद्यालयमा मात्र होइन, हिजोआज गाउँलेलाई पनि सहज भएको हो । महिलाहरूको सक्रियतामा गाउँमा पानी आएपछि पुरुषहरू दङ्ग परेका छन् ।

लामो समयसम्म पुरुषले नेतृत्व गरेको उक्त विद्यालयमा महिला अध्यक्ष भएपछि स्थानीय पुरुषहरूले काम गरेर देखाउन महिलाहरूलाई चुनौती दिएका थिए । सोही चुनौतीलाई व्यवहारमा उतार्न गाउँभरीका महिलाहरूले एकजुट हुँदै गाउँमा खानेपानी भिœयाउन सफल
भए । अहिले उनीहरूले नै विद्यालयको वरिपरि पर्खालसमेत निर्माण गरेका छन् । महिलाले कुनै काम गर्न सक्दैनन् भन्ने भनाइलाई ग्रामीण क्षेत्रका महिलाहरूले चुनौती दिन थालेका छन् । घरको काममा मात्र व्यस्त हुने ग्रामीण महिलाहरू पछिल्लो समय सामाजिक काममा पनि अग्रसर हुन थालेका हुन् । महिला समूह, आमा समूह र टोल समूह गठन गर्दै महिलाहरूले गाउँमा विकास भिœयाउन थालेका छन् । महिलाहरूले विकास र आयोजनाहरू भिœयाउन थालेपछि पुरुषहरूलेसमेत उनीहरूलाई साथ दिने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायले पनि आर्थिक पारदर्शीता हुने र समयमा नै सम्पन्न हुने भएपछि हिजोआज महिलाहरूमार्फत् विकास निर्माणका काम गर्न थालेका छन् ।

जिल्लाको पूर्वी मैनतडामा पनि महिलाहरू गाउँमा विकास आयोजनाहरू भिœयाउन जुटेका छन् । महिलाहरू सक्रिय हुन थालेपछि हिजोआज गाउँमा विकासको संकेत देखिन थालेको स्थानीयको भनाइ छ । घरेलुहिंसाले आक्रान्त महिलाहरू जब समूहमा संगठित हुन थाले, तब उनीहरूले विकास निर्माणमासमेत बहस गर्न थाले । कुनैबेला गाउँ परिषद्मा छिर्न नपाउने महिलाहरू अहिले आफूले चाहेको योजनामा बजेट पार्न सफल भइरहेका छन् । सिँचाइ नहुँदा समस्या भोग्दै आएका र उत्पादन नहुँदा हैरान भएका स्थानीयले अहिले सिँचाइ सुविधा पाएका छन् । स्थानीय भावना रानाको नेतृत्वमा गाउँका महिला एकजुट भए । परिषद्बाट सिँचाइ कुलो निर्माणका लागि बजेट माग गरे । परिषद्ले विनियोजन गरेको ४० हजार बजेटले गाउँमा सिँचाइ कुलो निर्माण भयो । अहिले गाउँमा सिँचाइ गर्न सहज भएको छ । भावना भन्छिन्, ‘हामी महिलाले गरेको कामलाई पहिला त गाउँमा पत्याएनन्, उल्टै महिलाहरू जान्ने भए भनेर कुरा पनि काटे । हामीले काम गरेर देखायौं, अहिले भने हरेक काम गर्दा महिलालाई दिनुपर्छ भन्छन् ।’

यस्तै स्थानीय महिलाहरूले समूहमा मासिक ५० रूपैयाँ बचत गरेर राखेका छन् । मैनतडामा महिलाहरूले समूहमा जम्मा भएको २९ हजार रूपैयाँ लगानी गरेर गाउँमा दुर्गाको मन्दिरसमेत निर्माण गरेका छन् । छिन्चुमा पवित्रा वराल स्थानीय मध्यवती सामुदायिक वनको उपाध्यक्ष छन् । उनकै नेतृत्वमा महिलाहरूले गाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न गरेका छन् । त्यसका लागि महिलाहरूले वनको कोषबाट २५ हजार लगानी गर्दै जनश्रमदानमार्फत् खानेपानी आयोजना निर्माण गरेका हुन् । पवित्रा भन्छिन्, ‘खानेपानी नहुँदा सबैभन्दा बढी पीडा महिलाले भोगको थियौं, हाम्रो समस्यालाई कसैले वास्ता गरेनन् ।

हामी महिलाहरू जुटेपछि गाउँमा पानी आयोे, अब कसैसँग हारगुहार गर्नुपर्ने अवस्था छैन ।’ जिल्लाको पूर्वमा मात्र होइन, पछिल्लो समय पश्चिम क्षेत्रका महिलाहरू पनि विकास निर्माणमा नेतृत्व गर्न थालेका छन् । गाउँका पुरुषहरू रोजागारीमा विदेश गएका र भएका पुरुषहरूले पनि वास्ता नगरेपछि महिलाहरू आफै विकास निर्माणमा जुट्न थालेका हुन् । महिलाहरूले गाउँमा खानेपानी, बाटो, सिँचाइ कुलो, विद्यालय र स्वास्थ्यचौकीको भवन निर्माण, खोलामा तटबन्ध तथा अन्य विकासको काममा नेतृत्व गरिरहेका छन् ।

ग्रामीण महिलाहरूले भौतिक विकासमा मात्र होइन, सामाजिक सुधारमा समेत नेतृत्व गर्न थालेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा महिलाहरू छाउपडी उन्मूलनका लागि भन्दै संगठित भएका छन् । छाउपडी, बालविवाह र घरेलुहिंसा रोक्न भन्दै महिलाहरूले गाउँमा समूहमार्फत् चेतनामूलक अभियान थालेका छन् । विभिन्न गैरसकारी निकायहरूले समूहमा आवद्ध गर्दै नेतृत्व सीप प्रदान गर्न थालेपछि गाउँमा महिलाहरू सामाजिक अभियानमा होमिएका हुन् । महिलाहरूले आवाज उठाउन थालेपछि पछिल्लो समयमा गाउँपरिषद्बाट महिला लक्षित बजेटको सदुपयोग समेत हुन थालेको छ । यसले ग्रामीण महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि भएको र विकास योजनाहरूमा उनीहरूको पहँच बढेको महिला अधिकारकर्मीहरू बताउँछन् ।