विशेष समय

 

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल भर्खरै सुरु भएको छ । पहिलो कार्यकालका कमजोरीहरूबाट सिक्दै दोस्रो कार्यकालका सांसदहरूले काम गरे भने कार्यसम्पादन पनि सन्तोषजनक हुन्छ । त्यसैले पनि मैले पहिलो कार्यकालको समीक्षा गरेको छु । प्रदेशसभा यस्तो थलो हो, जहाँ संविधानले प्रदान गरेका एकल एवम् साझा अधिकारको प्रयोग गरी प्रदेशको लागि नागरिक सरोकार तथा सरकार सञ्चालनसम्बन्धी कानुन निर्माण गर्नुपर्छ । त्यसका साथै प्रदेशसभाले प्रदेश सरकारका काम कारबाहीबारे सुझाव दिने, प्रश्न गर्ने तथा निर्देशन दिने समेत गर्नुपर्छ । विशेषगरी प्रदेश सरकारका कामकारबाही, जनसरोकारका विषय तथा कानुन निर्माणका सन्दर्भमा सांसदहरूले संसद्मा विषय उठान गर्छन् । कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सभाको विशेष समयमा कस्ता विषय उठान भए भनी मैले अध्ययन गरेँ । जो अध्ययनबाट मैले संसद्मा भएका, हामीले देखिरहेका तथा सुनिरहेका तर याद नगरेका तथ्यहरू पाएँ । यस आलेखमा मैले कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशसभा बैठको विशेष समयमा उठान हुने विषय वस्तुहरूबारे उल्लेख गर्नेछु ।

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको तेस्रो अधिवेशनदेखि दशौँ अधिवेशनसम्मका ४५ वटा संसद् बैठकको भिडियो अध्ययन गरेको छु । अध्ययनमा कर्णाली प्रदेशसभाका २६ जना सांसदहरू (मन्त्री तथा सभामुख र उपसभामुखबाहेक) समेटिएका छन् । अध्ययन गरिएका ४६ वटा प्रदेशसभा बैठकहरूमा २६ जना सांसदहरूले २०७ पटक बोलेका छन् । ती बैठकहरूमा प्रदेशसभा बैठकमा सांसदहरूले विशेष समयमा उठाएका जम्मा ४३६ वटा विषयहरूलाई ११ वटा क्षेत्रमा विभाजन गरी प्रतिशतमा राखिएको छ ।

कर्णाली प्रदेशसभामा सांसदहरूले विशेष समयमा बोल्ने विषयबारे अध्ययन गर्दा सबैभन्दा महŒवपूर्ण समस्या भनेको विषयवस्तु दोहो¥याउनु रहेको रहेछ । संसद् बैठक एकदमै मर्यादित हुन्छ । समय एकदमै महŒवपूर्ण हुन्छ । प्रदेश सरकारका विषयमा प्रश्न एवम् जनसरोकारका विषयमा सवाल उठाउने थलो पनि संसद् नै हो । तर त्यति महŒवपूर्ण समय र स्थानलाई सांसदहरूले ‘सामान्य’ ठानेको पाइयो । अध्ययनका क्रममा अधिकांश प्रदेशसभा बैठकमा अधिकांश सदस्यहरूले प्रश्नहरू दोहो¥याएर सोधेको पाइयो । कुनै घटना÷दुर्घटना आदिका विषयमा एउटै प्रदेशसभा बैठकमा एकभन्दा बढी सदस्यहरूले दोहो¥याएर एउटै प्रश्न र सवाल उठाउँदा प्रश्नहरूको संख्या धेरै भएपनि उठान भएका सवालहरूको संख्या कम भएको छ । एकजनाले बोल्दा सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले त्यसको सुनुवाई गर्दैनन् र धेरैले बोल्दा सुनुवाई हुन्छ भन्ने पनि होइन । सांसदहरूले बोल्ने र उठाउने विषयहरू एकदमै महŒवपूर्ण थिए । तर विषयवस्तुको दोहोरोपनाको ख्याल नगर्दा संसद् बैठकको महŒवपूर्ण समयमा एउटै विषय दोहोरिएकोले अन्य विषयले समय नपाउन सक्छ । विषयवस्तुको दोहोरोपना सबैभन्दा धेरै घटना, दुर्घटना एवम् विपद्सँग सम्बन्धित विषयहरू एउटै बैठकमा धेरैजनाले सोही प्रसंग उठाएको पाइयो । सवालहरू सांसदहरूले घटना÷विपद्÷महामारी÷दुर्घटनाका विषयमा सरकारलाई जानकारी गराउने÷प्रश्न र खबरदारी गर्ने गरेका थिए । विशेष समयमा बोल्ने सांसदहरूमध्ये २०.५४ प्रतिशतले यस्ता सवालहरू प्रदेशसभा बैठकमा उठाएका थिए । पहिलो कार्यकालको समयमा कोरोना महामारीको प्रकोप रहेकोले यसअन्तर्गत उक्त विषयलाई पनि समेटिएको छ ।

प्रदेशसभाको विशेष समयमा सबैभन्दा धेरै निर्वाचन क्षेत्रका पूर्वाधार विकास, योजना, बजेटसँग सम्बन्धित प्रश्नहरू उठान भएका छन् । अध्ययन गरिएका बैठकमा उठान भएका सवालहरूमध्ये योजना तथा बजेटसँग सम्बन्धित ३३.३३ प्रतिशत अर्थात् एकतिहाई सवालहरू थिए । विशेष समयको एकतिहाइ समय सांसदहरूले पूर्वाधार विकास, योजना तथा बजेटसँग सम्बन्धित सवालहरू उठान गरेका थिए । यसअन्तर्गत केहीमात्रै सवालहरू बजेट खर्च अन्तर्गतका थिए । त्यसबाहेकका सबै सवालहरू बजेट तथा योजनाका सन्दर्भमा उठेका थिए । योजना अन्तर्गत पनि अधिकांश सवालहरू पूर्वाधार विकासका सन्दर्भमा उठेका थिए ।

प्रदेशसभा सदस्यहरूले कानुन निर्माणका विषयमा पनि पर्याप्त सवालहरू उठाएको पाइएन । कूल विशेष समयमा उठाइएका सवालहरूमध्ये प्रदेश सभा÷संसद्/कार्यविधि/कानुन/विधयेक सँग सम्बन्धित सवालहरू ४.८६ प्रतिशत मात्रै थिए । प्रदेशसभाले कानुन निर्माणमा मुख्य भूमिका खेल्ने भएपनि कानुन निर्माणका सवालमा विशेष समयमा एकदमै न्यून सवालहरू उठेका छन् ।

प्रदेश सरकारको विषयमा १०.४२ प्रतिशत सवालहरू उठेका थिए । यसअन्तर्गत प्रदेश सरकारको कार्यक्षेत्र, अधिकार, संघीयता, प्रदेश संरचना र प्रदेश सरकारको नेतृत्वका विषयमा सवालहरू उठेका थिए । विशेष समयमा स्वास्थ्यको क्षेत्रका ४.१७ प्रतिशत सवालहरू उठेका थिए । पहिलो कार्यकालमा कोरोना महामारी आएकोले विशेष समयमा स्वास्थ्यका विषयमा केही सवालहरू उठेपनि सामान्य समयमा स्वास्थ्यप्रति विशेष समयमा धेरै सवालहरू उठ्लान् भन्नेमा शंका छ । विशेष समयमा महिला/बालबालिका/अल्पसंख्यक/अपाङ्ग/सिमान्तकृत समुदायका सवालहरू उल्लेख्य मात्रामा उठ्न नसकेपनि आवाजहरू भने सशक्त उठेका थिए । अध्ययन गरिएका विशेष समयका सवालहरूमध्ये ८.३५ प्रतिशत सवालहरू महिला/बालबालिका/अल्पसंख्यक/अपाङ्ग/सिमान्तकृत समुदायका लागि उठाइएको थियो । अध्ययन गरिएका बैठकहरूमा भ्रष्टाचार/शुसासनसँग सम्बन्धित विषयहरू ५.५५ प्रतिशत सवालहरू उठाइएको थियो । ती सवालहरूले भ्रष्टाचार पनि एउटा मुद्दा बनेर स्थापित भएको देखिन्छ ।

संसद्‍मा युवा/ उद्यमशीलता/रोजगारी विषयमा २.७७ प्रतिशत विशेष समयमा मात्रै सवालहरू उठाइएका थिए भने शिक्षा क्षेत्रका सवालहरू सबैभन्दा कम अर्थात् १.३६ पटक उठान गरिएको थियो । कर्णाली प्रदेशमा शिक्षाको अवस्था सन्तोषजनक पनि छैन तर संसद्मा शिक्षाका सवाल उठेनन् । दुई प्रतिशत सवालहरू अन्य विषयहरू जस्तै एमसिसि र प्रदेशको अधिकार क्षेत्रभित्र नपर्ने कुराहरू उठाइएका थिए ।

यसर्थ संसद्मा उठेका विषयवस्तुहरू हेर्दा सबै क्षेत्रका विषयहरू त उठ्न सकेका छैनन् नै, उठेका सवालहरू पनि कुनै क्षेत्रका सवाल एकदमै धेरै उठेका छन् भने कुनै क्षेत्रका सवालहरू एकदमै न्यून उठेका छन् । संसद्मा प्रदेशसभा सदस्यहरूले एउटै विषयलाई दोहो¥याउने कुरामा सभामुखले रुलिङ गर्ने व्यवस्था भएमा उत्तम हुन्थ्यो । विषय वा सवाल दोहोरिने भनेको घटना तथा दुर्घटना र विपद्का सवालमा हो । संसद्मा योजनाका विषयमा धेरै आवाज उठ्नुले हाम्रा सांसदहरू नीति निर्माणमा होइन योजना निर्माणमा केन्द्रित छन् भन्ने कुराको संकेत पनि गर्छ । कर्णाली प्रदेशसभाका दोस्रो कार्यकालका सांसदहरूले यी विषयमा ख्याल गरिदिएमा उत्तम हुने थियो । प्रदेशसभाको दोस्रो कार्यकालको अध्ययनमा यो समस्या नदोहोयोस् । विशेष समयका लागि विशेष शुभकामना !

रोचक कुराहरू

 विषयवस्तुको दोहोरोपन
 एकतिहाई सवालहरू बजेट÷योजना केन्द्रित
 कानुन निर्माणबारे कम सवाल
 शिक्षा÷स्वास्थ्यबारे न्यून सवाल
 युवा उद्यमशीलताबारे कम सवाल उठान

उठान गरेका विषयको अवस्था (प्रतिशतमा)

विशेष समयमा उठाएका विषय प्रतिशत

 प्रदेशसभा/संसद्/ कार्यविधि/कानुन/विधयेक २.८६
 पूर्वाधार/ योजना/ विकास/ बजेट ३३.३३
 प्रदेश सरकार १०.४२
 स्वास्थ्य ४.१७
 घटना/विपद्/महामारी/ दुर्घटना २१.५४
 महिला/ बालबालिका/ अल्पसंख्यक/ अपाङ्ग/ सिमान्तकृत समुदाय ८.३५
 भ्रष्टाचार/सुशासन ५.५५
 शिक्षा १.३६
 कृषि/ भूमि व्यवस्थाःपर्यटन/ उद्योग/ बजार/ अर्थतन्त्र ५.५६
 युवा/ उद्यमशीलता/ रोजगारी २.७७
 अन्य २.०९

प्रकाशित मितिः   १२ चैत्र २०७९, आईतवार ०५:०४