सात सालको क्रान्ति र त्रिभुवन

डम्बरबहादुर खत्री
कोतपर्वको दरबारिया नरसंहारपछि नेपालमा राणा शासन उदय भएको थियो । १०४ वर्षसम्म विभिन्न उतार चढाव राख्दै वि.सं. २००७ सालमा राणा शासन प्रायः अन्त गर्न लामो क्रान्तिको पृष्ठभूमि बनेको थियो । नेपाली राजनैतिक इतिहासमा करिब ३१ वर्षसम्मको लामो शासनकालमा जंगबहादुरले जहाँनिया राणा शासनको सूत्रपात मात्र गरेनन् श्री ३ को पदवी समेत सन्तानदर सन्तानमा स्वतः हस्तान्तरण हुने प्रथा विकास गरे यद्यपि उनको शासनकाल भरी राणा परिवारमा त्यति उतार चढाव त भएन तर पनि उनले राणा परिवारको वर्गीकरणले गर्दा भाइ रणोधीप सिंहले कालगतिले मर्नु परेन । वि.सं. १९४२ सालको काण्डपछि अन्यायपूर्ण रोलक्रमलाई तोडेर भतिजाहरूले शासन हत्याए । जसले गर्दा परिवारभित्र व्यापक गुटबन्दी सुरु भयो । वीर शमशेरले जंग खलकको शक्ति भत्काएर आफ्ना १७ भाइको पालो पर्ने नयाँ रोलक्रम बनाएता पनि उनकै भाइ भतिजाहरूले उनलाई सिध्याउने षड्यन्त्र नरचेका होइनन् । उनको शेषपछि देवशमशेर उदारवादी स्वभावका व्यक्ति प्रधानमन्त्री भएकाले उनले राणा तथा जनतासँग राम्रो सम्बन्ध राख्ने जनचेतना फैलाउने सामन्तहरूको विरोध गर्ने र संसदीय शासन व्यवस्था लागू गर्नुपर्छ भन्ने सोचका व्यक्ति भएकै कारण धुर्तचन्द्र शमशेरले एक सय १४ दिनमै उनलाई पदच्यूत गरी २९ वर्षे कार्यकालसम्म राणा शासनलाई कठोरतापूर्वक सञ्चालन गरे यहाँसम्मकी आफ्नै भतिजा गेहेन्द्रशमशेर (वैज्ञानिक) लाई हाँसको अण्डामा विषारोपण गरी ख्वाएर ज्यान लिए रोलक्रम संशोधन गरे, राजा पृश्वी वीरविक्रमका अधिकार कटौती गरे । भनिन्छ राणाबाट शक्ति हत्याउने गुटबन्दी हुँदैछ भन्ने शंकाले राजा पृथ्वी वीरविक्रम मन्द विष प्रयोग गरे तथापि वि.सं. १९६८ पौषमा उनको मृत्यु समेत भयो र नाबालक ५ वर्षीया श्री ५ त्रिभुवनको राज्यरोहण भयो ।
राणा विरोधी गतिविधि स्थापनाकालको सुरुमै नभएको होइन, राजाको भूमिका कठ्पुतली हुँदै आइरहेको अवस्थामा राजाका शक्ति हत्याउने प्रयत्न राजा राजेन्द्र, युवराज त्रैलोक्य, नरेन्द्रविक्रम, पृथ्वी विरविक्रमले नगरेका होइनन् । जंगबहादुरका पालादेखि नै भोटुसिंह विद्रोह लखन थापा काण्ड नमच्चिएका होइनन् । थापा, पाण्डे, बस्नेत भारदारहरूले पनि त्यतिकै उत्पात् मच्चाउन सुर कसेका थिए तर पोल खुल्नाले ती सबै विरोधी क्रियाकलाप सुरु भए । बौद्धिक जगतले जनचेतना जोगाउने प्रयास सुरु ग¥यो । माधवराज जोशीले आर्यसमाजको प्रचारका बहानामा जनचेतना जगाउन लागे तर कठोर दमन भयो मलामी गुठी नामको सङ्गठनबाट आर्यसमाज स्थापना गर्ने सदस्यहरू प्रचार–प्रसार गरिरहे, भारत प्रवासमा रहेकाहरूले गोर्खाली पत्रिकामार्फत् राणहरूको घोर विरोध गर्न थाले ठाकुर चन्दन सिंहले लिग अफ गोर्खा नामको सङ्गठन खोलेर राणा विरोधी गतिविधि गर्न थाले भने भारतमै तरुण गोर्खा र गोर्खा संसार भन्ने पत्रिकामार्फत् राणा विरोधी भावना व्यापक बनाए । वि.सं. १९७७ तिर मकैको खेती नामक प्रकाशित पुस्तकले राणा शासनको मुटु थर्कायो । यसैगरी भीम शमशेरका पालामा संशोधित रोलक्रम र मठ्याहा छोराहरूको बाहुल्यताले राणापरिवारमै कचिङ्गल थियो । त्यसैबेला तुलसीमेहरले चर्खा प्रचार–प्रसारमार्फत् जनचेतना फैलाउन थाले तर भीमशमशेरले तुलसीमेहर लगायत दिक्षित परिवार र अन्य समाजसेवीको कडा दमन गरे । तर पनि वि.सं. १९८८ श्रावणमा प्रचण्ड गोर्खा नामको राजनैतिक दल स्थापित भयो जसमा खड्गमान सिंह, मैनाबहादुर, रंगनाथ शर्मा लगायतका व्यक्ति संलग्न थिए, यस दलको उद्देश्य राणा शासन अन्त्य, राजाका अधिकार स्थापना र संसदीय शासनको जग बसाल्नु थियो र यसका सदस्यको साँठगाँठ भारतका ब्रिटिस विरोधी मुक्ति सेना र उग्रवादीसँग थियो । त्यसै समयमा केही युवाहरूले पुस्तकालय खोल्ने योजना पनि बनाए तर यी सबै प्रयासहरूलाई दमन गरियो । सन् १९४२ ताका भारतमा भारत छोड आन्दोलन भइरहेको र नेपाली युवाहरूको त्यहाँ सहभागिता थियो त्यसैबेला श्री ५ त्रिभुवनको भारत भ्रमण भयो भारतीयहरूको राष्ट्रभक्तिको छाप नेपालमा पनि पर्न गयो । वि.सं. १९९७ तिर विदेशबाट पढेर फर्केकाहरूले काठमाडौंमा महावीर स्कुल खोले त्यही निहुँमा चिनियाँ मान र फत्तेबहादुरलाई आजीवन कारावास भयो अरुलाई पनि जेल सजाय सुनाइयो । त्यसैताका शुक्रराज शास्त्री लगायतका युवाहरूले नेपाली नागरिक अधिकार समिति स्थापना गरे तर एक सदस्य मुरलीधर शर्माले पोल खोलीदिइकाले उनीहरूलाई कडा दमन गरियो । त्यसै समयमा प्रजापरिषद् नामको अर्काे राजनैतिक दल खोलियो जसमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथचन्द, रामहरि शर्मा आदि थिए । त्यसैमा पछि रक्तविज दलका सदस्यले हातेमालो गरे यसको उद्देश्य राणा शासन अन्त्य गरी राजा त्रिभुवनको नेतृत्वमा प्रजातान्त्रिक सरकार बनाउनु थियो । यसमा राजा त्रिभुवनका व्यायाम शिक्षक धर्मभक्त, कम्पाउण्डर चन्द्रमान र ड्राइभर कटकबहादुरमार्फत् राजासँग सल्लाह पनि हुन्थ्यो । प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले लिथो मेसिन ल्याएपछि राणा विरोधी पर्चा बनाउँदै छर्न थालियो । जनता नामको हिन्दी पत्रिकामार्फत् राणा विरोधी लेख छाप्न थालियो । पछि राणाहरूले इश्तिहार जारी गरी लगभग ५०० जना पक्राउ ग¥यो राजा त्रिभुवन र युवराज महेन्द्रलाई समेत कडा धम्की दिए । जेलमा कठोर यातना दिएका गंगालाल, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथचन्दलाई देशद्रोही सावित गरी ६ माघ १९९७ मा मुद्दा फैसला भयो । परिणामतः ४ जनालाई नै मृत्युदण्ड दिइयो । 
आजात भारतको आन्दोलनमा सहयोग गरी राणा विरोधी आन्दोलनकारी भारतीय भूमिमा बसिरहेका थिए । उनीहरूको पहल र भारतीय नेताहरूको सहयोगमा वि.सं. २००३ मा वीपी कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे यसको भवानीपुर सम्मेलनले अहिंसात्मक आन्दोलन गरेर निरंकुश राणा शासन अन्त्य गराउने प्रस्ताव पारित ग¥यो । उता विराटनगर जुटमिल र कटन मिलमा काम गर्ने मजदुरहरूले विभिन्न माग राखी हड्ताल सुरु गरे जसमा नेपाली राष्ट्रिय कांग्रेसका सदस्यहरूले पनि साथ दिए सरकारले कडा दमन ग¥यो वीपी लगायत मनमोहन अधिकारी, बालचन्द्र शर्मा, तारणीप्रसाद आदि गिरफ्तार भए । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेसले जोगवनी सम्मेलन गरी गिरफ्तार भएकाहरूले रिहाइ नभएसम्म सत्याग्रह (असहयोग आन्दोलन) गर्ने निर्णय ग¥यो । त्यसैताका पद्मशमशेरले संस्कृत भाषालाई मातृभाषा घोषणा गरे । यही झोकमा तिनधारा पाठशालाका विद्यार्थीले संस्कृत विद्यालयमा पनि भूगोल, इतिहास राजनीतिकशास्त्र विषय समावेश गर्ने माग राख्दै जयतु संस्कृतम् आन्दोलन सुरु गरे  । आन्दोलनले विद्यार्थीका माग पूरा गर्न बाध्य गरियो । त्यहीसम्ममा पद्मशमशेरले केही मौलिक हकसहित नेपालको वैधानिक कानुन २००४ घोषणा गरे । तथापि उक्त कानुन मोहन शमशेरले लागू गर्न नचाहेपछि केही क्रान्तिकारी युवाहरूले प्रजा पञ्चायत गठन गरे तर यसका सदस्यहरू माथि कडा दमन गरियो अब हिंसात्मक पद्धतिबाट भए पनि राणाशासन अन्त्य गरी प्रजातन्त्र ल्याउनैपर्छ भन्ने अठोटका साथ सुवर्ण शमशेरहरूले नेपाली प्रजातान्त्रिक कांग्रेस स्थापना गरे । जसले एउटा क्रान्तिकारी स्वयम्सेवक दल गठन गर्नुका साथै पुकार नामक पत्रिका प्रकाशन ग¥यो । नेपाली राष्ट्रिय कांग्रेस मिलेर नेपाली कांग्रेस स्थापना भयो भने अर्काेतर्फ आश्विन २००६ मा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन भयो । आश्विन ९ र १० त्यस्तै २००७ मा नेपाली कांग्रेसको वैरगनिया सम्मेलन भयो जसले सशस्त्र आन्दोलन गर्ने र नेतृत्व मातृकाप्रसाद कोइरालालाई दिने निर्णय ग¥यो ।
२१ कार्तिक २००७ सालमा रानीवनमा शिकार गर्ने बहाना पारी गद्दी छोडी राजा त्रिभुवन भारतीय दुतावासतर्फ लागे मोहन शमशेरले फर्काउन खोज्दा पनि उनले फर्कन चाहेनन् दरवारको शाही कैदीका रूपमा बस्न बाध्य भएका श्री ५ त्रिभुवनलाई भारतीय दुतावासमा सीपीएन सिंहले शरण दिए । २३ कार्तिकका दिन भारदारी सभा बोलाएर माइला नाती नाबालक ज्ञानेन्द्रलाई राज्यभिषेक गराइयो तथापि यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएन । १० नोभेम्बर राती राजा त्रिभुवन दिल्ली सवारी भएकै दिनदेखि देशव्यापी क्रान्तिको सूत्रपात भयो जसलाई दमन गर्ने प्रयास असफल भएपछि तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि पढाइ दिल्लीमा सम्झौता गर्न पठाइयो । स्मरणीय छ, २००७ सालको क्रान्तिमा श्री ५ त्रिभुवन स्वयम् संलग्न हुन् । तत्कालीन राजा सरकार नै उत्तरदायी थियो किनकि कोतपर्व हुनुअघि राजाको सर्वाेपरी स्थान हुन्थ्यो । तर पछि राजाका न्यायिक प्रशासनिक सैनिक आर्थिक अधिकार सबै खोसेर एकलौटी शासन सुरु भयो । राजा केवल म्भवगचभ च्गभिच मा दरबारका कैदी झैं रहे यहाँसम्मकी राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि, ज्ञान आर्जन र अन्य सबै क्रियाकलापमा बन्देज लगाइयो । राजपरिवारका अन्य सदस्यमाथि यति धेरै प्रतिबन्ध लगाइयो कि राणा सरकारको स्वीकृती बेगर राजासँग भेट्न नपाइने भयो । राजा त्रिभुवनलाई बिलासी बनाउन कामुतामा फसाउन नौ ग्रहका रुपमा नौ जना केटी दरबारमा राख्न लगाए । यतिमात्र नभइ त्जभ पष्लन ष्खिभम ष्ल ब उबिअभ तजभ बचतागरिदभबगतथ नष्चकि या लभउब िधभचभ अजययकभल दथ अबदष्लभत तय जष्m, तजभ कधभभतभकत यउष्गm या mयलनयष्बि धबक दचयगनजत तय जष्m। यसरी विलासी बनाएर राख्न खोज्नु करकापमा प्रजापरिषद्का सदस्यलाई दण्ड दिने ठाउँमा उपस्थित गराउनु चारजनालाई मृत्युदण्ड दिने कागजमा 
लालमोहर लगाउन करकाप दिनु जस्ता हस्तक्षेपकारी कार्यले राजालाई सही नसक्नु भएको थियो । राजा त्रिभुवन प्रशासन सुधार चाहन्थे तर, राणाहरू त्यसलाई इन्कार गर्थे बरु उल्टै उनलाई दरबारका ठकुरी भनी अपमान गर्थे । प्रत्येक बुधवार राजा र राजकुमारलाई श्री ३ को सम्मानमा प्रधानमन्त्री कार्यालय जानैपर्ने चलन चलाउनु जस्ता गतिविधिबाट निस्सासिएका राजा त्रिभुवनले राणा शासन विरुद्ध क्रान्तिकारीसँग साथ दिनु नै उचित ठाने चारैतिरबाट क्रान्तिको बाटो खुलेको र राणा पक्षधर ब्रिटिस कम्पनी सरकारले भारत छोडेर भाग्नुपरेको स्थिति आदि सबैले मोहन शमशेरलाई घुँडा टेकायो परिणामतः दिल्ली सम्झौता भयो ।
प्रकाशित मितिः   ७ फाल्गुन २०७२, शुक्रबार ०६:५६