लयमा फर्किदै पर्यटन

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विगतका दुई वर्ष निकै सकसपूर्ण रहे । दैनिक जीवनयापन कष्टमय बने । सबैजसो क्षेत्र कोरोनाले प्रभावित बने । त्यसमध्ये पर्यटन पनि एक हो । पर्यटनमा कोरोनाको प्रभाव अझ लामो समय रह्यो । संक्रमण न्युनीकरण भएपनि त्रासका कारण पर्यटकहरू घुम्नका लागि निस्कने वातावरण बनेन । जसले गर्दा पर्यटन व्यवसाय धरासायीजस्तै हुन पुग्यो । व्यवसायीहरूले ठूलो क्षति भोगे । धेरैले रोजगारी गुमाए । पर्यटन व्यवसायमा निर्भरहरू बेरोजगार भए । यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा नै प¥यो । दुई वर्षदेखि थला परेको पर्यटन व्यवसाय पछिल्लो केही समययता भने मुर्झाउन थालेको छ । अहिले आशा जगाउँदै लयमा फर्कन थालेको छ ।

महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी ग¥यो । सम्पूर्ण व्यापार–व्यवसाय बन्द नै भए । यसले गर्दा मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर पुग्यो । अर्थतन्त्रको महङ्खवपूर्ण हिस्सा पर्यटन व्यवसायमा भएको नोक्सानीको कुनै हिसाब छैन । हुन त अहिले पनि जोखिम पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । कोरोना संक्रमणको जोखिम रहेता पनि सबैजसो क्षेत्र सञ्चालनमा आएका छन् । चलायमान हुन थालेका छन् । पर्यटन व्यवसाय पनि आशा जगाउँदै लयमा फर्कन थालेको छ । सबै क्षेत्र निर्वाध रूपमा सञ्चालनमा आएसँगै पर्यटन व्यवसाय पनि आशा जगाउँदै लयमा फर्किन थालेको देखिन्छ । यो सुखद् संकेत हो । पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको व्यवसाय पनि हो । त्यसैले यसको चलायमान हुन अपरिहार्य छ । जुन पछिल्ला दिनमा देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । सन् २०२२ को पहिलो महिना अर्थात् जनवरीमा मात्रै करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएको तथ्यांक छ । त्यसको दोस्रो महिना २० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्चमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको तथ्यांकमा उल्लेख छ । पर्यटकको आगमन बढ्दै गएको यो तथ्यांकले पर्यटन व्यवसायमा आशा जगाउँदै लयमा फर्कन थालेको बुझाउँछ ।

पर्यटन व्यवसाय लयमा फर्कदै गर्दा राज्यले पनि यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । पर्यटक आकर्षण गर्ने थप योजना र कार्यक्रम बनाएर कार्यान्वयन गर्न सक्नुपर्दछ । पर्यटन व्यवसाय नै मुलुकको अर्थतन्त्र उकास्ने मेरुदण्ड भएकाले यसतर्फ सरकारको ध्यान पुग्नु अनिवार्य छ । पर्यटन व्यवसायलाई आकर्षित बनाउन पनि नेपाल सरकारले विभिन्न ठाउँमा भौतिक पूर्वाधारहरू निर्माण गरिनुपर्छ ।

प्रकाशित मितिः   ३० चैत्र २०७८, बुधबार ०५:०३