फुटपाथ व्यवसायको सामाजिक र आर्थिक महत्त्व

बिक्रीको लागि स्थायी रूपमा निर्मित संरचनाविना नै सामानहरू बिक्री गर्ने व्यक्तीलाई फुटपाथ व्यवसायीको रूपमा व्याख्या गर्ने गरिएको छ । फुटपाथ व्यवसायीलाई पनि दुई प्रकारले व्याख्या गर्ने गरिन्छ । पहिलो, जो सधैँैभरी एकै ठाउँमा व्यवसाय गर्छन् । दोस्रो, चलायमान् रूपमा व्यवसाय गर्छन् । चलायमान फुटपाथ व्यवसायीहरू टोकरीहरूमा वा ठेलामा वा हातमा वा झोलामा वा टाउकोमा आफ्ना सामानहरू बोकेर बिक्रीका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । सम्बन्धित भुगोलमा महŒवपूर्ण सामाजिक–आर्थिक योगदान दिने गरेको भएपनि फुटपाथ व्यवसायीहरू संसारभरका सबैभन्दा कमजोर र असुरक्षित अनौपचारिक कामदारहरूमा पर्ने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् । फुटपाथ व्यवसायी विश्वभरका सहरी अर्थतन्त्रहरूको अभिन्न अंग हुन्, जसले सार्वजनिक स्थानहरूमा कम खर्चिला वस्तुहरू … Continue reading फुटपाथ व्यवसायको सामाजिक र आर्थिक महत्त्व