|
खगेन्द्रप्रसाद भट्टराई ‘भावुक’ |
सामान्य अर्थमा भ्रष्टाचार भन्ने शब्द भ्रष्ट र आचरण मिलेर बनेको शब्द हो । जसमा भ्रष्ट भनेको नराम्रो र आचरण भनेको व्यवहार हो । यस अर्थमा भ्रष्टाचार भनेको कुनै पनि व्यक्ति, परिवार र राष्ट्रबीच गरिने नराम्रो व्यवहार वा कामलाई बुझिन्छ । सरकारी सम्पत्ति वा पदको दुरूपयोग गर्ने कार्यलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचार शब्द सबैको मुखिमा झुण्डिरहेको शब्द हो । विशेषगरी ठूला पदका व्यक्तिहरूबीच यो शब्द अझ बढी प्रख्यात छ । हालसम्मको भ्रष्टाचारको अवस्था हेर्ने हो भने मानिस जति माथिल्लो पदमा जान्छ, उसले अझ धेरै भ्रष्टाचार गरेको पाइन्छ । नेपाल जस्तो गरीब मुलुकका लागि भ्रष्टाचार भनेको एड्सभन्दा पनि डरलाग्दो एउटा ठूलो रोग बनेको छ । दिन प्रतिदिन व्यक्तिहरू भ्रष्टाचारमा फसेको पाइन्छ । हाम्रो देशको सरकारी पदमा बसेका धेरै जसो मन्त्री, प्रधानमन्त्रीदेखि सरकारी कर्मचारीहरू भ्रष्टाचारमा फसेको पाइन्छ । जुकाले अन्य प्राणीको रगत चुसे जसरी केही नेता र कर्मचारीले हाम्रो देशलाई चुसिरहेका छन्, त्यसैले गर्दा यस्ता क्रियाकलापबाट टाढा रहनुपर्ने बेला आएको छ । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गएको छ । राजनीतिक अस्थिरताको फाइदा उठाएर राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरू रातारात धनी भएका छन् भने गरीब नेपाली जनताहरू रातदिन परीश्रम गर्दा पनि आँसु पिएर बाँच्न बाध्य बनेका छन् । त्यसैले यस्ता क्रियाकलापहरूलाई हामीले जतिसक्दो चाँडो रोक्नुपर्छ । जबसम्म देशमा भ्रष्टाचार अन्त्य हुँदैन, तबसम्म देशको विकास हुँदैन । भ्रष्टाचारले गर्दा देशमा ठूलो घाटा पुगेको छ ।
विश्वमा धेरै भ्रष्टाचार हुने देशहरुमध्येको एक मुलुक हो नेपाल । यसले गर्दा धेरै जनताहरूले दुःख पाएका छन्, राष्ट्रिय सम्पत्तिको दुरूपयोग भएको छ । यस्ता क्रियाकलापहरूमा धेरै जसो राजनीतिक दलका नेता लागेको पाइन्छ, उनीहरू आफूसँग जति धेरै सम्पत्ति भए पनि अझ भ्रष्टाचारमा लागेको हुन्छन् । भ्रष्टाचारले गर्दा देशको विकास हुँदैन । स्रोत र साधनको दुरूपयोग हुन्छ । जनताहरू बेरोजगार बनेर आफ्नो मातृभूमि छाड्न बाध्य हुन्छन् । हाम्रो देशमा प्रधानमन्त्री भएको व्यक्तिले पनि पैसाको लागि भ्रष्टाचार गरेको पाइन्छ । नेपालमा भ्रष्टाचार भन्ने शब्द सबै आम नागरिकको मुखमा दैनिक जसो झुण्डिने गरेको छ । भ्रष्टाचारलाई समाजको क्यान्सरको रूपमा लिइएको छ । नेपाल सरकारले पनि भ्रष्टाचार रोक्नका लागि विभिन्न प्रयासहरू गरिरहेको छ । मुख्यतया नेपालजस्तो विकासोन्मुख देशमा बढी भ्रष्टाचार हुने गरेको सन्दर्भमा भ्रष्टाचार विरुद्धको अभियानमा क्रियाशील संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले नेपाललाई धेरै भ्रष्टाचार हुने देश भनेर सार्वजनिक गरेको छ । नेपालको वर्तमान अवस्थालाई हेर्ने हो भने भर्खरै ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०१५ मा भ्रष्टाचार बढी गर्ने मुलुकमा नेपाल पनि सबैभन्दा धेरै भ्रष्टाचार गर्ने मुलुकमा परेको छ । अन्य देशहरू भ्रष्टाचार कम गर्ने प्रयासमा लागिरहेका हुन्छन् तर नेपाल भने दिन प्रतिदिन भ्रष्टाचारको मुलुकमा बढिरहेको छ । सन् १९९६ मा विश्वव्यापी सामाजिक अभियानको रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनको स्थापना भयो । यसमा संसारका १०० भन्दा धेरै मुलुकहरू समावेश भए । त्यसमध्ये नेपाल पनि हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष विभिन्न मुलुकहरूमा भ्रष्टाचारको सूचनाङ्क प्रकाशित गर्दै आएको छ । नेपाल पनि यस सूचिमा सन् २००४ देखि समावेश भएको हो । त्यसबेलाबाट अहिलेसम्मको प्रतिवेदन हेर्ने हो भने नेपाल प्रत्येक वर्ष भ्रष्टाचार धेरै हुने मुलुकमा परेको छ । यसका लागि हामीले अब कसरी भ्रष्टाचार कम गर्ने भन्ने विषयमा सोच्न जरुरी छ । भ्रष्टाचार संसारकै लागि ठूलो समस्या नभएको त होइन, तर अल्पविकसित देशहरूमा त झन् भ्रष्टाचार अभिशापकै रूपमा देखिएको छ । यस्ता देशहरूमा धेरै भ्रष्टाचार भएको पाइन्छ । विश्वका विकसित देशहरूमा भ्रष्टाचार हुँदैन तर नेपाल जस्ता अल्पविकसित देशहरूमा भ्रष्टाचार धेरै हुनु भनेको धेरै दुःख लाग्दो कुरा हो । भ्रष्टाचारको मामलामा नेपालको अवस्था गम्भीर रहेको एक अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेसी इन्टरनेशनल’ ले जारी गरेको सन् २०१५ मा नेपालको अवस्था विगत तीन वर्ष यता लगातार खस्किएको छ ।
नेपाल अहिले भ्रष्टाचारको मुलुकमा १३० औं नम्बरमा छ । नेपालले २७ अङ्कका साथ उक्त स्थान ओगटेको हो । विश्वकै कम भ्रष्टाचार हुने राष्ट्र ठहरिएको डेनमार्कले ९१ अङ्क हासिल गरेको छ, डेनमार्कसँग नेपाललाई तुलना गरेर हेर्ने हो भने आकाश र पातालको फरक छ । अझ भन्ने हो भने डेनमार्कले अघिल्लो वर्षको तुलनामा अहिले झन् नम्बर कम पाएको छ । सन् २०१४ मा डेनमार्क ९२ अङ्कसहित पहिलो नम्बरमा थियो । २०१५ मा पनि डेनमार्क पहिलो नम्बरमा रहे पनि उसको एक अङ्क घटेको छ । विकसित देशहरू भ्रष्टाचारमा किन पछाडि परियो भन्छन् तर नेपाल जस्ता अल्पविकसित देशहरूलाई यसको बारेमा केही पनि चासो हुँदैन । भ्रष्टाचारको मामलामा सोमालिया र उत्तरकोरियाले सबैलाई उछिनेका छन् । सूचीको पुछार अर्थात् १६७ औं नम्बरमा रहेका दुबै मुलुकले समान आठ अङ्क हासिल गरेका छन् । पछिल्लो वर्षमा पनि यिनीहरूको कुनै सुधार आएको थिएन । १६६ औं स्थानमा रहेको सार्कको सदस्य राष्ट्र समेत रहेको अफगानिस्तानले भने सन् २ं०१३को तुलनामा सन् २०१४ मा केही सुधार गरेपनि सन् २०१५ मा खासै सुधार गर्न सकेन । १३० औं नम्बरमा नेपालसँग इरान, क्यामरुन, निकाराजुवा, पाराग्वे, नेदरल्याण्ड, नर्वे, स्वीजरल्याण्ड, सिंगापुर, क्यानडा र जर्मनी रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको छ । सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा राजनीतिक दल र त्यसपछि कर्मचारी रहेको पनि त्यसले बताएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने विभिन्न राजनीतिक दलहरू छन् । आफू–आफू बीच झगडा गरेर देशमा अशान्ति फैलाउने काम देशका नेताहरूले गरिरहेका छन्, यसरी जबसम्म राजनीतिक दलहरू मेलमिलाप र सहमतिको बाटोमा लाग्दैनन् तबसम्म हाम्रो देशले केही पनि विकास गर्न सक्दैन ।
विश्वका प्रख्यात देशहरूमा सबैभन्दा कम भ्रष्टाचार कुन देश हुने भन्ने प्रतिस्पर्धा हुन्छ तर हाम्रो देश नेपालमा भने कसरी सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा पर्न सकिन्छ भन्ने कुराको प्रतिस्पर्धा हुन्छ । यसरी हाम्रो देशले कहिल्यै पनि विकास गर्न सक्दैन । त्यसैले सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ, देशमा भएका जनताका पैसा लुटेर देशमा जनतालाई समेत गरीब बनाएर हाम्रो देशको प्रगति कहिल्यै पनि हुन सक्दैन । समाचारहरूमा दिन प्रतिदिन भ्रष्टाचर गर्ने भनेको जो व्यक्ति सबैभन्दा माथिल्लो पदमा छ, त्यही व्यक्तिले झन् भ्रष्टाचार गर्न खोजिरहेको हुन्छ । आफ्नै देशका जनतालाई लुटेर केही पाइदैन । त्यसैले हामीहरू कुनै पनि भ्रष्टाचार गर्ने कार्यमा नलागौं । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि सरकारी र अन्य सरोकारवाला निकायहरूले पनि विविध कार्यक्रमहरू सञ्चालन गरी भ्रष्टाचारको बारेमा जनतालाई सू–सुचित गर्न जरुरी छ । अबका दिनहरूमा भ्रष्टाचारलाई कम गर्न राजनीतिक दल, कर्मचारी, न्याय, सञ्चारकर्मी, नागरिक समाज र नीति क्षेत्र बढी जिम्मेवार हुनु पर्दछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार गर्ने व्यक्तिलाई कारबाही र सजाय दिन जरुरी छ । सबैले आ–आफ्नो क्षेत्रबाट आगियो भने आवश्य पनि हामी केही वर्ष पछि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्न सक्दछौं । नागरिक समाजले पनि भ्रष्टाचारीलाई सम्मान होइन तिरस्कार वा घृणा गर्नुपर्दछ । यस्ता काम सबै निकायहरूले गर्न सके पक्कै पनि केही समयमा नेपालमा भ्रष्टाचार कम हुनेछ । यसका लागि एक जनाले परीश्रम गरेर केही पनि हुँदैन, सबैजना मिलेर भ्रष्टाचार रोक्ने कार्यमा सक्रिय सहभागिता देखाएमा मात्र भ्रष्टाचार कम गर्न सम्भव छ । विश्व बैंकको एक प्रतिवेदनका अनुसार विश्वमा प्रति वर्ष १० खर्ब अमेरिकी डलर बराबरको घुस कारोबार हुने गरेको छ । त्यसैले अब विश्वभर नै यसलाई कम गराउन जरुरी छ । नेपालमा पनि वर्षेनी यस्ता खबरहरू बढिरहेको पाइन्छ ।
जति व्यक्ति ठूलो पदमा पुग्यो त्यसलाई अझै पुग्दो रहेनछ जस्तो लाग्यो । किनभने जो व्यक्तिको हातमा देश चलाउने आँट, क्षमता र योग्यता छ त्यसैले नै भ्रष्टाचार गरेपछि त अन्य व्यक्तिहरू पनि यसमा समावेश हुन्छन् । त्यसैले यस्तो क्रियाकलापलाई माथिल्लो तहका व्यक्तिहरूबाट नै हटाउने प्रयास गर्न सकियो भने हाम्रो देश नेपाल साँच्चै सुन्दर र भ्रष्टाचार कम हुने मुलुकमा पर्दछ । राजनीतिक अस्थिरताको कारणले गर्दा पनि भ्रष्टाचार बढेको पाइन्छ । यसका लागि सबै दलका व्यक्तिहरू मिलेर सहयोग र सहकार्य गरेर अगाडि बढ्नुपर्दछ । देशको काुननले नै भ्रष्टाचार गर्ने व्यक्तिलाई कारबाही नगरेपछि झन् देशमा भ्रष्टाचार बढ्छ, त्यसैले देशमा कानुन पनि बलियो हुन जरुरी छ । अर्को कारण के छ भने ठूलो पदका व्यक्तिहरूलाई तलब सुविधाको कारणले गर्दा पनि उनीहरूले भ्रष्टाचार गरेको पाइन्छ । त्यसैले उनीहरूलाई उनीहरूको पद र जिम्मेवारी अनुसार तलबको व्यवस्था गर्न सकेको
खण्डमा देशमा भ्रष्टाचार कम हुन सक्दछ । देशमा जति धेरै राम्रो कामहरू भए पनि एउटा नराम्रो काम भएमा देशनै नराम्रो तिर धकेलिन्छ, त्यसैले देशमा भएका नराम्रा क्रियाकलापहरूलाई हटाउनु जरुरी छ । देशमा हुने हत्या, हिंसा, बलात्कार, झै–झगडा र भ्रष्टाचार जस्ता असभ्य क्रियाकलापहरूलाई हटाउन सकेमा मात्र देश राम्रो हुन्छ । त्यसैले यस्ता क्रियाकलापहरूमा कोही पनि नलागौं र अरुलाई पनि लाग्न नदिउ । जबसम्म यस्ता क्रियाकलापहरू भइरहन्छन् तबसम्म देशको केही पनि विकास हुन सक्दैन र देशको कुनै पनि क्षेत्रको चौतर्फी विकास हुन सक्दैन । यसको लागि सबै क्षेत्रको उत्तिकै महŒव र आवश्यकता छ । यस्तो क्रियाकलापहरू नगरेमा पक्कै पनि केही रूपमा भए पनि नेपालमा भ्रष्टाचार कम हुनेछ । राजनीतिक स्थिरता, कडा कानुन लागू गर्ने, अख्तियारलाई सक्रिय बनाउने र सबैमा पारदर्शीता भयो भने पक्कै पनि भ्रष्टाचार न्यूनीकरण गर्न सकिनेछ ।
साझा बिसौनी संवाददाता ।